साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

जिफन्ट अध्यक्षमा पुनः बिष्णु



काठमाण्डौं । बिष्णु रिमाललाई दोस्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन गर्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशन आईतबार सम्पन्न भएको छ ।
   शुक्रबार सुरु भएको महाधिवेशनले आगामी चार वर्षका लागि ४७ सदस्यीय नयां कमिटी चयन गरेको छ । अन्य ट्रेड युनियनहरुको माहाधिवेशनमा गुट र विवाद हुने गरेको भएतापनि जिफन्टले सर्वसम्मत नयां नेतृत्व चयन गरेको हो । 
महाधिवेशनले पांच उपाध्यक्ष, एक महासचिव, तिन उप महासचिव, आठ सचिवहरु रहेको कमिटी चयन गरेकोछ ।
   कमिटीका उपाध्यक्षहरुमा हरिदत्त जोशी, मधुसुदन खतिवडा, विदुर कार्की, विना श्रेष्ठ चयन भएका छन् त्यसै गरि महासचिवमा बिष्णु लम्साल, उप महा सचिवहरुमा जनक चौधरी, जितेन्द्र जोन्छे चयन भएका छन् भने सचिवहरुमा रमेश बडाल, दिपक पौडेल, जितेन्द्र श्रेष्ठ, गुणराम आचार्य, केशव दवाडी, दिनेशकुमार राई र कमल गौतम चयन भएका छन् ।
  सदस्यहरुमा अमर यादव, कुलबहादुर खत्री, राम बुढाथोकी, चन्द्र गुरुङ, तुलसी सिबाकोटी, उत्तम श्रेष्ठ, भक्तवहादुर बिक र मोहन नेपाली रहेका छन् । त्यसैगरि अञ्चल कमिटीका ११ अध्यक्षहरु पदेन सदस्य हुनेछन् । त्यसै गरि १५ जना महिलाहरु सदस्य चुनिएका छन् । 
 महाधिवेशनले ११ बुदे प्रस्ताव समेत पास गरेकोछ ।   
   

श्रमिकका भरोसा जिफन्ट ः नेपाल


काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालका सवै क्षेत्रका श्रमजीवीहरुको भरोसा योग्य ट्रेड यूनियन जिफन्ट रहेको बताउनु भएको छ ।
    नेपाल ट्रेड यूनियन महासंघ जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन शनिबार राजधानीस्थित राष्ट्रिय सभागृहमा वरिष्ठ नेता नेपालले त्यस्तो कुरा बताउनु भएको हो । अन्य ट्रेड यूनियनहरु पनि श्रम वजारमा देखिएका छन् तर ति संगठनहरु मजदुरहरुको हितमा भन्दा पूजीपतिहरुको गुलामी गर्ने र राजनीतिक दलहरुको पिछलगु बन्ने गरेको वहाले बताउनु भयो । 
    जिफन्टको बन्द शत्रमा विशेष वक्ताका रुपमा निम्त्याईएका एमाले नेता नेपालले बृदावस्थाका मजदुरहरुको भत्ताको व्यवस्था, दुर्घटनामा पर्दा पाउने क्षतीपूर्ति, शिक्षाको प्रत्याभूति लगायतका श्रमजीवी वर्गको सुरक्षाका लागि एमालेले सामाजिक सुरक्षाको व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा लाने र अन्य दलहरुलाई समेत सामाजिक सुरक्षाका विषयमा सहभागी गराईने बताउनु भयो । 
    नेपालमा जात, क्षेत्र, लि¨, भुगोल र उत्पीडितहरुको विषयहरु उठ्ने गरेको भएपनि मजदुरहरुको विषयलाई सवैले विर्सने गरेको बताउनु हुदै मजदुरहरुलाई नीति निर्माणको तह र राज्यको सवै तहमा मजदुरहरुको प्रतिनिधित्वलाई १० प्रतिशत ग्यारेण्टी एमाले गर्ने नेता नेपालले बताउनु भयो । 
   शनिबार जिफन्ट अध्यक्ष बिष्णु रिमालले नीतिगत दस्तावेज, महासचिव उमेश उपाध्यायले सांगठनीक प्रतिवेदन, बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले आर्थिक र विद्यान संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएकोछ । प्रस्तुत प्रस्तावहरुमाथी प्रतिनिधिहरुको समुह निर्माण गरि सुझाव प्रस्तुत हुनेछ ।  

