थिचोमिचोको एउटा उदाहरण ी
पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक
ईतिहास
बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।
बाल श्रम उन्मुलन नारा मात्रै
धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ
सुन्पारी पुग्ने विकल्प ।
भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्
माझी दाई पोखरा फेवा तालको #2380;
पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला
कहां रोक्नु सवारी ? .............
धरान । धरान बस पार्कमा सधै जसो एकापसमा गलबज्जी परिरहने यातायात मजदुरहरु र ट्राफिक प्रहरीहरु बिहिवार एउटै हलमा बसेर दुर्घटनामा कमी ल्याउने उपाय, दुर्घटनाका कारणहरु र ट्राफिक नियमका विविध पक्षहरुवारे अन्तरकृया गरिरहेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरिक्षक मुकुन्द रिजाल भन्दै थिए ट्राफिक नियमको पालना गर्नुस, सडक अतिक्रमण गरेर जहापायो त्यही सवारी नरोक्नुस, ओभर लोड नगर्नुस, मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुस, सवारीको राम्रो मर्मत सम्हार गर्नुस, सवारीको हुडमा यात्रु नचढाउनुस, लापरवाही नगर्नुस, सवारी चलाईरहदा मोवाईलमा कुरा नगर्नुस । रिजालले भन्नासाथ सहभागी चालक जगत बुढाथोकीले रिजाललाई प्रश्न गरिहाले सवारीको हुडमा जवरजस्ती चढ्ने यात्रुलाई रोक्ने हो भने हामीले कुटाई खानु पर्छ तर ति यात्रुहरु ट्र«ाफिक प्रहरीकै छेउमा हुडमा चढ्ीरहदा तपाईहरुले किन कारवाही नगरेको ? ओभरलोड गरेको सवारीहरुलाई कारवाही गर्नुको सट्टा पैसा लिएर किन छाडेको ?
हॉसेकैछु यो पलसम्म
- भीमज्वाला राई
ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।
झरनाबाट झरें म पहरामा पछारिदै
भेलसंगै बगें म, चट्टानमा बजारिदै
चोट सहदै पीडिा भुल्दै, हॉसेकैछु यो पलसम्म
ऑंशु पिउदै मृत्यु छल्दै, बां‘चेकैछु यो पलसम्म ।
घात गर्यौ बात लायौं दुनियां हासे मलाई हेर्दै
मेरो बसन्त उजाड भयो, हरायौं अन्तै रंग फेर्दै
पीर साट्दै व्यथा भुल्दै हॉसेकैछु यो पलसम्म
ऑंशु पिउदै मृत्यु छल्दै बॉचेकैछु यो पलसम्म ।
सलाम .... एलिसालाई
म आफै बुबाको काजक्रिया गर्छु, किरीयापुत्री आफै बस्छु भनेर अडान लिएपछि विरोधीहरुको केही जोड चलेन’
धरान । आमा—बुबाको मृत्यु पछि छोरीले किरीयापुत्री बस्न र मृत्यू सस्कार गर्न हुदैन भन्ने हिन्दु धर्मको सस्कारलाई चुनौति दिदै धरानकी एक बालिकाले बुबाको मृत्यू सस्कारकालागी किरीयापुत्री बसेकी छन् ।
धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद बुबाको किरीयापुत्री बसेर समाजलाई चुनौति दिएकी हुन् । बुबा हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी जेठी छोरीको नाताले एलिसा किरियापुत्री बसेकी हुन् । ब्रेन ट्युमर रोगबाट पीडित ३२ बर्षीय सापकोटाको बिहिबार मध्यरातमा मृत्यु भएको थियो । दुई छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र तीन दिनअघिदेखि किरियापुत्री बसेकी हुन् । दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु सँस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दु धर्मप्रति आस्थावान कट्टर महिलाहरुले विरोधसमेत जनाए । छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन ।
