साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

माओवादीले चालकको हत्या किन गरे ?

late chhedilal
  • भीमज्वाला राइ  
           छेदीलाल चौधरीको हातमा बम थीएन, ग्रीनेड थीएन कुनै बन्दुक पनि थीएन उनको हातमा थीयो भने मात्र बसको स्टेयरीं¨ थीयो तर नेकपा माओवादीले यातायात मजदुर चौधरीको हातमा भएको बसको स्टेयरीगलाई बम , ग्रीनेड र बन्दुक भन्दा खतरनाक देखे र एक निहत्था चालकलाई गोली हानी हत्या गरीदिए  ।    चालक चौधरीलाई २०५९ मंसिर ३ गते राती ११ बजे दांङ जिल्लाको तुलसीपुर र घोराहीको विचमा पर्ने हेमन्तपुरमा नेकपा माओवादीको सेनाले गोली हानी हत्या गरेको थीयो । दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख ५४३५ नम्बरको बसमा मजदुरी गर्ने छेदीलाल चौधरीले माओवादी विरुद्ध सेना प्रहरीलाई सुराकी पनि गरेका थीएनन् , सेना प्रहरीमा जागीरेपनि होईनन् उनको कसुर थीयो गरीवी त्यही गरिविसंग जुध्दै आफ्ना परिवारको छाक टार्न यातायात मजदुरी गरेका थीए तीनै गरिविसंग जुध्दै गरेका एक जना निमुखा मजदुर माओवादीको आखामा जनयुद्धको विरोधी बने र उनको चोला उठाईदिए .
 चौधरी घटनाको दिन बस लिएर तुलसीपुरवाट घोराही आउदै थीए उनको बसमा सेनाका जवानहरु सवार थीए चौधरी र उनी कार्यरत बसलाई घोराही स्थित नेपाली सेनाको गोरक्ष गणका सेनाले नियन्त्रणमा लिएर जवरजस्ती ल्याएका थीए । द्धन्द्धको चरम अवस्था थीयो रातीको समय थीयो सेनाको जवरजस्ती अस्विकार गरेकाभए छेदीलाललाई माओवादीको आरोप लाग्थ्यो उनी सेनाको गोलीको शिकार हुने थीए सेनाको बन्दुक, बुट र कर्कस आवाजको प्रतिवाद गर्ने साहस निरिह मजदुरसंग हुने कुरै भएन उनी बाध्य भएर सेना सवार बसको चालक बने तर त्यो बाध्यतालाई सर्वहारा वर्गकालागी लडेको ध्वांश दिने माओवादीले बुझेन वा माओवादीहरुको सर्वहाराको परिभाषभित्र छेदीलाल परेनन् र उनलाई दुष्मन सम्झिएर गोली ठोके ।    छेदीलाललाई लागेको गोली भुलबस थीएन माओवादीका लडाकुले उनलाई ताकेरै गोली हानेकाथीए उनको छाती र पेटमा सिधै गोली हानीएको थीयो तर अचम्मको कुरो के छ भने बस भरी यात्रारत सेनाहरु जसले जवरजस्ती बस र मजदुरलाई दुरुपयोग गरेका थीए तीनीहरुलाई गोली हान्ने हिम्मत माओवादीले गर्न सकेनन् सायद माओवादीहरुकालागी सेनाहरु होईन एक निरिह मजदुर उनीहरुकालागी खतरनाक दुष्मन थीए । 
   हेमन्तपुरमा गोली लागेपछि उनी अर्धमुर्छित भए तर उनी ढलेनन् उनले तीन किलो मिटर दुरीमा रहेको मजगई भन्ने स्थानसम्म बसलाई सुरक्षितसाथ पुर्याए र अरुमाथीहुने खतरामुक्त स्थानमा पुगेर उनी ढले । आफु मरेर अरुलाई बचाउने चौधरी जस्ता यातायात मजदुर चालकलाई न सेनाले क्षतीपुर्ती दिने र सम्मान गर्न सक्यो न त एक जना निहत्था मजदुरको हत्या गरेकामा सर्वहाराको पक्षमा जनयूद्ध गरेको चर्का नारा भट्याउने माओवादीले दुख व्यक्त गर्न सक्यो ।   नवलपरासी चोरमारा स्थायी घर भएका छेदीलाल घोराहीमा भाडामा बस्दै आएका थीए दुई छोराको लालन पालन , शिक्षा दिक्षा र श्रीमती सहितको परिवारको भरण पोशण उनैले मजदुरी गरेर कमाउने आम्दानीको स्रोत थीयो उनको हत्यापछि चौधरी परिवारको अवस्था अझै नाजुक छ तर उनको परिवारले उचीत न्याय र क्षतीपुर्ती अझै पाएको छैन । 
      सो समय त्यस्तै घटनामा कुनै सेना प्रहरीको मृत्यू हुदां मृतकका परिवारले ७ लाख पाउथे मजदुर चौधरीको परिवारलाईपनि सोही प्रकृतीको क्षतीपुर्ती हुनु पर्छ भन्ने माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग राख्यो गोरक्ष गणका कर्णेलसंग वार्ता र सहमति पनि भयो तर उनको परिवारले ३ लाख भन्दा पाएनन् संगठनका नेता कृष्ण भूषालले बताए । 
संगठनकै पहलमा राप्ती सार्वजनीक यातायात व्यवसायी समितिले राज्यबाट आएको रकममा डेढ लाख थपीदिएको संगठनका राप्ती अञ्चल अध्यक्ष दानवहादुर केसीले जनाए । संगठनकै पहलमा मृतकका छोरा अर्जुन चौधरी व्यवसायी समितिको जागीरे भएपछि भने चौधरी परिवारलाई जिवन यापनमा केही सहज भएको अध्यक्ष केसीले बताए ।
  छेदीलाल हत्या प्रकरणलाई माओवादी सनकी र राज्यको जिम्मेवार निकाय नेपाली सेनाको ज्यादतीको हदको नमुनाको रुपमा लिन सकिन्छ तर दुखको कुरा घटनापछि माओवादीहरुले द्धन्द्धमा मारीएका आफ्ना सयौलाई शहिद घोषणा गर्यो र परिवारलाई क्षतीपुर्ती दिलाए , सोही प्रकृतीको घटनामा मारीएका सेना प्रहरीहरुलाई पनि वीरगती प्राप्त गरेका देशका योद्धाहरु घोषणा गर्दै उनीहरुको परिवारलाई राज्यले राहत सहित सम्मान गर्यो तर छेदीलाल चौधरी न माओवादीले घोषणा गरेको शहिदको सुचीमा परे न क्षतीपूर्ती पाउने सुचीमा परे न राज्यले वीरगती प्राप्त गर्ने योद्धाको सुचीमा परे न उनको परिवारले सम्मान पायो किनभने चौधरी माओवादी पनि थीएनन, उनी सेना प्रहरीपनि थीएनन ।

0 comments:

Post a Comment