भीम राई ज्वाला...................
दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।
दोड एकसाथ छैन फरक फरक छ नतिजा कस्तो आउछ र कसको पक्षमा आउछ यसै भन्न सकिन्न तर नेपाली जनताले सातदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगीतामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीको उस्तादहरुसामु किनाराका साक्षि बनेर स्विकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् यस पटकको दौडको मकसदपनि त्यही हो ।
नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथी हावी भईरहेको छ । सरकार ढाल्नु प¥यो दिल्लीको साथ, सरकार बनाउनु प¥यो दिल्लीको सहयोग, प्रधानमन्त्री – मन्त्री बन्नु बनाउनु प¥यो दिल्लीको समर्थन यहासम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दा समेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
राष्ट्रियताका सवालमा दलहरु एक भईदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कमतीमा पराधिनताको मानशिकताबाट मुक्त हुन्थे र देश र जनताको भविष्य आफैले कोर्ने हिम्मत गर्थे भनेपनि राष्टिय स्वाधिनता दिल्लीको गुलाममा लिलाम हुने थिएन । पाखण्डीपना त कहां देखिन्छ भने दिल्ली दौडमा लामबद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन तर ईन्दीरा गान्धी विमान स्थल अवतरण हुनेबीतिकै राष्टवाद चाकडीबादमा विसर्जन हुने गर्दछ नेपाल आईपुग्दा गोपीकृष्ण कहो मात्र बाकीरहन्छ ।
आखिर के हुन सक्ला दिल्ली दौडको मुल उदेश्य ? श्रोत भन्छ
क) दिल्लीले ज्ञानेन्द्रलाई हटायो अब फेरी ज्ञानेन्द्रलाई राजगद्धीमा फर्काउन चाहान्छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
ख) दिल्ली संविधानसभाको निर्वाचनका बारे मुखमा रामराम बगलीमा छुरा भने झै व्यवहार गरिरहेकोछ । खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो ईन्ट्रेस्ट क्रमिक शेयर गरिरहेकोछ साचों अर्थमा सुरुमा कन्भीन्स नभए जवरजस्त शैलीलाई आत्मसात गरिरहेछ । त्यसकालागी नेपाली राजनीतिमा जती संक्रमणकाल तन्कीरहन्छ दिल्ली मिशन त्यतिनै अनुकुल बन्नेछ ।
ग) संविधानसभाको निर्वाचन भयो भने नेपाल संघिय राज्य बन्नेछ तर नेपाल संघिय राज्य बन्दा दिल्लीलाई बेफाईदा छ त्यस कारण पनि संघ राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन हो नजिकिदो संघ राज्यको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भईरहेछ । दिल्ली लामो समयदेखि क्याल्कुलेशन गरिरहेकोछ केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण जती सहज छ संघ राज्यका प्रमुखहरुलाई समेत नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । भारतको जानी दुस्मन चिन पायक नेपालका राज्यहरु त झन दिल्लीकालागी अभिशाप हुनेछन ।
घ) आफ्नो स्वार्थ पुरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशबादी दलहरु थिए त्यही बाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भईरहेका थिए । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहदा मधेशबादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए त्यो अरु कुनै बाटो नभएर दिल्लीको बाटो भएर आएको गलत माग थियो ।
तर लोभ र डाहाले ग्रस्त ¥याले मधेशी नेताहरुकै कारण मधेशबादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहजबाटोपनि असजिलो भएको हो । त्यही भएरपनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दलहरुलाई मात्र दिल्ली दौड प्रतियोगीतामा सामेल गराएका हुन् मधेशी नेतालाई बोलाउदा समेत दिल्लीको गोप्य पोल खुल्ने डरलेपनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन तर यदी निर्वाचनको मिति अगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाई हालेछ भनेपनि कुनै अनर्थ नमाने हुन्छ ।
भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन २००७ सालमा राण्ाँशासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीको साथ, २०१७ साममा राजा महेन्द्रले गरेको राजनीतिर्क कु” दिल्लीकै समर्थनमा राजा मेहेन्द्रले गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलता कम्युनिष्ट र काग्रेसलाई एक थाउमा उभ्याउने काम दिल्लीले नै गरेको हो, दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भवनै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बुदे सहमति जो दिल्लीमै भएको थियो ।
सतहमा हेर्दा नेपालको लोकतान्त्रक परिवर्तनकालागी दिल्लीले लामो समयदेखि साथ दिदै आईरहेको देखिन्छ साचों अर्थमा भने त्यस्तो होईन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साच्चीकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई औंला दिने दिल्लीको नकारात्मक भूमिका नेपालकालागी सर्वथा बाधक र घातक सावित भईसकेको छ । यतीहुंदाहुदैपनि हुन लागीरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागीरहेकोछ ईमान्दार भएको अभिनय गरिरहेको बिरालोको सामु मुसाहरु तांत लागेर दर्शन गर्न गईरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जिवनदाता ।
तर हाम्रा प्रतियोगीहरुको मानशिकता यस्तोछ प्रचण्ड दिल्लीप्रति लचकता देखाउदै द्धन्द्धकालमा भारतलाई गरेको गाली र विस्तारबादी आरोपबाट उन्मुक्त हुन चाहान्छ । जसको उदाहरण चीन जादा पनि भारतीय राजदुत जयन्त प्रसादले अनुमति दिनु पर्ने अवस्था रह्यो । पछि सुनियो कि का“ग्रेस आइकी अध्यÔ सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीस“ग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के ।
शेरबहादुर देउवाको कुरै नगरौं काग्रेस भनेको भारतको नेपाल ब्रान्च जस्तै हो । सुशील कोइराला नबोलाई भारतले देउवालाई किन बोलाए ? अब का“ग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली काग्रेस र काग्रेस ईतर मज्जैले चल्यो देउवा दंग परेर फर्किए । उनलाईपनि के लाग्यो भने शुशिल भन्दा मै महत्वपूर्ण तर यीनीहरुलाई थाहा हुनु पर्ने हो फुटाउ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मुल अस्त्र हो ।
पालो माधवकुमार नेपालको नेपालको यात्राले ठुलैै चर्चा पायो । सञ्चारजगतमा राम्रै चर्चा भयो तर, उनको यात्रा हल्ला गरिए जतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन कसैले यस्ता कुरा सोच्छन भने त्यो नेपालको लोतन्त्र संघियता र परिवर्तनको विरोधी हो भन्थे दिल्ली दौडबाट फर्किएपछि उनको गोपीकृष्ण कहो सुरु भईसकेको छ उनी भन्न थालेका छन् निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
सुशील भारत घुम्दैछन् दिल्लीकालागी गोपीकृष्ण कहो चाडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाकारुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन उनको पेष्ट कस्तो हन्छ चार दिनपछि थाहा भईहाल्छ ।
यसरी दिल्लीले हाम्रा नेताहरुको एक–एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ खिलराजपछि स्थान सुरक्षित गर्ने आ आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्ली समक्ष त्यही एउटा अबसरकालागी पालै पालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड लालीपप चाटेर फर्किदैछन् र जिब्रो फट्कार्दै भन्दै छन् नेपालको राष्टिय«य स्वाधिनता र राष्टिय«य अखण्डताकालागी हामी ज्यान दिन तयारछौं ।
अनलाईनखबरडटकममा प्रकाशित लेख
0 comments:
Post a Comment