श्रमिक मैत्री संविधानबीना परिवर्तन हुदैन ः खनाल


१४ चैत्र २०७०
काठमाण्डौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले  श्रमिक मैत्री संविधान निर्माण नगरेसम्म देशको आमुल परिवर्तन  र श्रमजीवी जनताको जिवनलाई समृद्ध बनाउन नसकिने बताउनु भएको छ । 
     शुक्रबार राजधानीमा सुरुभएको जिफन्टको छैठौं राष्ट्रिय महाधिवेशनको उद्धघाटन समारोहमा बोल्नुहुदैं त्यस्तो कुरा बताउनु भएको हो । नीति निर्माणको तहदेखि राज्यका सवै तहहरुमा मजदुरहरुलाई १० प्रतिशत सहभागीता गराउन सम्बन्धमा एमाले प्रतिवद्धरहेको बताउनुहुदै २०४८ सालको श्रम ऐनले नेपालका सवै मजदुरहरुको हित गर्न नसकेकाले अब समय सुहाउदो र मजदुरहरुको भविष्यलाई समेत सुदृढ गर्ने श्रम कानुन बनाउन एमाले तयार रहेको बताउनुभयो ।
   खनालले भन्नु भयो संसदमा प्रस्तुत सामाजिक सुरक्षा ऐनलाई यही संसदले कार्यान्वयमा ल्याउन ग्यारेण्टी गर्नु पर्ने बताउनु भयो । करिव ३० लाख नेपाली श्रमिकहरु कामको खोजीमा विदेशीनु पर्ने दुखद अवस्थालाई अन्त्य गर्दै ति युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने र ती युवाहरुलाई स्वदेशमै रोक्नु शिक्षा पदतीको व्यवस्था गरिनु पर्ने खनालले बताउनु भयो । 
 वहाले भन्नु भयो नेपाल संविधान निर्माणको प्रकृयामा रहेकाले अब बन्ने संविधानले श्रमजीवी जनताको अधिकारलाई सुनिस्चित गर्नु पर्ने समाजमा रहेका विभेदहरुको अन्त्य हुनु पर्ने देशको आर्थिक परिवर्तन हुनु पर्ने, विकासका पूर्वाधारहरुलाई व्यवस्थित गरिनु पर्ने, नेपालको स्वाधिनता, राष्टिय अखण्डता र सार्वभौमिकतामा आंच आउन नहुने बताउनु भयो । 
   देशभरीका ६ सय ५ प्रतिनिधि पर्यवेक्षकहरु सहभागी जिफन्टको महाधिवेशन चैत्र १७ गतेसम्म हुने छ । अधिवेशनले आगामी चार वर्षका लागि नयां नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनले नयां पुस्ताका नेतृत्वलाई मजदुर आन्दोलनको जिम्मेवारी सुम्पिने जिफन्टका अध्यक्ष विष्णु रिमालले यस अघिनै पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो । 
    महाधिवेशनमा २६ देशका ४६ मजदुर आन्दोनका नेताहरुले सहभागीता जनाएका थिए । महाधिवेशनमा पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकटेल, नेपाल ट्रेड युनियन काग्रेसका अध्यक्ष खिलानाथ दाहाल, आईएनटियुसिका अध्यक्ष ईन्द्रदेव मिश्र, आईएलओका नेपाल निर्देशक होसे एसेलिनो, सार्टुकका महासचिव लक्ष्मण बस्नेत, श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो । 
   एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, सचिव शंकर पोख्रेल लगायतका नेताहरुले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जिफन्ट सचिव उमेश उपाध्यक्षले सञ्चालन गर्नु भएको थियो भने अध्यक्षता जिफन्ट अध्यक्ष विष्णु रिमालले गर्नु भएको थियो । 
 कार्यक्रममा आईटियूसिका महासचिव स्यारन बरोले बेल्जीयमबाट जिफन्ट महाधिवेशनमा भिडियो कन्फरेन्सीङको माध्यमबाट प्रत्यक्ष प्रशारण मार्फत शुभकामना सन्देश दिनुभएको थियो ।     

