साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

यस्ता छन् सम्भावित भिसीहरु

अस्पताल निर्देशक डा.बिपी दास


रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार

भीमज्वाला राई
      धरान । बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकसलपति (भिसी) का सम्भावित चार वरिष्ठ चिकित्सकहरु कोहीपनि दोष मुक्त छैनन् । उनीहरु प्रतिष्ठानमा कार्यरत रहेकै अवस्थामा उनीहरुले राम्रा गुणहरुपनि आर्जन गरेका छन् र कुनै न कुनै आरोपहरुपनि खेपेका छन् ।
 मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की
    भिसीको दौडमा सवैभन्दा तेज रहेका रेडियोलोजी विभागका प्रमुख दुहवी सुनसरी राजकुमार रौनियारले राष्टिय तथा अन्तराष्टिय पुरस्कारहरु पाएका राम्रा चिकित्सक हुन् उनले प्रतिष्ठान छाडेर बाहीर काम गर्न गएका थिएभने करोडौ कमाउन सक्थे तर उनले त्यसो गरेनन् र उनी स्पष्ट वक्तापनि हुन् त्यतिहुदाहुदैपनि भिसीको दौडमा उनले स्वास्थ्य मन्त्रीसंग आर्थिक चलखेल गर्नसम्मपछि नपरेको उनीमाथि आरोप लगाउछन् भुक्तभोगीहरु ।
     बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।

     त्यसैगरी अर्का प्रत्यासी बिएन यादव नेपालमै दुर्लभ मानिएको फरेन्सीक विषयका वरिष्ठ चिकित्सक हुन् स्पष्ट कुरा राख्ने व्यक्तिकारुपमा चिनिने उनी हालका स्वास्थ्य मन्त्री महतोका विश्वास पात्र मात्र होईनन् उनी सदभावना पार्टीका सस्थापकमध्येका एक हुन् । त्यतिहुदाहुदैपनि उनी प्रतिष्ठानमा अख्तियारद्धारा एकहप्ता निलम्बनमा परेको चिकित्सकपनि हुन् ।
      उनले छुट्टीको अवधीमा आफ्ना विभागका जुनियर चिकित्सकहरुलाई काम गराएर भत्ता लिएको अभियोगमा उनी निलम्बनमा परेका स्रोतले जनायो । माओवादी हुदै सदभावना बनेका उनलाई उनी कार्यरत प्रतिष्ठान भित्र जनसम्पक नभएको, प्रशासनिक अनुभव नभएको, प्रतिष्ठानमा हाजिर गरेर अन्यन्त्र गएर काम गर्ने, आफ्ना जुनियर चिकित्सकहरुलाई तनाव दिने र उदण्ड समुहहरुसंग साठगाठ राख्न खपिस चिकित्सक रहेको बताईन्छ ।
      त्यसैगरी भिसीका अर्का सम्भावित हुन् प्रतिष्ठान स्थापना कालदेखिकै चिकित्सक र प्रतिष्ठानकै सवैभन्दा पुराना चिकित्सक प्रहलाद कार्की काठमाण्डौका उनी अति मिलनसारकारुपमा लिईन्छ शक्तिकेन्द्रहरुसंग राम्रो सम्बन्ध सम्पर्क बनाउन सिपालु कार्की काग्रेस नेता शेखर कोईराले सवैभन्दा विश्वास गर्ने चिकित्सक हुन् । तर सिमित सल्लाहकारको घेरामा रमाउने अरुको कुरा सुन्न नचाहने र प्रतिष्ठान भित्रैपनि श्रीमतिका कारण सवैभन्दा विवादित चिकित्सक हुन् । यदी उनी भिसी भएको खण्डमा उनकी श्रीमति नै छायां भिसी हुने स्रोतले बताएको छ ।
     आफुलाई काग्रेस बताउन चाहने कार्की शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले अस्पताल निर्देशक नियूक्त गर्दा जनआन्दोलनका समय सात रानीतिक दलहरुद्धारा कालो सुचिमा राखिएका चिकित्सक हुन् ।
     त्यस्तै भिसीको लाईन छन् प्रतिष्ठानका निर्देशक बिपी दास । उनलाई जानकारहरु कुशल समन्यकर्ता, जनसम्पर्क भएको र विपतिको समय साधनस्रोत जुटाउन सक्ने चिकित्सक भन्छन् । प्रतिष्ठानमा आएका अप्ठ्यारा समस्याहरुसंग जुध्नसक्ने चिकित्सक भएको र उनले सहसी प्रशासकको छवी बनाएको स्रोतको भनाई छ ।
    त्यतिहुदाहुदैपनि उनी दोषमुक्त छैनन् उनी राजनैतिक अडान नभएको सैद्धान्तिक विचलनयूक्त जतापनि ढल्कीदिने व्यक्तिकारुपमा चित्रित गरीएको पाईन्छ । आर्थिक पारदर्शिता नभएको, भिजिलान्ते गुण्डाहरु प्रयोग गर्न माहिर मानिने दास बेलावेला निरंकुश लाद्न खोज्ने स्रोत बताउछ ।
    भिसी दौडका यीनै चार प्रतियोगिहरुमध्येबाट एक जना भिसी नियूक्त हुने छन् त्यो समय अव धेरै दिन कुर्नु पर्ने छैन ।




0 comments:

Post a Comment