दुर्घटनामा परेर फर्किएका प्रवासी मजदुरको व्यथा
भीमज्वाला राई
काठमाण्डौं । मलेसियामै मर्छु जस्तै लागेको थियो नेपाल आईपुगें खुशी छु झापा विर्तामोड १ का बृहसपति बिकले भने ।
बैदेशिक रोजगारीका लागि २०७० साल पुस १९ गते मलेसिया पुगेका विकले मलेसियामा चार महिनापनि राम्ररी काम गर्न पाएनन् उनी गम्भिर दुर्घटनामा परे दुर्घटनामा उनको देव्रे नली खुट्टाका हाडहरु काम नलाग्नेगरी टुक्रा भएका छन् । उनी मलेसियाको रेफ्लेक्स केयर कम्पनी मार्फत क्वलालमपुर स्थित विमान स्थलमा कार्गो हेण्डलरका रुपमा कार्यरत थिए काम गरिरहेकै अवस्था २०७० साल चैत्र ३० गते झापा विर्तामोड १ का विक दुर्घटनामा परे । उडानका लागि सामान प्याक गर्नु पर्ने मेरो दैनिक १० देखि १२ घण्टाको काम थियो चैत्र ३ण् गते दिउसो करिव २ बजे काम गरिरहेको अवस्था फलामे बक्स भएको सामान सहितको ट्रली आएर पछाडीबाट डुडेर आएर मेरो खुट्टा भित्तामा चेप्ट्याईदियो मेरो खुट्टाको हाड फुटे एक छिनमै म बेहोस भएछु ब्युंझदा तुवानकु जाफर अस्पताल थिएं ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको मलेसिया स्थित जिफन्ट सहयोग समुहको सहयोगमा २०७१ साद भाद्र २७ गते नेपाल आईपुगेका बिक यतीवेला परिवारको साथमा खुशी छन् । तर उनले मलेसियाको अस्पतालमा रहदांको नारकिय जिवन कहिल्यै नभुल्ने बताए । पीडाले म चल्न सक्ने अवस्थामा थिईन, दिशा, पिसावमा डुवेर विताए जिफन्ट सहयोग समुह र जनक बिक नभएको भए म बाच्ने थिईन उनले भने म यो गुन कहिल्यै विर्सन्न ।
कम्पनीले उपचार गरिदिन आनाकानी गरेपछि अस्पतालले उपचारमा वास्ता गरेन, मसंग केही पैसा थियो त्यसैले उपचार खर्च गरे अरु नेपाली साथीहरुले समेत सहयोग गर्नु भयो करिव एक हप्तापछि जिफन्ट सहयोग समुहमा कुरा पुगेपछि भने राम्रो उपचार पाईएको बिकले बताए ।
वोल्डवेज मेनपावर कम्पनी कोटेश्वरबाट १ लाख ५५ हजार तिरेर मलेसिया पुगेका विकको मलेसियामा रहदासम्मको उपचार खर्च करिव ६ लाख जिफन्ट सहयोग समुहको दवादमा कम्पनीले तिरेको बिकले बताए ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रवासी डेस्कले बिकलाई क्षतीपुर्तीका लागि पहल गरिरहेको छ । कम्पनीबाट क्षतीपुर्ती दिलाउन मलेसियाका ट्रेड युनियनसंग पहल भईरहेको तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा विमा कम्पनीबाट पाउने रकमका लागि समेत पहल भईरहेको जिफन्ट प्रवासी डेस्कका निशा बांनियाले बताउनु भयो ।
एक छोरी, दुई छोराहरु र श्रीमतीलाई सुखमा राख्ने सपना बोकेर उनी विदेशिएका थिए तर नेपाल आईपुग्दा बिकसंग छतविछत खुट्टाको दुखि रहने पीडा र हातमा वैशाखी बाहेक अरु केही थिएन । भाद्र २९ गते दाईको साहारामा विर्तामोड फर्किने बेला उनले भने अब मंसंग कुनै शुखि जिवनको सपना भन्दा जिविकोपार्जन कसरी गर्ने भन्ने पीडाले यो खुट्टाको घाउभन्दा जोडले पोलिरहेकोछ ।

0 comments:
Post a Comment