साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

मलेशियामा नेपाली श्रा्मिकका सहयोगी


 मलेशियामा काम गर्ने नेपाली प्रवासी मजदुरहरुको पक्षमा काम गर्ने अभियन्ताको कथा
भीमज्वाला राई
Bed Khatiwada
मलेशियन कम्पनी, नेपाली दुतावास, नेपालका मेनपावर कम्पनीहरुका लागि बेदकुमार खतिवडा आंखाको तारो हुन् । 
खतिवडाले प्रवासी श्रमिकमाथीको शोषणको विरोध गर्छन न्यायका लागि श्रमिकलाई सचेत गराउछन् र क्षतीपुर्तिलागि आन्दोलन गर्छन, कम्पनीमै पुगेर श्रमिकलाई संगठीत गर्छन ।
 मलेसिया पुगेका नेपाली प्रवासी श्रमिकका लागि खतिवडा आंखाका नानी हुन् । 
करार अनुसारको काम र दाम नपाएका, फरक मम्पनीमा काम गर्नु परेका, मालिकको कुटपिटमा परेका, दुर्घटनामा परि मृत्यू भएका अंगभंग भई क्षतिपुर्ति नपाएका नेपाली श्रमिकहरुका लागि खतिवडा न्यायदाता हुन् । 
   ९ वर्षदेखि मलेशियन कम्पनी, प्रहरीहरु, नेपाली मेनपावर कम्पनी तथा नेपाली दुतावासका शोषण विरुद्ध लडिरहेका छन् खतिवडा । उनले हालसम्म करिव १० हजार नेपाली श्रमिकहरुलाई स्वदेश फर्काई सकेका छन् भने मलेसियाले ठगी गरेको मलेसियामै तथा नेपाली मेनपावर कम्पनीहरुले ठगी गरेको नेपालमै संघर्ष गरेर क्षतिपुर्ति दिलाई दिएका छन् ।
   यातना दिएको, तलव नपाएको, करार अनुसारको कम्पनी तथा काम नपाएको, हात काटीएको, खुट्टा काटिएको, मृत्यु भएको त्यस्ता मुद्धाहरु मिलाईएको लेखाजोखा छैन । सबै मुद्धाहरु मिलाईएको विवरण राख्न सम्भव नै नहुने खतिवडाले बताए । 
मलेशिया प्रवेस र संगठन निर्माणका कथा 
मोरंङ बिराटनगर उपमहानगरपालीका पोखरीयाका बेदकुमार खतिवडा परिवारलाई सुखमा राख्ने सपना बोकेर पैसा कमाउने उदेश्यले २०६२ जेठमा मलेसिया पुगेका थिए । उनले त्यंहा जापानीज कम्पनीमा रबर काट्ने काम गरे । काम ठिकै थियो मासिक १५ हजार जोगिन्थ्यो तर खतिवडा अरु श्रमिकले झै काम मात्र गरेर बस्न सकेनन् नेपाली श्रमिकहरु काम गर्दा गर्दै हात काटिएर, खुट्टा बिहिन भएर, मालिकको कुटाईबाट रगताम्मे भएको देखेपछि मलेसियामा काम गर्न थालेको दोस्रो महिना देखिनै संगठन बनाउन तिर लागे ।
  उनी नेपालमा छदैपनि काठमाण्डौंको गंगवु बस पार्क नजिकको हङकङ मार्केटमा रेडियो घडीको पसल गरेका थिए त्यही वेला नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वरोजगार श्रमिकसंघको कमिटीमा रहेर काम गरिसकेका थिए त्यही अनुभवका आधारमा उनले मलेशियामा पनि जिफन्टको सहयोग समुह गठन गरेर संगठन बनाउन लागे ।
  मलेशियामा काम गर्ने नेपाली प्रवासी मजदुरहरुका लागि केही न केही गर्छू भन्ने मेरो दिमागमा लागेको थियो त्यसकालागि संगठन नवनाई हुदैन नेपाली मजदुरहरुलाई नसमेटी हुदैन भन्ने सोंचे  । केही साथीहरुको सहयोगमा नेपाली प्रवासी श्रमिक एशोसिएशन जिफन्ट सहयोग समुह मलेसिया निर्माण ग¥र्यौ एक महिनामै ३० बटा कमिटीहरु गठन गर्न सफल भईयो खतिवडाले भने ।
   हाल मलेशियाको १३ बटा राज्यहरु मध्ये ११ बटा राज्यमा जिफन्ट सहयोग समुह गठन भईसकेको छ २ हजार नेपाली प्रवासी श्रमिकहरु जिफन्टका सदस्य छन् भने जिफन्टलाई मायां गर्ने श्रमिकहरु मलेसियामा ५ लाख रहेको उनले बताए । अहिले उनी जिफन्ट सहयोग समुह मलेशियाको संयोजक समेत रहेका छन् । 
  क्वालालमपुरबाट करिव १ घण्टाको दुरीमा रहेको सेलेङगर राज्यको साहआलम जिल्लामा जिफन्ट सहयोग समुहको केन्द्रीय कार्यालय स्थापना गरेर मलेशियामा रहेका नेपाली प्रवासी मजदुरहरुको अधिकारका लागि काम गरिरहेका छन् ।


