- भीमज्वाला राई
चुडामणी जंगली |
चुडामणी जंगली बिश्वकर्मा जसको विश्वविद्यालय सडकमा गुड्ने गाडी थियो, निरन्तर आन्दोलन र माक्र्सवादी पुस्तकहरुको अध्ययन उनको प्रमाण थियो त्यही अनुभव र निरन्तरताले उनलाई खलासीवाट सांसदसम्म बनायो .
मेरो जन्म स्याङजाको गणेशपुर गाविसमा २०१४ साल पुस १४ गते भएको हो । म गरिव किसान परिवारमा जन्मिएको हुं मेरो वाल्यअवस्था निक्कै दुःख कष्टले वित्यो । उत्पिडित विश्वकर्मा जातीको भएकोले त्यो वेलाको समाजमा मेरो बाल्यकाल दुखदायी वित्यो । करिव १ घण्टा टाढा रहेको रामकोष प्राइमरी स्कुलमा ५ कक्षासम्म पढें त्यसपछि स्याङजा हाइस्कुलमा पढे । ९ कक्षामा पढ्दै गर्दा २०३२ सालमा हाम्रो घरमा आगलागी भयो । आगलागीमा हाम्रो केही बचेन हामीसंग अरु घर बनाउने श्रोत थिएन् । थोरै भएको खेत बेचेर टीनले छाएको घर बनायौं । त्यतिखेर गाउमा टिनले छाएको घर थीएन ।
९ कक्षा पढ्दा पद्दै स्कुल छोड्नु पर्ने अवस्था आयो परिवारको दायित्व पनि पुरा गर्नु पर्ने भयो हाम्रो परिवार ठूलो थियो । दुइ दिदी, दुइ वहिनी दुइर्, भाइ र आमाबुबा गरी जम्मा ८ जनाको परिवार थियो । हामी कसैलेपनि अध्ययन अघि बढाउन पाएनौ । हाम्रो परिवारले वर्षको ३ महिना चाही ज्याला मजदुरी गरेर गुजारा चलाउनु पथ्र्यो । बाटो खन्ने , ज्याला मजदुरी गर्ने काम पनि गरें ।
।।।।।।।।
श्यामवहादुर क्षेत्री नामका गाउंले दाइंले आफूले चलाउने गाडीमा कन्डक्टर र खलासी दुवै काम गर्नेगरी काम दिनु भयो । यातायात क्षेत्रमा प्रबेश गरेर करिव २० वर्ष त चालक काम नै गरे २०५६ सालसम्म गाडी चालककै रुपमा काम गरे । २०३४ सालमा म पोखराबाट भैरहवा चल्ने दिपज्योती भन्ने बसमा श्याम दाईसंगै काम गर्न थालें । पछि गोर्खा भूपुको कम्पनीमा काम गर्न थालें कम्पनीको गाडीमा पोखरा काठमाण्डौ रुटमा कण्डक्टर र खलासी दुवै काम गरें । कम्पनीमा अत्यन्तै सोशण थियो २०।२५ वटा गाडी थिए भुपु सैनिकको कम्पनी भएकोले कडा अनुशासनमा बस्नु पथ्र्यो मेरो सक्रियतामा आन्दोलन भयो । संचयकोष, स्थायी, तलववृद्धि, दुर्घटना लगायतका नौ सुत्रिय माग राख्यौं । म र शेरबाहादुर गुरुगलाई कम्पनीले एक्सन लियो । करिव २०३५ सालको कुरा हो यो । शेरवाहादुरलाई चेतावनी दिएर राखे तर मलाई हर्कबहादुर गुरुग(कम्पनीको मालिक)ले तपाइको तलव लिएर जानुस् । यो राजनीति गर्ने ठाउ होइन भन्दै मलाई कामवाट निस्कासित गरे । म निस्के पनि कम्पनीमा १० वर्षे संचयकोषको काटीदिने व्यावस्था चाही गरे । तलव पनि केही वृद्धि गरे , नियुक्ती पत्र जस्तो परिचय कार्ड दिने व्यावस्था गरे ।
।।।।।
