साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

बैद्यको बन्द मान्दैनौ



धरान । प्रशासनले सुरक्षा दिने भएपछि बैद्य माओवादीले आह्वान गरेको बन्दमा यातायात व्यवसायी तथा मजदुरहरुले सवारी सञ्चालन गर्ने भएका छन् । प्रशासनले कडा सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएपछि मजदुर र व्यवसायीहरुले सवारी सञ्चालन गर्ने भएका हुन् ।
     मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन वहिष्कार गर्ने बताउदै आएको बैद्य माओवादीले निर्वाचन विथोल्न कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म बन्दको आह्वान गरेको थियो । निर्वाचन आउन १० दिन बाकीरहदा सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले शनिबार ईटहरीमा यातायात व्यवसायी, मजदुर तथा जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरुलाई संयुक्त भेला बोलाई सुरक्षा रणनीतिबारे जानकारी गराएका थिए ।
  प्रजिअ थापाले निर्वाचन देशको अत्यावश्यक महत्वको विषय भएकाले निर्वाचन भाड्न खोज्नेलाई प्रशासनले नछाड्ने र सडकमा काम गर्ने मजदुरहरु र सवारीलाई सुरक्षा दिन प्रशासन प्रतिबद्ध रहेको बताए । भेलामा सुनसरीका प्रहरी प्रमुख एसपी गणेश थापाले जिल्ला भरिको सुरक्षा योजना जानकारी गराउदै सडकमा आउने बन्दकर्तालाई प्रहरीले पक्राउ गरेर कारबाही गर्ने बताए । ईटहरी बटुक दलगणका गणपति कर्णेल श्यामकुमार खड्काले सर्वसाधारणको सुरक्षाका लागि नेपाली सेनालाई समेत जिम्मेवारी आएकाले आफुहरुपनि सुरक्षाका लागि तयार रहेको आस्वस्थ पारे ।
    भेलामा यातायात व्यवसायी राष्ट्रिय महासंघका कोशी संयोजक सरोज श्रेष्ठले आफुहरु जुनसुकै बहानामा हुने बन्दको विपक्षमा रहेको बताए करोडौ रुपैया निजि क्षेत्रको लगानी बन्दकै कारण डुबेको बताउदै प्रशासनले सुरक्षा दिने प्रतिबद्धता जनाए आफुहरु बन्दको प्रतिबाद गर्न तयार रहेको बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राईले मजदुरहरु बन्दको अबज्ञा गर्ने काममा अघिरहेको जानकारी गराउदै राज्यले सुरक्षा दिनेकाममा उदासिनता देखाएको र दलहरु समेत बन्दको विरुद्धमा एक हुन नसकेको बताए ।
    सचिव राईले भने मजदुरहरुले खाली पेट राखेर अरुको राजनीतिक अभिष्ट पुरा गर्ने बन्द जस्ता अलोकप्रिय काममा अब कसैलाई पनि साथ नदिने बताए । भेलामा पूर्वाञ्चल यातायात व्यवसायी संघका संरक्षक हिरा उदासले प्रशासनले बन्द हड्तालका समय क्षती हुने सवारी साधन तथा मजदुरहरुलाई क्षतीपुर्ति दिने निर्णय गरेपनि राहत सहज उपलव्ध हुननसकेकोमा गुनासो गरे । त्यस्तै नेयास्वमसंगठनका कोशी अध्यक्ष भक्त लामाले मजदुर कुटपिट र सवारी तोडफोड गर्ने बन्दकर्ताहरुलाई विगतमा मुक्ति दिएझै यस पटकको घटनामा अपराधीहरुलाई नछाड्न प्रशासनलाई सुझाएका थिए ।
    नेपाल यातायात मजदुर संघका केन्द्रीय उप महासचिव कमल राईले यदी राज्यले सुरक्षाको प्रत्याभूति दिन सके छोटो तथा लामो दुरीका सवै सवारी साधनहरुलाई गणतव्यसम्म पठाईले बताए ।  भेलामा ट्राफिक प्रहरी कार्यालय पूर्वाञ्चल प्रमुख एसपी पुजा सिंह, अनुसन्धानका डिएसपी सोहनकुमार रौनीयार, शसस्त्रका एसपी कृष्णराज पाठक, यातायात व्यवस्था कार्यालय कोशीका प्रतिनिधि सहभागी थिए ।
    भेलामा अञ्चलभरिका यातायात व्यवसायी संघ संस्था तथा यातायात मजदुर सम्त्रध संगठनहरुका प्रतिनिधिहरु सहभागी थिए ।
   
    
  

मलाई बचाउनुस



धरान । दुवै मृगौला काम नलाग्ने भएका ताप्लेजुङ आम्वेगुदिन १ का
३४ वर्षीय भीमप्रसाद विष्टले उपचारका लागि सहयोग गरिदिन सवैसंग अनुरोध गरेका छन् ।
    साउनदेखि उपचार गराईरहेका विष्टले हालसम्म उपचारमा करिव ३ लाख खर्च गरिसकेका छन् उनलाई सरकारद्धारा विपन्न नागरिकलाई निशुल्क प्रदानहुने स्वास्थ्य कोषबाट १ लाख आर्थिक सहयोगले उनलाई केही राहत मिलेको विष्टले बताए । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका विष्ट उनकी श्रीमती फुलमाया विष्ट सहित धरान ८ स्थित राधाकृष्ण मन्दीरको धर्मशालामा बसिरहेका छन् । उपचारका लागि विराटनगर, धरान तथा काठमाण्डौं धाईरहेका विष्टलाई सवै अस्पतालले दुवै मृगौला प्रत्यारोपण गर्ने सल्ला दिएको भएपनि पैसा अभावमा दुई महिलादेखि भौतारिईरहेको पीडित विष्टले बताए ।
      एउटा मृगौला प्रदान गर्न आमा गोमादेवी विष्ट तयार भएको भएपनि प्रत्यारोपनका लागि पैसा अभावमा त्यो सम्भव हुन नसेको उनले बताए । हप्तामा ५ हजार खर्च गरेर डायलोसिस गर्दै दुई नावालाक छोराहरु पहाडमा छाडेर धर्मशालामा श्रीमतीसंग बसिरहेको छु अब त्यो खर्चपनि धान्न सक्ने अवस्थामा छैन अब सबैको सहयोगबीना म बाच्न सक्दिन मलाई बचाउन सवैसंग अपिल गर्छु ।
 मलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले ९८१६०१६९९४ मेरो मोवाईल नम्बरमा सम्पर्कका लागि अनुरोध गर्दछु ।
  ईजरायलमा सहयोगका लागि कमला कुंवर सम्पर्क ः ९७२५४२८४०८६६
मुना ढकाल ः  ९७२५४६१५१८७८
कतारमा सहयोगका लागि सम्पर्क घनश्याम क्षेत्री ः ९७४७७७४६७२४
धरानमा सहयोगका लागि ः लक्ष्मी बानिया  ः ९८४२३५०२७२

   यसरी भयो रोगको सुरुवात
    रोगको कुनै लक्षण अनुभव गरेको थिईन काम गरिरहेको थिए पहिले खुट्टा सुनियो, अनुहारको छाला कालो भएर आयो, ज्वरो आयो त्यसपछि साउन २७ गते विराटनगर स्थित नोवेल अस्पतालामा जांच गराउन आए डाक्टरले दुवै मृगौला काम नलाग्ने भयो बाच्दैनस भन्दै घर जान सल्लाह दिए त्यहा सवै जांच गर्दा २५ हजार जती खर्चभयो । मन थामिएन फेरी  कोशी अञ्चल अस्पताल गए त्यहापनि करिव १२ हजार खर्च भयो त्यंहापनि डक्टरको सल्लाह त्यस्तै थियो ।
  भदौमा ललितपुरकों ईमाडोल स्थित किस्ट अस्पताल गए डायलोसिस गराउन सुरु गर्यो त्यहा करिव ७० हजार खर्च भयो । हाल धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेको छु । मृगौला प्रत्यारोपण गर्ने खर्च नजुटेसम्म डायलोसिस गरिरहनु भन्ने डाक्टरले सल्लाह दिएका छन् । म तपाईहरुको सहयोगको अपेक्षामा छु ।
न् । म तपाईहरुको सहयोगको अपेक्षामा छु ।

एमालेलाई सहयोग गर्न आग्रह


धरान । दोस्रो संविधानसभा निर्वाचनमा होमिएको एमालेले मंगलबार धरानमा सञ्चार गृहहरु र सञ्चारकर्मीहरुसंग अन्तरकृया गरेर एमालेको उमेद्वारहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।
     एमालेको घोषणा पत्र र स्थानियरुपमा तयार पारेको प्रतिवद्धता पत्रका सन्दर्भमा सञ्चारगृहहरु तथा सञ्चारकर्मीहरुको सल्लाह सुझाव तथा सञ्चार क्षेत्रको व्यवसायीक विकासका सन्दर्भमा सुझावका लागि नेकपा एमाले सुरसरी प्रचार विभागले मंगलबार धरानमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको थियो ।
    धरानका सवै सञ्चार गृहहरुका सञ्चालक तथा श्रमजीवी पत्रकारहरुको उपस्थिति रहेको अन्तरकृया कार्यक्रममा एमाले सुनसरी सदस्य तथा प्रचार विभाग प्रमुख भीमज्वाला राईले एमाले सञ्चार क्षेत्रको व्यवसायीक विकासप्रति सचेत र सञ्चारकर्मी मैत्री पार्टी रहेको बताए ।    
   कार्यक्रमको औचित्य बारे प्रष्ट्याउदै एमालेले सुनसरीको ६ वटै निर्वाचन क्षेत्रको स्थानिय प्रतिवद्धता पत्रमा स्थानिय सञ्चारगृहहरुको विकास र सञ्चारकर्मिहरुको शिप विकास तथा हितका लागि स्थानिय निकायहरुले प्रस्तुत गर्ने वजेटमा कम्तीमा एक प्रतिशत रकम छुट्याउन पहल गर्ने विषय उल्लेख गरिएको बताएका थिए ।
   प्रेस चौतारी नेपाल सुनसरीले संयोजन गरेको कार्यक्रममा एमालेको उर्लदो जनलहरले विरोधीहरु चिल्मिलाएको नेकपा एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौधरीले बताए । सन्चारकर्मीसँग नेकपा एमालेको धारणा राख्दै एमाले सञ्चारमैत्री पार्टी भएको बताए ।
   सबै पार्टीका समाचारलाई सन्तुलित भएर लेख्नुपर्ने भन्दै सन्चारकर्मीहरुले पार्टीले सिर्जनात्मक कार्य गर्न सुझाव दिएका थिए । व्लाष्ट टाइम्स दैनिकका सम्पादक प्रबन्ध निर्देशक किशोर कुमार कार्कीले मिडियासँग सहकार्य आवश्यक रहेको भन्दै पर्चा पम्प्लेट भन्दा पनि प्रचारप्र्रसार मिडिया केन्द्रित गर्नुपर्ने सुझाव दिए । नागरिक दैनिकका रोहित राईले मिडियालाई प्रयोग गर्नेभन्दा पनि मिडियासँग सहकार्य गरेर अघि बढ्न सुझाव दिनु भयो ।
   दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिंङ राईले आफुहरुले प्रेस काउन्सीलको आचार संहितालाई ख्याल गर्दै एमालेको समाचारलाई सन्तुलित बनाएर लेख्ने बताईन् । फास्ट टाईम्सका प्रवन्ध निर्देशक ज्ञानेन्द्र बस्नेतले पार्टीले आवश्यक पर्दा मात्र कार्यक्रम गर्ने गरेकोमा असन्तुष्टि जनाए । यस्ता अन्तरकृयाहरु निरन्तर गरिरहन आग्रह गर्दै एमालेले मिडियाप्रतिको आफ्नो धारणा सार्वजनिक गरेर राम्रो काम गरेको बताए ।
नेकपा एमाले सुनसरीका प्रचारप्रसार विभाग प्रमुख भीम राईको अध्यक्षतामा भएको अन्तक्रियामा ज्वालाले सन्चारकर्मीको राय सुझावलाई पार्टीले हृदयंगम गर्दै अगाडि बढ्ने बताउनु भयो । सन्चारकर्मीको सिर्जनात्मक र सकारात्मक सुझावलाई पार्टीले सदैव अवलम्बन गर्ने समेत ज्वालाले बताउनु भयो । कार्यक्रमको सञ्चालन प्रचार विभाग सदस्य देवेन्द्र कार्कीले सञ्चालन गरेका थिए ।

बिर्सन नहुने विषय


           
 मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनको मिति जति नजिकिदै छ त्यति नै चुनौती थपिदैछ । शुक्रबार बिहान साढे ११ बजे बारा जिल्ला क्षेत्र नम्बर ४ का उमेद्धवार महमुद आलममाथि गोली प्रहार भए पछि जसरी पनि निर्वाचन गराएरै छाड्ने तयारीमा जुटेको सरकार राजनीतिक दलहरुका लागि निर्वाचन सुरक्षा चुनौती बारे एक पटक गम्भिर भएर सोच्न बाध्य बनाएको छ । निर्वाचनको विकल्प छैन तर कसरी भयरहित वातावरणमा निर्वाचन गराउने भन्ने विषयमा गम्भिर हुन आवश्यक छ ।
         उमेद्धवारी दर्ता गरेको भोली पल्टै उमेद्धवारमाथी गोली प्रहार हुनुले निर्वाचनमा जुटेका सवैका लागि सुरक्षा चुनौती भयानक बनेर देखा परेको छ । सरकार तथा दलहरुले सेना परिचालन गरेरै भएपनि निर्वाचन गराउने बताएका थिए । तर उमेद्धवारी दर्ता गरेकै भोली पल्ट उमेद्धवारमाथी सार्वजनिक थलोमा गोली प्रहार हुनुले सरकारले जतिसुकै ठुलो कुरा गरेपनि निर्वाचन तथा उमेद्धवारहरुको सुरक्षा गर्न सक्दैनन भन्ने देखाएको छ । यो दुर्घटनाबाट पाठ सिक्दै समयमै विचार पु¥याउन आवश्यक छ ।
     बारा गोली काण्डपछि देशभरी एक खाले त्रास उत्पन्न भएको छ । मुलतः संविधानसभाका लागि उमेद्धवार बनेकाहरु यतीवेला बढी त्रसित देखिएका छन् । उमेद्धवारहरुको मनोवल बढाउने भन्दापनि उनीहरुको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार तथा दलहरुले गम्भिर हुन आवश्यक छ । साथसाथै गोली काण्डको छानविन गरेर यसका कारण र तथ्यहरु सार्वजनिक नगरेसम्म उमेद्धवारहरुमा उत्पन्न त्रास हट्ने सम्भावना देखिदैन ।
         अब संविधानसभाको निर्वाचनको समय डेढ महिनापनि बाकीं रहेको छैन तर निर्वाचन होला कि नहोला भन्ने द्धिविधा कसैको मनमष्तिष्कबाट हटेको छैन । सरकार तथा दलहरुको तयारी हेर्दा निर्वाचनप्रति शंका गर्ने अवस्था देखिदैन तर उमेद्धवारहरु तथा आम जनतामा भने निर्वाचन होला भन्ने विश्वास छैन यसको मुल कारण भनेको निर्वाचन सम्बन्धी विदेशी स्वार्थ र दवाव साथै बारा गोली काण्डले निर्माण गरेको असुरक्षा नै प्रमुख हो । निर्वाचन नजिकिदै गर्दाको यो अन्यौलतालाई तत्काल अन्त्य गर्न सरकार तथा दलहरुले पहल गर्न आवश्यक छ ।

