भीम ज्वाला राई
९ चैत्र २०७० काठमाण्डौं
काढमाण्डौ । क्याम्बोडियाली राजधानी नोम पेनको तिनदिने बसाईले मनग्य छोयो । उग्र वामपन्थिी विचारको परिणाम के हुन्छ भन्ने उदाहरण कम्बोडियाली खमेरुज पार्टीका नेता पोलपोटको सन १९७० देखि १९७५ सम्मको शसस्त्र जन बिद्रोह र त्यसले निम्याएको विध्वंसको कथाहरु पढिदै र सुनिदै आएकाले क्याम्बोडिया भन्ने बित्तिकै नेपाल जस्तै अस्तव्यस्त र अबिकसित भन्ने ठानेको थिएं ।
सर्वहारा क्रान्तिका नाममा माओवादीहरुले नेपालमा गरेको जनयुद्धको दश वर्षे हिसात्मक क्रियाकलाप र त्यसले निम्त्याएको विनास र नेपालीलेले भोगीरहेको पीडाको एउटा साक्षि म आफै थिएं । मुक्तिको नाम जोडिएका जनयुद्ध र त्यसलाई निषेध गर्ने नाममा भएका दमनले देशलाई कतिसम्म बर्वादीको दिशा तर्फ धकेल्छ भन्ने अनुभव संगालेको हुनाले १८ मार्च २०१४ को राती ११ । ५० वजे क्याम्बोडियोको राजधानी नोम पेनका लागि काठमाण्डौ छाड्दापनि क्याम्बोडियालाई नेपाल भन्दा हरेक हिसावले राम्रो र विकसित ठानेकै थिईन । जव १९ मार्चको विहान मलेसिया हुदै अपरान्ह करिव १ वजे क्याम्बोडियाको राजधानी नोम पेन अन्तराष्टिय विमानस्थल अवतरणपछि हाम्रो देशको अव्यवस्थित र फोहोर त्रिभुवन अन्तराष्टिय विमान स्थल र त्यहाको आधुनिक र टकटकाउदो सफा विमान स्थलबीच कतै छेउकुनो मेल नखाए झै मेरो अनुमानपनि छेउकुनै मिलेन ।
विमान स्थलबाट बाहिरिएर करिव ३५ मिनटको यात्रा बाट नोम पेन शहरको बजार हुदैं सन वे होटल पुग्दासम्म क्याम्बोडिया बारे गरिएका अनुमान शतप्रतिशत गलत सावित भयो जनयुद्धका नाममा भएका हिंसा र विध्वंशको सामना गरेकै देशहरु भएपनि नेपाल र क्याम्बोडियाबीच थुप्रै असमानता र केही समानताहरुपनि पाईए ।
असमानताहरु ः
नोम पेन विमान स्थलमा नेपालको विमान स्थल जस्तो ढिला पन देखिएन अन अराईभल भिसाको फर्म भर्नासाथ करिव १० मिनटमै सवै काम तमाम पारिदिएर यू आर हर्ट्ली वेलकम टु आवर कन्टी क्याम्बोडिया, ह्याव अ नाईस स्टे ईन नोम पेन सर भन्दै हासेर विदाई गरे जुन व्यवहार हाम्रो विमानस्थलमा कार्यरत कर्मचारीहरुबाट अपेक्षा गर्नु मुर्खता हुनेछ बरु विभिन्न बहाना गरेर दुख दिने गरिन्छ ।
त्रिभूवन अन्तराष्टिय विमान स्थलको आगमन गेटमा प्रिपेईड ट्याक्सी भनिएपनि कम्यूटराईज रसिदबीना पर्यटनहरुका लागि भनिएको हरियो प्लेटका ट्याक्सीहरुले चर्को मुल्य तोक्ने, मोलमोलाई गरेर यात्रुहरुबाट मनपरि रकम असुल्ने गर्दछन् नोम पेनमा त्यस्तो देखिएन यात्रु तानातान र चर्को मुल्य असुल्न खोज्ने र अन्य देशबाट त्यहा पुगेका यात्रुहरुलाई ठग्ने ट्याक्सी चालकहरु त्यहा देखिएनन् । तानातान गर्न पनि कोही आएनन ।
