२९ फागुन २०७०
धरान आएको आज १० दिन भएछ १९ गते दिउसो काठमाण्डौं छाडेको थिए । भोली विहानको बसमा पुनः काठमाण्डौं फर्कदैछु । कार्यक्षेत्र परिवर्तनले मनमा बेचैनी बढीरहेकोछ २०५० सालदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम मात्र गरिन धरानसंग मेरो रगत र पसिनाको सम्बन्धपनि गासिएकोछ , २०५० सालमा जन्म थलो सिरहा छाड्दा जति सहज थियो तर अहिले धरानबाट कार्यथलो परिवर्तन गरेर काठमाण्डौं रोज्दा मलाई पीडा भईरहेकोछ । हुन त २०६६ सालबाटै धरान र काठमाण्डौको बसाई आधा आधा भईसकेको थियो , २०७० पुस २२ देखि २४ गतेसम्म काठमाण्डौमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्टिय अधिवेशनले मलाई निर्विरोध महासचिव बनाएपछि मैले स्थायीरुपमै कोठा लिएर बस्न थालेको छु । छोरी सुप्रियाको शिक्षा काठमाण्डौमै व्यवस्था भईसकेकोछ चन्द्रा मसंगै हुनेनै भईन् । धरानले मलाई बिर्सनु हुदैन मैले धरानको माटोबाटा पाएको उर्जालाई भुल्नु हुदैन भनेर नै म धरान महिनामा एक दुईपटक आईरहन्छु । यस पटक नेपाल पत्रकार महासंघ सुनसरीको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा धरान आएको थिए फेरीपनि मलाई सुनसरीका पत्रकारहरुले महासंघको पार्षद जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएकोछ । मैले २७ गते नै काठमाण्डौ पुग्नु पर्ने थियो तर धरानको आतिथ्यतालाई भुल्न सकरहेको छैन । धरान आएपछि फकिईहाल्न मनले पटक्कै मान्दैन ।
आमा, बाबा, भाई बहिनी, काका, काकी धरानमै हुनुहुन्छ तर आफन्त भन्दा अन्य समय साथीहरु तथा पार्टी र संगठनको कामनै मेरा लागि परिवार जस्तै भएका छन् । धरानसगैं रहन अब मलाई मेरा जिम्मेवारीले दिने सम्भावना छैन । धरानमा फर्किने जिल्लामा काम गर्ने सन्दर्भमा मेरा केही राजनीतिक योजनाहरु र केही व्यक्तिगत रुपान्तरणका सपनाहरु छन् त्यो सपना पुरा गर्नपनि केही समयका लागि धरानसंगको भेट यस्तै रामछांया यूक्त हुन जरुरीछ ।
यही चैत्र ४ देखि ९ गतेसम्म कम्बोडिया भ्रमणबाट फर्किएपछि जिफन्टको छैठौं महाधिवेशनमा सहभागी भएर चैत्रको अन्तिममा फेरी धरान फर्कनेछु ।
0 comments:
Post a Comment