मलेशियाका चुनौतीहरु 
नेपाली प्रवासी श्रमिकहरुलाई संगठित गर्ने, संगठन निर्माण गर्ने र श्रमिकहरुको लागि वकालत गर्ने क्रममा खतिवडालाई मलेशियाका प्रहरीले तिन पटक पक्राउ गरिसकेको छ । उद्योगमा नेपाली मजदुरहरुलाई सहभागी गराएर भेला, प्रशिक्षण तथा पीडित साथीहरुको विवरण संकलन गर्ने क्रममा अवरोध गर्ने, हस्तक्षेप गर्ने तथा प्रहरी परिचालन गरि पक्राउ गरि झुठा आरोप लगाएर मुद्धा लगाउने सम्मका सास्ती खेप्नु परेको खतिवडाले बताए ।
   जोहरवारुको बास्को फर्निचर उद्योगमा काम गर्ने दुई जना मजदुरहरुको हात काटीएको क्षतीपुर्ति माग्दा र बुबाको मृत्युको खवर आएपछि नेपाल फर्किन विदा माग्दा कुटपीट गर्ने मालिकको विषयमा छलफल भईरहदा कम्पनी मालिकले चार गाडी प्रहरी बोलाएर जिफन्टको झण्डा, व्यानर तथा माईन्युट पुस्तिका समेत जफत गरेर कम्पनीमा आगो लगाउन खोजेको कम्पनी बन्द गराउन खोजेको आरोप लगाएर दश वर्ष जेल सजाय र फासींको माग गर्दै मुद्धा हालेको घटना आफुले कहिल्यै नभुल्ने खतिवडाले बताए । 
 त्यस्तै ईपोपेराग राज्यको ईम्पेरियल गार्मेन्ट कम्पनीका श्रमिकहरुलाई संगठीत गर्ने क्रममा, सेलेङगर राज्यको आईडियसडिएन विएच प्यांकिङ कम्पनीमा भएको भेलाबाटै मेनेजरले पक्राउ गरि कारवाहीका लागि प्रहरीलाई जिम्मा लगाएको उनले स्मरण गरे । मलेसियन भाषामा राम्रै दखल भएकाले तिनै पटकको प्रहरी गिरफ्तारीमा एक दिन भन्दा बढी प्रहरी हिरासतमा भने बस्नु नपरेको उनले बताए । 
आफ्नै पनि बैरि 
मलेशियन कम्पनी, प्रहरी त खतिवडाका प्रतिद्धन्द्धी भए नै नेपाली दुवासले समेत खतिवडाको विरुद्धमा लाग्दा आफुलाई दुख लागेको उनले बताए । नेपाली प्रवासी श्रमिकहरुको विवाद र समस्याका मुद्धालाई लिएर दुवासलाई दुख दियो, तालावन्दी ग¥यो भन्ने उल्लेख गरेर सन २०११ मा राजदुत डा. ऋषिराज अधिकारी भएका वेला सहायक राजदुत लेखनाथ भट्टराईले मलेशियाको परराष्ट्र मन्त्रालयलाई पत्र लेखि वेदकुमार खतिवडालाई पक्राउ गर्नु भन्ने आदेश दिएको उनले बताए । 
 त्यस्तै आफु तिन पटक पक्राउ पर्दा समेत नेपाली कामदारहरुले नै मलेशियन मालिकहरुलाई सुचना दिएकाले गोप्य स्थानमा भेला प्रशिक्षण स्थलबाटै आफुलाई पक्राउ गरेको उनले बताए । त्यस्तै मेनपावर कम्पनीहरुले समेत मलेशियामा काम गर्ने मजदुरहरुको वारेका आवाज उठाउदा धम्क्याउने, शक्ति प्रयोग गर्ने सम्मका कामहरु गर्ने गरेको उनले बताए ।
बदलिएको सपना
मलेशिया पुग्दासम्म खतिवडाको सपना परिवारको खुशी थियो तर जव उनले त्यहा नेपाली मजदुरहरुको कन्तविजोग देखे, पीडा देखे त्यस पछि उनको सपना मलेशियामा काम गर्ने नेपाली प्रवासरी मजदुरहरुको हितका लागि काम गर्नुमा रुपान्तरण भयो । उनले जापानीज कम्पनीमा काम त पाए तर चार वर्ष त्यो कम्पनीमा काम गर्दा जम्मा जम्मी उनले परिवारलाई १ लाख ८० हजार रुपैया मात्र पठाउन सके । उनी भन्छन् काम गर्न थालेको दोस्रो महिनापछि संगठन बनाउन मजदुरहरुलाई संगठित गर्न तिर लागें विभिन्न राज्यहरुमा घुम्नु पर्ने कम्पनीमा काम गर्ने मजदुरहरुलाई फोन गर्ने, संगठनको झण्डा व्यानर, माईन्युट पुस्तिका आउने जाने गाडी भाडा आदीमा कमाईको पैसा खर्च हुन्थ्यो कसरी पैसा बचाउनु र उनले भने ।
     घरमा श्रीमति सावित्रादेवी खतिवडा, छोराहरु निश्चल र निसान्त थिए जग्गा जमिन थिएन बाख्रा, कुखुरा र हास पालेर जसो तसो परिवार धानेको थियो घरको दुखपनि कमको थिएन तर मलेसियामा काम गर्ने साथीहरु हात विहिन देख्छु, खुट्टा विहिन देख्छु, काम गर्दागर्दै मृत्यु भएका साथीहरुको शव खर्च अभावमा अस्पतालले दिन नमान्दाको दुख देख्छु, नेपाली श्रमिकहरुको पीडा देखेर घरको दुख नै भुल्छु खतिवडाले भने । 
आफ्नो औंला आफैंले चिरें 
मलेशियाको दुई बटा राज्यमा बसबाट सहजै पुग्न नसकिने भएको र टाढा पनि भएकाले संगठन बनाउन सकिएन बांकी ११ बटै राज्यमा जिफन्ट सहयोग समुह बनाएकाछौं । संगठन धेरै स्थान र नेपाली प्रवासी मजदुरहरुको चाप पनि मलेशिया नै भएका नाताले काम गर्न निकै समस्या भयो मजदुरसाथीहरुको काम गर्न समय पुग्दैन थियो  कम्पनीले विदा दिदैनथ्यो विदाका लागि आफ्नो हातको औंला आफैले व्लेडले चिरेर क्लिनिक गएर विरामी विदा लिएर मजदुरहरुको काममा जान्थे संगठनको कामलाई व्यवस्थित गर्थे ।
मलेसियनको साथ 
मलेशियामा मजदुरहरुको समस्या यती धेरै चुलिएकी हाम्रो प्रयासले मात्र काम गर्न सम्भव नै थिएन । त्यस कारण मलेशियामा रहेको ट्रेड युनियनको बारेमा जानकारी लिन थाल्यौं । यही क्रममा मलेशियन ट्रेड युनियन कंग्रेसको कार्यालयमा गएर म जिफन्टको कार्यकर्ता मलेसियामा काम गर्ने नेपाली मजदुरहरुको समस्याका बारेमा काम गर्छु मलाई सहयोग गर्नु प¥यो भन्दा उनीहरु सवै हांसे । उनीहरुले जिफन्टलाई विस्वास नै गरेनन् तर अहिले उनीहरुले वास्तवमा जिफन्टको कामबाट प्रभावित भएका छन् सहकार्य गर्ने सहमति नै भईसकेको छ । 
 त्यस्तै मलेशियाकै तानगानिता नामको सामाजिक सस्थाले समेत जिफन्टको अभियानमा मलेसियामा साथ दिईरहेको छ ।  
समर्पित जिवन सादा जिवन
विदेशमा छु तर पैसा कमाउन होईन सेवा गर्न २०१० देखि पूर्णकालिनरुपमा संगठन र नेपाली मजदुरहरुको काममा समर्पित छन् खतिवडा । उनी हाल कुनै कम्पनीमा काम गर्दैनन् उनको काम नै नेपाली प्रवासी मजदुरहरुको सेवा हो उनी जिफन्ट सहयोग समुहको केन्द्रीय कार्यालयमै बस्छन् । उनको २४ घण्टा मुद्धा मामिलामै वित्छ जहां रात पर्छ त्यहीका प्रवासी श्रमिकको कोठामा बस्छन्, संगठनका साथीहरुसंगै मजदुरहरुको बस्तीमा रमाउछन् उनलाई मिठो मसिनो चाहिदैन जे पाक्छ त्यही खान्छन् । विहान हुनासाथ साथीहरु काममा जान्छन् उनी मजदुरहरुको मुद्धा लिएर प्रहरी कार्यालय, दुतावास, कम्पनीमा पुग्नु दिनचर्या सुरु हुन्छ उनको । 
   उनी भन्छन् अव मलेशिया मात्र होईन अन्य देशमा रहेका नेपाली प्रवासी मजदुरहरुलाई सहयोग गर्ने गरि प्रवासी श्रमिक एसएमएस हेल्प लाईन सुरु गरेका छौं श्रमिकहरुलाई समस्या उत्पन्न भए ०१२२२३४३५७ मा समस्या लेखेर एसएमएस गर्नु भयो भने जुनसुकै देशमा भएपनि सहयोगको आवश्यक प्रकृया थाल्छौं । 
 यदी मलेशियामै रहेका प्रवासी मजदुरहरुका लगि भने ०१४६४६७३१५ मा सम्पर्क गर्नु भयो भने वा सामाजिक सञ्जाल फेसबुकमा माईग्रेन्टआन्दोलनमा सम्पर्क गर्न सके जुनसुकै अवस्थामा सहयोगका लागि तयार रहेको खतिवडाले बताए । 
मलेशियामा के गरे के गर्न बांकी 
जिफन्टले आफ्नो अभियान नथाल्दासम्म मलेशियामा न्युनतम ज्याला सुरु भएको थिएन हामीले त्यो आवाज उठाउदा मान्छे हास्थे अरुको देसमा के गर्न सकिन्छ भन्थ्यो तर जिफन्टको निरन्तरको प्रयासले अहिले नेपाली मजदुरहरुलाई न्युनतम ज्याला प्राप्त भएको छ । श्रम स्विकृति तथा विमा नगरी नेपाली श्रमिकहरु प्रवास जान पाउदैनन् त्यो हाम्रो मेहनतको प्रतिफल हो उनले भने ।
 त्यस्तै ठेकेदार कम्पनीहरु मार्फत नभई सिधै कम्पनी मार्फ काम गराउनु पर्ने, प्रवासी श्रमिकहरुको जिवन विमा ५० हजार मलेशियन मुद्रा गर्नु पर्ने हाम्रो अभियान जारी छ तिनै कामहरुलाई निरन्तर अभियानका रुपमा मलेसियामा आन्दोलन गरिरहन्छौं । सम्भवतः म सन २०२० सम्म मलेशियामा रहन्छु  र त्यसपछि नेपालमा जिफन्टकै कुनै स्थानमा रहेर जिवनभरी मजदुरहरुको अधिकारका लागि समर्पित हुन्छु । 

सार्क सम्मेलनले नछोएको सडक



भीमज्वाला राई
काठमाण्डौं । मंसिर १० र ११ गते सार्क सम्मेलनका लागि काठमाण्डौंका सडकहरु रातारात चिल्ला बन्ने क्रम चलिरहेकोछ । तर अन्तराष्ट्रिय विमान स्थल नजिकै रहेको सिनामंगलहुदै पुतलीसडक जोडिने सकडलाई भने सार्क सम्मेलनको तयारीले छोएको छैन ।
     सिनामंगल, भिमसेनगोला, पुरानो बानेश्वर, मैतिदेवी, डिल्ली वजार हुंदै पुतली सडक जोडिने सडक लथालि¨ भएपनि त्यसलाई मर्मत गर्ने चासो सरकारले देखाएको छैन । सडकभरी खाल्डै खाल्डा छन् जहां पानी जमेर सवारी साधन मात्र होई पैदल यात्रीहरु समेत हिड्न सक्ने अवस्थाका छैनन । सडक पुरै हिलाम्य छन् सडक आसपासका व्यापारीहरु समेत विस्थापित हुने अवस्थामा छन् ।
  सडक निर्माणको लागि भन्दै दुई वर्ष अघिदेखि भत्काईएका सडक कहिलेदेखि निर्माण पुरा गरिने हो कुनै टुङगो छैन । भिमसेनगोलादेखि पुरानो बानेश्वर चोकसम्मको सडकमा डोजरले पुर्णरुपमा भत्काएका छन् भने सडकभरि निर्माण सामग्री राखिएकाले पैदल हिड्न समेत नसकिने अवस्थाको छ । लामो समयदेखि बाटो नबन्दा यस क्षेत्रका व्यापारीहरु विस्थापित हुदै गईरहेको कतिपयले पसलनै विक्रि गरेर अन्यन्त्र जान थालेको भिमसेनगोला चौकका व्यापारी अनिल साहले बताए ।
    त्यस रुटमा चल्ने ९८ बटा सफा टेम्पो समेत चल्न नपाउदा जिविकोपार्जन गर्न मजदुरहरुलाई समस्या भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सिनामंगल सफा टेम्पो ईकाई अध्यक्ष कमल सापकोटाले बताए ।
     सडक निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरु सुदिप श्रेष्ठ, पेम्वा लामा र बालकृष्ण श्रेष्ठ रहेका छन् । काम ढिालाई हुनुमा खानेपानी सस्थानका कारण रहेको ठेकेदार सुदिप श्रेष्ठले बताए ।
  हामीले पाईप विछ्याएर काम अघि बढाईसकेका थियौं तर खानेपानी सस्थानले अकै पाईप लगाउने भन्दै त्यसलाई रोकेपछि सडक निर्माणको काममा ढिलाई भएको बताए ।
 सार्क सम्मेलनका लागि भन्दै काठमाण्डौका मुख्य सडकहरु रातारात अलकत्रे गर्ने, रंगरोगन गर्ने, जेब्रा क्रसिंङ गर्ने, सडकका छेउमा हरियाली बनाउने काममा सरकारले तिव्रता दिएको छ । सम्मेलनमामा आउने सार्क राष्ट्रका प्रमुखहरु सवार हुने क्षेत्रका सडकहरुलाई भने सिंगार्न राज्यले ध्यान दिएका भएपनि अन्यन्त्र स्थानमा भने विभेद गरेको जनगुनासो रहेको छ ।

