- भीमज्वाला राई
गुटको लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा जस्ता काम नलाग्नेगरी पलाएको एजेरुले एमालेलाई कुरुप बनाएको छ ति एंजेरु एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।
वसन्तको उत्सव, नयां वर्षको शुरुवात, उमंगको चाड विभिन्न उपमा जोडेर मनाईने होली र एमालेको मिनी महाधिवेशनको रुपमा लिईएको राष्टिय प्रतिनिधि परिषदको भेला संयोगले अघिपछि परेको छ । एमालेको भेला सिद्धिएलगतै रंग, ऋतु र आपसी समन्वयको पर्यायबनेको होलीमा सप्तरगी अबीरको रगींन आभुषणमा रमाएर देश चुर्लुम्म डुवेको छ । रंगहरुको रोमाञ्चकतामा जनता जसरी खुशीको बहारसंगै उद्धेलित बनेका थिए त्यसैगरी एमालेको भेला भईरहदा एमालेलाई नेपालको पहिलो पार्टी बनाउने एमाले नेताहरुको उदघोषले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह त सञ्चारित भएको थियो नै आम जनतामापनि आशाको टुसा पलाएको छ तर होलीको भोली पल्टदेखि रंग धोएपछि होलीको रोमाञ्चकता हराएर जान्छ र अर्को फागु पुर्णिमासम्म बेदाग हुने गर्दछ त्यसैगरि एमाले भेलाले दिएको रोमाञ्चकतापनि होलीको समापनपछि पखालिएको होलीको रंगजस्तै नबनोस ।
होलीको रंगमा देश रोमाञ्चीत बन्नु वार्षीक रुटिनको उपज हो तर एमाले भेलामा एमालेलाई पहिलो पार्टी बनाउने उदघोषपछि जनता रोमाञ्चीत हुनुको विषय अलिक फरक छ । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्दै समाजवाद स्थापनाको उद्देश्यले नेपाली राजनीतिको रजटपटमा २००६ सालमा उदाएको नेपाल कम्युनिष्ट पार्टी विभिन्न कालखण्डमा सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै क्रान्तिको मुलप्रबाहवाट अघिबढेको नेकपा (एमाले) । स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाउदै ३० बर्षे पञ्चायती तानाशाहीको विरोध र २०४६ साल र २०६२÷६३ को नेपालको लोकतान्त्रिक आन्दोलनहरुको अग्रमोर्चामा रहेर महत्वपूर्णभूमिका खेलेको ईतिहास बताउन चुक्दैन ।
एघार बर्षलामो हिंसात्मक द्धन्द्धवको शान्तिपूर्ण अवतराणकालागी एमालेको भूमिका नेपाली जनताले विर्सेका छैनन । अझैपनि शान्ति प्रकृयालाई पूर्णा दिने, संविधान निर्माण गर्दै नेपाललाई संघिय गणतन्त्रात्मक नेपाल बनाउन एमाले प्रयत्नशील रहेको राजनीतिक मैदानमा अरु दलहरुसंगै लामबध देखिन्छ । विश्वव्यापी रुपमै कम्यूनिष्टहरु जडसुत्रिय हून्छन्, हिंशावादी हुन्छन् भन्ने प्रचार मात्र होईन संसारका पूजिवादीहरु कम्युनिष्ट विरुद्ध एक भईरहेको बेलामा समेत नेकपा (एमाले) ले २०४८ सालमा प्रतिनिधिसभाका एक तिहाइ सिटमा विजय हासिल गरेर लोकप्रियता पुष्टि गरेको थियो ।
