- भीमज्वाला राई
फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ र मानव समुदाय पूवै सचेत हुन्छन् र प्राकृतिक प्रतिकुलतालाई परास्त गर्ने प्रविधि र संयन्त्रबाट पूर्व तयारी हुदै विश्वको सर्वौच्च शिखरमा पाईला राख्ने उटकट चाहनाले चुचुरोतीर लम्कीरहन्छन् ।
प्रकृति कतिपय सन्दर्भमा मानवको स्वभावजन्य हुन नसक्दा हाम्रालागी भयानक बन्ने गर्दछ तर प्रकृतिको कुनै स्वार्थ हुन्न प्रकृतिले मानिसलाई असर गरौं भन्ने नहुदानहुदै त्यसले हामीलाई गम्भिर असर गर्दछ तर यो चराचर जगतमा मान्छेहरु प्रकृतिभन्दा भयानक भएर आईदिने गरेको छ त्यो प्राकृतिक विनास भन्दा धेरै खतरनाक हुने गर्दछ । अझै डरलाग्दो कुरो के हो भने प्रकृतिको भयानकताको बोध पूर्व अनुमान गर्न सकिने भएकाले हामी जोगीने उपाएको बारेमा सचेत बन्न सक्छौं तर मानविय भयानकतालाई बाहिरी आवरणबाट सहजै अनुमान लगाउन नसकिने भएकाले यसले भित्रभित्रै पार्ने असरबारे चाल पाउन सकिन्न र अन्तिममा आफु समाप्तीको दिशामा आईसक्दा मात्र वा समाप्त भईसक्दा मात्र थाहा पाईने गर्दछ ।
मानविय भयानकता आवरणमा नदेखिने हुंदा यो बहुत आत्मीय भएर आउदो रहेछ कहिले सहयोगी भएर, कहिले हांसी हांसी गला जोडेर आउदोरहेछ र मुटुमा शुल रोपेर जांदोरहेछ सावधानी अपनाईएन भने जिवलाई समाप्त बनाईदिने धरापमा परिंदोरहेछ । तर यसबाट बच्न सकियो भने जिवनलाई न्यायका निम्ति देखिएको सपनाको यात्रामा पाईलाहरुलाई डो¥याउन अचाक्ली काईदा पनि हुदोंरहेछ ।
मलाई अहिले त्यस्तै अचाक्ली काईदको अनुभूत भईरहेछ, विषलाई दुधमा मिसाएर मलाई पिलाउन खोज्नेको हात आफै कम्पन भएर विष छताछुल्ल बनेकोछ, मेरो मुटुको दिशा भएर आएको शुल आफै दोब्रिएर भुत्ते भएको छ काडांका धराप छतविछत भएको छ म निसन्देश मेरो सपनाको यात्रामा दौडिन तल्लीन छु । मेरा दुर्भाग्यको कामनामा चाकडीका ढोका धाउनेहरु आफै लत्रीएका छन् ।
नेकपा एमाले सुनसरीको २०६६ सालमा भएको पांचौं अधिवेशनमै मेरो काम र जिम्मेवारीका कारण प्रचार विभागको जिम्मेवारी पाउने पक्कापक्की थियो तर त्यो पक्कापक्की बालुवाको महल जस्तै भत्कीएका थिए । चार वर्षसम्म मैले उप प्रमुखको भूमिकामा पार्टिका काममा सक्रियता जनाए । २०७० साल जेठ ४, ६ सम्म पार्टीको छैठौं जिल्ला अधिवेशनमा धेरैको कामनालाई भत्काउदै मेरो उपस्थिति जिल्ला कमिटीमा पुन दोहोरियो । मेरो कार्यक्षेत्र मैले रगत पसिना बगाएको भुगोल मजदुरहरुबीचमै हो तर मेरो जिवीकोपार्जनको माध्यम पत्रकारिता हो यो पेशा किन भन्ने मैले अघिल्लो अंकमैपनि उल्लेख गरिसकेको छु त्यसकारण मेरो पेशा र पार्टीको प्रचारको कामको हिसावले मेरो उपस्थिति प्रचार विभागकालागी जरुरीपनि थियो र त्यो जिम्मेवारीलाई सम्हाल्दा मेरो भूमिकाले न्याय गर्दछ भन्ने मेरो बुझाईपनि हो ।
साउन १७ गते पार्टीको जिम्मेवारी बांडफांडको बैठक थियो तर बजारमा लामो समयदेखि एउटा समुहले भित्रभित्रै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा मेरो विपक्षमा घरदैलो अभियान चलेको मैले सुईको पाएको थिए । मैले कसैलाई त्यो पदकालागी मलाई लानु पर्छ भन्नु जरुरी पनि थिएन, यो स्थान भएन भने म पार्टी काम गर्दिन भन्नु पनि थिएन किन भने २० वर्षको यो सांगठानिक जिवनको अनुभवमा कहिल्यै पद रोज्ने र खोज्ने काम गरिन ।
मेरा विपक्षमा लागेकाहरुको कुरा भने अध्यक्ष रेवतीरमण भण्डारीले राम्रैगरी सुनेको मैले अनुभूत गरे भण्डारी कमरेडको गोडा मोल्नेहरुले राम्रै ब्राण्डको तेल प्रयोग गरेछन् वहां प्रभावितपनि भईहाल्नु भएछ र मेरो लेखिएको नाम समेत काटेर उप प्रमुख बनाउनु भएछ र प्रमुखमा अध्यक्ष आफ्नै नाम राख्नु भएछ फेरी पनि मैले केही भनिन । धन्यवाद सचिव कमरेड मोतराज सुनुवार, सदस्य क. प्रदिप भण्डारी, क. रमेश बस्नेत तथा धरान नगर अध्यक्ष तारा सुब्बालाई वहाहरुले नै मेरो पक्षमा त नभनौ तर मैले यस विचमा पार्टी काममा पु¥याएको भूमिकाको कुरा गरिदिनु भएछ र फेरी मेरे पदको अगाडी लेखिएको उप भन्ने शब्द काट्न लगाउनु भएछ रेवतीरमण भण्डारीलाई र प्रमुख लेख्न लगाउनु भएछ ।
यो जिम्मेवारी मेरो जिवनको महत्वपूर्ण पद होईन मैले हौसिनु पनि जरुरी छैन मेरा विरुद्धमा लाग्नेहरुलाई हेरेर निराश हुनु जरुरी पनि छैन तर यो एउटा खुडकीलो हो खुड्कीलो चड्नबाट रोक्नेहरु जसरी असफल बने विरोधीहरुलाई मेरो कल्पनाको लामो राजनीतिक जिवनभरी यही उपहार दिईरहने मेरो अर्को सपना पनि हो सायद म सफल हुन्छु होला ।
१८ श्रावण, २०७०
राती ः ११÷२५ औजार कार्यालय धरान
0 comments:
Post a Comment