कतै सुरक्षित छैन महिला


उपचार गर्न आएकी महिलालाई अस्पतालमै टाक्टरद्धारा बलात्कार प्रयास
...............................................................................................................................................................................................................................................धरान । बिराटनगर स्थित नोबेल अस्पतलामा कार्यरत डाक्टर सन्जिब जैसवालले उपचार गराउन आएकी एक महिलालाई बलत्कार प्रयास गरेका छन् । पित्त थैलिको शल्यक्रिया गर्न आएकी झापा बिर्तामोडकी ४३ बर्षिया रञ्जना बिकलाई डाक्टर जैसवालले उपचार गर्ने निहुमा  शनिबार राति बलत्कारको प्रयास गरेका थिए ।
      अपराध सार्वजनिक भएपछि पीडितकी आफन्त तथा स्थानियले डाक्टर तथा अस्पतालका बिरुद्ध प्रदर्शन गरेका थिए । तनाब उत्पन्न भएपछि अस्पतालले शुरक्षाका लागि प्रहरीलाइ बोलाएको थियो ।    डाक्टरलाइ कार्वाहिको माग राखेर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रहरी कार्यलय मोरङबाट आएको प्रहरीको टोलिले भिडलाइ तितरबितर पार्दे लखेटेको थियो । भिडलाइ लखेटेपछि प्रहरीले पिडक डाक्टरलाइ पक्राउ गरेर जिल्ला सिधै जिल्ला प्रहरी कार्यर्लय मोरङ पु¥याएको थियो ।
शनिबार दिउसो मात्रै उपचारका लागि भर्ना गरिएकी ति महिलालाइ अस्पतालले ३९ नम्बरको कोठामा राखेको थियो । पित्त थैलिको आइतबार मात्र अपरेशन गर्ने भनेर अस्पतालले बिरामीका आफन्तहरुलाइ सुनाएको थियो ।  सर्जरी बिभागका मेडिकल अफिसरका रुपमा समेत रहेका डाक्टर जैसवालले शनिबार रातिनै अपरेशन गर्ने बाहना बनाएर बलत्कारको प्रयास गरेका पिडित महिलाको भनाइ छ । डाक्टर जैसवालले महिलालाइ बलत्कार गर्नका लागि कोठाको चुकुल समेत लगाएर बाहिरबाट कसैलाइ प्रबेश गर्न नदिइ बिरामीलाइ पुर्ण नग्न बनाएर बलत्कार गर्न खाजेका थिए । सो क्रममा डाक्टर जैसवालले बिरामीको योनि तथा मलद्धवार भित्र औला पसाएर स्तन समेत माडेको पिडित महिलाको भनाइ छ । सुरुमा त उपचार गर्नका लागि लुगा खोलेको हो भनेर चुप लगोर बसे तर एक्कासी आफुतिर झम्टिएर चडन खाजेपछि प्रतिकार गरेर भाग्न सफल भए–पिडित महिलाले भनिन ।
२ बर्ष अघि देखि अस्पातलमा कार्यरत जैसवालले य िअघि पनि एक महिलालाइ सोहि प्रकारले बलत्कार गर्ने प्रयास गरेका थिए । तर त्यति बेला सो घटनालाइ भित्र–भित्रै मिलाइएको स्रोतको भनाइ छ । यता  महिला माथि भएको घटनालाइ भित्र–भित्रै मिलाउनका लागि अस्पतालले डाक्टरलाइ कार्वाहि गरेको नाटक गरेको स्थानिय गोपाल श्रेष्ठको भनाइ छ ।
 अस्पतालमा भएको घटनालाइ लुकाउनका लागि अहिले अस्पताल लागि परेको समेत श्रेष्ठले आरोप लगाए । आइतबार बिहान बिरामीका आफन्तहरुले डाक्टर जैसवालले गरेको कर्तुतलाइ बाहिर ल्याएपछि अस्पताल प्रशाशनले उनलाइ पक्रेर  थुनेको थियो । सो क्रममा बिरामीका सामु परेपछि डाक्टर जैसवाल निकै डराएर कामेका समेत थिए  । यता बिरामी भएर उपचार गराउन गएकी महिला माथिनै उपचार गर्ने बहानामा भएको यस्तो कुकार्य गरेपछि उपचारनै नगराइ पिडितहरु घर फर्कन लागेका थिए । सबै सामानहरु भेला पारेर अर्को अस्पतालमा उपचारका लागि हिडन लागे्का उनिहरुलाइ अस्पतालले पुन सम्झाएर उपचारका लागि फर्काएको थियो ।  अस्पतालमा उपचार गर्नका लागि आफुहरु जाने गरेको भएपनि बिरामीको कमजोरीको फाइदा डाक्टरहरुले उठाउने गरेका कारण सलग्नलाइ कडा कार्वाहि गरिनुपर्ने माग बिर्तामोडबाट आएका गणेश सेडाइले राखेका छन ।
यता अस्पतालका जनसम्पर्क अधिकृत नारायाण दाहालले भने दोषि डाक्टरलाइ अस्पतालले निलम्बन गरि प्रहरीलाइ बुझाइसकेको बताए । उनले कानुनलाइ जिम्मा लगाइसकेपछि कानुनि उपचार हुने तर पिडितको उपचार भने अस्पतालमै हुन्े दाबि समेत गरे । उपचार गरि सही सलामत घर पुग्ने अभिलाषा लिएर बिरामीहरु अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन । तर उपचार गर्ने बहानामा डाक्टरलेनै बिरामीलाइ यौन शन्तुष्ठि मेटाउने साधनका रुपमा हेर्न थालेपछि के को आशामा बिरामीहरु उपचार गराउनका लागि अस्पताल जाने भन्ने प्रश्न यतिखेर तेर्सिन थालेको छ ।  अत बन्द कोठाको फाइदा उठाउदै उपचार गर्न आएकी महिलालाइ बलत्कार गर्न खोज्ने डाक्टर जैसवाललाइ कडा कार्वाहि गरिनु आवस्यक देखिन्छ ।

यस्तो छ उमेद्वार सुरक्षा नीति


भीमज्वाला राई
धरान । बाराका एमाले उम्मेदवार महमुद आलममाथि शुक्रबार अज्ञात समूहले गोली प्रहार गरेपछि ७५ वटै जिल्लाको स्थानीय प्रशासनले उम्मेदवारहरुका लागि सुरÔा सतर्कता बढाएको छ ।
    सरकारले संविधानसभा निर्वाचनका सवै उम्मेद्वारहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न उर्दी गरेको छ । उम्मेद्वारको सुरÔाका लागि सरकारले व्यक्तिगत सुरÔा गार्डसमेत उपलब्ध गराउने तयारी गरेको छ ।
 गृहमन्त्रालयको निर्देशनपछि देशभरिका जिल्ला प्रशासन कार्यालयले उम्मेद्वारहरुलाई कार्यालयमा बोलाएर सुरÔा अवस्थाबारे जानकारी लिन थालेका छन् । जिल्ला सुरÔा समितिको बैठकबाट जिल्लाको सुरÔा अवस्था विश्लेÈण्ँ गरेर उम्मेद्वारले मागेको अवस्थामा व्यक्तिगत सुरÔा समेत दिन थालेका हुन् ।
तराई मधेसका जिल्लाहरुमा सुरÔा सतर्कता बढाइएको छ । गृहमन्त्रालयको निर्देशन पाएलगत्तै जिल्ला प्रशासन कार्यालय झापाले उम्मेदवारहरुलाई बोलाएर शनिबार सुरÔासम्वन्धी छलफल गरिएको छ ।  जिल्लाबाट मनोनयन गरेका सबै उम्मेदवारहरुलाई बोलाएर प्रशासनले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकृतहरुस“ग छलफल गराएको छ  ।
    प्रहरुीले उम्मेद्वारहरुलाई फोन गरेर बसिरहेको स्थान र रातको बासस्थानसमेत सोध्ने गरेको मोरङ–९ का एमाले उम्मेद्वार घनश्याम खतिवडाले जानकारी गराए ।
    बार जिल्लाकै छिमेकी जिल्ला रौतहटमा सुरÔा सतर्कता बढाउन प्रशासनले उम्मेद्वारहरुस“ग अन्तरक्रिया गरेको छ । भारतीय सीमास“ग जोडिएको जिल्ला भएकाले प्रशासनले जिल्लाका सबै उम्मेदवारहरुलाई बोलाएर चुनावी गतिविधि गर्दा सुरÔात्मक उपाय अपनाउन आग्रह गरेको छ ।
    मध्यपश्चिमको भारतीय सीमास“ग जोडिएको जिल्ला बा“केमा उच्च सुरÔा सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सवै उम्मेद्वारहरुलाई सुरÔा सतर्कताबारे छलफल गर्न सोमबार कार्यालयमा बोलाएको छ ।

 त्यस्तै जिल्ला भोजपुरमा पनि प्रशासनले जिल्लाका सवै उम्मेद्वारहरुस“ग आइतबार छलफल गरेको छ । प्रशासनले आवश्यक परेमा व्यक्तिगत सुरÔा प्रदान गर्ने बताएको एमालेबाट Ôेत्र नं. २ का उम्मेदवार शेरधन राईले औजारलाई बताए । राईले भने दलहरुले गर्ने गाउ“ गाउ“मा गर्ने कार्यक्रमहरु प्रशासनस“ग समन्वय गरेर मात्र गर्न प्रशासनले हामीलाई अनुरोध गरेको छ । ?