द्धन्द्ध पीडित देश सवै नेपाल जस्तो हुन्न रहेछ



भीम ज्वाला राई
  ९ चैत्र २०७० काठमाण्डौं
      काढमाण्डौ । क्याम्बोडियाली राजधानी नोम पेनको तिनदिने बसाईले मनग्य छोयो । उग्र वामपन्थिी विचारको परिणाम के हुन्छ भन्ने उदाहरण कम्बोडियाली खमेरुज पार्टीका नेता पोलपोटको सन १९७० देखि १९७५ सम्मको शसस्त्र जन बिद्रोह र त्यसले निम्याएको विध्वंसको कथाहरु पढिदै र सुनिदै आएकाले क्याम्बोडिया भन्ने बित्तिकै नेपाल जस्तै अस्तव्यस्त र अबिकसित भन्ने ठानेको थिएं । 
   सर्वहारा क्रान्तिका नाममा माओवादीहरुले नेपालमा गरेको जनयुद्धको दश वर्षे हिसात्मक क्रियाकलाप र त्यसले निम्त्याएको विनास र नेपालीलेले भोगीरहेको पीडाको एउटा साक्षि म आफै थिएं । मुक्तिको नाम जोडिएका जनयुद्ध र त्यसलाई निषेध गर्ने नाममा भएका दमनले देशलाई कतिसम्म बर्वादीको दिशा तर्फ धकेल्छ भन्ने अनुभव संगालेको हुनाले १८ मार्च २०१४ को राती ११ । ५० वजे क्याम्बोडियोको राजधानी नोम पेनका लागि काठमाण्डौ छाड्दापनि क्याम्बोडियालाई नेपाल भन्दा हरेक हिसावले राम्रो र विकसित ठानेकै थिईन । जव १९ मार्चको विहान मलेसिया हुदै अपरान्ह करिव १ वजे क्याम्बोडियाको राजधानी नोम पेन अन्तराष्टिय विमानस्थल अवतरणपछि हाम्रो देशको अव्यवस्थित र फोहोर त्रिभुवन अन्तराष्टिय विमान स्थल र त्यहाको आधुनिक र टकटकाउदो सफा विमान स्थलबीच कतै छेउकुनो मेल नखाए झै मेरो अनुमानपनि छेउकुनै मिलेन ।
      विमान स्थलबाट बाहिरिएर करिव ३५ मिनटको यात्रा बाट नोम पेन शहरको बजार हुदैं सन वे होटल पुग्दासम्म क्याम्बोडिया बारे गरिएका अनुमान शतप्रतिशत गलत सावित भयो  जनयुद्धका नाममा भएका हिंसा र विध्वंशको सामना गरेकै देशहरु भएपनि नेपाल र क्याम्बोडियाबीच थुप्रै असमानता र केही समानताहरुपनि पाईए  । 
असमानताहरु ः
नोम पेन विमान स्थलमा नेपालको विमान स्थल जस्तो ढिला पन देखिएन अन अराईभल भिसाको फर्म भर्नासाथ करिव १० मिनटमै सवै काम तमाम पारिदिएर यू आर हर्ट्ली वेलकम टु आवर कन्टी क्याम्बोडिया, ह्याव अ नाईस स्टे ईन नोम पेन  सर भन्दै हासेर विदाई गरे जुन व्यवहार हाम्रो विमानस्थलमा कार्यरत कर्मचारीहरुबाट अपेक्षा गर्नु मुर्खता हुनेछ बरु विभिन्न बहाना गरेर दुख दिने गरिन्छ । 
     त्रिभूवन अन्तराष्टिय विमान स्थलको आगमन गेटमा प्रिपेईड ट्याक्सी भनिएपनि कम्यूटराईज रसिदबीना पर्यटनहरुका लागि भनिएको हरियो प्लेटका ट्याक्सीहरुले चर्को मुल्य तोक्ने, मोलमोलाई गरेर यात्रुहरुबाट मनपरि रकम असुल्ने गर्दछन् नोम पेनमा त्यस्तो देखिएन यात्रु तानातान र चर्को मुल्य असुल्न खोज्ने र अन्य देशबाट त्यहा पुगेका यात्रुहरुलाई  ठग्ने ट्याक्सी चालकहरु त्यहा देखिएनन् । तानातान गर्न पनि कोही आएनन ।
   विमान स्थलबाट बाहिर निस्किएपछि काठमाण्डौको जस्तो धुलो धुंवा र फोहोरबाट बच्न नाक थुन्नु पनि परेन कतै ट्राफिक जाममा पनि परिएन, पैदल यात्री र सडकमा हुने भीडभाड र गाईबस्तुलाई तर्काएर ट्याक्सी कुदाउनु पनि परेन र हाम्रो देशमा जस्तो स्वरुप विगारेर पुच्छर ठाडो पारेर नागवेली चाल र आंधीको गतिमा कुद्ने मोटरसाईकलहरुपनि बाटोभरी कतै भेटिएन ।
     चिल्ला र चौडा सडक, आ आफ्नै लेनमा आफ्नै गतिमा दौडिरहेका सवारीहरु, सडकका दायां बायां तर्फ मझौला तर सफा भवनहरु हेर्दै चिताकर्षक नेपालमा जस्तो सवारी साधनलाई नै रोक्नेगरी सडक किनारमै पसल थाप्ने र हाट बजारै सडक पेटीमा लगाउने जस्तो वेथिति नोम पेनमा कतै देखिएन । 
    अझै अचम्मको कुरो त के भने नेपालको जस्तो हिटलरी टाफिक प्रहरीहरु नोम पेन शहरमा कतै देखिएन । काठमाण्डौका सडकमा ट्राफिक प्रहरीहरुको दादागीरी खपीसक्नु हुदैन, चालकहरुलाई गालीगलौज गर्दै जरिवाना असुलीरहेका उत्तेजित ट्राफिकहरु जताततै देखिन्छन् तर नोम पेनमा न ट्राफिक नै देखियो न चालकहरु  सवारी नियम उल्लघन आरोपमा कार्वाहीमा परेको दृष्य देखियो । 
     नोम पेन आउने पर्यटकहरुलाई सहज के देखियो भने क्याम्बोडियन मुद्रा साटिरहन नपर्ने किनभने साना साना पसलहरुमा समेत अमेरिकी डलर सहज विनिमय भएको पाईयो, काठमाण्डौको ठमेलमा मात्र देख्न सकिने पर्यटकहरु मुद्रा विनिमय सहजका कारणले पनि होला नोम पेन शहर जताततै पर्यटकहरु भेटिन्थे । 
केही समानताहरु ः 



