साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

सलाम .... एलिसालाई

म आफै बुबाको काजक्रिया गर्छु, किरीयापुत्री आफै बस्छु भनेर अडान लिएपछि विरोधीहरुको केही जोड चलेन’       


      धरान । आमा—बुबाको मृत्यु पछि छोरीले किरीयापुत्री बस्न र मृत्यू सस्कार गर्न हुदैन भन्ने हिन्दु धर्मको सस्कारलाई चुनौति दिदै धरानकी एक बालिकाले बुबाको मृत्यू सस्कारकालागी किरीयापुत्री बसेकी छन् ।
     धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद बुबाको किरीयापुत्री बसेर समाजलाई चुनौति दिएकी हुन् । बुबा हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी जेठी छोरीको नाताले एलिसा किरियापुत्री बसेकी हुन् । ब्रेन ट्युमर रोगबाट पीडित ३२ बर्षीय सापकोटाको बिहिबार मध्यरातमा मृत्यु भएको थियो । दुई छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र तीन दिनअघिदेखि किरियापुत्री बसेकी हुन् । दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु सँस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दु धर्मप्रति आस्थावान कट्टर महिलाहरुले विरोधसमेत जनाए । छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन ।

‘छोरी एलिसाले नै म आफै बुबाको काजक्रिया गर्छु भनेर अडान लिएपछि विरोधी महिलाहरुको केही जोड चलेन’—एलिसाका बडा बा कृष्णबहादुर सापकोटाले भने—‘अझै पनि केही महिलाहरु आएर छोरीलाई किरियापुत्री बस्न दिएर हुदै नभएको चलन ल्यायौं, ठिक गरेनौ भन्दै आउछन् ।’ उनी भाईको मृत्युको खबरले किरियापुत्री बस्नको लागि भोलिपल्ट शुक्रबार नै काठमाण्डौंबाट धरान आइपुगेका थिए । ‘म किरियापुत्री बस्न भनेर आएको थिएँ, तर छोरीले तपाई बस्नु पर्दैन, म आफै बस्छु भनि । मैले पनि उसको निर्णयलाई सम्मान गरे’—उनले भने । एलिसाको निर्णयप्रति असन्तुष्टी जनाउदै कतिपय महिलाहरु मलामी जानसमेत हिच्किचाएका थिए ।
स्वर्गीय हरिबहादुर र ममता सापकोटाका १४ बर्षीया एलिसा र ७ बर्षीया इसा सापकोटा दुई छोरी छन् । छोरा नभएका सापकोटा दम्पत्तिलाई समाज, नातेदारसमेतले छोरा छैन, के गर्ला र भनेर वचन लगाउथे । ‘हाम्रो दाजुभाई छैन भनेर अलग्गै व्यवहार गर्छन्, छोरीले केही गर्न सक्दैनन् जस्तो व्यवहार गर्छन’—किरियापुत्रीमा बसेकी एलिसाले भनिन्—‘तर, छोरी पनि छोरासरह नै हो भन्ने देखाउन र आफ्नो कर्तव्य पुरा गर्न यस्तो निर्णय गरेको हुँ ।’ उनले बुबालाई दागबत्ति, पिण्डदान, कालीकाटलगायत सँस्कार पुरा गरेकी थिइन् । ढिकुरे वेदी(पिण्ड तर्पन दिने ठाँउ) उठाएर बसेकी उनले हाल दिनहु बिहान आफै पिण्डढ तर्पण गर्छिन् । उनी स्थानीय सदन उच्च माविमा कक्षा ८ मा अध्ययनरत छिन् । हाल जिल्लास्तरीय परीक्षा चलिरहेपनि विद्यालयले उनलाई पछि परीक्षा दिने व्यवस्था गरेर सहयोग गरिदिएको छ ।
एलिसाको निर्णयलाई उनको आमा, बडा बा, मामाका साथै पण्डित रुद्र भटराईलेसमेत समर्थन गरेका थिए । एलिसालाई काजक्रिया गर्न र किरियापुत्री बस्न दिएर धर्मविरोधी काम गरेको भन्दै पण्डित भटराईप्रति पनि विरोधी महिलाहरु रुष्ट बनेका थिए । ‘हिन्दु धर्मशास्त्रमा छोरीले काजक्रिया गर्न नहुने भन्ने र्छैन, तर चलनमा नभएकोले मात्र यस्तो भएको हो’—पण्डित भटराईले भने—‘उसले(एलिसा)ले बुबाको काजक्रिया मै गर्छु भनेर हिम्मत देखाई, मलाई अरुले विरोध गरेपनि समर्थन गरेको हुँ ।’ आफन्तजका अनुसार पण्डित भटराईलाई महिलाहरुले फटाहासमेत भनेका थिए । छोरा नहुदा समाजको अनेक वचनले विचलित बनेकी ममता सापकोटा अहिले भने आफ्नी छोरीप्रति गर्व महशुस गरिरहेकी छिन् । ‘यसको छोरा छैन, पछि मर्दा पर्दा के गर्ला र भन्थे’—छोरीसँगै किरिया पुत्रीमा बसेकी ममताले भनिन्—‘मेरो कोखबाट छोरा नजन्मिएपनि अब मलाई कुनै गुनासो छैन, एलिसाप्रति गर्व लागेको छ ।’ वैदेशिक रोजगारीमा साउदी अरब गएका उनका पति हरिबहादुर गत बर्ष एक्कासी घर फिरेका थिए । साउदीमा ब्रेन ट्युमर देखिएपछि घर फिरेका हरिबहादुरले यो कुरा भने परिवारजनसँग लुकाएका थिए । गत साउनमा मात्रै उपचारको क्रममा उनको रोगबारेमा परिवारजनले थाह पाएको थियो ।

0 comments:

Post a Comment