यस्तो बन्दैछ नयाँ श्रम कानून

प्रस्तावित श्रम ऐन कति ठीक, कति बेठीक ?
भीमज्वाला राई
सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँदै श्रम क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले प्रस्तावित नयाँ श्रम कानुनको मस्यौदामा ट्रेड युनियन तथा रोजगारदाताका प्रतिनिधिहरुले हस्ताक्षर गरिसकेका छन् । अब यो श्रम ऐन व्यस्थापिक संसदले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

मस्यौदामा हस्ताक्षर गर्ने ट्रेड युनियनहरुले श्रम विधेयक समाजवादी अवधारणाको पक्षमा उभिएको बताइरहेका छन् भने रोजगारदाताहरुले समेत आफ्नो हित विपरीत नभएको बताइरहेका छन् । वैद्य माओवादीनिकट मजदुर संगठनले भने यो विधेयकको विरोध गरेको छ । आखिर नयाँ श्रम विधेयकमा के छ त ?
सकारात्मक परिवर्तनहरु

चाडमा यसकारण बढ्छ सवारी दुर्घटना


 भीमज्वाला राई

दसैं उत्सवमा रमाई रहँदा करिव ३० जनाको ज्यान जाने गरी डोटीमा भएको सवारी दुर्घटनाले सबै नेपालीलाई स्तब्ध बनायो । दसैं अवधिभर मात्रै १ सय ३८ जनाले सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ ।

काठमाण्डौंबाट ससुराली घरमा टीका लगाउन धरान जाँदै गरेका विशाल तरुवाको सिरहाको लहानमा सवारी दुर्घटनामा परी मृत्यु भयो ।

नेपालीहरुको अर्को महान चाड तिहार हाम्रो घरआँगनमा आइसकेको छ । जब जब चाडपर्व आउँछ, सवारी दुर्घटनाको त्रासले सबैलाई सताउने गर्दछ । किन बढ्छ रमाइलो गर्ने चाड पर्वकै समयमा यस्ता हृदयविदारक सवारी दुर्घटना ?

यात्रुको थामिनसक्नुको चाप

चाडका समयमा सामान्य अवस्थामा जस्तै यात्रुहरुको चापलाई सवारी साधनहरुले धान्न सक्दैन ।

यस वर्ष दसैं अवधिमा मात्रै २६ लाख यात्रुहरु उपत्यका बाहिरएको ट्राफिक प्रहरी महाशाखाका डीआइजी केशव अधिकारीले उल्लेख गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखाकै भनाइलाई मान्ने हो भने पनि उपत्यकाबाट बाहिरिने यात्रुहरुको भारबहन क्षमतालाई थेग्न सक्ने उपत्यका बाहिरिने सार्वजनिक सवारीको साधनहरु हामीसंग छैन । देशभरीको यात्रु चापलाई धान्न सक्ने सवारीका साधनसमेत हामीसँग छैन ।

करिव २ करोड ६४ लाख नेपाली सबैलाई एकसाथ चाड लाग्दा ती नेपालीलाई सहज यात्रा सुविधा दिने सवारी साधन हामीसँग देखिँदैन ।

आम जनताको सहज आवागमनका लागि सार्वजनिक सवारीका साधन पर्याप्त हुन सक्दैन त्यसको एउटै मात्र विकल्प झुण्डिएर, कोचिएर, छतमा बसेर यात्रा जुन दुर्घटनाको कारण बन्ने गरेको छ ।

डोटीको दुर्घटनालाई अध्ययन गर्ने हो भने पनि बसको क्षमता भन्दा तीन गुणा अर्थात ३५ सिट क्षमताको बसमा करिव सय जनाले यात्रा गरेको कारण दुर्घटना भएको देखाएको छ ।

सडकको अवस्था


सवारी दुर्घटना हुनुमा सडकको अवस्था पनि मुख्य कारणमध्ये एक हो । ०७१ साउनदेखि फागुनसम्मको चालु ८ महिनामा नेपालमा कालो पत्रे १ सय ५१, खण्डास्मित १ सय ३६, कच्ची सडक ३ सय ३४ गरी जम्मा ६ सय २१ किलोमिटर मात्र सडक बन्यो । तर, सोही अवधिमा सवारी साधन भने १ लाख ३० हजार नेपाल भित्रिए ।


सडक विस्तारमा देखिएको सुस्तता र सवारी आयातमा पाइएको तिव्रता नेपालमा बढ्दै गइरहेको दुर्घटनाको यो पनि एउटा कारण हो । त्यसमाथि अझ पूर्व(पश्चिम सडकलाई हाइवे भनिएको छ, तर हाइवेको मापदण्डका सडक छैनन् ।

खुल्ला चौपाया, सडकमै हाटबजार, पसल, सडक मिचेर घर बनाउने, बिस्कुन सुकाउने, सडक प्रयोगकर्ताहरुमा चेतनाको अभाव, रोकेर साइड दिनुपर्ने साँघुरा पुल, भत्किएर जीर्ण सवारी दुर्घटनाका थप कारणहरु हुन् ।

चाडका समय भएका केही वर्षदेखिको दुर्घटनाको श्रृंखला पहाडी सडकहरुमा हुने गरेको छ । पछिल्लो उदाहरण डोटीको दुर्घटनालाई लिन सकिन्छ । गाउँले आफै मिलेर खनेको नाम मात्रको सडकमा जवरजस्ती सवारी सञ्चालन गर्नु, वषरयाममा पानी बगेको, भत्किएको तथा हिलाम्मे मौसमी सडकमा सवारी सञ्चालन गर्ने, मर्मत सम्भार नगरी सवारी सञ्चालन तथा भर्खर ट्रयाक खोलिएको सवारी सञ्चालनका लागि अनुपयुक्त सडकमा सवारी सञ्चालन दुर्घटनामा मूल कारण बनेका छन् ।

यान्त्रिक खराबी

चाडबाड यातायात व्यवसायीहरुका लागि मौकामा चौका हान्ने अबसर हो । व्यवसायीहरुका लागि चाडको समय वर्षभरीको घाटा पुरा गर्ने एउटा सुनौलो मौका हुने गर्दछ ।

बैंकको किस्ता अथवा अन्य बाँकी बक्यौता चाडको कमाइले पूरा ध्याउन्नमा सवारीमा देखिएका प्राविधिक गडबडीलाई समेत चाडपछि मर्मत गरौंला, कमाउने बेलामा कमाउनुपर्छ भन्दै यात्रु ओसार पसारमा बढीभन्दा बढी कुदाइरहने गर्दछन् ।

सवारीमा देखिएको यान्त्रिक गडबडी र मर्मत सम्भारको अभावमा दुर्घटना निम्तिने गरेका छन् ।

तनाव र थकानयुक्त चालक

चाड यातायात मजदुरहरुका लागि पनि हो नियमित काम पूरा गरिसकेपछि चाड मान्ने तयारीमा रहेका मजदुरलाई जसरीपनि कमाउनै पर्ने ध्याउन्नमा रहेका गाडी धनीको हठले चाड मान्न दिँदैन ।

सवारीमा काम गर्नै पर्ने दबाव, अरु सवारीले ल्याएको रकम भन्दा कम आम्दानी हुन नहुने उर्दीका कारण तनावमा रहेका चालकमा तनाव मात्र होइन, विना आरामको यात्रु ओसार पसारले थकान पनि हुन्छ ।

निरीह मजदुर

हुन त गाडीधनीको दबाव र आदेश नमान्दा यातायात मजदुरहरुको जागिर गएका थुप्रै उदाहरणहरु छन् । यात्रु तानेर सवारीमा नहुलेका कारण पनि कतिपय मजदुरहरुले कामबाट हात धुनु परेका छन् । तर, जीबन बच्यो भने मात्रै जागिर गर्न पाइन्छ भन्ने विषय यातायात मजदुरहरुले बुझ्न सकेको देखिएको छ्रैन ।

गाडीमा खाँदी खाँदी यात्रु हुलेर जति धेरै कलेक्सन ९पैसा० दिए पनि गाडी धनीले अहिलेसम्म यातायात मजदुरहरुलाई पुरस्कृत गरेको कतै सुनिएको छैन ।

मालिकका लागि जति दुःख गरे पनि मालिकको नजरमा मजदुरलाई चोरै देख्छन् भन्ने यातायात मजदुरहरुले बुझ्न नसक्नुले दुर्घटनाका लागि वातावरण बन्ने गरेको छ ।

त्यस्तै यान्त्रिक खराबी हुँदा म गाडी चलाउँदिन भन्ने हिम्मत चालकले गर्न नसक्नु, तोकिएको समयभन्दा बढी गाडी चलाउँदिन भन्ने आँट गर्न नसक्नु, भारवहन क्षमताभन्दा बढी यात्रु चढ्न खोजे अर्कै सवारीमा आउनुस् भन्ने इमान्दारिता देखाउन नसक्नु र ट्राफिक नियमभित्र रहन नसक्नु पनि दुर्घटनाको कारण बनेको छ ।

सचेत यात्रुको भूमिकाको कमी

सवारीको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेका कारण अधिकांश दुर्घटनाहरु भएका छन् । सुरक्षित यात्राको विकल्प हुन सक्छ । तर, दुर्घटनाको विकल्प हुँदैन भन्ने नबुझेका कारण खचाखच भरिएको सवारीमा झुण्डिएर, छतमा बसेर, चेपिएर, खाँदिएर यात्रा गर्ने यात्रुको कमजोरीका कारण दुर्घटना हुने गरेको हो ।

ट्राफिक प्रहरी

कानुनी अधिकारलाई सिरानी लगाएर गरिने जरिवाना अथवा पैसा असुलको सेरोफेरोमा मात्र घुम्ने गरेका छन् ट्राफिक प्रहरी । सवारी तथा चालकलाई १ हजारसम्म जरिवाना गर्ने र जरिवाना गर्ने ट्राफिकलाई जरिवानाको १५ प्रतिशत कमिशन दिने डा। बाबुराम भट्टराईको सरकारले ट्राफिकलाई विशेषाधिकार (गैरकानुनी अधिकार० दिएपछि ट्राफिकको काम सडक तथा यातायात व्यवस्थापन तथा दुर्घटना न्युनीकरणका लागि भूमिका निर्माण, नीतिगत सुधारका लागि सरोकारवालाहरुसँग सहकार्यमा भन्दा पनि कारवाहीका नाममा रकम असुलीतर्फ लागेको स्पष्ट देखिएको छ ।