विमान स्थलबाट बाहिर निस्किएपछि काठमाण्डौको जस्तो धुलो धुंवा र फोहोरबाट बच्न नाक थुन्नु पनि परेन कतै ट्राफिक जाममा पनि परिएन, पैदल यात्री र सडकमा हुने भीडभाड र गाईबस्तुलाई तर्काएर ट्याक्सी कुदाउनु पनि परेन र हाम्रो देशमा जस्तो स्वरुप विगारेर पुच्छर ठाडो पारेर नागवेली चाल र आंधीको गतिमा कुद्ने मोटरसाईकलहरुपनि बाटोभरी कतै भेटिएन ।
चिल्ला र चौडा सडक, आ आफ्नै लेनमा आफ्नै गतिमा दौडिरहेका सवारीहरु, सडकका दायां बायां तर्फ मझौला तर सफा भवनहरु हेर्दै चिताकर्षक नेपालमा जस्तो सवारी साधनलाई नै रोक्नेगरी सडक किनारमै पसल थाप्ने र हाट बजारै सडक पेटीमा लगाउने जस्तो वेथिति नोम पेनमा कतै देखिएन ।
अझै अचम्मको कुरो त के भने नेपालको जस्तो हिटलरी टाफिक प्रहरीहरु नोम पेन शहरमा कतै देखिएन । काठमाण्डौका सडकमा ट्राफिक प्रहरीहरुको दादागीरी खपीसक्नु हुदैन, चालकहरुलाई गालीगलौज गर्दै जरिवाना असुलीरहेका उत्तेजित ट्राफिकहरु जताततै देखिन्छन् तर नोम पेनमा न ट्राफिक नै देखियो न चालकहरु सवारी नियम उल्लघन आरोपमा कार्वाहीमा परेको दृष्य देखियो ।
नोम पेन आउने पर्यटकहरुलाई सहज के देखियो भने क्याम्बोडियन मुद्रा साटिरहन नपर्ने किनभने साना साना पसलहरुमा समेत अमेरिकी डलर सहज विनिमय भएको पाईयो, काठमाण्डौको ठमेलमा मात्र देख्न सकिने पर्यटकहरु मुद्रा विनिमय सहजका कारणले पनि होला नोम पेन शहर जताततै पर्यटकहरु भेटिन्थे ।
केही समानताहरु ः
क्याम्बोडियनहरुलाई नेपालका राई, लिम्बु, गुरुङ, तामाङ, मगर, शेर्पा तथा नेवार समुदायका मान्छेसंगै राखिदिने हो भने कसैलेपनि छुट्याउन सक्दैनन् । होचो कद, डल्लो अनुहार थेप्चो नाक चिम्सा आंखां र सेतो छाला नेपाल र क्याम्बोडियाबीचको समानता देखियो । नोम पेनका मान्छेहरु देख्दा उहिले हाम्रो जुजु बराजुको पालामा घर झगडा गरेर पर्देशिएर मुग्लानीएर क्याम्बोडिया आउदा यतै घरजम गरेर बसेको हो की जस्तो । आफ्नै दाजुभाई जस्ता अब स्वदेश फर्कौ सगैं शुख दुख गरेर बसौ भनौ जस्तो मायां लागेर आउने ।
हाम्रो देशमा जस्तो खस ब्राहमण तराईबासी मुलकासंग अनुहार मिल्नेपनि नभएका होईनन् तर बहुल सख्यांमा मंगोलियन अनुहारकाहरुको बाहुल्यता क्याम्बोडियाको विशेषता रहेको पाईयो । अर्को समानता भनेको अधिकांश बौद्ध धर्मावलम्बि तथा नोम पेन शहरको मध्य भागमा समेत हिन्दु धर्मावलम्बिहरुको आस्था झल्काउने मन्दिरहरु रहनुले हिन्दु धर्मपनि क्याम्बोडियामा अझै अस्तित्वमा रहेको पाईयो ।
सडकमा गुड्ने सार्जजनिक तथा निजी सवारी साधनहरुका चालकहरुमा महिलाको सख्यां उलेख्य देखिएको पाईयो । सवारी साधन सञ्चालनमा मात्र होईन नोम पेन शहरको चर्चित बजार रसियन मार्केट जहां व्यापार गर्ने ९९ सय प्रतिशत व्यापारीहरु महिला भेटिए । १५ देखि ७० वर्षसम्मका महिलाहरु हातमा क्यालकुलेटर बोकेर स्वदेशीसंग आफ्नै भाषामा र विदेशीहरुसंग अग्रेजी भाषामा बस्तुको मोलमोलाई गरिरहेको भेटिए ।
त्यो शिप यहां लागु गर्न सके ?