६ महिना भन्दा धेरै भूपु सैनिकको कम्पनीमा टीक्न सकिन कम्पनीवाट म निष्कासित भएपछि पृथ्वी राज मार्ग बस सञ्चालक समिति अन्तरगतको बसमा काम गर्न थालेको थीए तर हर्कबहादुर भुपू सैनिकको पनि अध्यक्ष, पृथ्वी राजमार्ग वस संञ्चालकको पनि अध्यक्ष थिए । उनले यो मान्छे कम्युनिष्ट हो यसले मजदुरहरुलाई कम्युनिष्ट बनाउदै छ , आन्दोलन गर्न लगाउछ यसलाई पृथ्वि राजमार्ग भित्र पनि काम गर्न दिनु हुन्न भन्ने निर्णय गरेर सवै गाडी साहुहरुलाई पत्रचार नै गरेछन् । म ऋषी सापकोटाको गाडी चलाउथे उनले चुडामणि मेरो चालक हो मैले तलव दिएर राखेको हो तपाईहरुले हटा भनेर म हटाउन चाहान्न भन्ने अडान लिइसकेपछि हटाउन सकेनन् ।
।।।।।
म इन्डियन आर्मीमा पनि भर्ती भए र गोरखपुर लिएर गयो र हामी ३५ दिन जति त्यहा बस्यौं आर्मी भईरहन मन लागेन म त्यहाबाट फर्किए । भर्ति भइसकेपछि हामीलाई टे«निगमा कता कता पठाउछ भन्दै थिए सोही बेलमा म फर्किए । २, ३ जना साथीहरु त्यही बसे तर म चाही फर्किएर बुटबलबाट नारायणघाटरुटको गाडी चलाउथे ।
।।।।
त्यो समय चालकलाई सम्मान थियो गाडी चालकहरु प्राविधिक मान्छे हो भन्ने सोच्थे । गाडी चलाएर जादा डाइभरलाई फूल माला लगाएर सम्मान गर्थे गाडीलाई पूजा गर्थे मैले पोखराबाट काठमाण्डौं, पोखरा काकडभिट्टारुटमा पनि गाडी चलाए काकडभिट्टारुटमा काम गर्दा पार्टीको हकरको रुपमा पनि र कलाकारको रुपमा काम गरे । पाटीका चिठीपत्र देखि लिएर पाटीका नेताहरु(जिवराज आश्रित, प्रदिप नेपाल ) लगाएतका नेताहरुलाई गाडीमा लिएर हिड्ने काम गरें । भैरहवाको रुटमा पनि चलाए कैले कता कैले कता चलाइथ्यो । गाडी चालकको लाइसेन्स लिइसकेपछि त म २०३७ साल देखि लगातार २०५६ साल सम्म गाडी चालक पेशामा नै रहेर राजनीतिमा पनि सक्रिय भएं । सुरुमा भैरहवा पोखरा रुट थियो, पछि म काठमाण्डौ पोखरा रुटमा त्यसपछि म बुटबलरुटमा चलाए ।
।।।।
२०३६ साल असार ९ गते सुनसरीको पानीपीयामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना भयो त्यसको सदस्य पनि बन्यौं म बुटबलमा थीए पछि म फेरी पोखरा फर्के । २०४० साल तिर पोखरा आइसकेपछि संगठनको म अञ्चल अध्यक्ष भए २०३७ सालमा दोश्रो अधिवेशन हेटौडामा सम्पन्न भयो तर संगठनको काममा गती आएन छिन्न भिन्न भयो संगठन मण्डलेकरण भयो । राजाबादीहरुको चलखेल भयो हामीले संगठन स्वतन्त्र राख्ने भन्ने अभियान थाल्यौ । २०४१ सालमा पोखरामा राष्ट्रिय भेला भयो । भेलामा कमरेड जिवराज आश्रित र पाटीको ठूलो योगदान छ । पाटीले नै पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुलाई बाहिर सुरक्षाका निम्ती तैनाथ गराएर भेला गर्यौं । भेलामा नारायणी, गण्डकी, मेची, लुम्वुनी, बाग्मतीका मजदुरहरु सहभागी थिए ।
