अस्पताल निर्देशक डा.बिपी दास |
रेडियोलोजी विभाग प्रमुख डा.राजकुमार रौनियार |
मेडिसिन विभाग प्रमुख डा.प्रहलाद कार्की |
बैचारिकरुपमा अस्थिर रौनियार अहिले सदभावना पार्टीको कार्यकर्ता रहेको बताउने गरेपनि उनी हालपनि प्रतिष्ठान भित्र भने माओवादी निकट संगठनको सल्लाहकार रहेको स्रोतले बताएको छ । समय अनुसार चल्दै काचुली फेर्दै रंग बदल्न सक्ने रौनियार कर्मचारीसं सम्न्वय गर्न नसक्ने, प्रशासनिक अनुभव नभएका र प्रतिष्ठानको समस्यामा ढाड फर्काएर हिड्ने व्यक्तिकारुपमा उनको छवी रहेको स्रोतको दावी छ उनी आर्थिक अनियमितताको मुद्धावाटपनि मुक्त नभएको बताईन्छ ।