यसपटकको चाडमा यति लाख यात्रु उपत्यका बाहिर गयो यति लाख यात्रु उपत्यका भित्रियो भन्ने तथ्यांङ्क संकलन गरेर ट्राफिक प्रहरीले समय बर्वाद गरिरहेको छ ।

कर कार्यालयले जस्तो यो आर्थिक वर्षमा यति करोड राजस्व संकलन गरेकोमा ट्राफिक प्रहरीले गर्व गरिरहेको देखिन्छ । यति हजार सवारी साधनलाई कारवाही गरेको, यति लाइसेन्सलाई प्वाल पारेको तथ्याङ्कहरु सार्वजनिक गरिरहेका छन् । तर(तर सडक दुर्घटना तुलनात्मक रुपमा बढिरहेको पनि तथ्याङ्कले देखाइरहेको छ ।

ट्राफिक प्रहरीले अब गौंडा ढुकेर कारवाहीको नाममा जबरजस्ती रकम असुल गर्ने तौर तरिकालाई छाडेर चालक, सडक प्रयोगकर्ता सर्वसाधारण, यात्रु तथा सरोकारवालाहरुका माझमा ट्राफिक प्रहरीले अभियान सञ्चालन नगरेकै कारण पनि दुर्घटनामा वृद्धि भएको हो ।

यातायात व्यवस्था विभाग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत सार्वजनिक सेवासँग सम्बन्धित रहेर यातायात व्यवस्थापन गर्न छुट्टै यातायात व्यवस्था विभाग रहेको छ । विभागका धेरै कामहरु मध्ये देशमा रहेका सर्वसाधारणको सेवाका लागि कति सवारीका साधनहरु आवश्यक छन् । ती सार्वजनिक यातायातका साधनहरुको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषयको व्यवस्थापन यसको कामको क्षेत्र हो ।

देशभरिको त कुरा छाडौं काठमाण्डौंमा कार्यालय रहेको विभागले उपत्यकामा कति सार्वजनिक सवारी चढ्ने सर्वसाधाराण जनता छन्, तिनका लागि कति र कस्ताखालका सवारी साधन चाहिन्छन् र त्यसको सञ्चालन व्यवस्थापन र परिचालन कसरी गर्न सकिन्छ भन्नेसम्म पनि हेक्का राख्न सकेको देखिँदैन ।

अहिले विभागको काम भने नेपाल भित्र्याइएका र दर्ता गर्न आएका सवारी धनीबाट तोकिएको रकम लिएर जति आउँछन् त्यति सबैलाई दर्ता गरिदिने कामबाहेक अरु केही पनि गर्न सकेको छैन ।

जो होचो, उसैको मुखमा घोचो
चाडमा भएका दुर्घटना र त्यसका असर र कारणहरुका सम्बन्धमा दसैंलगत्तै सञ्चार माध्यमहरुमा ट्राफिक प्रहरी महाशाखा रामशाहपथका डीआइजी केशव अधिकारी तथा यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालको भनाइहरु सार्वजनिक भए वहाँहरु दुबैको तर्क के थियो भने भएका सवै सडक दुर्घटनामा चालक प्रमुख दोषी हुन् ।

यस्ता अवैज्ञानिक आरोपलाई अब कसैले पत्याउनेवाला छैन, कल्पना भन्दा बाहिरको घटना दुर्घटना हो, जुन घटना हुनका लागि धेरैवटा संघटकहरुको कमजोरीका कारण हुने गर्दछ । जसले समग्र ट्राफिक व्यवस्थापनको व्यवस्थापन गर्दछ, जसले समग्र देशको यातायातको व्यवस्थापन गर्दछ ।

त्यस्तो जिम्मेवार व्यक्तित्वहरुले सडकको अवस्था, सवारी साधनको अवस्था, चेतना, जनसख्यां, नीतिगत समस्या तथा देशको भूराजनीतिको असरका बारेमा बोल्दै नवोली निरीहमाथि दोष थुपारिदिने काम ठीक हुन सक्दैन । जो होचो, उसैको मुखमा घोचो गर्नु उचित हुँदैन ।

अब के गर्नु पर्ला ?
सवारी दुर्घटनामा कुनै एक पक्ष मात्र होइन, सबै दोषी छौं भन्ने विषय सबैभन्दा पहिले बुझ्न आवश्यक छ । तात्कालिक तथा दीर्घकालीन योजना बनाउन आवश्यक छ ।

तात्कालिक योजना
सडक र सवारी साधनको मापदण्ड तोक्दै हाइ वेलाई मापदण्ड अनुसार विस्तार र व्यवस्थापन गर्ने, सहरका सडकलाई फराकिलो बनाउने, ग्रामीण सडकका सन्दर्भमा इन्जिनियरिङ्ग परीक्षणपछि मात्र प्रयोग गर्ने नीतिलाई कडाइ गर्ने, साना, मझौला सवारीका स्थानमा ठूला सवारी प्रतिस्थापन गर्ने, सवारी आयात र सडक निर्माणको गतिलाई मिलाउँदै सडक र यात्रुको चापका आधारलाई सन्तुलन मिलाएर मात्र सवारी आयातलाई व्यवस्थित गरिनु पर्दछ ।

समयसारिणि अनुसार यातायातका साधनहरुलाई व्यवस्थापन गरी अनावश्यक उछिन पाछिन गर्ने प्रवृतिको अन्त्य गर्ने ।

दीर्घकालीन योजना

आम सर्वसाधारणलाई गुणस्तरीय सार्वजनिक यातायात सेवा राज्यबाहेक अरु कसैले दिनै सक्दैन । त्यसकारण यातायात सञ्चालनको स्वामित्व राज्यको हुनु अनिवार्य छ ।

नेपालको सन्दर्भमा यातायात सेवाको क्षेत्र निजी क्षेत्रको स्वामित्वमा रहेकाले गुणस्तरीय सेवाभन्दा पनि जसरी पनि नाफा कमाउने निजी क्षेत्रको प्रयत्न केन्द्रित हुने हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने र व्यवस्थापनमा हारालुछ हुने भएकैले दुर्घटनाको संख्या बढिरहेको छ ।

त्यसकारण सेवालाई जनउत्तरदायी बनाउन तथा लोभका कारण हुने प्रतिस्पर्धा र निम्त्याउने दुर्घटनालाई न्युनीकरण गर्न राज्यले स्वामित्व ग्रहण गर्न जरुरी छ ।

अन्त्यमा
सवारी दुर्घटना कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने विषय सरोकारवालाहरुको साझा गन्थनको विषय अहिलेसम्म कहिल्यै हुन सकेको छैन । आ(आफ्नो संघ, संगठन तथा संस्थाको पक्षधरता तथा स्वार्थका आधारमा सबैले आ(आफ्नै डम्फु बजाएर हिँडिरहेको पाइएको छ ।

जसले जसलाई आरोप प्रत्यारोप गरे पनि दोष सबैको छ । तर्कले जितेर अरुलाई प्रत्यारोप लगाएर आफू पानीमाथिको ओभानो हुने दुस्प्रयास कसैले नगरे हुन्छ ।

तीन दलका नेतालाई सुझाव



भीमज्वाला राई

बुधबार नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्षनेताहरुको गोकर्ण बैठकले कुनै निष्कर्ष निकालेन । संविधान निर्माणमा उत्पन्न विवादित विषयमा सहमति खोज्न गोकर्ण रिसोर्टको आवासीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि कात्तिक ९ गते फेरि बैठक बस्नेगरी तीन दलका नेताहरु बैठकबाट उठेका छन् ।

सहमतिको प्रयास

संविधानका विवादित विषयहरुमा दलहरुबीच सहमति अपरिहार्य छ । त्यसैका लागि दल तथा तिनका नेताहरु क्रियाशील पनि छन् । दलहरुबीच संविधान निर्माणका लागि दलका नेताहरुको साझा धारणाको पर्खाइमा छन् नेपाली जनता । नेताहरुले आफ्ना विचार सार्वजनिक गर्ने क्रममा संविधान निर्माणका जिम्मेवारीका बारेमा आफ्नो भूमिकालाई सार्वजनिकरुपमै स्वीकार गर्ने गरेका छन् । तर साझा धारणा भने बन्न सकेको छैन । त्यसैको प्रयास थियो दलका नेताहरुको गोकर्ण रिसोर्टको बैठक ।

बाह्रबुँदे सहमतिदेखि सहयात्रामा लहसिएका दलहरु मूलतः संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीका विषयमा अड्किएका छन् । संघीयताबारे कांग्रेस र एमाले एकातिर देखिएका छन् भने एमाओवादी अर्को ध्रुवमा उभिएको देखिन्छ ।

स्वार्थ आआफ्नै

विवादित अन्य विषयहरुभन्दा कुरा नमिल्नुमा संघ राज्यको संख्यामा बढी विवाद देखिएको छ कांग्रेस एमाले बढीमा ७ प्रदेश हुनुपर्छ भन्ने अडानमा छन् एमाओवादी १० प्रदेशको पक्षमा उभिएका छन् । अझ समस्या संघ राज्यको नाम के हुने भन्ने विषय दलहरुबीच विवादको मूल कारण बनेको छ ।