२०४३ साल फागुन ३० गते पिकनिकको आयोजना गरेर संगठनको केन्द्रिय भेला गर्यौं । त्यहि भेलामा मलाई तेस्रो राटिय अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनायो । २०४७ सालमा आएर तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भयो । म अध्यक्ष नै भए २०५१ साल सम्म म अध्यक्ष रहेर काम गरें
।।।।।।।
२०४६ साल साउन ५ गते नेपाल ट्रेड युनियन महासंघ गठन भयो म पश्चिमाञ्चल क्षेत्रिय उपाध्यक्ष भए । जिफन्टको पांचौ राष्टिय अधिवेशनपछि उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेको छु भूगोलको काम गर्ने हिसावले १२ वटा अञ्चलभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा काम गरिरहेको छु ।
।।।।
राजनीतिमा २०३४ साल देखि नै संलग्न छु पुष्पलाल समूहमा साथीहरु हुनुहुन्थ्यो काठमाण्डौ पढेर गएका साथीहरुले गाउमा पुष्पलाल समूहको किसान संगठन बनेपछि सदस्य लिएर लागेको थीए । मैले २०३५, २०३६ सालको आन्दोलनमा पनि भाग लिए २०३६ सालमा माले गठन भइसकेपछि हामीफेरी सवै पुष्पलाल समूहका साथीहरु मालेमा गएको घोषणा गरियो । त्यहादेखि पार्टीमा कुनै न कुनै रुपमा जोडेर आइएको छु ।
।।।।।
नेकपा एमालेको आठौं राष्टि अधिवेशनबाट म बैकल्पीक केन्द्रीय सदस्य चुनीएको छु कमिटीमा मजदुर क्षेत्रबाट ललित दाई अग्रज भएको नाताले सदस्य र म वैकल्पिक सदस्यमा छु र अहिले पाटीको गण्डकी अञ्चलको मोर्चा संगठनको जिम्मा पाएको छु ।
।।।।।
सभासद त २०६२।२०६३ को जन आन्दोलनपछि पुनस्थापित संसदमा नेकपा एमालेवाट ९ जना सांसदहरु व्यावस्थापिक संसदमा थप्ने कोटा मध्यवाट म पनि परे । म कोटामा पर्नुमा मुकुन्द न्यौपानेको महत्वपूर्ण भूमिका छ । २०६३ साल माघ १ गतेबाट २०६५ साल जेठ १४ सम्म सांसद पनि भए । सासद रहदा नेपाली कामदारलाई सरकारको तर्फबाट कोरीया पठाउने काम गरियो । पहिला त्यस्तो थिएन् । वैदेशिक रोजगारीलाई सुरक्षित गर्न , संरक्षण र सम्वंर्दन गर्न वैदेशिक रोजगार ऐन २०६४ लाई संसोधन गर्ने काम भए । संसदमा करिव १५, १६ महिनाको समयमा महत्वपूर्ण कामहरु गर्न सकियो ।
।।।।
सवारी ऐन संसोधन गर्न जरुरी छ मजदुरको सेवा सुविधाकै सन्दर्भमा धेरै श्रमिकहरु स्थायित्व छैन, राम्रो ज्याला पाउन सकेको छैन यसलाई व्यवस्थीत गर्न जरुरी छ । अहिले माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेपछि १ लाख ५० हजार चालकको विमा थियो । खलासीको १ लाख थियो । दुर्घटना न्युनिकरण गर्ने सन्दर्भमा र सरकारको वजेट हालेर ५ लाखको विमा बनायौं । त्यो हाम्रै पहलकदमीमा भएको