२०५१ सालको मर्यावधि निर्वाचनमा सर्वाधिक सिट हासिल गर्दै पार्टीले पहिलो कम्युनिष्ट सरकार सर्चालन ग¥यो । मनमोहन अधिकारी प्रधानमन्त्री रहेको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र मनमोहनलाई सम्मानित प्रधानमन्त्रीको रुपमा नेपाली समाजले आज पनि स्मरण गर्छ । त्यसबाहेक, २०६६ जेठदेखि २०६७ माघसम्म पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र २०६७ माघदेखि २०६८ भदौसम्म पार्टी अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको रुपमा संयुक्त सरकारको नेतृत्व गरिसकेका छन् । संसदिय मोर्चामा प्रभावकारी भूमिका निर्वाह गर्दै कम्युनिष्टहरुलाई लोकतान्त्रिकरण गर्ने जनताको बहुदलिय जनवादको जसलाई एमालेले नेपाली क्रान्तिको मौलिक कार्यक्रम र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको नयां कार्यक्रम भनेको छ । जवज नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारीक कसीबाट परीक्षित हुदै सही साबित हुदैपनि आएको छ । यद्यपी आज पनि नेपाली राजनीतिमा उग्रवामपन्थि भड्कावहरु प्रभाव जमाउन खोजिरहेको सन्दर्भमा जवजले नेपालको राजनीतिलाई मार्गनिर्देश गरिरहेको पुष्टिपनि हुन्छ तर जवजलाई मार्ग निर्देशक सिद्धान्त मान्ने नेकपा एमाले पछिल्लो समय अलोकप्रिय मात्र होईन गुट र लवीको राजनीतिमा हराईरहेको छ ।
नेपाली समाजलाई यो अवस्थासम्म ल्याउन ईतिहासमा महत्वपूर्ण भूमिका खेलेको एमालेका माथिदेखि तलैसम्मका नेताहरुले आफ्नो ईतिहास आफैले धुलिसात पार्ने गुट, उपगुट र लवी नामको भयानक आत्मघाती बम बोकेर हिडेका छन् । जन जिविकाको सवालमा उत्तरदायी बन्नु पर्ने एमाले आफुले पारित गरेको जवजको मार्ग निर्देशक सिद्धान्तलाई आफैले भुलेर गुटनीतिको सिद्धान्तलाई बलियो बनाउनमै तल्लीन देखिएको छ । मदन भण्डारीद्धारा प्रतिपादित जवजलाई पार्टीको पांचौ महाधिवेशनले लोकतान्त्रिक विधिद्धारा समाजको प्रगतिशिल रुपान्तरण गर्ने वैज्ञानिक सिद्धान्तकोरुपमा व्याख्या गर्दै पारित त गर्यो तर त्यसको सही प्रयोगको सन्दर्भमा भने एमाले चुक्दै आईरह्यो । सिद्धान्त र व्यवहारिक कसीवाट एमाले टाढीनुको मुृख्य कारण पार्टीभित्र मौलाउदै गईरहेको नेतृत्वविचको गुट नै थियो । २०६५ सालमा भएको बुटवलको आठौं महाधिवेशनका वेला मञ्चवाटै नेताहरुले हामीविचको गुट तिनाउ नदीले बगाएर लग्यो भन्नुलेपनि एमालेभित्र गुट कति थियो भन्ने अनुमान लगाउन सकिन्छ तर उनीहरुको गुट तिनाउ नदीले बगाएन बरु अझै कर्णाली र नारायणी भएर उर्लीएर आयो । महाधिवेशनमा जित्नेले हार्नेलाई समेट्न सकेनन्, हार्नेले जित्नेको जितलाई स्विकार गर्न सकेनन् । गुटको असर एमालेको केन्द्रीय कमिटीदेखि गाउ कमिटीसम्म र प्रवासदेखि जनसंगठनको तल्लो तहको कमिटीसम्म प्रत्यक्ष देखियो ।
गुट बलीयो बन्दैजानु, समाज र नेपाली क्रान्तिलाई सही तरिकाले नेतृत्व गर्न सक्ने जवजको कार्यक्रम हुदाहुदै पार्टीका केही नेताहरु कहिले यथास्थितिवादी काग्रेस परस्त हुनु कहिले उग्रवामपन्थि विचार बोक्ने माओवादी परस्त हुनुले पार्टीको सांगठानिक जिवन ध्वस्त हुदै गईरहेको र वर्तमान राजनीतिक संकटको समाधानमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको गएको मंसिर ७ गतेदेखि १२ गतेसम्म भएको एमालेको १२ औं बैठकले निष्कर्ष निकालेको देखिन्छ ( हेर्नुहोस एमालेको सातौं अन्तर पार्टी निर्देशनको पृष्ठ ४ ) सोही