संघ राज्य कतिवटा हुने त्यसको नाम कस्तो रहने भन्ने विषय सतहमा देखिए पनि मुख्य विषय दलहरुभीत्र रहेको संविधान निर्माणसँग जोडिएको स्वार्थ कारण देखिएको छ । कांग्रेस, एमाले तथा एमाओवादीले संघीयताका मोडेल सार्वजनिक गरिसकेका छन् । यो मामिलामा सबैभन्दा कच्चा कांग्रेस देखिएका छन् ।

संघीयताको खाका प्रस्तुत गर्ने विषयमा अघिपछि भए पनि तीनैवटा पार्टीको ध्याउन्न आफ्ना अवधारणालाई संविधानसभामार्फत संविधानमा प्रतिविम्बित गर्नु रहेको देखिन्छ । संघीयताका आफ्ना धारणालाई साझा बनाउन नसकेका दलका नेताहरुले त्यही पार्टीगत स्वार्थसहितको संघीयताको चित्र शीरमा बोकेर हिँडेका छन् । त्यही भएर सहमतिका नाममा भएका वार्ता तथा छलफलहरु असफल बन्दै गइरहेका छन् ।

आरोप प्रत्यारोप

दलका नेताहरुबीच आरोप प्रत्यारोपको दोहोरी श्रृङखला अहिलेसम्म रोकिएको छैन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले पहिलेको सहमतिबाट पछि हटेकाले समस्या भएको आरोप लगाइरहँदा कांग्रेस, एमालले भने एमाओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण सहमति हुन नसकेको प्रत्यारोप लगाए । आरोप प्रत्यारोपमै दलहरुले पहिलो संविधानसभा गुजारेका थिए ।

दोस्रो, संविधानसाको समय सकिनै लागेको छ अहिलेसम्म पनि दलहरुले एकले अर्कालाई आरोप र प्रत्यारोप लगाउने र आफू पानी माथिको ओभानो हुन खोज्ने पुरानै काइदा त्याग्न सकेको छैन ।

घर्कंदो समय

संविधानसभाले ०७१ माघ ८ गते संविधान घोषणा गर्ने भन्दै संविधान निर्माणका लागि गत चैत्रमै कार्यतालिका सार्वजनिक गरिसकेको छ । अब पुगनपुग ४ महिनाभित्र संविधान घोषणा गर्नु पर्ने जिम्मेवारी दलहरुको काँधमा छ । तर, दलहरुमा देखिएको मेरो गोरुको बाह्रै टक्काको अवस्था र सहमतिका लागि बसेका बैठक निष्कर्षविहीन टुंगिने निरन्तरताले फेरि पनि समय गुज्रने हो कि भन्ने शंका जन्माएको छ ।

कार्यतालिकाअनुसार असोज मसान्तसम्म संविधानको मस्यौदालाई अन्तिम रुप दिएर नागरिकसमक्ष बहसका लागि लाने, मस्यौदा माथि आएका सुझावलाई कात्तिक मसान्तसम्म सुझाव समेटेर मंसिरमा प्रतिवेदन तयार गरी पुससम्म संविधानको विधेयक पारित गरी माघ ८ गते संविधान पारित गर्ने उल्लेख छ । तर, बैसाखसम्म बन्नुपर्ने समितिको सभापति निर्माण देखि नै अल्मलिएको दलहरु अहिलेसम्म अलमलमै छन् ।

विवादित विषयहरुलाई निरुपण गर्न राजनैतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले अन्तिम पटकका लागि भन्दै कात्तिक १५ सम्म समय थपिदिएको छ । समितिका सभापति डा। बाबुराम भटराईले कार्तिक ४ र ५ गतेको गोकर्ण रिसोर्टको बैठकले दलहरुलाई सहमति नजिक पुर्‍याएको बताएका छन् । तर, दलका नेताहरुको शीरमा भएको स्वार्थ बिसाउन जरुरी छ ।

के गर्नु पर्ला नेताहरुले ?
संघीय राज्यको संख्याका विषयमा एमाओवादी र संघ राज्यको नामको विषयमा कांग्रेस एमाले खुकुलो हुने वित्तिकै समस्याको पोको खुल्छ । त्यसका लागि दोहोरो चरित्र दुबै ध्रुवका नेताहरुले त्याग्न सक्नु पर्दछ ।

पहिलो, प्रचण्ड एमाओवादीको अध्यक्षमात्रै होइनन्, संविधान निर्माणका लागि महत्पूर्ण उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पनि हुन् । उनले आफ्नो भूमिका र महत्व बुझन जरुरी छ ।

संविधान निर्माणका लागि प्रमुख भूमिका खेल्ने संयन्त्रको संयोजक पनि आफैं संविधानसभाप्रति अविश्वास गर्दै यसले संविधान बनाउन सक्दैन भन्दै आन्दोलनरत दलहरुको सडक आन्दोलनको नेता पनि आफै यो द्वैध चरित्र प्रचण्डले त्याग्नु पर्छ ।

दोस्रो, राज्यको नाम ढङ्गा, मुढा र माटोबाट मात्र राखिनु भन्दा त्यहाँका जनताको भावनालाई समेट्ने गरी कांग्रेस, एमाले तयार हुनुपर्छ । संघ राज्य निर्माणको मापन भूगोललाई मात्र बनाउने गरी आएका प्रस्तावलाई परिमार्जन गर्नुपर्छ ।

अन्त्यमा

विवादका चुरोका रुपमा रहेका यिनै विषयहरुलाई तीन दलले समायोज गर्ने हो भने संविधानसभा बाहिर तथा भित्र रहेर संविधानसभाको विरोधमा देखिएका, संविधान निर्माणको विपक्षमा रहेका, जातीय, धार्मिक तथा नेपाली सदभावलाई खल्बल्याउन चाहनेहरुको केही चल्नेवाला छैन । कार्तिक ९ गते तय भएका दलहरुको छलफलले सार्थक निष्कर्ष निकाल्दै माघ ८ गते संविधान जारी गर्ने वातावरण बनाउन सकोस तिहारको शुभकामना ।
   कार्तिक ६ गते अनलाईन खवरमा प्रकाशित

बेमौसमी बाजा


नेपाली काग्रेस नेपाली राजनीतिक दलहरु मध्ये ठुलो पार्टी । भनिन्छ ठुलाबडाको ठुलै पारा । ठुला बडाहरुलाई त्यती हतारो हुदैन । गर्ने काम अरुले गरेपछि ठिक बेठिक औल्याउने, आलोचना गर्ने । यस्तालाई सांचो अर्थमा अरुले बनाएको बाटोमा हिड्ने, अरुको काममा आफ्नो मत राख्ने । सायद यस्तो काम दिमागमा कुनै योजना नभएका, कुनै सोंच नभएकाहरुले गर्दछन् क्यारे । यसलाई ठेट नेपाली शव्दमा हुत्तिहारा भन्ने पनि छ त्यस्तै काम नेपाली जनताले ठुलो पार्टीको हैसियत दिएका नेपाली काग्रेसले गरिरहेको छ । 
   शनिबार नेपाली काग्रेसले बल्ल संघियता सम्बन्धी आफ्नो अवधारण सार्वजनिक गर्दै ६ या ७ प्रेसको खाका प्रस्तावका रुपमा सार्वजनिक गरेको छ । पहिलो संविधान विघटन पछि थुप्रै उत्तारचडावहरु आईसकेका छन् । यतीवेला संविधानसभाभित्रको गति र संविधान निर्माण प्रकृयाको हिसावले जुन अवस्था निर्माण भईरहेका छन् यस्तोवेला नेपाली जनताले ठुलो दलको पगरी गुथाईदिएको राजनीतिक पार्टीको गतिलाई हेर्ने हो र उसले अघिसारेको प्रकृयालाई नियाल्ने हो भने चेतनाका हिसावले जुन परिवर्तनको अवस्था पनि संविधान निर्माणका लागि बाधक छ भन्ने स्पष्ट देखिएको छ । 
   नेपाली काग्रेसले संविधान निर्माण प्रकृयाको अन्तिम अवस्थामा जुन संघियताको खाका अघि सारेको छ त्यो संविधान निर्माण प्रकृयाको हिसावले धेरै पछाडी छ । यसको विषयको बहस धेरै पहिले नै भईसकेको थियो । यतीवेला नेपाली काग्रेसले जस्तै अरु दलहरुले पनि संघियताका लागि खाका अघि सारेर बहरमा ल्याउने र आफ्ना प्रस्ताव र राज्यको सख्यांलाई सर्वसम्मत गराउने बहसमा जाने हो भने त्यसले फेरीपनि संविधान निर्माण नगरी संविधानसभा दास्रो पटक पनि विघटन हुने अवस्थामा जानेछ त्यसो हुनु भनेको नेपालमा संविधानसभाबाट कहिल्यै संविधान नबन्नु जस्तै हो । 
   उच्च स्तरिय राजनीतिक समितिका संयोजक एमाओवादी अध्यक्ष प्रचण्ड पहिचानको कुरा उठाउने २२ दलहरुसंग आन्दोलनमा छन् । संविधान निर्माण प्रकृयाकै सन्दर्भमा कतिपय विषयहरुमा असहमति राख्ने दलहरुलाई साथमा लिएर आन्दोलनमा होमिएका प्रचण्डबाट संविधान निर्माणका सन्दर्भमा के भूमिका हुनसक्ला, त्यस्तै नेपालको पहिलो पार्टी नेपाली काग्रेस माघ ८ गते संविधान जारी गर्ने समयमा बल्ल संघियताको खाका प्रस्तुत गरिरहेकोछ । यि दुवै घटनाले के देखाउछ भने नेपाली जनताका प्रतिनिधिहरुमा नेपालीहरुको रुपान्तरण प्रतिको भावनाको प्रतिनिधित्व गर्ने हैसियत अझै भईसकेको छैन । 