 क्याम्बोडियनहरुलाई नेपालका राई, लिम्बु, गुरुङ, तामाङ, मगर, शेर्पा तथा नेवार समुदायका मान्छेसंगै राखिदिने हो भने कसैलेपनि छुट्याउन सक्दैनन् । होचो कद, डल्लो अनुहार थेप्चो नाक चिम्सा आंखां र सेतो छाला नेपाल र क्याम्बोडियाबीचको समानता देखियो । नोम पेनका मान्छेहरु देख्दा उहिले हाम्रो जुजु बराजुको पालामा घर झगडा गरेर पर्देशिएर मुग्लानीएर क्याम्बोडिया आउदा यतै घरजम गरेर बसेको हो की जस्तो । आफ्नै दाजुभाई जस्ता अब स्वदेश फर्कौ सगैं शुख दुख गरेर बसौ भनौ जस्तो मायां लागेर आउने । 
  हाम्रो देशमा जस्तो खस ब्राहमण तराईबासी मुलकासंग अनुहार मिल्नेपनि नभएका होईनन् तर बहुल सख्यांमा मंगोलियन अनुहारकाहरुको बाहुल्यता क्याम्बोडियाको विशेषता रहेको पाईयो । अर्को समानता भनेको अधिकांश बौद्ध धर्मावलम्बि तथा नोम पेन शहरको मध्य भागमा समेत हिन्दु धर्मावलम्बिहरुको आस्था झल्काउने मन्दिरहरु रहनुले हिन्दु धर्मपनि क्याम्बोडियामा अझै अस्तित्वमा रहेको पाईयो ।
    महिला प्रधानता 
सडकमा गुड्ने सार्जजनिक तथा निजी सवारी साधनहरुका चालकहरुमा महिलाको सख्यां उलेख्य देखिएको पाईयो । सवारी साधन सञ्चालनमा मात्र होईन नोम पेन शहरको चर्चित बजार रसियन मार्केट जहां व्यापार गर्ने ९९ सय प्रतिशत व्यापारीहरु महिला भेटिए । १५ देखि ७० वर्षसम्मका महिलाहरु हातमा क्यालकुलेटर बोकेर स्वदेशीसंग आफ्नै भाषामा र विदेशीहरुसंग अग्रेजी भाषामा बस्तुको मोलमोलाई गरिरहेको भेटिए । 
    त्यो शिप यहां लागु गर्न सके ?
दुई भन्दा बढी पर्यटकहरु तथा स्वदेशी यात्रुलाई सेवा दिन मोटरसाईकलको पछाडी छ जाना अटाउन सकिने सिट जोडेर बनाईएका टुक टुक र एक जना मात्र पर्यटक या यात्रुलाई सेवा दिन मोटरसाईकल सेवा प्रदान गरेर त्यहाका युवाहरुले दैनिक १० देखि २० अमेरिकी डलर कमाईरहेका छन् । त्यस्तो पेसामा १८ देखि ६० वर्षसम्मका हजारौ क्याम्बोडियाली आश्रित रहेको पाईयो । 
 त्यो मोटरसाईल वा टुक टुक सेवा नेपालमा पनि सञ्चालन गर्न सकिए यहांका युवाहरु वेरोजगार बन्नु पर्ने थिएन । नेपालका कुण्डले, मुन्द्रे, जगल्टेहरु तथा तह तहका डनहरु ुबै तह लाग्ने थिए । चरि, गणेश लामा, दिपक मनांगे, चक्रे मिलन लगायत डनहरु पनि तह लाग्ने थिए ।
