साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

हॉसेकैछु यो पलसम्म

  • भीमज्वाला राई
    
   हॉसेकैछु यो पलसम्म रमाएकैछु यो पलसम्म
  ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।
 
 झरनाबाट झरें म पहरामा पछारिदै
 भेलसंगै बगें म, चट्टानमा बजारिदै
 चोट सहदै पीडिा भुल्दै, हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।

 घात गर्यौ बात लायौं दुनियां हासे मलाई हेर्दै
 मेरो बसन्त उजाड भयो, हरायौं अन्तै रंग फेर्दै
 पीर साट्दै व्यथा भुल्दै हॉसेकैछु यो पलसम्म
 ऑंशु पिउदै मृत्यु छल्दै बॉचेकैछु यो पलसम्म ।

0 comments:

Post a Comment