चालकलाई अनुशासित बनाउन अभियान



२४ अशोज २०७१
काठमाण्डौं । बढ्दो सडक दुर्घटना र सडक दुर्घटनामा चालकलाई दोषी देखाईएपछि चालकहरुलाई सजग गराउन तथा दुर्घटनामा कमी ल्याउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको छ ।
   सडक दुर्घटना न्युनिकरण गर्ने अभियान अन्तरगत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रवेशद्धार अघि शुक्रबार विहान चालकहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।
     विमानस्थल प्रवेशद्धार अघि टेण्टमा चालकहरुलाई भेला गराई दुर्घटनाका कारणहरु, दुर्घटनाका असर तथा न्युनिकरणमा चालकहरुको भूमिकाका विषयमा प्रशिक्षण प्रदान गरिएको हो । ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षक विपिन गौतम तथा ट्राफिक प्रहरी वृत गौशालाका प्रमुख तथा प्रहरी निरिक्षक शुकदेव खनालले सहभागी १ सय २० जना चालकहरुलाई प्रशिक्षण दिईएको थियो ।
    प्रशिक्षणमा करिव ५० जना अन्य सर्वसाधारणलाई समेत सहभागी गराईएको थियो । दुर्घटना हुनुमा अन्य थुप्रै कारणहरु हुदां हुंदै यातायात मजदुरहरुलाई मात्र दोषी देखाउने गरिएको छ त्यसलाई खण्डन गर्दै तथ्य सार्वजनिक गर्न अभियान सञ्चालन गरिएको संगठनका महासचिव भीमज्वाला राईले बताए ।
अनियन्त्रीत सवारी आयात, सिमित, सांघुरा र जिर्ण सडक, यातायात व्यवस्थापन तथा सञ्चालनमा राज्यको नीति नहुनु पनि दुर्घटनाको कारणहरु हुने गरेको भएपनि चालकलाई मात्र दोषी देखाउनु अव्यवहारिक भएको महासचिव राईल बताए ।
  दुर्घटना न्युनिकरण गर्न सरोकारवालाहरु सवैको भूमिका हुनु पर्ने बताउदै मजदुरहरुलाई जिम्मेवारीपूर्ण बनाउन ट्राफिक प्रहरीहरुसंगको सहकार्यमा संगठनले अभियान सुरु गरेको राईले बताउए । अन्तराष्ट्रिय यातायात मजदुर महासंघ आईटीएफको कार्यसप्ताहव्यापी कार्यक्रमसंगै जोडेर यो अभियानलाई देशभरी सञ्चालन गर्ने पनि राईले बताए । 
     अभियानसंगै कार्यथलोमै पुगी मजदुरहरुलाई संगठनको सदस्यता प्रदान गर्ने योजना अनुरुप शुक्रबार ८२ जना यातायात मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चल कमिटीले संगठनको सदस्यता प्रदान गरेको छ ।
   संगठनका केन्द्रीय उपाध्यक्ष मांयां वेगाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संगठन एयरपोर्ट ट्याक्सी ईकाईका अध्यक्ष शंकर थापा, सञ्चालन नरवहादुर रानाभाटले गरेका थिए ।
कार्यक्रममा संगठन बागमती अञ्चल अध्यक्ष नवराज घिमिरे, उपाध्यक्ष बिी केसी, सचिव जिवन खड्का लगायत अञ्चलका विभिन्न कमिटीका नेताहरुको सहभागी रहेको थियो ।

राजनीतिका अप्रिय दृश्य


   
   दशै अघि नै संविधानको प्रारम्भिक मस्यौदा जनताका वीचमा छलफलका लागि पुग्नेछन् । संविधानमा आफ्ना राय सुझाव जनताले आफ्ना प्रतिनिधि मार्फत अभिव्यक्त गर्ने छन् र त्यसलाई पुर्णताका लागि दरिलो आधार बन्ने छ यही थियो संविधान निर्माण कार्यतालिका तर त्यस्तो हुन सकेन । सभामुख सुवास नेम्वांङले संविधान निर्माणको प्रकृयालाई असर पर्ने भएको भन्दै दशैमा नेताहरुलाई काममै रहन उर्दी जारी गरेका थिए । अहिले पनि सहमति नभए प्रकृयाका आधारमा संविधान समयमै जारी गर्ने अडानमा छदैछन् सभामुख अडान स्वभाविक छ तर तालिका मिचिदै जादैछ त्यसले आशंका जन्माएकोछ ।
    तालिका मिचिदै जांदा, अडानहरु असफल हुदै जादां जनतामा उत्पन्न भएको आशंकालाई थप आधार दिएको छ दलहरुको व्यवहारले । मुलतः काग्रेस, एमाले र एमाओवादीको कांधमा छ संविधान निर्माणको मुल जिम्मेवारी तर तिनै राजनीतिक दलहरुका नेताहरुका नेताहरुको भनाईहरु निरासाजनक छन् । राजनीतिक दलहरुको आधिकारिक भनाई नै हुन् भने त्यो नेपाली जनताका लागि दुर्भाग्य हुनेछ खुद्रा रुपमा ाएका नेताका नीजि भनाईहरु हुन् भनेपनि त्यसले दुर्घटनाको संकेत गरेको छ  अबको बाटो के ? फेरी पनि संविधानसभाको निर्वाचन या संघियता सहितको संविधानको अवसान ? ।
   दलहरु अन्तिम परिक्षामा छन् तर दलहरुमा पर्याप्त गृहकार्य छैन पहिलो संविधानसभापनि दलहरुले एकअर्कालाई आरोप प्रत्यारोप लगाएरै सिध्याए । अहिले फेरीपनि एकले अर्कालाई संविधान निर्माणका अवरोधक भन्न थालिसकेका छन् । संविधानभीत्रका केही महत्वपूर्ण समितिका नेताहरु नै अब समय अपुग भयो भन्न थालेका छन् । संविधानसभा मार्फत संविधान बनाउन नचाहाने कमल थापाहरुले हास्यास्पद रुपमा दलहरुले समयमै संविधान बनाउदैनन् त्यस कारण आन्दोलनका लागि तयार बन भन्न थालेका छन् यो नौटंकीको जनताका लागि प्रीय दृश्य होईनन् दलहरुमा चेतना हुनु जरुरीछ ।
आउदो माघ ८ गते संविधान जसरी पनि जारी गर्ने चौतर्फि दवाव दलहरुलाई छ, अविश्वास व्याप्त छ, शंका जताततै छ जनतामा अन्यौलता छ सवैको एउटै जिज्ञासा छ के दलहरुले साच्चै माघ ८ गते संविधान जारी गर्लान ? यतिवेला नेपाली जनतासंग कुनै विकल्प बांकी छैन कुनै आशंकाहरुको कालो बादल भीत्र रुमल्लीनु जरुरी छैन यो अवसर अन्तिम हुनेछ र निर्णायक हुनेछ । दलहरुले आफुलाई सफल बनाएरै छाड्ने छन् तर विश्वस्त भईहाल्ने अवस्था छैन खवरदारी सवैको जरुरी छदैछ ।

कसले गर्ने निगरानी ?


नेपालीहरुको महान चाड दशैले हामीलाई घप्लक्कै छोपिसकेको छ । बजारमा उपभोक्ताहरुको चहलपहल सामान्य अन्य समय भन्दा चौवर बढेको छ । चाडका समय आवश्यक आधारभूत बस्तुहरुको जोहोका लागि सबको गणतव्य बजार हुनु स्वभाविक छ । बजार यस्तो समय आम उपभोक्ताको लागि घातक हुने गरेको छ । सर्वसाधारण बजारबाट शोसित हुने परम्परा पुरानै हो । यतीवेला उपभोक्ताहरु बजारमा आर्थिक रुपमा ठगीने, मानसिक रुपमा त्रासमा पर्ने तथा पीडित हुने गरेको छ । यथार्थमा उपभोक्ताहरुको हक र अधिकारको विषय यस्ता समयमा ओझेलमा पर्ने गरेको छ ।
    बजार उपभोक्ता मैत्री होईन, त्रासदी बन्दैछ खाद्यान्न, लत्ता कपडा, ग्यास, पेट्रोलियम लगायत सवैमा उपभोक्ताहरुको भिड बढ्दो छ । ग्यासको अभाव समस्या चर्कीदैछ, त्यहां उपभोक्ताहरुको मारामारको भिडछ हप्तौ कुर्दासम्म उपलव्धता छैन, खाद्यान्यमा उत्तीकै भीड छ तर राम्रा र स्तरिय बस्तुहरु पाउन सकेको छैन । लत्ता कपडा पसलहरु उत्तीकै लामबद्ध छन् तर उपभोक्ता सुरक्षित त्यहा पनि छैनन् । बजार चौतर्फि उपभोक्तालाई शोषण उन्मुख बन्दै गईरहेको छ । बजार खुल्ला छाडिएको सिंह जस्तै बन्दै गईरहेको छ ।
  दुईबटा विषयमा बजारलाई अनुगमन गर्न आवश्यक देखिन्छ प्रथम अभाव, साच्चैको अभाव या कृतिम अभाव, दोस्रो बजार मुल्य निर्धारणको विधि के हो ? व्यापारी आफैद्धारा बनाईएको मुल्य हो कि बजारको सवेक्षणका आधारमा निर्धारीत मुल्य हो ।
खाना पकाउने एलपी ग्यास अभाव अहिले सवैको पीडाको विषय बन्दै गईरहेको छ । भने दाल, चिनी, चामल जस्ता अत्यावश्यक बस्तुहरुमा मिसावट तथा फलफुल तथा तरकारीमा स्वघोषित मुल्य निर्धारणका कारण यतीवेला उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । बजारमा हुने यस्ता काला बजारी तथा उपभोक्ताको शोषण ओझेलमा छन् । यस्ता विषयहरुको निगरानीको अभावमा उपभोक्ताहरु शोषण्मा परेका छन् भने काला बजारीहरुका लागि कमाउने अवसर बन्ने गरेका छन् ।
  उपभोक्ताहरु शोषित भईरहदा, आर्थिक मारमा परिरहदा बजारमा हुने यस्ता वेथितिलाई रोक्ने निकायहरु कहां हराईरहेका छन् ? अन्य समयमा उपभोक्ताहरुको हक, हित र अधिकारका कुरा उठाउने संघसस्थाहरु कता निदाईरहेका छन् ? मुलतः उपभोक्ताहरुको सुरक्षा राज्यको दायीत्व हो तर राज्यका निकायहरु समेत यतीवेला चुपचाप रहेका छन् । राज्यको उदासीनता, उपभोक्ताहरुको निश्क्रियता र संसंस्थाहरुको उपस्थिति शुन्य हुंदा त्यसको सवैभन्दा बढी फाईदा बजारलाई आफ्नो अनुकुल बनाउन खोज्नेहरुले लिईरहेका छन् । 