दुई भन्दा बढी पर्यटकहरु तथा स्वदेशी यात्रुलाई सेवा दिन मोटरसाईकलको पछाडी छ जाना अटाउन सकिने सिट जोडेर बनाईएका टुक टुक र एक जना मात्र पर्यटक या यात्रुलाई सेवा दिन मोटरसाईकल सेवा प्रदान गरेर त्यहाका युवाहरुले दैनिक १० देखि २० अमेरिकी डलर कमाईरहेका छन् । त्यस्तो पेसामा १८ देखि ६० वर्षसम्मका हजारौ क्याम्बोडियाली आश्रित रहेको पाईयो ।
त्यो मोटरसाईल वा टुक टुक सेवा नेपालमा पनि सञ्चालन गर्न सकिए यहांका युवाहरु वेरोजगार बन्नु पर्ने थिएन । नेपालका कुण्डले, मुन्द्रे, जगल्टेहरु तथा तह तहका डनहरु ुबै तह लाग्ने थिए । चरि, गणेश लामा, दिपक मनांगे, चक्रे मिलन लगायत डनहरु पनि तह लाग्ने थिए ।
कामको खोजीमा दैनिक सयौं युवाहरु विदेशिनु परिरहेकोछ ३० लाख भन्दा बढी नेपाली युवाहरु संसारभरी प्रवासी जिवन विताईरहेका छन् । यो सेवाले प्रवासी समस्यालाई केही हदसम्म समाधानका लागि सहयोग पुग्ने थियो ।
क्याम्बोडियाली श्रमिक जनताको दुर्भाग्य
क्याम्बोडिया बिकासमा अघि बढीरहेको भएपनि जनजिविका र श्रमिकहरुको आधारभूत आवश्यक्ताका विषयमा अझै पछि रहेको पाईयो । सन १९५३ मा फ्रेन्च उपनिवेशबाट स्वतन्त्र भएको भएपनि त्यहाको शासकिय अधिनायकबादबाट क्याम्बोडिया अझै मुक्त हुन सकेको देखिएन सायद त्यही भएरैपनि पोलपोटले जन विद्रोह प्रारम्भ गरेका थिए । यद्यपी उनको विद्रोह ईतिहासमै बदनामी मात्र भएन जसले संसार भरिको कम्युनिष्ट आन्दोलनलाई बदनामी पनि बनायो ।
पोलपोटको पतन र राजतन्त्रको पुनरुत्थानपछि देखिएको परिवर्तन र वर्तमान क्याम्बोडियाको रुप र भविष्यप्रतिको फड्को पार्ने प्रयत्नलाई सवैले सराहना गर्नै पर्छ तर अहिलेपनि त्यहा श्रमजिवि जनताले न्युतनम आवश्यक्ताका मागहरु प्राप्त गर्न सकेको पाईएन ।
गार्मेन्ट कारखानामा काम गर्ने मजदुरहरुको संगठन स्वतन्त्रता र न्यूनतम ज्याला लागु गर्ने मागको आन्दोलनमा गएको जनवरीमा सरकारले दमन मात्र गरेन पांच जना मजदुरहरुको हत्या गरिदियो भने अहिलेपनि २३ जना मजदुरहरु प्रहरी हिरासतमा बन्दी बनाएर राखेको छ ।
अन्तराष्टिय टे«ड युनियन महासंघ एशिया प्रशान्त क्षेत्रीय कमिटी (आईटियूसि एपी)ले क्याम्बोडियामा बैठक राख्नुको कारण यही निरंकुशताको विरुद्ध संसारभरीका ट्रेड युनियनहरुको एक्यवद्धताका लागि पनि हो । आगामी जुनमा जेनेभामा हुने अन्तराष्टिय श्रम संगठन(आईएलओ)को महासभामा प्रस्तुत हुनेगरी क्याम्बोडियाको यही श्रमजिवि मजदुरहरुको हत्या र गैर कानुनी बन्दी बनाईएको विषय र बगलादेशको राना प्लाजा गार्मेण्ट उद्योग भत्कदा ११ सय ३५ मजदुरहरु मारिएपनि अहिलेसम्म क्षतिपुर्ति नपाएको विषयलाई प्राथमिकतामा राखेका छौं । बैठकमा सहभागीहुने मौका जुराई दिएकामा नेपाल टेड युनियन महासंघ जिफन्टलाई हार्दिक धन्यवाद ।
0 comments:
Post a Comment