बैठकपछि प्रतिनिधि परिषदको भेलालाई लक्षीत गर्दै तिन महिने अभियानपनि गरिसकेको छ भेलामा नेताहरुले भने झै संविधानसभामा तेस्रो स्थानमा रहेको एमाले भावि दिनमा पहिलो पार्टीमा दरिन्छ दरिदैन त्यो हेर्न बाकीं नै तर भेलाले मुलतः दुई वटा सन्देश दिएको छ पहिलोः खुलामञ्चमा विशाल जनप्रदर्श गरेर शक्ति त्यति धेरै कमजोर भएको छैन भन्ने । दोस्रो, वषौंदेखिको चरम गुटबन्दी अन्त्य गर्छौ र राजनीतिक मुद्दामा स्पष्ट बन्छौ भन्ने उदघोष । तीन दिन चलेको बैठकले जेठ १४ भित्र कुनै पनि हालतमा संविधान बन्नुपर्छभन्ने धारणा लगायत महत्वपूर्ण मुद्धाहरुमा आफ्नो धारणा बनाएको छ ।
भेलामा बोले जसरी भाविदिन एमालेकालागी त्यति सहज छैन । पार्टीभित्रको गुटलाई सिध्याउछौ र एमालेलाई नेपालको पहिलो पार्टी बनाउछौं भन्दा झलनाथ खनाल, माधव नेपाल, केपी ओली र बामदेव गौतमहरुले जती ताली पाएका थिए त्यसको गरिमालाई बचाउन एमाले नेताहरुकालागी चुनौति कायमै छन् । खुल्लामञ्च पुगेका र घरैमा टेलिभिजन हेरेर बसेका र एफएम रेडियो सुन्ने देशभरीका जनतामा नेताहरुले बोल्दा छायएको रोमाञ्चकतालाई कायम राख्न त्यति सजिलो छैन । नेताहरुको नशा नशामा सञ्चारित गुटको कण मिसिएको रगतलाई डायलाईसिस गरेर मात्र हुदैन पुरै रगत फेर्न आवश्यक छ । वर्षौदेखि दुषित बनेको एमाले नामको मुटुको भल्वहरुलाई निर्मलिकरण गर्दै शरिरभरी प्रवाहित गर्न जरुरी छ त्यसकालागी सवैभन्दा गुट बनाउने र गुटको सदस्यहुने नेतादेखि कार्यकर्ताहरुले हिम्मत गर्न जरुरी छ र वर्षौदेखि नचलेर माकुराको जालो लागेको संगठनको जिवनलाई झाडु लगाएर लिपपोत गर्दै अभियान सञ्चालन गर्न जरुरी छ ।
जसरी आपसी सदभाव र भाइचारा बढाउने होली पछिल्लो कालमा विकृति भित्रिन थालेको छ । होली शुरुु नहुदै पानी छेप्ने, जथाभावी लोला हान्ने, अश्लिल बोल्ने र युवतीलाई जिस्क्याउने जस्ता कुरा होलीका विकृति पक्ष मानिएको छ ठिक त्यसैगरि एमालेभित्र गुटको खेती झागीदै जादा एमालेभित्रपनि खपिनसक्नुको विकृति भित्रिएको छ । गुटकै लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा भनसुनमा काम पट्याउने जस्ता एमाले नामको रुखमा काम नलाग्ने ऐजेंरुले एमालेलाई कुरुप बनाएको छ ति ऐजेंरु एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।
साच्चिकै एमाले पहिलो पार्टी बन्ने हो भने पार्टी र जनताबिच, नेतृत्व र कार्यकर्ताबिच, माथिल्लो कमिटी र तल्लो कमिटीबिचको सम्बन्धलाई औपचारिकतामा मात्र सिमित राख्नु हुदैन जिवन्त बनाउनु पर्दछ । केन्द्रीय नेतृत्व काठमाडौंमुखि, जिल्ला र अञ्चल नेतृत्व सदरमुकाम र सहरमुखि, सम्पूर्ण पार्टीपंतिं केन्द्रमुखि बनेकाले जनतासंको एमाले सम्बन्ध टाढिएको छ यसलाई तोड्न जरुरी छ । पार्टी कमिटी गठन पुरगठन, भेला बैठक, प्रशिक्षण सदस्यता र नविकरण औपचारिकतामा मात्र सिमत बन्दै गईरहेको छ यसलाई व्यवस्थित गर्दै सम्पूर्ण पार्टीपंतिलाई वैचारिक सैद्धान्तिक ज्ञानबाट लैश गराउन आवश्यक छ ।
0 comments:
Post a Comment