 कामको खोजीमा दैनिक सयौं युवाहरु विदेशिनु परिरहेकोछ ३० लाख भन्दा बढी नेपाली युवाहरु संसारभरी प्रवासी जिवन विताईरहेका छन् । यो सेवाले प्रवासी समस्यालाई केही हदसम्म समाधानका लागि सहयोग पुग्ने थियो ।
   क्याम्बोडियाली श्रमिक जनताको दुर्भाग्य
क्याम्बोडिया बिकासमा अघि बढीरहेको भएपनि जनजिविका र श्रमिकहरुको आधारभूत आवश्यक्ताका विषयमा अझै पछि रहेको पाईयो । सन १९५३ मा फ्रेन्च उपनिवेशबाट स्वतन्त्र भएको भएपनि त्यहाको शासकिय अधिनायकबादबाट क्याम्बोडिया अझै मुक्त हुन सकेको देखिएन सायद त्यही भएरैपनि पोलपोटले जन विद्रोह प्रारम्भ गरेका थिए । यद्यपी उनको विद्रोह ईतिहासमै बदनामी मात्र भएन जसले संसार भरिको कम्युनिष्ट आन्दोलनलाई बदनामी पनि बनायो । 
   पोलपोटको पतन र राजतन्त्रको पुनरुत्थानपछि देखिएको परिवर्तन र वर्तमान क्याम्बोडियाको रुप र भविष्यप्रतिको फड्को पार्ने प्रयत्नलाई सवैले सराहना गर्नै पर्छ तर अहिलेपनि त्यहा श्रमजिवि जनताले न्युतनम आवश्यक्ताका मागहरु प्राप्त गर्न सकेको पाईएन ।
   गार्मेन्ट कारखानामा काम गर्ने मजदुरहरुको संगठन स्वतन्त्रता र न्यूनतम ज्याला लागु गर्ने मागको आन्दोलनमा गएको जनवरीमा सरकारले दमन मात्र गरेन पांच जना मजदुरहरुको हत्या गरिदियो भने अहिलेपनि २३ जना मजदुरहरु प्रहरी हिरासतमा बन्दी बनाएर राखेको छ । 
   अन्तराष्टिय टे«ड युनियन महासंघ एशिया प्रशान्त क्षेत्रीय कमिटी (आईटियूसि एपी)ले क्याम्बोडियामा बैठक राख्नुको कारण यही निरंकुशताको विरुद्ध संसारभरीका ट्रेड युनियनहरुको एक्यवद्धताका लागि पनि हो । आगामी जुनमा जेनेभामा हुने अन्तराष्टिय श्रम संगठन(आईएलओ)को महासभामा प्रस्तुत हुनेगरी क्याम्बोडियाको यही श्रमजिवि मजदुरहरुको हत्या र गैर कानुनी बन्दी बनाईएको विषय र बगलादेशको राना प्लाजा गार्मेण्ट उद्योग भत्कदा ११ सय ३५ मजदुरहरु मारिएपनि अहिलेसम्म क्षतिपुर्ति नपाएको विषयलाई प्राथमिकतामा राखेका छौं । बैठकमा सहभागीहुने मौका जुराई दिएकामा नेपाल टेड युनियन महासंघ जिफन्टलाई हार्दिक धन्यवाद । 
    