हो । हाम्रो धारणा के छ भने यातायात मन्त्रालय नै छुट्टै हुनुपर्छ भन्ने छ । अहिले श्रम तथा यायाताम मन्त्रालय भनेर राखिएको छ । यातायात मन्त्रालय छुट्टै बनाउनु पर्छ । अहिलेको समयसापेक्ष सवारी साधनको जुन चाँप छ वाटोघाटोको जुन अवस्था छ । सवारी ऐन अझ बैज्ञानिक बनाउनु पर्ने अवस्था छ । किनकी कुनै पनि सानो दुर्घटना भयो भने चालकको टाउको माथी लगेर थोपरिदिने प्रवृति देखिएको छ । दुर्घटना हुदा खेरी सडकको अवस्था कस्तो हो , मान्छेको चेतनाको स्थिति कस्तो हो । र सवारी साधनका मालिकहरुको भूमिका कति छ । संघ तथा सिण्डीकेटको भूमिका कति छ । चालकहरुको दोष कति छ यी कुराहरुको गहिरो ढंगले अध्ययन गरेर को दोषी हो भनेर अझ व्यवस्थित ऐनको परिमार्जन गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।
।।।
मेरो विवाह २०३८ सालमा मायां अधिकारीसंग भएको हो । दुइवटा छोरा र एक छोरी छन् । बुटवलमा बस्दा खेरि मैले विवाह गरेको हो । मेरो जेठो छोरो अमृत अधिकारी विश्वकर्मा डाक्टर छ उसले शिक्षण अस्पतालबाट एमविविएस पास गरेको छ अव एमडी पढ्ने तयारीमा छ । कान्छो छोरो उमेश अधिकारी विश्वकर्मा चाही डिग्री पढ्दै छ । छोरीको विवाह भइसक्यो उसले पनि टिचिंग गर्दै छे । दुइवटा छोरोको विवाह भएको छैन । एमडीको तयारी गर्दै छ । जागीर बीचमा गरेको थियो । अहिले एमडी पढ्दै छ ।
।।।।
म चालक मान्छे आफू पढ्दा पढ्दै छोडेको पिडाले छोराछोरीलाई पढाउनु पर्छ भन्ने लाग्यो । र आफ्ना छोराछोरीहरुलाई राम्रै ढंगले पढाए उनीहरुले मेहनत गरे मैले बातावरण तयार पारिदिए ।
।।।।।
जीवनमा धेरै घुम्तीहरु आए धेरै दुःख कष्ट भोगीयो निरन्तर संर्घषको प्रतिफल म खलासीवाट सभासदसम्म बन्न सकें यो मेरो लागी गौरवकैरुपमा लिएको छु । अहिले सम्झन्छु जीवराज आश्रितलाई उहाको नजिक रहेर मैले आफूलाई यो स्थानमा ल्याउन पाए ।
।।।।
यातायात मजदुरले गाडीमात्र हैन देश पनि चलाउन सक्छ । मजदुरहरुले केही जान्या छैन, केही गर्न जान्दैन भन्ने हैन मेहनत गर्दै जादा जे पनि गर्न सक्छौ । पेशा त मान्छेले जुनसुकै अपनाउछ तर आफूलाई मेहनती, अध्ययनशील बनाउने र सामाजिक राजनीतिक विषयवस्तुको गहिरो अध्ययन गर्ने, अनुसाशित हुदै जादा देशको एउटा असल, सक्षम र योग्य नागरिक बन्न सक्छ ।
।।।।।।।।।
मैले मजदुरी गरेरै २०५५ सालमा पोखरामा घर बनाएको छु । त्यो वेला करिव ८ लाख लागेको थीयो घर निर्माणमा । घरबाट पोखरा आउदा खाली हात आएको थिए । आफ्नो पाखुराको बलले नै कमाएर घर बनाएको हुं ।
विदेश भ्रमण
थाइल्याण्ड, मलेसिया, डेनमार्क, स्विजरल्याण्ड, कोरिया, भारत

0 comments:
Post a Comment