रामेछाप यात्राका अनुभूतिहरु



  • भीमज्वाला राई   ..........................................................................................................
काठमाण्डौं । रामेछाप जिल्लाको लखनपुर गाविसको पाङचेतका लागि हाम्रो सानो समुहले आश्विन आठ गते विहान ७ वजे काठमाण्डौं छाडेको थियो । म पूर्वेली ठिटोका लागि मध्य पहाडी जिल्लाको दुर्गम गांउ जान पाउनु नयां अनुभव बटुल्न पाउने अवसर थियो । यात्राको उदेश्य थियो सहकर्मी मित्र ( नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (ईटवान) केन्द्रीय सदस्य तथा बागमति ईन्चार्ज ) ठकुरकुमार श्रेष्ठको परिवारलाई समवेदना प्रकट गर्नु । पिता गणेशवहादुर श्रेष्ठको भाद्र ३० गते निधन भएपछि आसौचमा रहनु भएका ठाकुरजीको पुख्र्यौली थलोसम्म पुगेका थियौं ।
    यात्राका अगुवा हुनुहुन्थ्यो जिफन्ट उपाध्यक्ष तथा ईटवानका पूर्व अध्यक्ष उद्धव केसी वहांका पछि थियांै ईटवानका केन्द्रीय सचिवहरु अर्जुन अर्याल, शम्भुप्रसाद नेपाल र म केन्द्रीय सदस्य विष्णु लामा, बागमती अध्यक्ष नवराज घिमिरे, ललितपुर अध्यक्ष शरण लामा र अरनिको ईकाईका कार्यालय सचिव हरिचन्द्र भण्डारी । आठ जनाको हाम्रो टोलीको उदेश्य सोही दिन काठमाण्डौ फर्किनु थियो तर हामी भोली पल्ट राती आठ बजे मात्र बल्लबल्ल आईपुग्यौं त्यहि यात्राका केही अनुभूतिहरु ।
  •    अंक संयोग
 नेपाली परम्परागत समाजले अंक ८ लाई अशुभ मान्ने गरेको छ । हामी भौतिकवादी कम्युनिष्टहरु विश्वास गर्दैनौं तर हाम्रो यात्राका सहभागी सख्यां ८ नै थियौं, गते पनि ८ नै थियो र बनेपाबाट प्रस्थान गरेको अंक पनि ८ बजे नै थियो । यो आठ अंकको संयोगमा भएको यात्रामा पाएका कष्टलाई स्मरण गर्दा साच्चै नेपाली उखानमा केही तथ्य रहेछ कि भन्ने लागेको छ ।
  • खाली पेट सडक खन्दा
      विहान ९ वजे काभ्रेपलान्चोकको दोलालघाट पुगेका थियौं ईन्दावती र सुनकोशीको संगमस्थल दोलालघाट आफैमा एउटा लोभलाग्दो बजार हो जसलाई व्यवस्थित गर्न सकिए आन्तरिक मात्र होईन बाह्य पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिने प्रसस्तै सम्भावनाहरु छन् दोलालघाटसंग ।
      त्यो सुन्दर दोलालघाटलाई पछाडी छाडेर सुनकोशीको वेलीब्रिज तरेर हामीले यात्रा तय गर्नु थियो । खाना यहीं खाएर जाऔं भन्ने साथीहरुको प्रस्ताव थियो खानाको कुरा हुनासाथ मैले ईन्द्रावती र सुनकोशीको लोकल माछासंगको मिठो खाना खाएको चार वर्ष अघिको स्वादलाई स्मरण गरिसकेको थिए तर शम्भुजीले भर्खर ९ बज्दैछ अहिले नै नखाउं ४५ मिनट पछि कोलातीं पुगिन्छ त्यही खाना खाउंला त्यहाको खाना मिठो पनि हुन्छ लौ जाऔं भन्ने शम्भुजीको प्रस्ताव उचीतै लाग्यो  हो ता नि नाथे दोलालघाटको खाना त खाकै होनी आज नयां ठाउको खाना चाखौं नत भन्ने लाग्यो । सुनकोशी त¥यौं  दुई किलोमिटर पार गर्दा नगर्दै फलांटेमै हामी फसादमा प¥यौं । अघिल्लो दिन मुसलधारे पानी परेको थियो त्यही पानीको कमाल रातोमाटे बाटोमा हामीले लिएर गएको टाटा सुमो गाडीको टायर चिप्लीएर उकालो हिड्नुको बदला नाच्न पो थाल्यो । ठुला गाडी हिडेर बनेको लिक र बाटोको विचको उच्चो भागले हाम्रो होचो र सानो गाडीको मुनिको भाग डिफेन्सल छोएर समस्यामा प¥यौं ।
    त्यसपछि सुरु भयो हाम्रो कुल्ली जिन्दगी कोदालो, गैति माग्दै बाटो सम्याउदै आफु चढ्न रिजर्वमा लगिएको सुमो ठेल्दै । विहानको छुच्चो घाम शरिरबाट पसिनाको मुलै फुटेको छ, हिलोले शरिर लतपत्तिएको छ पेटमा भएका खाजाहरु सिद्धिसकेको थियो । यो क्रम १ वजेसम्म निरन्तर चलिरह्यो बल्ल बल्ल कोलातीं त पुग्यौं तर शम्भुजीले भने झै न खाना थियो न भने झै खाजा नै पाईयो । सवै भोक र थकानले लल्याकलुलुक भईसकेका थियौं । त्यहा रहेका दुईचार वटा पसलहरुमा खाना सोध्यौं कसैलेपनि छ भनेनन् । अर्जुनजी मसंगं खुसखुसाउदै  हुनुहुन्थ्यो आखिर दोलालघाटमै खाना खाएर आएको भए के नै पो वित्ने रहेछर ?
     उद्धव सर जंगीनु भयो साथीहरु समयमै विचार पु¥याउनु पर्छ अब अलमल नगर्नुस जे छ त्यही खाएर जांउ सवै चुप थियौं बोल्ने कसैसंग जांगर थिएन हामी छेवैको पसल छि¥यौं पछि थाहा भयो डवलवहादुर कडेंलको रहेछ केही थान आलु चप, केही आलुको तरकारी र दुनट (पाउरोटी) रहेछ त्यही खायौं अहो † कस्तो गजव मिठो भयो मैले चिउरा पनि मागे चिया पियौं र लाग्यौं गणतव्य तर्फ ।
  •       उद्धव सर जहां पनि अव्वल
   गाडी ठेल्ने खन्ने हाम्रो काम साझा थियो संगठनको जिम्मेवारीका हिसावले जिफन्ट केन्द्रीय कमिटीहुदै संगठनको ईकाई तहसम्मका थियौं तर संगठनको आदर, सम्मान र मर्यादालाई सवैले त्यो क्षणका लागि भुलेर सवै बाटो खन्ने र गाडी ठेल्ने काममा एकसाथ थियौं उमेर र मर्यादाले हामी भन्दा धेरै माथी भएर पनि उद्धव सरले खन्ने र ठेल्ने काममा हामीले भन्दा बढी भूमिका निभाउनु भयो । शारिरिक काममा पनि उद्धव सर अव्वल क्षमताका हुनुहुन्छ भन्ने प्रत्यक्ष अनुभव हामी सवैले गर्न पायौं ।
  •     नयां बाटो नयां मान्छे
रामेछाप ठाकुरजीको घर जाने भन्ने कुराले मलाई के लागेको थियो भने हरर गाडीमा गईन्छ हदै भए एक घण्टा हिड्नु पर्ला । म मात्र नयां परें अरु साथीहरु बागमतीकै भएकाले जानकार नै होलान् भन्ने सोचेको थिए तर त्यस्तो होईनरहेछ सवै साथीहरु त्यो बाटो र स्थानका बारेमा म जस्तै अनभिज्ञ हुनुहुदोरहेछ ।
 कुन बाटो जानु पर्ने, कहासम्म पुग्नु पर्ने बाटो कस्तो छ भन्ने विषयको जानकारी अरुसंग सोधखोज नगरी हिड्नै सकिन्न थियो हामी कुहिरो भित्रको काग झै थियौं ।
  • चालक एक निर्देशन अनेक
    हामी गाडीमा गुडिरहेका थियौं चालक थिए संगठन ललितपुर जिल्ला अध्यक्ष तथा बागमती सदस्य शरण लामा तर निर्देशन सवैको थियो गाडीभीत्र सवै चालकहरु थिए । उद्धव सर भित्ता चेपेर लैजानुस कमरेड भन्नुहुन्थ्यो शरणजी त्यतैबाट गाडी लानु हुन्थ्यो, अर्जुनजी बिचको ढिस्कोमा तपाईको टायर चढाउनुस भन्नुहुन्थ्यो शरणजी फेरी त्यसै गर्नुहुन्थ्यो, नवराजजी कराउनु हुन्थ्यो शरण दाई दांया चेप्नुस त्यसै गर्नु हुन्थ्यो । शरणजीसंग स्टेयरिङ, ब्रेक, क्लज, एक्सीलिरेटर र गिएर थियो तर ड्राईभिङ निर्देशन हामी सवैको थियो ।
  • आफ्नै ज्यानको मायां हुदोंरहेछ
कछुवा यात्रा चलिरहेकै थियो अचानक गाडीको अग्रभाग सडक छाडेर दांया साईडमा हुत्तियो अगाडी उद्धव सर, विच भागमा अर्जुनजी र शम्भुजीको विचमा म थिएं, पछाडी विष्णुजी, नवराजजी र हरिजी हुनुहुन्थ्यो ।
 गाडी रोकिएको थियो अर्जुनजी, शम्भुजी र उद्धव सर भुईमा ओर्ली सक्नुभएको थियो म सहित अरु गाडीमै थियौं नवराजजीले विष्णुजी, हरिजी र मलाई समेत पेलेर आत्तिएर बाहिर निस्कनु भयो पछि म पनि झरे पानीले भिजेर कमलो भएको माटोले हाम्रो गाडीलाई कान्ला मुनी तान्दै रहेछ सवै अत्तालिएका थिए । बल्ल बल्ल गाडीलाई सडकमा उकाल्यौं लामो सास तान्दै नवराजजीले भन्नु भयो अब बल्ल खतरामुक्त भईयो सवैको मुहारमा एक किसिमको खुशिको सञ्चार भएको मैले देंखे ।
   यही मौकामा मैले नवराजजीलाई जिल्याउन खोजें । अरु वेला तपाई पहिले भन्नुहुन्थ्यो नवराजजी आज त पेलेरै ओर्लनु भयो नि हामीलाई वास्तै गर्नु भएन नि भनेर भन्नासाथ सवै गलल हासे । नवराजजी पनि हास्दै सर यस्तो वेलामा सवैभन्दा धेरै आफ्नै ज्यानको मायां हुदोरहेछ ।
  •     ओरालो झर्दै उकालो चढ्दै
अपरान्ह चार वजे माझीफेदा गाविसको काफ्ले भन्ने ठाउमा पुग्यौं पांच छ बटा पसल, केही ढु¨े घरहरु थिए यातायातका साधनले भर्खर पाईला टेकेकाले त्यो गाउ बजार उन्मुख बन्दै गरेको देखिन्थ्यो ।
 सवारीको गणतव्य काफ्ले भन्दा पर थिएन गाडी त्यही बजारको छेउमा राख्यौं र खाजा खाने निधो ग¥यौं तातो र नुनिलो झोल पदार्थ, थुक्पा खाने तिव्र ईच्छा थियो तर त्यो केही पाईएन । पसलमा चाउचाउ, विस्कुट र सफ्ट ड्रिङ्कस मात्र पाईयो त्यही खायौं र ओरालो झ¥यौं हामीले काफ्ले छोड्दा साढे चार वजिसकेको थियो पुग्नु पर्ने थियो पारी पट्टी छ्या¨ देखिएको गाउं लखनपुर गाविसको पाङचेत । हामी काभ्रेपलाञ्चोकको भूमिमा उभीएका थियौं तर रामेछाप, दोलखा र सिन्धुपाल्चोकका केही भूभागको सुन्दर डांडाहरु देखिएको  थियो एकछिन लहरै उभीयौं र सवैले नजर लगायौं ।
    केही समय तेर्सो बाटो हिड्यौं त्यसपछि नाक डांडी जस्तै माझीफेदा गाविसको विला भन्ने ठाउंको ओरालो र भिरै भीरको बाटो हिड्यौं । भिर भएपनि घास र साना साना झाडी र पोथ्राहरु भएकाले भिरको अनुभव हुदैन थियो तर केही कारण खुट्टा रड्कीयो र त्यहाबाट लड्यौं भने कंकाल भेट्न समेत नसकिने छांगा थियो । मान्छे चिन्न सकिने उज्यालोमै हामीले ओरालो छिचोल्यौं र चौरी खोलाको नव निर्मित पुलमाथी हाम्रो थकित शरिरलाई अवतरण गरायौं ।
    चौरी खोला काभे्रपलाञ्चोक र रामेछाप दुई जिल्ला छुट्याउने सिमाना थियो भने बागमती र जनकपुर अञ्चलको साध पनि त्यही खोला थियो । जापानको सहयोगमा बनेको पुलमाथी एकछिन सवैले आराम ग¥यौं फोटो खिच्यौं र फेरी उसैगरी उकालो हान्नियौं उकालो उसैगरी नाकको डांडी झै थियो । ओरालो उकालो सवैको अगुवा हुनुहुन्थ्यो उद्धव सर हामी थियौं लहरै पछिपछि ओरालोमा गफिदै हिड्नेहरुपनि उकालोमा सवै चुपचाप थियौं चुपचाप के थियौं बोल्न सक्ने अबस्था थिएन मुखबाट आटीनअटी स्वासको मुस्लो निस्किरहेको थियो जतीजती पाङचेत र ठाकुरजीको घर नजिकिरहेका थियौं त्यति त्यति हामीलाई हम्मे हम्मे थियो पौने सात वजे बल्ल ठाकुरजीको घर पुग्यौं । चार दाजुभाई सौचमा हुनुहुन्थ्यो, आगनमा आफन्त र ईष्टमित्रहरु हुनुहुन्थ्यो पश्चिम फर्किएको पहाडी भुईमा एउटा दक्षिण फर्किएको र अर्को उत्तर फर्किको दुईबटा घर बीचमा रहेको खुल्ला आंगनमा हामीपनि थपिदा झण्डै २५ ÷ ३० जना भयौं बिद्युत लाईन भएपनि मधुरो थियो एकले अर्कालाई राम्ररी चिन्न मुस्किल पथ्र्यो त्यस्तै अवस्थामा संगठन केन्द्रीय कमिटी र बागमती अञ्चल कमिटीले तयार गरेको समवेदना पत्र बाचन गरे पछि उद्धव सरले ठाकुरजीको परिवारलाई हस्तान्तरण गर्नु भयो ।
  त्यो वेलासम्म हामीले स्याउले भरिएका दुई तिनबटा थाल सिध्याईसकेका थियौं अरेन्ज जुशले भरीएका बाल्टीन रित्याईसकेका थियौं हामी त्यहांबाट चाडो हिड्ने प्रयत्नमा थियौं तर ठाकुरजी र वहांका परिवारहरु हामीलाई त्यो रात त्यंही बसाउने प्रयासमा हुनुहुन्थ्यो । अन्ततः खाजा खाएरै जाने आग्रहलाई स्विकार्दै साढे सातवजे राती सवैले एक एकवटा लौरो साहारा लिएर ठाकुरजी, वहांका परिवार र ईष्टमित्रसंग विदा भएर ओरालो लाग्यौं ।
  •      सुरु भयो लाटोकासेरो यात्रा
  चुक पोखिएको अध्यारो थियो उज्यालो थियो भने हाम्रा हातमा भएका मोवाईन सेटको उज्यालो मात्र थियो उद्धव सरसंग सानो टर्चलाईट रहेछ । आखांका कारण उद्धव सर राती दिउसो झै हिड्न सकिरहनु भएको थिएन आखांको समस्या मेरो पनि उस्तै तर मैले कसैलाई भनिन मेरो देव्रे हातको लोरौ र दांया हातको मोवाईलले दिएको उज्यालाले मलाई सहारा दिईरहेको थियो ।  जसोतसो ओरालो छिचोलेर चौरी खोलासम्म आईपुग्यौं महाकाल थियो नाक छुने उकालो र भीरको खतरा ।
    ठाकुरजीको सल्लाह अनुसार भीरको खतरालाई छल्न केही समय मोटर बाटोका लागि बनाईएको घुमाउरो बाटोबाट जादां राम्रो ठान्यौं र त्यसै ग¥यौं । किन पनि त्यसो गर्नु जरुरी थियो भने शम्भुजी दुई ठाउंमा लडिसक्नु भएको थियो भीरको बाटोमा शम्भुजीका लागि अझै बढी खतरा थियो ।
     राती सवा दश बजे काफ्ले आईपुग्यौं त्यंहा पुग्दा ठुलै युद्ध जितेको सेना जस्तै अनुभूत भईरहेको थियो । थाकेको शरिरलाई जतापायो त्यतै भुईमा असरल्लै पारेर बस्यौं, लगाईएका कपडा पसिनाले भिजेर शरिरमै टासिएका थिए तर थकानका कारण कुनै शरिरलाई असहज अनुभव  पटक्कै थिएन ।
      जानेबेलामै खाना पकाउन लगाएका थियौं हामीलाई होटलका भाईले पर्खिरहेका रहेछन् त्यो दिन हाम्रो पेटमा भातको सित्तो परेको थिएन भात खाने हाम्रो उत्कट ईच्छा थियो तर भात भने जस्तो थिएन पुरै चिसो र कक्रिएको थियो दाल र सागसंगको त्यो चिासो र कक्रिएको भात साच्चै मिठो अनुभव भयो । एक एक कप दुध पियौं र चिसै कपडामा टांडमाथी असरल्लै सुत्यौ विहान उठ्दा शरिरमै कपडा सुकिसकेका थिए ।
  •      घाउमा नुनचुक
   ९ गते विहान उठ्दा शरिर दश जनाले गोदे झै गरि दुखिरहेको थियो ५ वजे सवै तयारी भयौं रातीको पानीले बाटो विगा¥यो होला भन्ने चिन्ताले शरिरको दुखाई भन्दा बढी चिमोटीरहेको थियो । ल तपाईहरु आउदै गर्नुस हामी बाटो हेर्दै मर्नि¨ वाल्क गर्दै जान्छौ भनेर उद्धव सर म र नवराजजी उकालो लाग्यौं ।
    करिव एक घण्टा हिडिसक्यों तर हाम्रो गाडी आएन फेरी गाडी फस्यो भन्ने अनुमान लगायौं र फोन ग¥यौ अनुमान सहि सावित भयो फर्कियौं ं। फेरी सुरु भयो पुरानै नियती तर अवस्था सहज थिएन शरिर मरिकाटे केही गर्नै मान्दैन थियो हास्दा पनि पेटको लाम्टा समाएर हास्नु पर्ने अवस्था थियो तर बाटो नखनी, ढु¨ा नबोकी उपाएनै थिएन ओहो † घाउमा नुन चुक हालेर कोट्याए जस्तै ।
 बल्ल बल्ल निकाल्यों एक किलो मिटर हिड्न पाको छैन फेरी उही दशा हैरानीको सिमा थिएन उफ † के दिनमा आईएछ ? के दिनमा यो गाडी ल्याईएछ ? फेरी एउटा पानीले भरीएको होलीमा पगाडी फस्यो ठेल्यो हुदैन, पानी काटेर बगायो निस्कदैन, माटो पु¥यो हुदैन, ढु¨ा खोजेर ल्यायो हुदैन लखतरान उपाए छैन अब बाकीं  हामी रणभुल्लमा थियों हामी सवैको अनुहार निचोरेको कागती जस्तै भईसकेका थिए हामी एक अर्कालाई हेराहेर गर्दै रुन्चे हासो मात्रै हासिरहेका थियौं ।
     काफ्लेबाट काठमाण्डौं जादै गरेको बस आईपुग्यो हाम्रो गाडी ननिकाली त्यो यात्रुवहाक बस जाने सम्भावना थिएन अर्कातिरबाट मालबाहक ट्रक पनि आयो अब हामी रमायौं मन भित्रभित्रै प्रफुल्लीत भयौं दुवै सवारीका स्टाफ तथा यात्रुहरु सवैलाई बोलायौं कसैले ताने, कसैले ठेले, बाटो खन्ने र ढु¨ा बोक्नेहरुको अब कमि थिएन हामी भने आनन्दले रमिते बनेर दुखेको शरिरलाई राहत दिईरहेका थियो र पनि केहि शिप चलेन अन्नत ट्रकले आफुले बोकेको टुचन ल्याएर तानेर निकालीदियो हामी खुशि भयौं र बाटो लाग्यौं ।
     विहान ५ बजे हिडेका हामी १२ बज्दा भर्खर करिव ८ किलोमिटर बाटो पार गरेछौं पुवाभञ्ज्याङमै खाना खायौं  फेरी ढु¨ा र खाल्डो छिचोल्दै सडक नामको भलखाडो बाटोबाट लाग्यौ उकालै उकालो । गाडीमा रहका ८ जनाका १६ थान आंखा अगाडीको बाटोमै बिछ्याईएका थिए एउटा डांडा छिचोल्ने बेलामा सल्लाका घारीको ओस लागेको ठांउमा फेरी पानीले भरिभराउ तलाउ देखियो हामी सवै ओर्लियौं र सवैले निदेर्शन गर्न थाले यो ठांउमा तपाईको टायर पारेर कुदाउनुस, कोही भन्न थाले होईन यो छेउको ढिस्कोबाट लानुस पार भईन्छ कोही होईन सिधै लानुस शरणजी ।
 शरणजी पनि हामीसंगै बाटोको अनुमान गर्न थालेर स्टेयरिङमा बसेर हुईक्याए तलाउकोबीचमा पुगेपछि गाडी चलमलाउनै सकेन टायर घुमेको घुमेकै गाडी जहांको त्यही । हामी फसादमा छेउछाउमा ढु¨, माटो केही थिएन चढ्यौं पाखामा र भएभरको ढु¨ा झा¥यौं र तलाउ सवै पु¥यौं पानी काट्यौं गांउ छिरेर कोदालो खोजेर ल्यायौं र माटो खन्यौं त्यो वेला हामीलाई सहयोग गर्ने कोही थिए बल्ल बल्ल ३ घण्टाको प्रयासपछि गाडी निकाल्यौं ।
     त्यसपछिको बाटो ओरालै आरालो थियो कमसेकम फसेछ भनेपनि धकेल्न सजिलो हुन्छ भन्ने हामीलाई लागेको थियो नभन्दै त्यसपछिका बाटोमा हामीले गाडी ठेल्नु परेन सहजै कोलांती आईपुग्यौं चिया पियौं र फेरी ओरालियौं साढे चार बजे दोलालघाट झर्दा हामी सवैको अनुहारमा एकखाले चमक छाएको थियो । पांचखाल, धुलिखेल, बनेपा उद्धव सरको घर सांगाको सुन्तला चाखेर सांझ पौने आठ बजे कोटेश्वर आईपुग्यौं र एकछिन रमाईलो ग¥यौं शरणजी एक पटक गाडी ठेलौ न । 
    
