साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

सुरक्षाको हल्ला

 भीमज्वाला राई
     शनिवार इटहरीमा खम्बुवान मुक्ति मोर्चा संयुक्तले राखेको बम बिस्फोट भएर सुनसरीका प्रहरी प्रमुख राजु मानन्धरसहित छजना घाइते भएको घटनाको भोलीपल्ट आईतवार सुनसरी जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्था कडा पार्न राजमार्गमा चेकजाचलँई तिव्रता दिने निणर्य गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रमुख रहने सुरक्षा समितिमा सशस्त्र प्रहरी सिमा सुरक्षा वल सुनसरीका प्रहरी उपरिक्षक , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक, नेपाली सेनाका मेजर लगायत जिल्लाका सुरक्षामा सरोकारवालाहरु संलग्न समितिले बैठकको निर्णयहरु पत्रकार माझ सार्वजनिक गर्दै बडो दम्भकासाथ जिल्लामा सुरक्षा व्यवस्थालाई कडाई गरिने उद्धघोष गरेका छन् सुनसरीका जनताको सुरक्षाको प्रत्याभूती सहितको प्रतिवद्धता मिडिया मार्फत प्राथमिकताकासाथ हल्लीखल्ली गरेका छन् ।

      सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्षमण थापाले पत्रकारहरुसंग सुरक्षाको मात्र कुरा गरेनन् सुनसरीमा हुने अनियमितता हटाउने, भ्रष्टाचार निर्मुल पार्ने, सुशासन र पारदर्शीताकालागी दृढतापूर्वक लाग्नेपनि बताए ।  जिल्लामा केहीसत्तादेखि  गोली र वम काण्ड लगातार भईरहेकाले पुर्व पश्चिम राजमार्गको कोसी व्यारेज देखी इटहरीसम्म र कोसी मार्गको दुहवी देखी धनकुटा जिल्लाको सिमासम्ममा सवारी चेक जार्चमा कडाई गरिने, ट्राफिक जांच र निगरानी वढाउने ,  जनचेतनात्मक काम गर्दै सुरक्षा अवस्थालाई मजवुत बनाउन उच्च सतर्कता अपनाउने लगायतका ४ वुदें निणर्य समेत गरेका छन् । जनताको सुरक्षाकालागी जिल्ला सुरक्षा समितिको वैठकले  गरेको निर्णयलाई कुनै हालतमा गलत त भन्न सकन्न तर सुरक्षा व्यवस्था रणनीति निर्माणमा भने समितिले जिल्लामा भईरहेका घटनाक्रम र जिल्लाको भौगोलिक अवस्थितिलाई भने अध्ययन गर्न सकेको छैन भन्ने देखाएको छ ।

       केही समययता जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न सशस्त्र तथा निसशस्त्र समुहहरुले बमहरु राख्ने काम गरेर जनतालाई आतंकीत बनाउने काम गरेका छन् । ति अधिकांश घटनास्थलहरु सुनसरीका सडक क्षेत्र र शहरी क्षेत्र भित्रका स्थानहरु होईनन् । ति सवै स्थलहरु जिल्लाका मधेश र पहाडी ईलाकाका ग्रामिण क्षेत्रहरु हुन् । ती समुहहरुकालागी सुरक्षित रहेका ग्रामिण क्षेत्रमा गतिविधि गर्ने र शहरी क्षेत्रहरुमा एकाध स्थानहरुमा मात्र सन्देश प्रवाहको हिसावले घटनाको तानावाना बनाउने गरेका छन् । यसकारण सुरक्षा व्यवस्थापनको रणनीतिपनि सोही अनुरुप र रणनीति गोप्य हुनु जरुरी थियो । तर सडक क्षेत्रलाई कडाई गर्ने निर्णय टाउको दुखेको औषधी नाईटोमा लाई भने झै हुने निश्चित छ । हल्ला गरेर बनाएको सुरक्षा रणनीतिले आपराधिक समुहलाई नियन्त्रण होईन सडक प्रयोगकर्ता निमुखा सर्वसाधारणलाई सास्ती बाहेक अन्य केही पनि उपलब्धि हुन सक्दैन ।
     
   

0 comments:

Post a Comment