साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

को बन्लान् बिपीको उपकुलपति ? ...पदकालागी करोडौंको चलखेल

भीमज्वाला राई
धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति पूर्णचन्द्र कर्माचार्यको  कार्यकाल पुस ३ गते सकिदैछ तर नयां उपकुलपति को हुन् भन्ने अझै टुंगो लाग्न सकेको छैन ।  सो स्थानको दावी गर्दै प्रतिष्ठानका ६ जना प्रतिष्पर्धिहरुले गतिविधिलाई तिब्र बनाएका छन् ।
       नेपालकै प्रतिष्ठित मानिएको बिपी प्रतिष्ठानको नयां उपकुलपतिको होडमा राजकुमार रौनियार, बिएन यादव, सीवी झा, प्रल्हाद कार्की, सिएस अग्रवाल र बलभद्रप्रसाद(बिपी) दास दौडधुपमा लागेका छन् ।
    पांच वर्षे उपकुलपतिको नियूक्तिको व्यवस्था बिपी कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । ऐन अनुसार स्वास्थ्य मन्त्री अध्यक्ष रहने तिन सदस्यीय उपकुलपतिले सर्च कमिटीले उपकुलपतिका योग्य मानिएका तिन जनाको नाम प्रधानमन्त्रीलाई शिफारिस गरेपछि प्रधानमन्त्रीले एकजनालाई उपकुलपतिमा नियूक्त गर्ने वैधानिक व्यवस्था भएपनि कार्यकाल सकिन अव मात्र १२ दिन मात्र बाकी हुदासम्म सम्भावित उपकुलपतिको नाम प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सर्च कमिटीले पठाउन सकेको छैन ।

     करिव पांचदिन अघिमात्र बनेको उपकुलपति सर्च कमिटीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतो अध्यक्ष तथा शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ चिकित्सक अरुण सायमी र स्वास्थ्य मन्त्रालयका सचिव प्रविण मिश्र सदस्य छन् । कमिटीले प्रतिष्ठानका सम्भावित तावेदारीका उमेद्धवारहरु र अन्यसंग छलफल तथा परामर्शगरी प्रमसमक्ष पठाईएको तिनजना मध्येवाट एकलाई उपकुलपति नियूक्ति गर्नु पर्ने भएपनि नाम दिन सकेको छैन ।
      उपकुलपतिका सम्भावित नामहरु मध्ये बिएन यादव प्रतिष्ठानमा फरेन्सिक विभागका मेडिसिन प्राध्यापक हुन् । त्यस्तै राजकुमार रौनियार रेडियोलोजि( एक्सरे) विभागका प्रमुख, सिबी झा एनाटोमी विभाग प्राध्यापक, प्रल्हाद कार्की मेडिसिन विभागका प्राध्यापक, सिएस अग्रवाल सर्जरी विभागका प्राध्यापक र बिपी दास प्रतिष्ठानका अस्पताल निर्देशक हुन् । दास, यादव, रौनियार र झा १४ । १४ वर्षदेखि, कार्की र अग्रवाल भने १७ वर्षदेखि प्रतिष्ठानमा कार्यरत छन् ।
     वरिष्ठ चिकित्सक र प्रशासनिक अनुभव भएकालाई मात्र बनाईने प्रतिष्ठित पद प्राप्तीकालागी भने यतीवेला यादव, रौनियार, झा र कार्की भने शक्ति प्रयोगकालागी काठमाण्डौमै चलखेल गरिरहेका छन् । जसरीपनि उपकुलपति हने होडमा केही उमेद्धवारहरु काठमाण्डौस्थित राजनीतिक लवीमा खुलेरै लागीरहेको मन्त्रीसम्म समर्थनकालागी धाईरहेको र करोडौंको आर्थिक चलखेलमा लागीरहेको श्रोतले बताएको छ । 
    
   

0 comments:

Post a Comment