    

बारा गोली काण्ड र निर्वाचन सुरक्षाको प्रश्न


  • भीमज्वाला राई
  • ......................................................................
     मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनकालागी बिहिबार देशभरी उत्साहकासाथ उमेद्धवारी दर्ता भएको थियो उमेद्धवारी दर्ताका क्रममा देखिएको देशव्यापी जनलहरको सन्देशले मंसिर ४ मा हुने संविधानसभा चुनाव शान्तिपूण होला भन्ने अनुमान सवैले लगाएका थिए तर त्यसको भोली पल्टै शुक्रबार हिान साढे ११ बजे बारा क्षेत्र नम्बर ४ का उमेद्धवार तथा एमाले नेता महमुद आलममाथि गोली प्रहार भएको छ । यो घटनाले उमेद्धवारहरु त्रसित भएका छन् भने निर्वाचन शान्तिपूर्ण हुन्छ भन्ने कुरामा शंका उत्पन्न भएको छ ।
     मुलतः बैद्य नेतृत्वको माओवादी सहितको ३३ दलिय गठबन्धनले निर्वाचनको विरोध गर्दै आएका थिए । उनीहरुले यो निर्वाचनमा मत होईन बम खस्ने सम्मका चेतावनी दिदै आईरहेका थिए । सवैले अनुमान गरेका थिए निर्वाचनका लागि वास्तविक खतरा ३३ दलीय मोर्चा हुनेछ । उमेद्धवारी मनोनयनको दिन बिहिबार ३३ दल र पूर्वमा मञ्च सम्बध संघिय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको घोषणा गरेर निर्वाचन विथोल्ने तयारी गरेका थिए तर निर्वाचनप्रतिको जन लहरले उनीहरुको बन्दलाई निस्तेज बनाईदियो ।
   ति दुवैलाई खतरा सम्झिएका सरकार र दलहरुले बिहिबार सांझ लामो सास फेर्दै अनुमान लगाएका थिए अब चुनावका लागि वातावरण वन्यो खतरा ट¥यो तर परवानीपुरको शुक्रबारको घटनामा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका अज्ञात व्यक्तिद्धारा गोली प्रहार हुनुले फेरी एक पटक दलहरु र सरकारलाई निर्वाचन सुरक्षा बारे सोच्न बाध्य बनाएको छ । अर्को तर्फ यो गोलीकाण्डमा भारतीय योजना छ भन्ने स्पष्ट भएको छ यसले के देखाउछ भने निर्वाचनको सुरक्षा चुनौती देशमा रहेका विभिन्न शक्तिहरुसंगै विदेशी शक्ति मुलतः भारत पनि हो भन्ने विषय जोडिएको छ भन्ने बुझ्नु आवश्यक छ । 
      आलम गोली काण्डपछि अब निर्वाचनको प्रमुख सुरÔा चुनौती वैद्य नेतृत्वको ३३ दलिय गठबन्धन, लिम्बुवान मात्र रहेन  नेपाल भारत सिमाको लामो दुरी पार गरेर नेपालको भूमिमै आएर यस्ता जघन्य अपराध हुन्छन भने निर्वाचनको सुरक्षा चुनौतीको महत्वपूण विषय र नेपालका लागि खतराको संकेत भारत पनि हो । भारतीय नम्बर भएको सवारीको प्रयोग भएको हत्या प्रयासजस्तो अपराधको दुईदिन वितिसक्दापनि भारतले घटनाको सन्दर्भमा आफ्ना भनाई औपचारिक रुपमा सार्वजनिक गरेको छैन तराईका केही बनीबनाउ नामका संगठनले घटनाको जिम्मेवारी लिएको विज्ञप्ती सार्वजनिक गरेको भएपनि त्यो परिचालित मात्र हो भन्न सकिन्छ । यो गोलीकाण्डको विषयमा भारतले आफुलाई तटस्त राख्न पाउने छैन ।
    महमुद आलममाथीको गोली प्रहार निर्वाचन, उमेद्धवार माथीको सुरक्षाको चुनौती त हुदै हो अझै सवैभन्दा बढी एमालेमाथीको प्रहार पनि हो । किन भने त्यो क्षेत्र मुस्लिम बहुल क्षेत्र भएको र एमालेको राम्रो प्रभाव रहेको क्षेत्र समेत मानिएकाले आलमलाई सवैले अबको सम्भावित सभासदकारुपमा चित्रण गर्ने गरेका थिए । बिहिबार उमेद्धवारी दर्ताका क्रममा एमालेको पक्षमा आएको जनलहरले एमाले नेपालको पहिलो शक्ति बन्ने कुरा सवैले अनुमान गरिसकेको र मधेशी जनता समेत एमालेको पक्षमा उर्लीएकाले यो घटना एमालेको विरुद्ध सुनियोजित रहेको एमाले प्रचार विभाग प्रमुख तथा एमाले नेता प्रदिप ज्ञवालीले शुक्रबारै विज्ञप्ती मार्फत बताई सकेका छन् ।  
      नेपालमा भारतविरोधी आतंकवादीहरुले प्रश्रय लिएको बताउ“दै हि“ड्ने भारतीय अधिकारीले आङ्खनो मुलुकलाई अपराधीको सेल्टर बनाएको छन् यो सर्वथा अमिल्दो विषय हो । नेपालका राजनीतिक दलहरु चैत्रमा चुनाव गर्ने मानसिकतामा थिए त्यसको एउटै आसय थियो त्यो समयसम्म वैद्य लगायतका विद्रोही दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन वैद्य पÔलाई सहमतिमा ल्याएर चैत्रमा चुनाव गर्ने तयारीमा थियो नेपाल तर भारतले नै जसरी पनि तोकिएकै समयमा निर्वाचन गराउनु भन्ने दवाव दिएका थिए । आलमलाई भारत विरोधी गतीविधि गर्ने गरेको आरोप यस अघिपनि लगाउदै आएका छन् तर उनले यस अघिपनि यो आरोपको खण्डन गरिसकेका छन् । यसको अर्थ यो पनि हो कि भारतको मिचाहा र हस्तक्षेपकारी गतिविधिको महमुद आलमले जहिल्यै विरोध गर्दै आएका थिए त्यो स्वाभीमानी उनको स्वभाव भारतका लागि पाच्य हुनै कुरै थिएन त्यसैको प्रतिफल थियो गोली काण्डको भारतीय योजना ।
      गोलीकाण्ड पछि तथ्यलाई विषयान्तर गर्दै अहिले जसरी उनको आन्तरिक जिवनको बारेमा र उनको आर्थिक प्रगति र एमाले केन्द्रीय नेतृत्व तहमा पुगेको र मुसलिम ईतेहाद संगठनको केन्द्रीय अध्यक्षको भूमिकाको विषयमा अनर्गल प्रचारहरु गरिएका छन् त्यो पनि भारतीय योजना र चालवाजीकै एउटा षडयन्त्र हो । संविधानसभाको चुनाव नेपालको नितान्त आन्तरिक विषय हो तर भारतले कहिल्यै त्यस्तो हुन दिएन कुनै न कुनै रुपमा उसको हस्तक्षेप रहदै आईरहेको छ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप र अपराधीक घटनाका योजनालाई अब नेपालले निस्तेज बनाउन आवश्यक छ ।
   नेपाल भारत विरोधी आंतंकबादी गतिविधिको सेल्टर भएको आरोपमा भारतले जहिल्यै नेपाललाई दुख दिदै आईरहेको छ भारतले नेपाली भूमिमै छिरेर अन्तराष्ट्रिय सम्बन्ध र न्यायको सिद्धान्त विपरित मिचाहा व्यवहार देखाएको छ । नेपालले अब सहने र चुपचाप बस्ने सिमालाई तोड्नु जरुरी छ । भारतले आफ्नो भूमिलाई अपराधीको सेल्टर बनाएर नेपालको निर्वाचनलाई भाड्ने काम गरेको यो घटनाले स्पष्ट पारेकोछ   यसबारे भारतीय दूतावासका अधिकारीलाई सिंहदरबार बोलाएर स्पष्टिकरण लिन र फरार अपराधी नेपाललाई बुझाउन अल्टिमेटम सहितको निर्देशन दिन जरुरी छ साथै दिर्घकालिन समस्या समाधानका लागि नेपालले भारतसंगको खुल्ला सिमा र आवत जावतलाई रोक लगाउन जरुरीछ यसो नगर्ने हो भने नेपाल भारतको पञ्जाबाट मुक्त हुने सम्भावना देखिदैन । 
        वैद्य सहितका मोर्चाले निर्वाचन विथोल्न आन्दोलनको कार्यक्रम गर्ने निर्णय गरेका छन् तर सरकार, दलहरु तथा आम जनता पूर्णरुपमा चुनावी मानसिकतामा गईसकेकाले त्यो विरोधका स्वरहरु कमजोर होलान, संघिय लिम्बुवानले शुक्रबार बन्दको आह्वान गरेपनि त्यसलाई पूर्वका जनताले पत्याएनन् २ वजे देखि बन्द भनेपनि यातायात मजदुरहरुले नटेरी सवारी चलाए यसलेपनि असर नपार्ला निर्वाचनलाई र उम्मेद्वारमाथि आक्रमण्ँ गरेपनि राज्यले फौजदारी अभियोगमा उनीहरुमाथि कारवाही चलाउलान तर भारतीय भूमिबाट गरिने यस्ता हिंसात्मक गतिविधिको नियन्त्रण तत्कालको समस्या हो यसको समाधान खोजिनु पर्छ ।
    प्रत्यÔ र समानुपातिक तर्फका हजारौं उमेद्धवारहरु छन्  तर सरकाले सवैलाई व्यक्तिगत रुपमा सुरक्षा गार्ड खटाउन सम्भव हु“दैन । निर्वाचन आयोगले सरकारसंग उमेद्धवारहरुलाई सुरक्षाको माग गरेपनि यो स्थितिमा रेग्मी सरकारले उम्मेदवारको सुरÔा गर्न सक्ने सम्भावना देखिदैन हुनत गृह मन्त्रालयले शुक्रबारै सवै उमेद्धवारहरुलाई सुरक्षा प्रदान गर्ने भनेको छ तर त्यो व्यवहारमा सम्भव कति हुनसक्छ विचार पु¥याउन आवश्यक छ ।  निर्वाचनको विरुद्धमा वैद्यहरु लागेका भएपनि उनीहरुले उमेद्धवारहरुलाई गोली ठोकिहाल्ने उदघोष गरेका छैनन् तर वैद्यलाई निर्वाचनमा ल्याउन सकारात्मक हुन नसकेको भारतले आफ्नै भूमिबाट नेपालमा हुन लागेको निर्वाचनका उमेद्धवारलाई गोली प्रहार गन अपराधीलाई पक्राउ गर्ने विषयमा चुसम्मपनि बोल्दैन भने घटनाबारे दुख सम्म व्यक्त गर्दैन भने भारत नेपाललाई कसरी ध्वस्त बनाउन चाहान्छ भन्ने स्पष्ट भएको छ । 
   यो अवस्थामा स्वदेशी र विदेशी दुबै स्थानबाट निर्वाचनमा हुने सुरक्षा चुनौतीबारे गम्भिर हुन जरुरी छ । निर्वाचनको समय नजिकिदै छ भारतको भूमिका के हो भन्ने अब कसैसंग लुकेको छैन । अबको खतरा कोबाट छ र निर्वाचनका समय कहांबाट असुरक्षा हुन्छ भन्ने नेपाल सरकार र दलहरुले बुझ्न आवश्यक छ ।  उमेद्धवारी दर्ताकै दिन पनि सिमावर्ती जिल्लाका सदरमुकामहरुका निवाृचन आयोगका कार्यालयहरुमा खुलेआम भारतीय नम्बर प्लेटका गाडीहरु धुलो उडाउदै दौडिएको दृष्य देखिएको छ । त्यो दृष्यले चुनाव नेपालमा लागेको होकी भारतलाई अनुमान लगाउन कठिन थियो । किन दौडिरहेका थिए भारतीय छदमभेसीहरु नेपालको निर्वाचन आयोगको कार्यालयमा ? कसले बोलाएका थिए तिनीहरुलाई ? प्रश्न गम्भिर छन् तर नेपाल सरकार र दलहरुले त्यसको हेक्का राखेका छन् कि छैनन यदी गम्भिर नबन्ने हो भने मंसिर ४ सम्म सिमा क्षेत्रमा आलम जस्ता थुप्रै उमेद्धवारहरुमाथी गोली नपड्केला भन्न सकिन्न ।
      अब सरकार र दलहरुले चुनावको तयारी मात्रै गरेर पुग्दैन सुरक्षा चुनौतीको हिसावले जोखिम मानिदै आएका भारतसंग सिमा जोडिएका जिल्लाहरुलाई तत्काल नाकाबन्दी गर्नु पर्छ । तत्कालका लागि सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायतका जिल्लाका नाकाहरुलाई नाकाबन्दी गर्नु पर्छ अन्यथा यो अवस्थामा चुनाव गर्नु अथवा चुनावमा जानु भनेको जानीजानी भुंग्रोमा हामफाल्नु जस्तै हो । विचार नपु¥याई एकोहोरो चुनावी रटानले दल, सरकार असफल हुनेनैछन् संगसंगै नेपाललाई नै असफल राष्ट्र बनाउने भारतीय योजना सफल हुने निश्चित हुनेछ ।




सुर्यलाई हत्केलाले छेक्न नखोज


शव्द रचना ः भीमज्वाला राई
संगित  ः अशोक राई
स्वर    ः सञ्जय तुम्रोक
...........................................
सुर्यलाई हत्केलाले छेक्न नखोज
एमालेलाई अरुसंग जोख्न नखोज
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

सुर्यको प्रकासले हुन्छ झलmल
विकास हुन्छ देश बन्छ हट्नेछ अलमल
सवैको पहिचान हुने बन्छ संघियता
सवै मिलीजुलि बस्ने राष्ट्रिय एकता
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

मजदुर, किसान, सुकुम्बासी गरिवलाई मायां गर्ने
सवै जाती, भाषा, धर्म, सस्कृतिलाई सम्मान गर्ने
कायम गर्न सामाजिक सद्भाव र भातृत्व
एमालेको नीति एमालेकै नेतृत्व
एमालेको सुर्य झलल
एमालेलाई छेक्ने कोछर

