साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

माओवादीले चालकको हत्या किन गरे ?

late chhedilal
  • भीमज्वाला राइ  
           छेदीलाल चौधरीको हातमा बम थीएन, ग्रीनेड थीएन कुनै बन्दुक पनि थीएन उनको हातमा थीयो भने मात्र बसको स्टेयरीं¨ थीयो तर नेकपा माओवादीले यातायात मजदुर चौधरीको हातमा भएको बसको स्टेयरीगलाई बम , ग्रीनेड र बन्दुक भन्दा खतरनाक देखे र एक निहत्था चालकलाई गोली हानी हत्या गरीदिए  ।    चालक चौधरीलाई २०५९ मंसिर ३ गते राती ११ बजे दांङ जिल्लाको तुलसीपुर र घोराहीको विचमा पर्ने हेमन्तपुरमा नेकपा माओवादीको सेनाले गोली हानी हत्या गरेको थीयो । दांङ काठमाण्डौं रुटमा सञ्चालीत ना २ ख ५४३५ नम्बरको बसमा मजदुरी गर्ने छेदीलाल चौधरीले माओवादी विरुद्ध सेना प्रहरीलाई सुराकी पनि गरेका थीएनन् , सेना प्रहरीमा जागीरेपनि होईनन् उनको कसुर थीयो गरीवी त्यही गरिविसंग जुध्दै आफ्ना परिवारको छाक टार्न यातायात मजदुरी गरेका थीए तीनै गरिविसंग जुध्दै गरेका एक जना निमुखा मजदुर माओवादीको आखामा जनयुद्धको विरोधी बने र उनको चोला उठाईदिए .

मेरो दोष के थीयो

“ बरु मलाई एकै पटक गोली ठोकेर मारीदिनुस “
   धरान स्थित काली बक्स गणको कालो कोठामा माओवादी आरोपमा  बन्दी बनाईएका यातायात मजदुर रामबाबु पौडेललाई सेनाले पटक पटक चरम यातना दिएपछि पीडा सहन नसकेपछि उनले यस्तो आवाज निकालेका थीए ।
    शरीर अधमरो भईसकेको थीयो , शरीर थर्थर कामीरहेको थीयो , बोल्न सकिरहेको थीईन् तर यातनाको मात्रामा कमीे थीएन पटक पटक मर्नु भन्दा एकै पटक मर्नु उपयूक्त ठानेर मैले बरु मलाई गोली ठोकेर मार मलाई पटक पटक यातना नदेउ भन्ने हिम्मत बटुले पौडेलले भने ।
   मैले त्यती भने पछि म माथीको यातनामा कमी आयो उनीहरुले के बुझे मलाई थाहा भएन तर सदा झै यातना दिन छाडे मलाई अलीक राहत महसुस भयो पौडेलले अनुभव सुनाए ।
     धरान बिराटनगर रुटमा सञ्चालीत को १ ख ५१० नम्बरको बुढासुब्बा बसका चालक रामबाबु पौडेललाई २०५९ साल चैत्र २८ गते माओवादी आरोपमा  ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थीयो । बसको पालो पर्खेर बसीरहेका उनलाई दिउसो साढे बाह्र वजे तीर धरान ८ स्थित हिमालय पेट्रोल पम्प छेउबाट अन्य छ जना मजदुरहरुसंगै पक्राउ गरीएको थीयो ।
    प्रहरी भेनमा राखेर प्रहरी कार्यालय पुर्याईएका छ जना मध्य अन्य पांच जनालाई एक घण्टापछि छाडीएपनि पौडेललाई भने सो दिन साझ ६ वजे धरान १३ फुस्रे स्थित नेपाली सेनाको कालीबक्स गणमा लगीएको थीयो । किन पक्राउ परे पक्राउ परेका मध्य अरु किन र कसरी छुटे आफुलाई किन सेनाको ब्यारेकमा पुर्याईयो पौडेल अनभिज्ञ थीए सेनाको ब्यारेक पुर्याईएपछि अब नबाच्ने भए भन्ने सोचीरहेको थीए त्यही समय १० । १२ जना सेनाहरु आएर ए माओवादी भन्दै कालो कोठामा लगेर थुने अनी मलाई भकुर्न थाले त्यस्तो यातना मैले कहिल्य पाएको थीईन र अब खेप्न नपरोस पनि चैत्र २८ देखि बैशाख १५ गते सम्म लगातार १८ दिन मैले कुनै गल्ती नै नगरी सजाय भोगे सेनाको नजरमा मलाई मनै नपरेको पार्टी माओवादी भईरहे पौडेलले भने ।

गजल

 भीम राई ज्वाला
यो संसार हाम्रो हो
यो धर्ती हाम्रो हो

पथ्थर गलाउने
यो पसिना हाम्रो हो

यो हथौडी हाम्रो हो
यो रेन्ची हाम्रो हो

यूगका प्रतिनिधि

आक्रोशित छन् घामका किरणहरु
निर्मम फैलिएर छताछुल्ल
आगो ओकलीरहेछ ।

जलीरहेछन्
भोका पेटहरु नाङगा आङहरु
थर्मामिटरको अंकरेखामा
क्रमशः बढीरहेछ पारो
सर्वत्र तापको साम्राज्य

आस्थाको पहाड

म शालिक भएर
मेरो आस्थाको बिरोध गर्नेहरुलाई
हेरीरहेछु ।

म रिसाएको छैन
उनीहरुकै छेउमा उभिएर
हासीरहेछु

म हिम नदी भएर बग्न चाहान्छु
सङलो पानी भएर कलकलाउन चाहान्छु
ढु¨ाहरुमा ठोक्कीएर
झर्नाबाट बजारीएर
कन्दराहरुमा चेपीएर
बग्नु र कलकलाउनुको पीडा
म आफै भित्र लुकाएर
नदी र पानीको जिवन
धेरै धेरैलाई बुझाउन चाहान्छु