दशैंका दश दिन


भीमज्वाला राई
धरानसंग लामो समय टाढा हुनु मेरा लागि पीडादायक बन्ने गर्दछ । असारदेखि म धरान पुग्न सकेको थिईन यती लामो धरानसंगको विछोडको पीडा थियो ममा । धरान जानै पर्ने साईत बन्यो दशैं । घटस्थापनाकै दिन अर्थात अशोज ९ गते परिवार सहित(जिवनसंगीनी चन्द्रा, छोरी सुप्रिया र साली ममता) धरान पुगें । धरान जानु आमा बुबा, भाई भेट्नु, औजारसंगको सम्बन्धलाई जिवित बनाउनु र धरानसंगको नातालाई जोडिराख्नु थियो साथै जोडिएको थियो दशैं मान्नु ।
  मुलतः धरान जाने काम यस पटक पारिवारिक थियो योजना बनाउदानै यस पटक धरानमा पारिवारिक भेटघाट, साथीसंगीसंगको रमाईलो बाहेक अन्य कुनै काममा सहभागी हुदिन भन्ने थियो । मन कहां मान्दो रहेछ र ? भानुचौक ओर्लदा सांझ साढे सात बजीसकेको थियो म सिधै औजार दैनिकको कार्यालय गएं । कार्यकारी सम्पादक रणध्वज लोहारसंग मोवाईलमा सिमित भेटलाई भौतिक बनाएं । मलाई भेट्नासाथ रणध्वज भाई औधि खुशी हुन्छन् खोई किन हो त्यो चाही बुझेको छैन मैले नबुझेको त्यही काम भयो उनको अनुहारमा छुट्टै उज्यालो देखें । प्रधानसम्पादकको कुर्चीमा मलाई बसाए अनि दुई चार पोज फोटो पनि खिचे । औजारमा एक खालको माहौल छुट्टै भयो भाषा सम्पादक वेदकुमार सुव्वा, सम्बाददाता लक्ष्मी दर्नाल, केदार बस्नेत, दामोदर गुरागांई लगायतका सहकर्मीहरुसंग रमाईला अन्तरंगहरु भए ।
   औजार तिखार्ने कुरा
अशोज १० गते औजारका अध्यक्ष मोतीराज सुनुवारसंग औजारका आरोह अवरोहका बारेमा बैठक तथा योजनाका सम्बन्धमै केन्द्रीत भएर दिन वित्यो । विभिन्न उतार चढावका वावजुद औजारको व्यवस्थापन गर्ने बागडोर घुमिफिरि रुम्जाटार भने झै फेरी पनि मोती सरकै कांधमा आईपुगेको छ ।
 मजदुरलाई मिशन बनाएर २०६२ असार २३ गते औजार सुरु गर्दा म त्यतीवेला नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशीको सचिवा थिए मोती सर केन्द्रीय कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो वहांलाई हामीले औजार प्रकाशनको अध्यक्ष बनायौं वहांसंग मिडियाको व्यवस्थापकिय कुशलता भएर भन्दापनि हाम्रो आदरणीय नेता भएका नाताले त्यसो गरेका थियौं । यसमा औजारका सस्थापक  धरानका २९ जना मजदुर नेता साथीहरुको एक मत थियो । पत्रिका दैनिक बनाईए पछि व्यवसायीक पत्रकारितामा औजारलाई स्थापित गर्न व्यवस्थापकिय रुपमा मोती सर अध्यक्ष, म प्रधानसम्पादक भएर संगसंगै काम गर्यौ हाम्रो सहकार्य र मेहनतले औजार राज्यको वर्गीकरणमा क वर्गमै दरियो त्यसमा धेरै साथीहरुको पनि साथ र सहयोग छ ।
 यहीवीच विचार, व्यवहार, आनीवानी, स्वभाव, संगत तथा एकले अर्कालाई राम्ररी बुझ्न नसक्दा समस्याहरु उत्पन्न भए । यसमा हामी दुवैजनाको कमजोरी रहेको कुरा परिणामले देखाईदियो जसका कारण पछिल्लो केही समय औजार धारिलो हुन सकेन । अहिले फेरी पनि मोती सरकै कांधमा औजारको व्यवस्थापन आएको छ विगतको कमजोरीबाट पाठ सिक्दै औजारलाई तिखार्ने विषयमा समिक्षा गरेकाछौं ।
  राजनीतिक जिम्मेवारीका आधारमा मेरो समय पर्याप्त नहुन सक्छ तर साधन स्रोतको उपलव्धताका आधारमा जहांबाट भएपनि मेरो श्रम औजारका लागि अलिकती खन्याउनु मेरो दायीत्व हुनेछ । मैले १७ वर्षदेखि पत्रकारितालाई पेशा बनाएर काम गरेकोछु यसलाई कायम राख्न सैद्धान्तिक ज्ञान चाहिन्छ त्यही भएर मास कम्यूनिकेशनमा डिग्री अध्ययन गर्दैछु त्यो विवेक औजारकै लागि उपयोग हुनेछ । 

गुनासो सुन्दै दिन बित्यो
धरान काकडभीट्टाको बसमा कण्डक्टरको काम गरेर जिविकोपार्जन गर्ने मलाई राजनीतिक रुपमा यो स्थानसम्म पुग्न सहयोग गर्ने धरानका साथीहरु हुन् अझै किटान गरेरै भन्ने हो भने धरानका मजदुरहरु, मजदुर नेताहरु नै हुन् । चार महिने टाढा बसाईमा साथीहरुसंग सम्पर्क कमै थियो अझ मेरो स्वभाव अन्तरमुखि, फोनमा कम बोल्ने खालको छ त्यस कारण साथीहरुको मनमा चिसो छिरेको रहेछ कि कतै मैले साथीहरुलाई वेवास्ता पो गरें कि ? साथीहरुको सहयोगलाई मैले अवमुल्यन गरे कि ? नत्र भने किन फोन नगरेका त हामीलाई साथीहरुलाई त्यस्तो लागीरहेको रहेछ । म बाट त्यस्तो कसरी हुन सक्छ र जती साथीहरुको लगानी मलाई छ त्यतीकै मात्रमा साथीहरुलाई मेरो पनि लगानी छ आफ्नो लगानीको सवैलाई मायां हुन्छ फोनमा सम्पर्क कम हुनु, भेटघाट नहुनु त्यो बाध्यता होला तर कसैले कसैलाई घात गर्नु हुदैन ।
 गोविन्द गिरी पुराना यातायात मजदुर नेता हुन वहां भन्नुहुन्छ आगन खनेर डगर पुर्नु हुदैन म यो भनाईलाई अति सम्मान गर्छु । सहयोग र सम्मानको वदला अपमान क्रुर हुनुहुदैन त्यस्ता व्यक्तिहरुले कसैलाई सहयोग गर्न सक्छन् न कसैको सहयोगको सम्मान नै गर्न सक्छन् । पहिचान गरेर सकेसम्म त्यस्ता साथीहरुबाट टाढा रहनुनै ठिक हुन्छ जस्तो लाग्न थालेको छ अब चाही ।
अशोज ११ गते मबाट असन्तुष्ट नेतासाथीहरुसंग पालैपालो बसें वहांहरुको गुनासाहरु सुने, आफ्ना स्पष्टीकरण दिए त्यो काममा एमाले सुनसरी सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज प्रदिप भण्डारी सर, मोती सर, लक्ष्मी बानीयां र कमल भटराईबाट सहयोग पाए ।
कार्यक्रमै कार्यक्रम
अशोज १२ गते विहान ६ वजेदेखि दिनभरी कार्यक्रममै वित्यो विहान ५ वजे नै औजारका फोटो पत्रकार भाई विकास राई मलाई लिन पिण्डेश्वरी चौक मेरो डेरामा आईपुगे म ओछ्यानमै थिए सन्दर्भ थियो पत्रकार तथा एन प्याव्सनबीचको मैत्रीपूर्ण बास्केटवल प्रतियोगिता पत्रकार टोलीका नेता थिए ब्लाष्ट टाईम्सका सम्पादक किशोर कार्की प्रतिद्धन्द्ध थीए एन प्याव्सनका अध्यक्ष गणेश राई ४२ विरुद्ध ४४ स्कोर अन्तरको पत्रकार टोलीको जितमा विकास भाईले व्यक्तिगत ४२ स्कोर गरे खेल भन्दा पनि अग्रज पत्रकार गोपाल देवान दाईको ५१ वर्षीय स्फुर्ति हेर्न लायक थियो ।
   दोस्रो कार्यक्रम थियो सामान्य प्रशासन मन्त्री लालवावु पण्डितको उपस्थितिमा हुने नेकपा एमाले मजदुर शाखा कमिटीको शुभकामना कार्यक्रम । मजदुरको कार्यक्रम भनेपछि देखा नपर्ने पार्टीकै केही नेताहरुलाई पनि त्यो कार्यक्रममा भेट्न पाईयो त्यस अर्थलेपनि कार्यक्रम महत्वपूण रह्यो अर्को सफलता भनेकोे मन्त्रीलाई बोलाएर कार्यक्रम गर्ने शाखामा मजदुर शाखाले आफ्नो नाम लेखाउन सफल भयो । कार्यक्रम सफल हुनुमा लक्ष्मी बानियां र कमल भटराई लगायतका साथीहरुको अहारात्र मेहनत प्रशंशनिय थियो ।
कुलसचिवलाई स्वागत
म धरान ओर्लदा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीहरुको आन्दोलनका कारण बन्द थियो । आन्दोलनबारे तिन खालका प्रतिकृयाहरु थिए पहिलो धरानमा भएका एक मात्र अस्पताल त्यो पनि सिध्याने भए आन्दोलनकारीहरुको अनावश्यक माग र आन्दोलनले । दोस्रो कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधा त पाउनु पर्यो नि । तेस्रो जसरी भएपनि अस्पताल खोल्नु पर्छ यस्तो अवस्थामा आन्दोलनकारी र प्रतिष्ठानलाई एक ठांउमा ल्याउन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाद्धारा भाद्रमा नियुक्त प्रतिष्ठानका कुल सचिव तुलवहादुर श्रेष्ठलाई स्वागत तथा दशैं शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीता जनाईयो ।
सहयोगको साक्षी
दशैंमा फजुल खर्च गरेर रमाउने परम्परा विपरित धरान स्थित डिपोट उच्च माविका २०५० ÷ ०५१ का एसएलसी समुहका केही विद्यार्थीहरु केशव राई, प्रविण राई फुलकुमारी राई, मञ्जु राई, प्रकास विक लगायतको प्रयासमा संकलित रकम ५६ हजार १ सय ५० बरावरको दुई थान दराज धरान ४ स्थित पुनस्र्थापना गृह धरानमा रहेका २२ जना असहायहरुलाई हस्तान्तरण तथा पक्षघातबाट पीडित विकास लिम्बुको उपचारका लागि ७५ हजार रकम हस्तान्तरण कार्यक्रमको साक्षी बन्ने अवसर पांए । १५ गतेको दशैं पुनस्र्थाना गृहमा रहेका सवै असहायसंगै सहभोज गरेर मनाईयो ।
एकताका लागि साथ
कुनै समय धरान दुव्र्यसनहरुको शहर भनिन्थ्यो अहिले धरानको त्यो पुरानो परिचय हराएको छ । धरानको परिचय एकाएक हराउनुमा रिकभरिङ्ग धरानको योगदान छ । रिकभरिङ्ग अर्थात पूर्व लागु औषध प्रयोगकर्ता तिनै युवाहरुले धरानलाई दुव्र्यशनबाट टाढा राख्ने प्रयत्न गरे तिनै युवाहरु सम्मीलित रिकभरिङ्ग धरानका अध्यक्ष सन्तोष राईले १६ गते शुभकामनाका लागि हरियाली सामुदायीक वनमा बोलायो आउनै पर्ने कर थप्नु भयो प्रविण राईले । पछिल्लो समय केही सेलाउदै गएको रिकभरिङ्ग धरानको तापलाई हरियालीको करिव सय जना युवाहरुको उपस्थितिले फेरी राप लगाउला कि भन्ने आशा गरेको छु ।
एक दिन परिवारसंग
पुरै समय परिवारसंगै बस्छु भनेर धरान पुगेको म टिकाको दिन चाही मोवाईल बन्द गरेरै आमा, बाबा, काकी, भाई, बहिनीहरु, श्रीमती र छोरीसंग बसें । बुबाको हातको टिका लगाए आशिर्वाद थापे काकी बहिनीहरु सहित घरमै आउनु भएकाले काकीको घर जाने बाध्यतै रहेन । दश दिन धरान बस्दा एक दिन घर बसें ११ औं दिन काठमाण्डौ आईपुगे ।
 अन्त्यमा यस अवधिमा युवा संघ कोशी सदस्य दिनेश राईको घरमा प्रनि मुकुन्द रिजाल, प्रनि प्रदिप सिंह, कमल भटराई, जसकुमार राई बिकास राई सहितको रमाईलो बसाई, व्यवसायी मित्र दिपक बनेपालीको घरको पारिवारिक स्वागत र बिकास भाईको घरबाट अन्तिम विदाई साच्चै रमाईलो भयो ।






