साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

शेर्पाको शव नेपाल आउन ढिला


२६ भाद्र २०७१
काठमाण्डौं । कतारमा कार्यरत एक नेपाली प्रवासी श्रमिकको करेण्ट लागेर मृत्यू भएको दश दिन वितिसक्दा समेत उनको शव नेपाल आउन सकेको छैन । 
  पांचथर एक्तेन लसुने ८ का नुर्कु शेपाको यही भदौ १५ गते राती ९ वजे कोठामा करेण्ट लागेर मृत्यू भएको थियो । शेर्पाको शव पोष्ट मार्टमका लागि कतारको हमदमा राखिएको भएपनि लाश प्रकृति मुचुल्काको प्रतिवेदन आईनसकेकोले शेर्पाको शव नेपाल पठाउन ढिलाईभईरहेको कतारस्थित जिफन्ट सपोर्ट ग्रुपका गणेश बराल मगरले जानकारी गराउनुभयो । 
 शेर्पाको शव नेपाल पठाउनका लागि आवश्यक कानुनी प्रकृयाहरु तथा उनले कम्पनीबाट पाउने सेवा, सुविधा तथा अन्य क्षतीपुर्तीको विषयमा जिफन्ट सपोर्ट ग्रुप कतारले आवश्यक काम गरिरहेको पनि वहांले बताउनु भयो ।
  ३६ वर्षीय शेर्पा २०६४ फागुन २१ गते रोयल मेनपावर कम्पनी लाजिम्पाटबाट हेल्परको भिसामा कतार गएका थिए ।   

0 comments:

Post a Comment