मजदुरको पार्टीले मजदुरलाई बिस्र्यो


धरान । मजदुर किसानको पार्टी भएको दावी गर्ने नेकपा एमालेले दोस्रो संविधानसभा निर्वाचनमा मजदुरहरुलाई पाखा लगाएको मजदुरहरुले गुनासो गरेका छन् ।
     कोशी अञ्चलमा रहेको २२ वटा निर्वाचन क्षेत्रहरु मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा मजदुरहरुलाई एमालेले उमेद्धवार बनाएनन् । नेतृत्वले एमाले सर्वहारा मजदुरहरुको पार्टी भने पनि व्यवहारमा त्यस्तो नदेखिएको नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशीका अध्यक्ष कुलवहादुर खत्रीले बताए ।
   मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा पुजन निरौलाको नाम शिफारिस भएको छ तर महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउन अनिवार्य महिला राखिनु पर्ने बाध्यताले मात्र हो अध्यक्ष खत्रीले भने । मजदुर तथा भूमिहिन सुकुम्बासीहरुको मत निर्णायक हुने भएपनि मजदुरहरुलाई  पार्टीले व्यवास्ता गरेको पाईयो उनले भने ।
   जित्ने सम्भावना भएका मजदुर नेताहरुलाई समेत पार्टीले पाखा लगाएर समानुपातिक तर्फ मात्र नाम शिफारिस गरेको छ । समानुपातिक तर्फ भने सुनसरीबाट भीम राई ज्वाला, ओम कोईराला, रमेश विष्ठ, अमला श्रेष्ठ, भूमिनारायण चौधरी, हरी राई तथा लामो समय मजदुर आन्दोलनमा लागेका नेपाल यातायात मजदुर संगठनका पूर्व केन्द्रीय अध्यक्ष मोतीराज सुनुवार लगायतको नाम शिफारिस भएको छ ।
    त्यस्तै मोरङबाट धर्मानन्द संजेल, कुलवहादुर खत्री, मुरारी भटराई, अरुणा थापा, खडानन्द रिजाल, मनोज मगर लगायतको नाम सिफारिस भएको छ त्यस्तै संखुवासभाबाट सिता दाहालको नाम शिफारिस भएको छ ।
     त्यसैगरी झापा जिल्लाबाट राजिव घिमिरे, सन्त राई, सुकमति देवान, विमला बिक, श्रीमननारायण पौडेल, गोलसिंह ताजपुरीया र खगमायां गजुरेल लगायतको नाम समानुपातिक तर्फ शिफासि भएको छ ।
   त्यस्तै सप्तरीका कृषि मजदुर बिन्दी रामको समानुपातीक  र उदयपुर २ नम्बर क्षेत्रबाट पत्यक्ष तर्फ महिलाकोटामा मायां भण्डारीको नाम शिफारिस भएको नेपाल टेड युनियन महासंघ सगरमाथा अध्यक्ष त्रिविक्रम ज्ञवालीले बताए । उनले भने पार्टीप्रति हामी प्रतिबद्ध छौ तर मजदुर संगठनमा गरेको कामलाई पनि पार्टी काम हो भन्ने हिसावले पार्टीले मुल्याङन गर्न नसकेको हो की भन्ने हामीले अनुभूत गरेका छौं ।
    त्यस्तै लामो मजदुर राजनीति गरेका जनकपुरका रामनरेश सिंहको नाम समेत समानुपातिक तर्फ मात्र शिफारिस गरेकोमा जिफन्टले गुनासो गरेको छ । नेकपा एमालेको जन संगठन तथा पार्टिको मजदुर फांटको काम गरिरहेको जिफन्टमा आबद्ध २९ बटा घटकबाट सदस्य बनेका करिव ४ लाख मजदुरहरुले देशैभरीबाट कतैबाटपनि प्रत्येक्षबाट उमेद्धवारी पाएका छैनन् ।
  एमालेले मजदुरहरुलाई हरेक क्षेत्रमा दश प्रतिशत मजदुरहरुको सहभागीता गराउने भने पनि क्षेत्रमा राम्रो प्रभाव भएका नेताहरुलाई समेत पार्टीले विभिन्न कारण देखाएर मजदुर नेताहरुलाई पाखा लगाएको मजदुर नेताहरुले बताएका छन् ।

खलासी सपना


       











भीमज्वाला राई
.....................................................................
ड्राईभरको लात्ती खा“ए
गाडी मालिकको “भातमारा” भनि मागें
ढोकाको जागीर गाली, धम्किी र कुटाई
धेरैचोटी खांए
दुनियांको पाईतालाले ल्याएको
धुलो बढारे
फोहर सोहोरें
मेरा लागी
गाडी घर थियो
गाडीका सिट बिस्तरा
अल्छी गरिन
कालो मैलो भनिन
घामपानी, रातसांझ
भोकप्यास केही भनिन
सम्झिएर सपना
एक दिन म पनि ड्राईभर बन्छु
ड्राईभर — नाईट बसको ड्राईभर

         

डकर्मी


            










  भीमज्वाला राई
....................................................................................................
जिवनभरी
बुनिरह्यो रडको जाली
ठड्याईरह्यो ईटाको पर्खाल
निर्मांण ग¥यो भव्य महल
रच्यो सुन्दर सहर
आंधीहुरी, घामपानी ओतीने सपना
अधुरै छाडेर
मृत्यु पर्खिरहेछन्
डकर्मी, सुकुम्बासी छाप्रोमा

गजल










भीमज्वाला राई
भन्दै नभनेको कुरा तिम्ले सुन्यौं होला
म आउदा रिसाउदै ढोका थुन्यौं होला ।

कुरा लाउने धेरै छन् फुटाउनलाई
वैरीका झुठा कुरा मनमा उन्यौ होला ।।

हावा कुरा पछि लाग्यौ सत्य लत्याएर
महलकी रानी हुने सपना बुन्यौ होला ।।।

टालिदैन फाटेको मन जती सिए पनि
टाल्छु भन्दै कच्चा धागो लिई तुन्यौ होला ।।।

ज्वाला जस्ता शुभेच्छुलाई चटक्कै छाडेर
सदा सदा रुने बाटो तिम्ले चुन्यौ होला
।।।


म के गरौं ?


             भीमज्वाला राई
बसन्त ऋतु
चोमोलुङमा पग्लीएर
बगीरहेको हिम नदी
सुसाउदै साउती मार्छ
अब तिम्रो बस्त्र उतार
आऊ † पौडि खेल
आफुलाई शितल बनाऊ

भूल



               भीमज्वाला राई
दिनभरी
पञ्चर टायर गुडाएर
घर फर्कदै गर्दा
सांझको आंखा छलेर
बाटो छेउको भट्टी छिर्छु
दुई गिलास लोकल तन्काउछु
स्वास्नी अलमल्याउन
अदुवा टोकेर जिब्रो पड्काउछु
यसै गरि थुप्रै वर्षहरु
स्वास्नी अल्मल्याएकै थिए
एक दिन
 अस्पताल पु¥याईएं
कलेजो
फोक्सो
मृगौला, आदी ईत्यादी
सबै काम नलाग्ने भएछ
 प्रिस्केप्शन हेरेपछि थाहा भयो
स्वास्नीलाई अलमल्याउदै आएको मैले
त्यो दिन
अस्पतालका डाक्टर र मेशिनलाई 
अलमल्याउन सकिन
मृत्यु समय तोकिएको
रिपोर्ट हेरें
रोएं, कराए, आफैलाई धिकारें
अब 
पश्चातापमा जल्नुको कुनै अर्थ थिएन ।




यातायात मजदुर

यातायात मजदुर
हामी यातायात मजदुर
सवैलाई गणतव्यमा पु¥याउने धर्म
पाखुरीमा अडेकोछ हाम्रो सारा कर्म
समाजले बुझ्नु पर्छ मजदुरको मर्म
कहिलेकाही कठोर बन्छौं समयमा नर्म
यातायात मजदुर
हामी यातायात मजदुर
चाहिदैन दया, मांया सम्मान भए पुग्छ
आन्दोलनको तापसामु सगरमाथा झुक्छ
पसिनाको मुल सुके सागरपनि सुक्छ
बन्धन जती कसेपनि एक दिन फुक्छ
यातायात मजदुर
हामी यातायात मजदुर
         ......धरान ......

झण्डाको गित


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
यो रातो झण्डा क्रान्तिको शान
हथौडी रेन्ची हाम्रो पहिचान
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

मजदुर मुक्ति संघर्षका हामी हिमायती
फहराउछौं यो झण्डालाई हिमाल भन्दा माथी
संघर्षशिल विरासतलाई गल्न दिने छैनौ
चन्द्र सुर्य रहेसम्म ढल्न दिने छैनौं
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

सहदैनौं अन्याय हामी समानताका पक्षपाती
स्वाभीमानको रक्षा गर्न पर्खाल हाम्रो छाती
चांदनी, दोधारा र मेची दुख्न दिन्नौं
सगरमाथाको उचाई र जंगे घट्न दिन्नौं
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन
 भीमज्वाला राई
२०६९ कार्तीक ९, धरान
 

राजनीति


  •               भीम राई ज्वाला

 








भागिरहेछ
एउटा भिड
तर्किएर पर पर
राजनीतिसंग

राजनीति
नागरिक अधिकार, शान्ति सुरक्षा प्रत्याभूत गर्ने नीति
राज्य सञ्चालन विधि बनाउने
राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध निर्धारण गर्ने नीति

राजनीति
सत्ता, शक्ति र सम्पति केन्द्रीत भएपछि
समय
नीतिपरायणहरु
खोजिरहेछ

राजनीति
एउटै पार्टी गुट गुटमा विभाजित छ
एउटै झण्डामुनी नीति विभाजित छ
एउटै विचार भित्र व्यवहार फरक छ
एउटै सिद्धान्तको परिभाषा आ आफ्नै छ

विषाक्त बनाईदैछ
राजनीति
अराजकहरुको भिड बन्दैगईरहेकोछ

युगलाई
राजनीति फोहोरी खेल होईन
बुझाउनुछ

समय
अर्को माक्र्स
एंगेल्स
लेनिन
स्टालिन
माओ
हो चि मिन्ह
र मण्डेलाहरु
खोजिरहेछ

सडकमा मनपरि पैसा असुली

काठमाण्डौं । मुग्ली¨हुदै राजधानी प्रवेश गर्ने तथा राजधानीबाट मुग्ली¨हुदै जाने सवारी साधनहरुबाट सडक उपभोक्ता दस्तुर भन्दै पैसा असुलिरहेको भएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बेखबर देखिएको छ ।
     नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय माग पत्रका सम्बन्धमा मन्त्रालयले विहिबार आयोजना गरेको छलफलमा यातायात मजदुरहरुबाट सडकमा विभिन्न बहाना बनाएर रकम असुल गर्ने गरेको तथ्य प्रस्तुत गर्दै मुग्ली¨ नागढु¨ा सडक खण्डमा दुई स्थानमा प्रत्येक सवारी साधनहरुबाट रकम असुल्ने गरेको रसिद संगठनले प्रस्तुत गरेका भएपनि मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले यसबारे आफुहरुलाई जानकारी नभएको बताए ।
   सडक बोर्ड नेपालले सबारी साधनमा लगाईएको सडक उपभोग दस्तुर भन्दै प्रत्येक सवारीबाट रकम असुल्ने गरेको छ । सडक विभाग डिभिजन सरकारी कार्यालय भरतपुरले राजधानी प्रवेश गर्ने सवारीबाट धादिंङको माझिमटार र राजधानीबाट जाने सवारीहरुबाट धार्केमा रकम संकलन केन्द्र राखेर पैसा असुल्दै आईरहेको छ ।
  साना सवारीबाट रुपैया २५ र ठुला सवारीबाट रुपैया ३५ असुल्दै आईरहेको छ । आउदा जादा दुईतर्फि पैसा तिर्छौ किन तिरेकाछौ भन्ने थाहा नभएको बाग्लुङ काठमाण्डौ रुटको रात्री सेवाका चालक धनवहादुर मगरले बताए । संकलन केन्द्रमा कपाल झ्याप्ले, कुन्डलेहरु हुन्छन सोध्ने कुरै भएन भारतीय सवारीहरुबाट झन अझ धेरै पैसा असुल्ने गरेको ति चालकले बताए ।
    रसिद मन्त्रालयलाई दिएका छौं सचिवले यो बेठिक हो भनेका छन् रोकिने आशामा छौ संगठनका अध्यक्ष राजिव घिमिरेले बताए । सडक उपभोग दस्तुरका नाममा रकम असुलि गरेको भएपनि मुग्ली¨देखि नागढु¨ा सडकखण्ड जिर्ण बनेको त्यसको मर्मतमा कुनै चासो नदेखाईएको घिमिरेले बताए । हामीले सम्बन्धीत ठाउमा कुरा पु¥याएकाछौं सडकमा अनावश्यक मजदुरहरुलाई दुखदिने काम रोकियोस भन्ने चाहान्छौं ।

यातायात मजदुरको मागप्रति मन्त्रालयको चासो

काठमाण्डौं । यातायात मजदुरहरुको समस्या, सडक तथा यातायात क्षेत्रमा बढ्दै गईरहेको अराजकतालाई समाधान सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गम्भिरता देखाएको छ ।
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तुत गरेको २७ सुत्रिय मागबारे विहिबार मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले संगठनले राखेका मागहरुबारे मन्त्रालय गम्भिर भएको जनाएको हो ।
   यातायात मजदुरहरुको ज्याला बृद्धि तथा निर्धारण, देशभरीका यातायात मजदुरहरुको लगत संकलन, सडकमा हुने गुणडागर्दी, विभिन्न वहानामा मजदुरबाट रकम असुली, ट्राफिक प्रहरीको ज्यादती, सवारी ऐन २०४९ को संशोधन, तथा विमा रकममा दायरा बढाउने र कमजोरीहरुलाई सुधार गर्ने लगायतका विषयमा संगठनले प्रस्तुत गरेको मागका विषयमा प्रकृया थाल्न मन्त्रालयकै सिनियर डिभिजन ईन्जीनिएर नविनकुमार पोख्रेललाई जिम्मा दिएको छ । मन्त्रालयको चासोप्रति हामी सकारात्मक छौं सचिव ज्युले गम्भिरता प्रस्तुत गर्नु भएको छ तर हामी निर्णायक छलफल र कार्यान्वयन नभएसम्म विश्वस्त हुनेछैनौ संगठनका केन्द्रीय अध्यक्ष राजिव घिमिरेले बताए । 
      सरोकारवाला सवैको परामर्शमा आवश्यक काम सम्पन्न गरि आउदो भदौ अन्तिमको छलफलले समस्याको किनारा लगाईने सचिव सिटौलाले जानकारी गराए । हाम्रो मन्त्रालय मात्र नभएर कतिपय सामाजिक सुरक्षासंग जोडिएका विष्याहरु छन् कतिपय गृह मन्त्रालयसंग जोडिएका विषयहरु भएकाले त्यसलाई व्यवस्थापन गर्दै मुर्तरुप दिन मन्त्रालयका सिनियर डिभिजन ईन्जीनीएर नविनकुमार पोख्रेललाई जिम्मा दिईएको सचिव सिटौलाले बताए ।
  सचिव सिटौलाले यातायात मजदुरहरुमाथी ट्राफिकको ज्यादती पछिल्लो समय बढेको भन्ने चौतर्फि गुनासोहरु आएकाले समस्या समाधानका लागी छुटै कमिटी बनेको छ त्यसको प्रतिवेदनपछि त्यो समस्याको किनारा लाग्ने बताए । सवारी ऐन संशोधनको काम प्रारम्भ भईसकेको, सडकमा बन्द हड्ताल जस्ता असोभनिय कामलाई नियन्त्रण गर्न मन्त्रालयले सवैको परामर्शमा नीतिगत निर्णहरु गर्ने स्पष्ट पारे ।
  संगठनले २०६७ चैत्र १६ गते नै मन्त्रालयसमक्ष २७ सुत्रिय माग पत्र प्रस्तुत गरेृका थिए । तोकिएको समयमा हाम्रा मागहरुलाई सम्बोधन नगरिए यातायात मजदुरहरु अब पर्खिएर बस्न नसक्ने अध्यक्ष घिमिरेले बताए । छलफलमा संगठनका सचिवहरु मायां वेगा, शम्भुप्रसाद नेपाल र भीमज्वाला राई सहभागी थिए भने मन्त्रालयका तर्फबाट सचिव सिटौला, मन्त्रालयका सिडिई पोख्रल, मेकानिकल इृन्जीनीएर बासुदेव पोख्रेल लगायतका सहभागी थिए ।

हामी के गरिरहेका छौ ?