   

रगत र पसिनाको सम्बन्ध


२९ फागुन २०७० 
  धरान आएको आज १० दिन भएछ १९ गते दिउसो काठमाण्डौं छाडेको थिए । भोली विहानको बसमा पुनः काठमाण्डौं फर्कदैछु । कार्यक्षेत्र परिवर्तनले मनमा बेचैनी बढीरहेकोछ २०५० सालदेखि धरानलाई कार्यक्षेत्र बनाएर काम मात्र गरिन धरानसंग मेरो रगत र पसिनाको सम्बन्धपनि गासिएकोछ  , २०५० सालमा जन्म थलो सिरहा छाड्दा जति सहज थियो तर अहिले धरानबाट कार्यथलो परिवर्तन गरेर काठमाण्डौं रोज्दा मलाई पीडा भईरहेकोछ । हुन त २०६६ सालबाटै धरान र काठमाण्डौको बसाई आधा आधा भईसकेको थियो , २०७० पुस २२ देखि २४ गतेसम्म काठमाण्डौमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नवौं राष्टिय अधिवेशनले मलाई निर्विरोध महासचिव बनाएपछि मैले स्थायीरुपमै कोठा लिएर बस्न थालेको छु । छोरी सुप्रियाको शिक्षा काठमाण्डौमै व्यवस्था भईसकेकोछ चन्द्रा मसंगै हुनेनै भईन् । धरानले मलाई बिर्सनु हुदैन मैले धरानको माटोबाटा पाएको उर्जालाई भुल्नु हुदैन भनेर नै म धरान महिनामा एक दुईपटक आईरहन्छु    । यस पटक नेपाल पत्रकार महासंघ सुनसरीको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा धरान आएको थिए फेरीपनि मलाई सुनसरीका पत्रकारहरुले महासंघको पार्षद जस्तो गरिमामय पदमा निर्वाचित गराउनु भएकोछ । मैले २७ गते नै काठमाण्डौ पुग्नु पर्ने थियो तर धरानको आतिथ्यतालाई भुल्न सकरहेको छैन । धरान आएपछि फकिईहाल्न मनले पटक्कै मान्दैन । 
    आमा, बाबा, भाई बहिनी, काका, काकी धरानमै हुनुहुन्छ तर आफन्त भन्दा अन्य समय साथीहरु तथा पार्टी र संगठनको कामनै मेरा लागि परिवार जस्तै भएका छन् । धरानसगैं रहन अब मलाई मेरा जिम्मेवारीले दिने सम्भावना छैन । धरानमा फर्किने जिल्लामा काम गर्ने सन्दर्भमा मेरा केही राजनीतिक योजनाहरु र केही व्यक्तिगत रुपान्तरणका सपनाहरु छन् त्यो सपना पुरा गर्नपनि केही समयका लागि धरानसंगको भेट यस्तै रामछांया यूक्त हुन जरुरीछ । 
   यही चैत्र ४ देखि ९ गतेसम्म कम्बोडिया भ्रमणबाट फर्किएपछि जिफन्टको छैठौं महाधिवेशनमा सहभागी भएर चैत्रको अन्तिममा फेरी धरान फर्कनेछु ।