साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

स्वास्थ्य सस्थाको अस्वस्थ काम

  • भीमज्वाला राई
       धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विवाद र चर्चाबाट कहिल्यै मुक्त हुन सकेको छैन । पछिल्लो समय विपी प्रतिष्ठान नकारात्मक समाचारको मुख्य भण्डारकारुपमा विकसित हुदै गईरहेको छ । नेपालकै प्रतिष्ठित स्वास्थ्य सस्थाकारुपमा चित्रण गरिएककको प्रतिष्ठानको व्यवस्थापनलाई व्यवस्थित गर्ने प्रशासन कमजोर मात्र होईन बेकम्माजस्तै बनेपछि प्रतिष्ठानको सेवा खस्कदो छ भने प्रतिष्ठान दिनानुदिन अस्तव्यस्त बन्दै गईरहेको छ । प्रतिष्ठान प्रशासनभित्र राजनीतिकदलहरुमा रोगको रुपमा देखिएको अन्तरद्धन्द्धको संक्रमणमा प्रतिष्ठान प्रशासनपनि चुर्लुम्म डुवेको प्रष्ट देखिन थालेको छ । त्यसैको प्रतिफल स्वरुप अत्यावश्यक मात्र होईन जनस्वास्थ्यसंग समेत सम्बन्ध राख्ने शवगृहका शव राख्न प्रयोग गरिने आइस क्याबिनेट’को मेशिन बिग्रेर शवहरु सडेर संक्रमण फैलने जोखिम बढिरहदापनि प्रतिष्ठान प्रशासन दोषारोपन गरेर आरामले बसिरहेको छ ।

   प्रतिष्ठान प्रशासन गुट, कमिशनको खेल, नातावाद कृपावादको सांग्लोमा जेलिएकै कारण प्रतिष्ठान भित्रका सिटीस्क्यान, भिडीयो एक्सरे लगायतका बहुमुल्य भौतिक पूर्वाधारहरु प्रयोगहिन बनेका छन् । प्रतिष्ठानका पूर्वाधारहरु सद्धे हुदाहुदै प्रतिष्ठानकै जिम्मेवार तहका कर्मचारीहरुले कमिशन कुम्ल्याएर प्रतिष्ठानमा आउने सेवाग्राहीहरुलाई बाहीर पठाईरहेका छन् । प्रतिष्ठानका दक्ष जनशक्तिहरुलाई प्रतिष्ठानबाट कर्मचारीहरुकै मिलेमतोमा विस्थापित गरिरहेकै छ । प्रतिष्ठानभित्रका वेथितिहरुलाई मिडीयाले सार्वजनिक गरिरहेकै छ तर प्रतिष्ठान प्रशासनले मिडीयाले औल्याएका गलतीहरुलाई सच्याउदै प्रतिष्ठानलाई सुधार गर्न तर्फ लागेको देखिएन । बरु अत्यावश्येक मानिएको शवगृह व्यवस्थित गर्नुको बदला हानाथाप गर्दै सम्भावित संक्रमणलाई स्वागत गरेको पाईएको छ ।


 शवलाई कुहिन नदिन चिसो अवस्थामै राख्ने अधिकांश आइस क्याबिनेट बिग्रेका छन् । जसका कारण लामो समयसम्म राख्नुपर्ने शवहरु  कुहिएर दुर्गन्धीत हुने र समाजमा त्यस्को संक्रमण फैलने जोखिमका बारे प्रतिष्ठान गम्भिर देखिएको छैन । चार वटा आइस क्याबिनेटमध्ये तीन वटाको कम्प्रेशर बिग्रेर थन्किएको छ । एउटा मात्र आईस क्याविनेटले देशकै प्रतिष्ठित प्रतिष्ठानको प्रतिष्ठा जोगाउन समस्या छ । तरपनि विद्युतीय आइस क्याबिनेटको सुविधा भएको पूर्वाञ्चलको एक मात्र बीपी प्रतिष्ठान ले मर्मत तथा बैकल्पिक व्यवस्था गने बार्रे चासो दिएको छैन । बैकल्पिक व्यवस्था नभए शवगृहबाट ब्याक्टेरियाको संक्रमणको उच्च जोखिम हुने चिकित्सकहरुले सचेत गराईरहेका छन् । २०६५ सालदेखि नै बिग्रन थालेका ति आइस क्याबिनेट एक बर्ष, ६ महिना र २ महिना अघिदेखि बिग्रीएर थन्किएका छन्  । अस्पताल प्रशासन र प्रतिष्ठानको फोरेन्सिक मेडिसिन विभाग एकापसमा दोष दिनु भन्दा तत्कालकाल व्यवस्थि तगर्न तर्फ लाग्नु जरुरी छ ।
 

0 comments:

Post a Comment