      
   भीम राई ज्वाला...........................
आउदो मंसिर ४ गते सविधानसभाको दोस्रो निर्वाचनको समय तोकिएकोछ । यदी तोकिसकिएको समयमा संविधानसभाको निर्वाचन हुन सकेन भने के हुन्छ ? यस विषयमा नेपाली जनताका प्रतिनिधिका नाताले राजनीतिक दलहरुलाई अलिक धेरै जानकारी हुनु पर्छ ।  साचो अर्थमा अहिले दलहरु सत्ता पक्ष र प्रतिपक्षको दुई ध्रुवमा विभक्त छन् । संविधानसभा नहुदा देशले भाग्नु पर्ने परिणामका बारेमा राम्रो जानकार यीनीहरुनै हुन् तर जो छ सत्ता पक्ष र प्रतिपक्षको भूमिका त्यो भूमिका कारण आ आफ्नो अडानबाट पछि हट्न नसक्ने, एक कदम पछि हटिए राजनीतिक ईमान र जात जाने डरले टसको मस भएका छैनन् । राजनीतिक ईमानको नाममा घांटीमा फन्को मारिएको डोरीलाई दुईतिरबाट बेस्कन तानिरहेकाछौं ।
       बैद्य नेतृत्वको माओवादीले नेतृत्व गरिरहेको ३३ दलिय मोर्चा लामो समयदेखि संविधानसभाको निर्वाचनको कुरै सुन्न चाहिरहेका छैनन् । ३३ दलहरु सम्मिलित मोर्चाले निर्वाचनको किन विरोध गरेका होलान् यो सवैको प्रश्न हो उनीहरुतिर । कुनै दल एमाओवादीबाट टुक्रिएर बनेको पार्टी छन्, कुनै दल नेकपा एमाले बाट चोईटीएर बनेका छन्, कोही मधेशी मोर्चासंग बाउठीएर छुट्टीएका छन् अब आफु चोईटीएर आएका दलहरुले निर्वाचन गर्नु पर्छ भनेपछि त्यसको खुलेरै विरोध गर्नु पर्ने बाध्यता मोर्चाको हो भन्ने देखिन्छ । यी दलहरुको यो गतिविधि नियाल्दा नेपाली उखान झै सौताको रिसले पोईको काख बिगार्ने भने झै देखिएको छ ।
    दलिय गठबन्धनले गरेका काम असंवैधानिक होलान्, ३३ दलहरुले भने झै  २०६९ चैत्र १ गते गरिएको २५ बुदें आदेश गैर न्यायीक होलान्, दलहरुले गरेको एकता राजनीतिक सिण्डिकेट नै भयो होला तर त्यो राजनीतिक प्रवृतिको विरुद्धको मुद्धा हो त्यसलाई दलिय हिसावले न्युनिकरण गर्ने उपायको खोजी गर्नसक्दा राम्रो हुन्थ्यो होला । ती राजनीतिक एजेण्डालाई दलहरुसंगको असन्तुष्टिलाई संविधानसभा हुननदिने विषयमा जोड्नु सान्दर्भीक देखिन्न । संविधानसभाको विषय दलहरुसंग मात्र भन्दापनि आम जनतासंग जोडिएको विषय हो नेपाली जनताको सदियौंदेखिको सपना गासिएको गणतव्य हो । त्यसलाई नै प्रभावित गछौं हुनदिन्नौं अथवा बहिष्कार गछौं भन्नु सर्वथा गलत विषय हो ।
       अहिले ३३ दलिय मोर्चा नामको कोकोहोलोले तोकिएको समयमा संविधानसभाको निर्वाचन होलाकी नहोला भन्ने दुविधा उत्पन्न भएको छ । तर के बुझ्न जरुरी छ भने उनीहरुको मागको उठान सहि होकी होईन भन्ने जनता नजिकबाटै अध्धयन गरिरहेका छन् । सरकारले हामी सेना लगाएरै भएपनि हामी चुनाव गछौं भन्दा पनि जनताले त्यो सरकारी उर्दी र धम्कि सहि होईन भनेका थिए । एमाओवादीले वाईसिएल परिचालन गरेरै भएपनि चुनाव गराउछौं भन्दा पनि एमाओवादीको सनकी र जंगली समयको अन्त्य भईसकेको खुलेर अभिव्यक्त गरेका थिए । तर ३३ दलीय मोर्चाले पनि अब हामीले जेगर्दा र जे भन्दापनि हुन्छ भन्ने नठान्दा हुन्छ । जनताको चेतनास्तरले कुनैपनि असान्दर्भिक धम्कि र दग्याईलाई माफी दिने छैनन् ।
      श्रावण २२ गते मंगलबार ३३ दलिय मोर्चाले राजनीतिक समितिस“ग १८ बुदे प्रस्ताव प्रस्तुत गरिसकेकोछ । मोर्चाले २५ बु“दे बाधा अड्काउ फुकाउ आदेश खारेजी, संयुक्त सरकर गठन, पूणर््ँ समानुपातिक निर्वाचन प्रण्ाँली, नेपाल र भारतबीच भएको असमान सन्धिसम्झौता खारेज, नागरिकता ऐन संशोधन लगायतका विषयहरु उठान गरेका छन् विषयहरु कतिपय अवस्था सहि भएपनि राष्ट्रिय सवालभन्दा राजनीतिक शाख बृद्धिको विषयलाई केन्द्रीत गरेको देखिएको छ । छलफलबाट समेत पन्छीएपनि सरकारले पुन छलफलमा बोलाएको छ । अब फेरीपनि यो या त्यो अर्थमा निर्वाचनबाट पन्छिने बाधा अवरोध कायमै राख्ने हो भने सांचो अर्थमा त्यो हर्कतले रुपमा संविधानसभाको निर्वाचनको  विरोध भएपनि सारमा देशको परिवर्तनप्रतिको एउटा प्रकृया र विकासको विरोध हुनेछ ।
   २४ श्रावण २०७०
 समय ः राती ११÷ ३६
औजार दैनिक कार्यालय 
   

दिल्ली दौडका प्रतियोगीहरुको नाममा



भीम राई ज्वाला...................

    दिल्ली दौडको पछिल्ला प्रतियोगी बनेका छन् नेपाली कांग्रेसका सभापति सुशील कोइराला । उनी आईतबार दिल्ली यात्रामा निस्किएकाछन् यो दौडको श्रृखलामा एमाओवादीका अध्यक्ष प्रचण्ड, काग्रेसकै बरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधव नेपाल दौड पुरा गरिसकेका छन् बैशाख दोस्रो साताबाट प्रचण्डबाट सुरु भएको दौडमा शुशिल चौथौं प्रतियोगी बनेका छन् ।
     दोड एकसाथ छैन फरक फरक छ नतिजा कस्तो आउछ र कसको पक्षमा आउछ यसै भन्न सकिन्न तर नेपाली जनताले सातदेखि बुझ्दै आएको कुरा के हो भने परिणाम नेपाल र नेपाली जनताको पक्षमा हुनेछैन नेपालको स्वाधिनता र राष्ट्रिय अखण्डताका पक्षमा हुने छैन । नेपाल र नेपालीको अहितमा हुने त्यही कुटिल प्रतियोगीतामा नेपालका राजनीतिक दलका नेताहरुले दिल्लीको उस्तादहरुसामु किनाराका साक्षि बनेर स्विकारोक्तिको हस्ताक्षर धस्काएर आउने गरेका छन् यस पटकको दौडको मकसदपनि त्यही हो ।
      नेपालको तालाचाबी आफ्नो धोतीको फेरोमा पोको पारेर करिव सात दशकदेखि दिल्ली नेपालमाथी हावी भईरहेको छ । सरकार ढाल्नु प¥यो दिल्लीको साथ, सरकार बनाउनु प¥यो दिल्लीको सहयोग, प्रधानमन्त्री – मन्त्री बन्नु बनाउनु प¥यो दिल्लीको समर्थन यहासम्म कि मन्दिरको पुजारी नियुक्त गर्नु पर्दा समेत दिल्लीको स्वार्थ । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिदैछ निर्वाचन सम्पन्न गर्ने काम राजनीतिक दलहरुको हो तर दिल्लीले के भन्छ ? नेताहरुलाई त्यही चिन्ता छ र त दिल्ली दौडमा छन् क्रमशः सोध्दैछन् प्रभो के गरौं ?
     राष्ट्रियताका सवालमा दलहरु एक भईदिएका थिए भने नेपालको यो दुर्दशा हुने थिएन कमतीमा पराधिनताको मानशिकताबाट मुक्त हुन्थे र देश र जनताको भविष्य आफैले कोर्ने हिम्मत गर्थे भनेपनि राष्टिय स्वाधिनता दिल्लीको गुलाममा लिलाम हुने थिएन । पाखण्डीपना त कहां देखिन्छ भने दिल्ली दौडमा लामबद्ध हाम्रा नेतृत्व त्रिभुवन अन्तराष्टिय विमान स्थलसम्म राष्ट्रियताको खुबै चर्का कुरा गर्छन तर ईन्दीरा गान्धी विमान स्थल अवतरण हुनेबीतिकै राष्टवाद चाकडीबादमा विसर्जन हुने गर्दछ नेपाल आईपुग्दा गोपीकृष्ण कहो मात्र बाकीरहन्छ ।
      आखिर के हुन सक्ला दिल्ली दौडको मुल उदेश्य ? श्रोत भन्छ
     क) दिल्लीले ज्ञानेन्द्रलाई हटायो अब फेरी ज्ञानेन्द्रलाई राजगद्धीमा फर्काउन चाहान्छ । पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्रको देश दौडाहा र राहत वितरण जस्ता चलखेलले त्यही कुराको पुष्टि गर्छ ।
   ख) दिल्ली संविधानसभाको निर्वाचनका बारे मुखमा रामराम बगलीमा छुरा भने झै व्यवहार गरिरहेकोछ । खास अर्थमा दिल्ली नेपालमा संविधानसभाको निर्वाचन पक्षमा स्पष्ट छैन तर खुलेरै निर्वाचनको विपक्षमा बोल्न नमिलेपछि नेपालका प्रमुख दलहरुलाई बोलाएर आफ्नो ईन्ट्रेस्ट क्रमिक शेयर गरिरहेकोछ साचों अर्थमा सुरुमा कन्भीन्स नभए जवरजस्त शैलीलाई आत्मसात गरिरहेछ । त्यसकालागी नेपाली राजनीतिमा जती संक्रमणकाल तन्कीरहन्छ दिल्ली मिशन त्यतिनै अनुकुल बन्नेछ । 
ग) संविधानसभाको निर्वाचन भयो भने नेपाल संघिय राज्य बन्नेछ तर नेपाल संघिय राज्य बन्दा दिल्लीलाई बेफाईदा छ त्यस कारण पनि संघ राज्य निर्माणको मुहान भनेको संविधानसभाको निर्वाचन हो नजिकिदो संघ राज्यको मुहानलाई थुन्ने प्रयास दिल्ली दौडको रुपमा मुखरित भईरहेछ । दिल्ली लामो समयदेखि क्याल्कुलेशन गरिरहेकोछ केन्द्रीकृत नेपालका नेताहरुलाई नियन्त्रण जती सहज छ संघ राज्यका प्रमुखहरुलाई समेत नियन्त्रण गर्न दिल्लीलाई चुनैतीपूर्ण हुनेछ । भारतको जानी दुस्मन चिन पायक नेपालका राज्यहरु त झन दिल्लीकालागी अभिशाप हुनेछन ।
      घ) आफ्नो स्वार्थ पुरा गर्ने दिल्लीको उत्तम माध्यम नेपालका मधेशबादी दलहरु थिए त्यही बाटो भएर दिल्ली दलाली नेपालको राजनीतिसम्म प्रबाहित भईरहेका थिए । नेपालमा संघ राज्य निर्माणको बहस चलिरहदा मधेशबादी दलहरुले समग्र मधेश एक प्रदेशको असम्भव माग तेस्र्याएका थिए त्यो अरु कुनै बाटो नभएर दिल्लीको बाटो भएर आएको गलत माग थियो ।
 तर लोभ र डाहाले ग्रस्त ¥याले मधेशी नेताहरुकै कारण मधेशबादी दलहरु विभिन्न टुक्रामा छिन्नभिन्न भएपछि दिल्लीको सहजबाटोपनि असजिलो भएको हो । त्यही भएरपनि दिल्लीले मधेशी नेताहरुलाई नबोलाई अन्य दलहरुलाई मात्र दिल्ली दौड प्रतियोगीतामा सामेल गराएका हुन् मधेशी नेतालाई बोलाउदा समेत दिल्लीको गोप्य पोल खुल्ने डरलेपनि दिल्लीले अहिलेसम्म मधेशीको नाम टिपेको छैन तर यदी निर्वाचनको मिति अगावै कुनै मधेशी नेतालाई दिल्ली बोलाई हालेछ भनेपनि कुनै अनर्थ नमाने हुन्छ ।
    भारतीय समर्थन र विरोधविना नेपाली राजनीतिको सिन्को ओल्लो छेउबाट पल्लो छेउसम्म सरेको छैन २००७ सालमा राण्ाँशासन अन्त्य गर्न राजा त्रिभुवनलाई दिल्लीको साथ, २०१७ साममा राजा महेन्द्रले गरेको राजनीतिर्क कु” दिल्लीकै समर्थनमा राजा मेहेन्द्रले गरेका थिए । ०४६ सालको प्रजातान्त्रिक आन्दोलनको सफलता कम्युनिष्ट र काग्रेसलाई एक थाउमा उभ्याउने काम दिल्लीले नै गरेको हो, दिल्लीले सेल्टर नदिएको भए १० वर्षे माओवादी विद्रोह सम्भवनै थिएन । ०६३ सालको परिवर्तनको जग सात राजनीतिक दलहरुबीचको. १२ बुदे सहमति जो दिल्लीमै भएको थियो ।
   सतहमा हेर्दा नेपालको लोकतान्त्रक परिवर्तनकालागी दिल्लीले लामो समयदेखि साथ दिदै आईरहेको देखिन्छ साचों अर्थमा भने त्यस्तो होईन भन्ने बुझ्न जरुरी छ । कुनै विषयमा साथ दिएको जस्तो गर्ने र साच्चीकै परिवर्तनको दिशामा पुग्दा त्यसलाई रोकेर परिवर्तनका बाधक शक्तिलाई औंला दिने दिल्लीको  नकारात्मक भूमिका नेपालकालागी सर्वथा बाधक र घातक सावित भईसकेको छ । यतीहुंदाहुदैपनि हुन लागीरहेको संविधानसभाको दोस्रो निर्वाचनमा पनि नेपालका सबै राजनीतिक दलहरुलाई दिल्लीकै साथ चाहिएको छ । यो दौडलाई नियाल्दा लागीरहेकोछ ईमान्दार भएको अभिनय गरिरहेको बिरालोको सामु मुसाहरु तांत लागेर दर्शन गर्न गईरहेका छन् र भन्दैछन् प्रभो हाम्रो जिवनदाता ।
    तर हाम्रा प्रतियोगीहरुको मानशिकता यस्तोछ प्रचण्ड दिल्लीप्रति लचकता देखाउदै द्धन्द्धकालमा भारतलाई गरेको गाली र विस्तारबादी आरोपबाट उन्मुक्त हुन चाहान्छ ।  जसको उदाहरण चीन जादा पनि भारतीय राजदुत जयन्त प्रसादले अनुमति दिनु पर्ने अवस्था रह्यो । पछि सुनियो कि का“ग्रेस आइकी अध्यÔ सोनिया गान्धीलाई नभेट्नुले उनको यात्रा खल्लो भयो रे । उनले भारतका शक्तिशाली कर्मचारी र पूर्व कर्मचारीस“ग विगतको गल्तीप्रति माफी दर्शाएरै फर्के ।
   शेरबहादुर देउवाको कुरै नगरौं काग्रेस भनेको भारतको नेपाल ब्रान्च जस्तै हो । सुशील कोइराला नबोलाई भारतले देउवालाई किन बोलाए ? अब का“ग्रेसमा मुख्य शक्ति देउवा नै हुन् भन्ने हल्लीखल्ली काग्रेस र काग्रेस ईतर मज्जैले चल्यो देउवा दंग परेर फर्किए । उनलाईपनि के लाग्यो भने शुशिल भन्दा मै महत्वपूर्ण तर यीनीहरुलाई थाहा हुनु पर्ने हो फुटाउ र शासन गर भन्ने साम्राज्यवादी तथा विस्तारवादीहरुको मुल अस्त्र हो ।