धरान १५ रोदुङ पथकी १४ वर्षीया एलिसा सापकोटा विरोधका बावजुद बुबाको किरीयापुत्री बसेर समाजलाई चुनौति दिएकी हुन् । बुबा हरिबहादुर सापकोटाको मृत्यु भएपछि उनकी जेठी छोरीको नाताले एलिसा किरियापुत्री बसेकी हुन् । ब्रेन ट्युमर रोगबाट पीडित ३२ बर्षीय सापकोटाको बिहिबार मध्यरातमा मृत्यु भएको थियो । दुई छोरीका पिता सापकोटाको मृत्यु भएपछि एलिसाले नै दागवत्ति दिइन् र तीन दिनअघिदेखि किरियापुत्री बसेकी हुन् । दुवै सन्तान छोरी भएका सापकोटा परिवारलाई मृत्यु सँस्कार छोरीलाई गर्न दिएको भन्दै हिन्दु धर्मप्रति आस्थावान कट्टर महिलाहरुले विरोधसमेत जनाए । छोरीले दागबत्ति दिने भए शव उठाउन नदिने भन्दै ती महिलाहरु कडारुपमा प्रस्तुत भएपनि एलिसाको अठोट र अडानप्रति उनीहरुको केही जोड चलेन ।
होली रोमाञ्चकता र एमाले उदघोष
- भीमज्वाला राई
गुटको लहरामा गुण्डागर्दी, कमिशनतन्त्र, ठेक्कापट्टा, सरुवा बढुवा जस्ता काम नलाग्नेगरी पलाएको एजेरुले एमालेलाई कुरुप बनाएको छ ति एंजेरु एमालेकालागी क्यान्सर बनेका छन् जसलाई बेलैमा शल्यक्रिया नगर्ने हो भने एमालेलाई विघटनसम्म पुर्याउने निश्चित छ ।
वसन्तको उत्सव, नयां वर्षको शुरुवात, उमंगको चाड विभिन्न उपमा जोडेर मनाईने होली र एमालेको मिनी महाधिवेशनको रुपमा लिईएको राष्टिय प्रतिनिधि परिषदको भेला संयोगले अघिपछि परेको छ । एमालेको भेला सिद्धिएलगतै रंग, ऋतु र आपसी समन्वयको पर्यायबनेको होलीमा सप्तरगी अबीरको रगींन आभुषणमा रमाएर देश चुर्लुम्म डुवेको छ । रंगहरुको रोमाञ्चकतामा जनता जसरी खुशीको बहारसंगै उद्धेलित बनेका थिए त्यसैगरी एमालेको भेला भईरहदा एमालेलाई नेपालको पहिलो पार्टी बनाउने एमाले नेताहरुको उदघोषले एमालेका नेता कार्यकर्ताहरुमा उत्साह त सञ्चारित भएको थियो नै आम जनतामापनि आशाको टुसा पलाएको छ तर होलीको भोली पल्टदेखि रंग धोएपछि होलीको रोमाञ्चकता हराएर जान्छ र अर्को फागु पुर्णिमासम्म बेदाग हुने गर्दछ त्यसैगरि एमाले भेलाले दिएको रोमाञ्चकतापनि होलीको समापनपछि पखालिएको होलीको रंगजस्तै नबनोस ।
गेसो आन्दोलन र जंगबहादुरप्रति माक्र्सको टिप्पणी
भीमज्वाला राई
गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो
गेसोले वर्षौदेखि सञ्चालन गर्दै आईरहेको र संसारको ध्यान आफुतिर तान्नेगरी छेडीरहेको आन्दोलनको रुप र चरित्रपनि साम्राज्यवाद विरुद्धको आन्दोलन नै हो
कार्ल माक्र्सले आफ्नो डायरीमा जंगबहादुर राणालाई बेलायती कुकुर भनेर खरो टिप्पणी गरेका छन् । माक्र्सको शेखपछि उनका सहयोद्धा एंगेल्सले प्रकाशन गरिदिएको उक्त डायरीमा उल्लेखीत विचारहरु माक्र्सको भारतीय इतिहासपर एक टिप्पणीयाँ नामको भारतको सन्दर्भमा लेखिएको पुस्तकमा पनि पढ्न पाईन्छ । नेपालका राणा शासक, शक्तिशाली प्रधानमन्त्रीलाई “कुकुर” भनेर किन लेखे होलान् ? विश्व सर्वहारा श्रमजीवी वर्गका महान नेता तथा दार्शनिक कार्ल माक्र्स जंगवहादुरप्रति यती निकृष्ट शब्द प्रयोग गर्नेगरी किन आक्रोशित बने ? शोषित, पीडित श्रमजीवी जनताको मुक्तिको सिद्धान्तको प्रतिपादनमा लागीरहेका माक्र्सले करिव डेढ सय वर्ष अघिको नेपाली समाजका उनको सिद्धान्तसंग ठ्याक्कै मेल खाने जनताका राष्ट प्रमुखसंग त्यतिबिघ्न रिसाउनु पर्ने कारण के बनेछ र हदैसम्म तल झरेर गाली गरेका होलान् भन्ने लाग्न सक्छ तर ब्रिटीश गोर्खा भर्तिको दुईसय वर्षको ईतिहासलाई फर्केर समिक्षा गर्दै गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)े आन्दोलनको मोर्चाबध भईरहदा र नेपाली समाजको रुपान्तरणको बाधक राणा कालका नाईके जंगवहादुरप्रति करिव डेढ सय वर्ष अघि माक्र्सले कटु आलोचना गरेको ईतिहासलाई स्मरण गर्ने हो भने गेसो आन्दोलनको निशाना र माक्र्सको प्रहारमा कुनै तात्विक भिन्नता देखिन्न ।
Subscribe to:
Posts (Atom)