हातमा उठेको ठेला अझै छ


१२ अशोज २०७१
धरान । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफु मजदुर मन्त्री भएको बताएका छन् । घन उठाउदा मेरो हातमा उठेको ठेला अझै हटेको छैन म मन्त्री भएपनि मजदुरहरुको प्रतिनिधि हुं त्यस कारण मजदुरहरुको पीडा लाई भुल्दीन पण्डितले भने ।
   एमाले मजदुर शाखा कमिटीद्धारा आईतबार धरानमा आयोजित कार्यक्रममा मजदुरहरुको तर्फबाट तयार महत्वपूर्ण बुंदाहरु प्रस्तुत गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय महासचिव भीमज्वाला राईले एस एलसी पास नगरेका यातायात मजदुरलाई सवारी चालक अनुमति पत्र नदिने सरकारी तयारीले ६ लाख यातायात मजदुरहरुको रोजगारी धरापमा पर्ने त्यसको असर सवैभन्दा बढी एमालेलाई पर्ने बताउदै त्यस्ता ऐन ल्याउन नहुने भन्दै पार्टी तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।
   १ हजारसम्म जरिवाना गर्ने र १५ प्रतिशत रकम सम्बन्धीत ट्राफिक प्रहरीलाई नै कमिशन दिने विशेषाधिकार बाबुराम भटराई सरकारले दिएपछि सडकमा ट्राफिकको ज्यादती बढेको उल्लेख गर्दै यातायात मजदुर तथा व्यवसायीहरु आर्थिक शोसनमा परेको विषय संगठनका महासचिव राईले प्रस्तुत गरेपछि त्यसको जवाफमा मन्त्री पण्डितले त्यस्ता मजदुर विरोधी ऐन तथा विचाराधिन रहेको बताउदै आफु मजदुरको पक्षमा डटेर लाग्ने बताए ।
    मन्त्री पण्डितले भने सार्वजनिक यातायात व्यवस्थित हुनसके मात्र मजदुरहरुको रोजगारी व्यवस्थित हुने बताउदै मजदुरहरुले आफ्ना कमजोरीलाई सकेसम्म सडकमा हुन नदिनेगरि काममा लाग्नु पर्ने बताए । उनले भने यातायात मजदुरहरु यातायात मैत्री हुनु पर्छ, नेपालका ट्रेड युनियनहरु उद्योग मैत्री हुनु पर्छ ।
शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि पण्डितले एकल जातीय पहिचान तथा क्षेत्रीय विखण्डनको कुरा गर्नेहरुलाई पाखा लगाउदै अब बन्ने संविधान बहुपहिचान सहितको संघयतामा आधारित हुने बताए ।
  नेपाली जनताले तिरेको करबाट पालिएका कर्मचारिहरुले व्यक्तिगत स्वार्थका लागि दोहोरो नागरिकता लिने गलत परम्परालाई अन्त्य गर्न संसदमा विद्येक प्रस्तुत भईसकेको मन्त्री पण्डितले बताए ।
 उनले भने विधेयक फिर्ता लिन मलाई दवाव आईरहेको छ तर म कसैको दवावलाई टेर्नेवाला छैन संसदमा मात्र होईन टुडीखेलमा एक्लै भएपनि प्रतिवाद गर्न तयार छु ।
   कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु जिवन घिमिरे, धर्मराज निरौला, एमाले सुनसरी कार्यवाहक अध्यक्ष द्धारिकलाल चौधरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका पुर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवार, संगठनका महासचिव भीमज्वाला राई, एमाले सुनसरी सदस्य प्रदिप भण्डारी, १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश ईवारम, नगर अध्यक्ष तारा सुव्वा लगायतका नेताहरुले शुभकामना दिएका थिए ।
 कार्यक्रममा गरिमा डान्स सेन्टरका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा मजदुर शाखा कमिटीलाई सहयोग गर्ने राजेश श्रेष्ठ तथा सुरेश श्रेष्ठलाई प्रमुख अतिथि पण्डितले सम्मान गरेको थियो ।
    शाखा अध्यक्ष लक्ष्मी बानियांको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्ञाननाथ निरौला तथा स्वागत मन्तव्य यज्ञवहादुर प्रसाईले गरेका थिए ।

World has its attention on Nepal says Bishnu Rimal


First National Youth Committee Conference of Independent Transport Workers Association of Nepal (ITWAN) held on September 13, 2014 in  Kathmandu. Inaugurating the Conference GEFONT President  Bishnu Rimal said Trade Union leaders of the world impressed with the new approach show that GEFONT has potential to be the Trade Union Centre of South Asia
He further added - GEFONT journey began with its office in a bag and now 25 years after it has its own office building; With workers contribution it has established Solidarity fund and has expanded unions to base which could still be a challenge for any other trade union.Speaking about the upcoming trade union school and its ongoing preparation he said this is a new practice in trade union movement.
The conference has formed seven members committee. GEFONT Vice President Bidur Karki, & Affiliates leaders addressed the programme. The program was chaired by ITWAN President Rajiv Ghimere and  facilitated by General Secretary Bhim Jwala. 85 youth workers below 35 years attended the program

Selling Momos to help landslide victims


Members of ex Gurkha army family reserve unit in Brunei held a program to sell momos and collected the earning to help the landslide victim of Jure. According to Himkala Rai from Brunei, the collection of 64 thousand and 500 rupees was handed over to the Workers relief fund established by Central committee of Independent Transport Workers Association of Nepal and (ITWAN) and Araniko Route Truck Committee.
The fund was established in Banijya Bank , Balaju Branch after the landslide claimed life of four drivers, two conductors and their 49family members.President of Araniko Route Truck Committee, Durga Bahadur Shrestha informed that they have already handed over the relief fund collected in the first phase and will hand over the money sent from Brunei and other zonal committees soon.