  पालो माधवकुमार नेपालको नेपालको यात्राले ठुलैै चर्चा पायो । सञ्चारजगतमा राम्रै चर्चा भयो तर, उनको यात्रा हल्ला गरिए जतिको महत्वको होइन भनी भारतीय अधिकारीले खुलासा गरे । दिल्ली उड्नु अघिसम्म संविधानसभाको विकल्प छैन कसैले यस्ता कुरा सोच्छन भने त्यो नेपालको लोतन्त्र संघियता र परिवर्तनको विरोधी हो भन्थे दिल्ली दौडबाट फर्किएपछि उनको गोपीकृष्ण कहो सुरु भईसकेको छ उनी भन्न थालेका छन् निर्वाचन नभए जनमतसंग्रह गर्नु पर्छ ।
  सुशील भारत घुम्दैछन् दिल्लीकालागी गोपीकृष्ण कहो चाडै र सहजै अनुकरण गर्न सक्ने राम्रो क्वालिटीको सुगाकारुपमा लिने गर्दछ । सायद नक्कलका बान्की कपी गर्दैछन उनको पेष्ट कस्तो हन्छ चार दिनपछि थाहा भईहाल्छ ।
   यसरी दिल्लीले हाम्रा नेताहरुको एक–एक गरी नाडी छाम्ने हेतुले दौडको आयोजना गरेको छ । स्पष्ट छ खिलराजपछि स्थान सुरक्षित गर्ने आ आफ्ना एजेण्डा कुनैले छुटाउने छैनन् दिल्ली समक्ष त्यही एउटा अबसरकालागी पालै पालो दिल्ली पुगेका हाम्रा नेताहरु दक्षिण एशियामा शक्तिशाली बन्ने केमिकल मिश्रीत दिल्ली ब्राण्डेड लालीपप चाटेर फर्किदैछन् र जिब्रो फट्कार्दै भन्दै छन् नेपालको राष्टिय«य स्वाधिनता र राष्टिय«य अखण्डताकालागी हामी ज्यान दिन तयारछौं ।
    अनलाईनखबरडटकममा प्रकाशित लेख

धराप थाप्नेहरुकालागी


  • भीमज्वाला राई
   सगरमाथामा चढ्न सहज हुने भए सबैले चढ्ने थिए तर त्यसको कुनै महत्व हुन्न थियो । विश्वको सवैभन्दा अग्लो चुचुरो सगरमाथा चढ्न धेरै चुनौती छ र नै सगरमाथा चढ्नुको महत्व छ ।
    फरक यती छ सगरमाथा चढ्दा प्राकृतिक अडचनहरु छन् प्राकृतिक रुपमा तेर्सिएका अड्चनहरु अमुर्त र अज्ञान छन् फरक मात्र यती हो उनीहरुको प्राकृतिक विशेषता मानवीय विशेषतासंग प्रतिकुल बन्न जान्छन् र मानवीय चेतनाले बनाएको योजनासंग बेमेल हुन जान्छ र मानव समुदाय पूवै सचेत हुन्छन् र प्राकृतिक प्रतिकुलतालाई परास्त गर्ने प्रविधि र संयन्त्रबाट पूर्व तयारी हुदै विश्वको सर्वौच्च शिखरमा पाईला राख्ने उटकट चाहनाले चुचुरोतीर लम्कीरहन्छन् ।
      प्रकृति कतिपय सन्दर्भमा मानवको स्वभावजन्य हुन नसक्दा हाम्रालागी भयानक बन्ने गर्दछ तर प्रकृतिको कुनै स्वार्थ हुन्न प्रकृतिले मानिसलाई असर गरौं भन्ने नहुदानहुदै त्यसले हामीलाई गम्भिर असर गर्दछ तर यो चराचर जगतमा मान्छेहरु प्रकृतिभन्दा भयानक भएर आईदिने गरेको छ त्यो प्राकृतिक विनास भन्दा धेरै खतरनाक हुने गर्दछ । अझै डरलाग्दो कुरो के हो भने प्रकृतिको भयानकताको बोध पूर्व अनुमान गर्न सकिने भएकाले हामी जोगीने उपाएको बारेमा सचेत बन्न सक्छौं तर मानविय भयानकतालाई बाहिरी आवरणबाट सहजै अनुमान लगाउन नसकिने भएकाले यसले भित्रभित्रै पार्ने असरबारे चाल पाउन सकिन्न र अन्तिममा आफु समाप्तीको दिशामा आईसक्दा मात्र वा समाप्त भईसक्दा मात्र थाहा पाईने गर्दछ ।
      मानविय भयानकता आवरणमा नदेखिने हुंदा यो बहुत आत्मीय भएर आउदो रहेछ कहिले सहयोगी भएर, कहिले हांसी हांसी गला जोडेर आउदोरहेछ र मुटुमा शुल रोपेर जांदोरहेछ सावधानी अपनाईएन भने जिवलाई समाप्त बनाईदिने धरापमा परिंदोरहेछ । तर यसबाट बच्न सकियो भने जिवनलाई न्यायका निम्ति देखिएको सपनाको यात्रामा पाईलाहरुलाई डो¥याउन अचाक्ली काईदा पनि हुदोंरहेछ ।
      मलाई अहिले त्यस्तै अचाक्ली काईदको अनुभूत भईरहेछ, विषलाई दुधमा मिसाएर मलाई पिलाउन खोज्नेको हात आफै कम्पन भएर विष छताछुल्ल बनेकोछ, मेरो मुटुको दिशा भएर आएको शुल आफै दोब्रिएर भुत्ते भएको छ काडांका धराप छतविछत भएको छ म निसन्देश मेरो सपनाको यात्रामा दौडिन तल्लीन छु । मेरा दुर्भाग्यको कामनामा चाकडीका ढोका धाउनेहरु आफै लत्रीएका छन् ।
  नेकपा एमाले सुनसरीको २०६६ सालमा भएको पांचौं अधिवेशनमै मेरो काम र जिम्मेवारीका कारण प्रचार विभागको जिम्मेवारी पाउने पक्कापक्की थियो तर त्यो पक्कापक्की बालुवाको महल जस्तै भत्कीएका थिए । चार वर्षसम्म मैले उप प्रमुखको भूमिकामा पार्टिका काममा सक्रियता जनाए । २०७० साल जेठ ४, ६ सम्म पार्टीको छैठौं जिल्ला अधिवेशनमा धेरैको कामनालाई भत्काउदै मेरो उपस्थिति जिल्ला कमिटीमा पुन दोहोरियो । मेरो कार्यक्षेत्र मैले रगत पसिना बगाएको भुगोल मजदुरहरुबीचमै हो तर मेरो जिवीकोपार्जनको माध्यम पत्रकारिता हो यो पेशा किन भन्ने मैले अघिल्लो अंकमैपनि उल्लेख गरिसकेको छु त्यसकारण मेरो पेशा र पार्टीको प्रचारको कामको हिसावले मेरो उपस्थिति प्रचार विभागकालागी जरुरीपनि थियो र त्यो जिम्मेवारीलाई सम्हाल्दा मेरो भूमिकाले न्याय गर्दछ भन्ने मेरो बुझाईपनि हो ।
   साउन १७ गते पार्टीको जिम्मेवारी बांडफांडको बैठक थियो तर बजारमा लामो समयदेखि एउटा समुहले भित्रभित्रै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा मेरो विपक्षमा घरदैलो अभियान चलेको मैले सुईको पाएको थिए । मैले कसैलाई त्यो पदकालागी मलाई लानु पर्छ भन्नु जरुरी पनि थिएन, यो स्थान भएन भने म पार्टी काम गर्दिन भन्नु पनि थिएन किन भने २० वर्षको यो सांगठानिक जिवनको अनुभवमा कहिल्यै पद रोज्ने र खोज्ने काम गरिन ।
      मेरा विपक्षमा लागेकाहरुको कुरा भने अध्यक्ष रेवतीरमण भण्डारीले राम्रैगरी सुनेको मैले अनुभूत गरे भण्डारी कमरेडको गोडा मोल्नेहरुले राम्रै ब्राण्डको तेल प्रयोग गरेछन् वहां प्रभावितपनि भईहाल्नु भएछ र मेरो लेखिएको नाम समेत काटेर उप प्रमुख बनाउनु भएछ र प्रमुखमा अध्यक्ष आफ्नै नाम राख्नु भएछ फेरी पनि मैले केही भनिन । धन्यवाद सचिव कमरेड मोतराज सुनुवार, सदस्य क. प्रदिप भण्डारी, क. रमेश बस्नेत तथा धरान नगर अध्यक्ष तारा सुब्बालाई वहाहरुले नै मेरो पक्षमा त नभनौ तर मैले यस विचमा पार्टी काममा पु¥याएको भूमिकाको कुरा गरिदिनु भएछ र फेरी मेरे पदको अगाडी लेखिएको उप भन्ने शब्द काट्न लगाउनु भएछ रेवतीरमण भण्डारीलाई र प्रमुख लेख्न लगाउनु भएछ ।
     यो जिम्मेवारी मेरो जिवनको महत्वपूर्ण पद होईन मैले हौसिनु पनि जरुरी छैन मेरा विरुद्धमा लाग्नेहरुलाई हेरेर निराश हुनु जरुरी पनि छैन तर यो एउटा खुडकीलो हो खुड्कीलो चड्नबाट रोक्नेहरु जसरी असफल बने विरोधीहरुलाई मेरो कल्पनाको लामो राजनीतिक जिवनभरी यही उपहार दिईरहने मेरो अर्को सपना पनि हो सायद म सफल हुन्छु होला ।
    १८ श्रावण, २०७०
राती ः ११÷२५ औजार कार्यालय धरान

बढ्यो निर्वाचनको सम्भावना



उमेद्धवारी दर्ता अशोज ७ र १० गते
धरान । मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि निर्वाचन आयोगले बिहिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको क्रियाशिलतासंगै तोकिएकै समयमा निर्वाचन हुने सम्भावना प्रबल बन्दै गएको संकेत देखिएको छ ।
           निर्वाचन कार्यक्रम अन्तरगत प्रत्यÔतर्फको उम्मेदवारी दर्ता असोज १० गते र समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले असोज ७ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
   निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार दलहरुले विहान १० बजेबाट ५ बजेसम्म निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सक्ने उल्लेखछ ।
              ८ गते दलहरुको नाम सार्वजनिक गरिनेछ भने ९ गते मनोनयन फिर्ता तथा १० गते अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । तालिका अनुसार असोज ११ गते राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । असोज ३१ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गरिनेछ भने दावीविरोध फिर्ता लगायतको प्रक्रिया पूरा गरेपछि कात्तिक २३ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी पहिलो हुने निवाचन प्रण्ाँली अर्थात प्रत्यÔतर्फका उम्मेदवारहरुको मनोनयनपत्र दर्ता असोज १० गते निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकामहरुमा हुनेछ । जुन ११ गते मनोनयन पत्र दर्ताको सूची प्रकाशित हुनेछ भने १२ गते दावीविरोध, १३ गते जाचबुझ र १४ गते उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै १५ गते उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ भने १६ गते अन्तिम नामावली प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार प्रत्यÔतर्फका उम्मेदवारहरुलाई असोज १८ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।
     निर्वाचन पक्रियास“ग असन्तुष्ट दलहµस“ग सरकारले छलफल गरिरहेका बेला निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरेपछि मंसिर ४ निर्वाचन हुने सम्भावना प्रवल देखिएको छ । एकातिर सरकारले निर्शत वार्तामा वोलाएको भन्दै बैद्य माओवादी वार्ताका लागि सकारात्मक देखिएको छ भने अर्कातर्फ आयोगले चुनावी कार्यक्रम सार्वजनिक गरेर निर्वाचन हुने सम्भावना बढाएको छ ।
  निर्वाचन कार्यक्रमले ततायो गठबन्धनलाई
धरान । निर्वाचन आयोगले निवाृचन कार्यक्रम सार्वजनिक गरे लगतै एमाओवादी अध्यÔ प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गण्ँतान्त्रिक गठनबन्धनमा संलग्न दलहरुबीच आगामी चुनावमा तालमेलको प्रयास भएको छ ।
               गठवन्धनको बिहीबार बसेको बैठकले एकअर्का सहयोगी भएर अघि बढ्ने नीति पारित गरेको हो । गठवन्धनले चुनावमा साझा उम्मेदवार र घोÈण्ाँ पत्र बनाएर जाने प्रयास गरेकाछन् ।
    बैठकले संविधानसभाको निर्वाचनसम्म गठवन्धनलाई कायमै राख्ने निणर््ँय गरेको फोरम लोकतान्त्रिकका अध्यÔ विजयकुमार गच्छदारले जानकारी दिनुभयो । मंसिर ४ को निर्वाचन सफल पार्न गठवन्धनको औचित्य अरु बढेको नेताहरुको ठहर छ । बैठकले मंसिर ४ गतेको चुनावमा सहभागी हुने नेकपा–माओवादीसहितका दलहरुलाई आहृवान गरेको छ । तर गठबन्धन बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताहरु उपस्थित भएनन् । मधेसी गठबन्धनभित्रै पनि विजयकुमार गच्छदारस“ग अन्य दलका नेताहरुको अन्तरविरोध बढ्न थालेको अवस्थामा दुई दलको अनुपस्थितलाई अर्थपूणर््ँरुपमा लिन सकिन्छ ।

आगामी चुनावमा एमाओवादी र मधेसी मोर्चावीच साझा घोÈण्ाँपत्र र साझा उमेद्वारको चर्चा चलाइए पनि मधेसी दलहरुकै वीचमा पनि साझा उमेदवारीको सम्भावना कमजोर हु“दै गएको यसले देखाएको छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार निर्माण्ँस“गै एमाओवादीको नेतृत्वमा गठनभएको मधेसी– माओवादी मोर्चामा करिब डेढ दर्जन साना दलहरुसमेत सहभागी छन् । एमाओवादी अध्यÔ प्रचण्डले यो मोर्चालाई निर्वाचनपछिसम्म दीर्घकालीनरुपमा निरन्तरता दिनुपर्ने आए पनि एमाओवादी र मधेसी दलहरु मधेसको जनमतलाई कसरी आङ्खनो पÔमा पार्ने भन्ने विभिन्न दाउपेचमा लाग्दा गठबन्धन कमजोर बन्दै गएको छ ।
मधेसमा एमाओवादीले एक्लै आङ्खनो वर्चश्व कायम गर्ने रण्ँनीति लिएको छ भने मधेसी मोर्चामा रहेर पनि एक हुन नसकेका मधेसी दलहरु एमाओवादीको साटो आफैं श्रेष्ठ हुने उपायको खोजीमा छन् । यही दोहोरो दाउपेचका कारण्ँ गठबन्धनले साझा घोÈण्ाँपत्र र साझा उमेद्वार उठाउने भन्ने प्रचण्डको प्रस्ताव कार्यान्वयन नहुने अवस्था देखिएको छ । यद्यपि उनीहरुले कांग्रेस र एमालेलाई काउन्टर गर्नका लागि चुनावी तालमेलको रण्ँनीति अपनाएको अनुमान लगाउन सकिन्छ ।

उता साझा उमेदवार उठाउ“दा गठबन्धनमा रहेका रुक्मिण्ँी चौधरी लगायतका नाममात्रैका साना दलका नेतालाई पनि प्रत्यÔतर्फृको सीट बा“ड्नुपर्ने भएकाले साझा उमेद्वारको साटो तालमेलमात्रै गर्नेमा एमाओवादी नेताहरुले चासो दिएको बुझिएको छ ।
            सवै दललाई सहभागी गराऊ ः राष्टपति
राष्ट्रपति डा. रामबरण्ँ यादबले संविधानसभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनुभएको छ । एमाओवादीका अध्यÔ प्रचण्डलाई बिहीवार शीतल निवासमा भेट्दै सम्पूणर््ँ दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो ।
     निर्वाचनको विपÔमा रहेका दलहरुस“ग वार्ता गरी निर्वाचनमा सहभागी हुने वातावरण्ँ बनाउन पनि आग्रह गर्नुभएको थियो ।

सिट सख्यां कि आफ्नो मान्छे ?


धरान । संविधानसभाको निर्वाचनमा एमालेका तर्फबाट उमेद्धवार हुन चाहनेहरुलाई एमाले केन्द्रीय सदस्य तथा कोशी ईन्चार्ज रोजेन्द्र गौतमर्ले  सिट सख्यां कि आफ्नो मान्छे ?” भन्दै प्रश्न गरेका छन् ।
   अबको संविधानसभाको निर्वाचनपछि एमाले यो देशको पहिले शक्ति बन्दैछ त्यकारण एमालेलाई संविधानसभाको सिट सुरक्षित गर्नु छ त्यो काम सवै एमालेको आफ्नो मान्छे नहेर्नुस । उनले प्रश्न गरे  क्षेत्रको मतदाता तथा उमेद्धवारको लोकप्रियता हेरेर हेरेर जसले जित्छ त्यसैलाई पार्टीले टिकट दिन्छ पहिलो प्राथमिकता पार्टीले प्राप्त गर्ने सिटमा केन्द्रीत हुनुस ।
  पैसा र गाडी हुदैमा नेताहरुलाई एयरपोर्टमा लिन धाउनेलाई एमालेले संविधानसभाको निवाृचनमा टिकट दिदैन उमेद्धवारको योग्यता र मापदण्डलाई आधार मानेर मात्र एमालेले उमेद्धवार बनाउछ । गलत विचार र परम्परालाई एमालेले कुनैपनि हालतमा साथ दिदैन ।
विहिवार ईटहरीमा नेकपा एमाले सुनसरीको दोस्रो बैठकलाई सम्बोधन गर्दै संविधानसभाको निर्वाचनको समय नजिकिईरहदा सरकार र एमाओवादीले निर्वाचनको वातावरण विगारीरहेको नेकपा एमाले नेता गौतमले बताएका छन् ।
     सरकार सेना परिचालन गरेरै भएपनि निर्वाचन गराएरै छाड्छौं भन्दैछ, एमाओवादी वाईसिएल भिडाएरैपनि निर्वाचन गछौं भन्दैछन् यस्तो जवरजस्तीले आसन्न संविधानसभाको निर्वाचनलाई सहयोग होईन विथोल्ने काम गर्छ कोशी अञ्चल संयोजक समेत रहेका गौतमले भने । उनले भने भड्कीईरहेका बैद्य नेतृत्वको माओवादी, मधेशी तथा अन्य क्षेत्रीय पार्टीहरुलाई एक ठांउमा ल्याएर समयमै निवाृचन गराउने काम सरकार तथा प्रमुख दलहरुको हो बल प्रयोग गरेर तह लगाउछु अनि निवाृचन सम्पन्न गर्छु भन्नु बेठिक हो ।

       एमाले केन्द्रीय कमिटीको जारी २२ औं बैठकले तत्कालका लागी पार्टीको महाधिवेशन भन्दा निर्वाचनलाई प्राथमिकतामा राखेकाले निवाृचनपछि फागुन १५ भित्र मात्र पार्टीको महाधिवेशन हुने बताए । एमालेले सञ्चालन गरेको संविधान सभाका लागी पार्टी परिचालन अभियान २०७० उपलब्धीमुलक भएको बताउदै अबको निवाृचनपछि एमाले प्रथम शक्तिका रुपमा उदाउने बताए ।
  हामीले हावादारी आधार प्रस्तुत गरेका होईनौं जनताको घरदैलोमा पुगेर एमालेका कार्यकर्ता तथा नेताहरुलाई दिएको जनमतले एमाले अब प्रथम शक्तिका रुपमा उदाउदैछ भन्ने हाम्रो ठोकुवा हो गौतमले भने तर एमालेको नेता कार्यकर्ता चुपचाप बस्नु हुदैन अभियानको प्रारम्भिव परिणामको जगमा टेकेर जनताका बीच निरन्तर गईरहनु पर्छ ।
    भावी संविधानसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुसंग आवश्यक्ताका आधारमा एमालेले सहकार्य गर्ने बताए । बैठकले संविधानसभा निर्वाचन, कार्यविभाजन तथा पार्टी परिचालनका सन्दर्भमा महत्वपूर्ण निर्णयहरु गरेको छ बैठकका निर्णयहरु आज शुक्रबार ११ बजे ईटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईन प्रचार विभागका प्रमुख भीमज्वाला राईले बताए ।
   पार्टी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी सचिव जिवन घिमिरे, अञ्चल प्रचार विभाग प्रमुख घनश्याम खतिवडा, पुर्व सभासद धर्मराज निरौला लगायतको सहभागीता थियो ।



 
  

यौन पिपासु प्रिन्सिपलको कर्तुत खुल्दै


यौन पिपासु प्रिन्सिपल कपिङ कपुर  र नाराम्इम्मानुएल इन्टरनेशनल बोडिङ  स्कुल 

बिना अनुमति विद्यालय सञ्चालन,  विना तलव शिक्षक, शिक्षिका काम गर्न बाध्य

धरान । धरान १९ जिमि लाईस्थित इम्मानुएल इन्टरनेशनल बोडिङ स्कुलका यौन पिपासु प्रिन्सिपल कपिङ कपुर नाराम्को एकपछि अर्को कर्तुत खुल्दै गईरहेको छ ।
        छात्राहरुलाई यौनशोषण गर्ने गरेको तथ्य सार्वजनिक भएसंगै सो स्कुल समेत गैर कानुनीरुपमा सञ्चालन भईरहेको र विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तलव नदिई काममा लगाउने गरेको पाईएको छ । छात्राबासमा रहेका छात्राहरुलाई लठ्याउने औषधि खुवाएर वर्षौदेखि यौनशोषण गर्दै आएको पीडित छात्राहरुले सोमबार खुलासा गरेका थिए । पीडित छात्राहरुले आफूहरुलाई संवेदनशील अंगमा हात हाल्ने अंगालो हाल्ने गरेको बारम्बार यौनशोषण गर्ने गरेकोसमेत छात्राहरुले जानकारी गराएका थिए । हाल स्कुलमा ३१ छात्रसहित ५३ जना विद्यार्थी अध्ययनरत छन् । ९ देखि १६ वर्षसम्मका विद्यार्थीहरु अध्यानरत छन् ।
सन् २००० अर्थात शैक्षिक सत्र २०५७÷०५८ सालमा प्राविको अनुमति लिए पनि निमावि अर्थात कक्षा ७ सम्म विद्यार्थीहरुलाई पठनपाठन गर्दै आएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार २०५७ कात्तिक ७ गते माविका लागि अनुमति माग गरे पनि विद्यालयको अवस्था मूल्याकंन गरी प्राविसम्ममात्रै प्रदान गरेको तथ्यांक छ ।
हालसम्म पनि विद्यालयले प्राविदेखि निमावि बनाउनका लागि निवेदन नदिएको धरानका स्रोत व्यक्ति महेन्द्र कायस्थ बताउँछन् । प्राविको लागि अनुमति लिएको विद्यालयले छात्रावासको लागि पनि अनुमति लिएको अवस्था छैन् । स्रोत व्यक्ति कायस्थले भने–‘विद्यालयमा छात्रावास संचालन गर्दा अनुमति लिनुपर्छ । तर, त्यो लिएको पाइदैन ।
उनले एउटै कोठामा २५ जना छात्राहरुलाई राख्ने गरेको पाइएको छ । त्यस्तै कक्षा कोठाको पनि दुर्गन्धित र फाहोर साथै विद्यार्थीहरु बस्न सक्ने अवस्थाको थिएन् । विद्यार्थीहरुले आफैले खाना पकाउने साथै लुगा धुनु पर्ने बाध्यता भएको बताएका थिए । उनीहरुले चामल भए पनि तरकारीहरुको व्यवस्था नहुने गरेको कक्षा सातमा अध्ययनरत एक भारतीय विद्यार्थीले भनेका थिए । हाल त्यहा ६ भारतीयसहित अन्य नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
म्याद थपेर कारबाही सुरु
छात्राहरुको उजुरीका आधारमा सोमबार पक्राउ परेका प्रिन्सिपललाई मंगलबार प्रहरी थप अनुसन्धान गर्नु पर्ने भन्दै म्याद थप गरेको छ ।  अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने पक्राउ परेकी उनकी श्रीमती रेदिला कपुर नाराम्लाई हाजिर हुने शर्तमा छाडिएको छ । श्रीमती रेदिलाविरुद्ध जाहेरी नपेरपछि उनलाई हाजिर हुने शर्तमा छाडिएको इप्रका धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले बताए ।
  
समाजलाई बदनाम गराउने र नराम्रो कार्य गरेको भन्दै धरान १९ का स्थानीयवासी युवाहरुले विद्यालय सो स्थानमा राख्न नदिने भएका छन् । गैर नागरिकले संचालनमा ल्याएको विद्यालय त्यसमा पनि विद्यार्थीहरुमाथि हुने अमानवीय व्यवहारले समाज विग्रिने भन्दै विद्यालय राख्न नदिने भएको स्थानीय युवा विरेन लिम्बूले बताए । युवाहरुले अन्य विद्यार्थीहरुको लागि पनि छुट्टै व्यवस्था गर्ने सोचमा उभिएका छन् ।
    विना तलव शिक्षकहरु
स्कुलमा कार्यरत शिक्षकहरु बिना तलव काम गराउने गरेको पाइएको छ । त्यहा कार्यरत ६ जना शिक्षकहरुलाई नै बिना तलव काम गराउने गरेको गुनासो गरेका छन् ।
दुई स्थानीयसहित ६ शिक्षकहरुले हालसम्म तलव नपाएको बताएका छन् । दुइवर्षदेखि कार्यरत भारत मणीपुरकै एक शिक्षकले आफूले हालसम्म तलव नपाएको गुनासो पोखे । उनले स्वयंसेवकको रुपमा मात्रै काम गराउने गरेको बताएका छन् । ‘अहिलेसम्म तलव पाएको छैन’–उनले भने । त्यस्तै नाम नखुलाउने शर्तमा स्थानीय शिक्षिकाले पनि कसैलाई पनि तलव नदिने गरेको बताइन् ।
उनले स्वयंसेवकको रुपमा कार्य गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘तलवको रुपमा भन्दा पनि स्वयंसेवको रुपमा मात्रै शिक्षक राखिएको छ’ उनले भनिन्–‘कहिलेकाही पकेट खर्चका लागि मात्रै दुई–तीन हजार दिने गथ्र्यौ ।’ तलव नदिएकै कारण पनि धेरै शिक्षकहरुले छाडेर जाने गरेको उनीहरुको भनाइ छ । संचालनदेखि हालसम्म करिव ५० जना भन्दा बढी शिक्षकहरु विना तलव काम गरेको विद्यालयका जानकार बताउँछन् । क्रिश्चियन मेसिनरी स्कुल भएकाले पनि ३–४ महिनाका लागि भारतबाट शिक्षकहरु आउने अध्यापन गराउने अनि फर्कने गरेका छन् ।
विशेष गरी भारत बैंकलोरको विविसी क्रिश्चियन सोसाइटीबाट दक्षिण भारतीय शिक्षकहरु आउने गरेका छन् । सधैभरीका लागि भारतको मणीपुरबाट ल्याए पनि उनीहरुलाई खानमात्रै दिने गरेको एक जानकारले बताए ।

 को हुन कपिङ

सन् २००० मा स्कुल अनुमति लिएपछि भारतको मणिपुर प्रान्तबाट ल्याइएका शिक्षक हुन् कपिङ कपुर नाराम् । उनले बैंगलोरबाट डेभिनिटीमा स्नात्तकोत्तर गरेका छन । क्रिश्चियन समाजका उनी बैंगलोर विविसी क्रिश्चियन सोसाइटीबाट संचालित व्यक्ति हुन् ।
उनले सोही सोसाइटीमार्फत् अनुदान लिएर स्कुललाई संचालनमा ल्याएका हुन् । तर, संचालन पूर्व त्यस स्कुललाई भारत मणीपुर मिजुराङका जोन माराम्ले धरान–७ शान्तिपथमा दुई कोठा लिएर सन् १९९९ मा संचालमा ल्याएका थिए । तर, उनी पनि विद्यार्थीहरुमाथि दुव्र्यबहार गरेको थाहापाएपछि क्रिश्चियन समाजहरुले नै उनलाई विदाई गरेपछि कपिङ आएका थिए । त्यसपछि धरान–८ स्थित सिदार्थ मार्गमा स्कुल स्थापना गरियो ।
कपिङले सन् २००० देखि सुनसरी जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर संचालनमा ल्याएका थिए । उनी स्कुल संस्थापक नभए पनि क्रिश्चियनहरुको अनुदान, सहयोगमा संचालनमै ल्याईरहेका थिए । स्कुल अनुमतिका लागि नेपालकै नागरिकता चाहिने भएपछि उनले स्थानीय बीपी आङबुहाङलगायत ८ जना संचालक बोर्ड गठन गरी अनुमति लिएका थिए ।