साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

थिचोमिचोको एउटा उदाहरण ी

पूर्वी नाका काकडभीट्टास्थित नेपाली भूभागमा भारतीय शहर सिक्कीम, ग्यान्टोक, दार्जिलिङ लगायतका स्थान जान यात्रुको प्रतिक्षामा रहेका लामबद्ध सवारी साधनहरु तस्विर ः कल्पना तुम्रोक

ईतिहास

बिक्रम सम्बत १९७३ मा पहिलो पटक मान्छेमाथी चढेर नेपाल भित्रीएको सवारी, राणा शासकहरुले बेलायतबाट भारत हुदै नेपाल ल्याएको यो सवारी भीमफेदीको बाटो हुदैं काठमाण्डौ भित्र्याएको थियो ।

बाल श्रम उन्मुलन नारा मात्रै

धरान १३ स्थित सर्दु खोला नजिकको सुकुम्बासी वस्तीका एक बालक अभिभावकलाई गिट्टी कुट्न सघाउदै फोटो ः सोहन श्रेष्ठ

सुन्पारी पुग्ने विकल्प ।

भोजपुर र धनकुटाको सिमाना लेगुवा स्थित अरुण नदीमा फेरीको माध्यमबाट सवारी तथा यात्रुहरु आरपार गर्दै, अरुण नदीमा पुल नबन्दा वर्षौदेखि दुर्गम पहाडबासी यसरी नै दुखका साथ नदी तर्दै आउने गरेका छन्

माझी दाई पोखरा फेवा तालको #2380;

पोखरास्थित फेवा तालमा माछा मार्न जाल मिलाउदै डुंगामा एक माझी तस्बिर .ज्वाला

यौन पिपासु प्रिन्सिपलको कर्तुत खुल्दै


यौन पिपासु प्रिन्सिपल कपिङ कपुर  र नाराम्इम्मानुएल इन्टरनेशनल बोडिङ  स्कुल 

बिना अनुमति विद्यालय सञ्चालन,  विना तलव शिक्षक, शिक्षिका काम गर्न बाध्य

धरान । धरान १९ जिमि लाईस्थित इम्मानुएल इन्टरनेशनल बोडिङ स्कुलका यौन पिपासु प्रिन्सिपल कपिङ कपुर नाराम्को एकपछि अर्को कर्तुत खुल्दै गईरहेको छ ।
        छात्राहरुलाई यौनशोषण गर्ने गरेको तथ्य सार्वजनिक भएसंगै सो स्कुल समेत गैर कानुनीरुपमा सञ्चालन भईरहेको र विद्यालयका शिक्षक शिक्षिकाहरुलाई तलव नदिई काममा लगाउने गरेको पाईएको छ । छात्राबासमा रहेका छात्राहरुलाई लठ्याउने औषधि खुवाएर वर्षौदेखि यौनशोषण गर्दै आएको पीडित छात्राहरुले सोमबार खुलासा गरेका थिए । पीडित छात्राहरुले आफूहरुलाई संवेदनशील अंगमा हात हाल्ने अंगालो हाल्ने गरेको बारम्बार यौनशोषण गर्ने गरेकोसमेत छात्राहरुले जानकारी गराएका थिए । हाल स्कुलमा ३१ छात्रसहित ५३ जना विद्यार्थी अध्ययनरत छन् । ९ देखि १६ वर्षसम्मका विद्यार्थीहरु अध्यानरत छन् ।
सन् २००० अर्थात शैक्षिक सत्र २०५७÷०५८ सालमा प्राविको अनुमति लिए पनि निमावि अर्थात कक्षा ७ सम्म विद्यार्थीहरुलाई पठनपाठन गर्दै आएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार २०५७ कात्तिक ७ गते माविका लागि अनुमति माग गरे पनि विद्यालयको अवस्था मूल्याकंन गरी प्राविसम्ममात्रै प्रदान गरेको तथ्यांक छ ।
हालसम्म पनि विद्यालयले प्राविदेखि निमावि बनाउनका लागि निवेदन नदिएको धरानका स्रोत व्यक्ति महेन्द्र कायस्थ बताउँछन् । प्राविको लागि अनुमति लिएको विद्यालयले छात्रावासको लागि पनि अनुमति लिएको अवस्था छैन् । स्रोत व्यक्ति कायस्थले भने–‘विद्यालयमा छात्रावास संचालन गर्दा अनुमति लिनुपर्छ । तर, त्यो लिएको पाइदैन ।
उनले एउटै कोठामा २५ जना छात्राहरुलाई राख्ने गरेको पाइएको छ । त्यस्तै कक्षा कोठाको पनि दुर्गन्धित र फाहोर साथै विद्यार्थीहरु बस्न सक्ने अवस्थाको थिएन् । विद्यार्थीहरुले आफैले खाना पकाउने साथै लुगा धुनु पर्ने बाध्यता भएको बताएका थिए । उनीहरुले चामल भए पनि तरकारीहरुको व्यवस्था नहुने गरेको कक्षा सातमा अध्ययनरत एक भारतीय विद्यार्थीले भनेका थिए । हाल त्यहा ६ भारतीयसहित अन्य नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।
म्याद थपेर कारबाही सुरु
छात्राहरुको उजुरीका आधारमा सोमबार पक्राउ परेका प्रिन्सिपललाई मंगलबार प्रहरी थप अनुसन्धान गर्नु पर्ने भन्दै म्याद थप गरेको छ ।  अनुसन्धान गर्नुपर्ने भएपछि उनलाई म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ भने पक्राउ परेकी उनकी श्रीमती रेदिला कपुर नाराम्लाई हाजिर हुने शर्तमा छाडिएको छ । श्रीमती रेदिलाविरुद्ध जाहेरी नपेरपछि उनलाई हाजिर हुने शर्तमा छाडिएको इप्रका धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले बताए ।
  
समाजलाई बदनाम गराउने र नराम्रो कार्य गरेको भन्दै धरान १९ का स्थानीयवासी युवाहरुले विद्यालय सो स्थानमा राख्न नदिने भएका छन् । गैर नागरिकले संचालनमा ल्याएको विद्यालय त्यसमा पनि विद्यार्थीहरुमाथि हुने अमानवीय व्यवहारले समाज विग्रिने भन्दै विद्यालय राख्न नदिने भएको स्थानीय युवा विरेन लिम्बूले बताए । युवाहरुले अन्य विद्यार्थीहरुको लागि पनि छुट्टै व्यवस्था गर्ने सोचमा उभिएका छन् ।
    विना तलव शिक्षकहरु
स्कुलमा कार्यरत शिक्षकहरु बिना तलव काम गराउने गरेको पाइएको छ । त्यहा कार्यरत ६ जना शिक्षकहरुलाई नै बिना तलव काम गराउने गरेको गुनासो गरेका छन् ।
दुई स्थानीयसहित ६ शिक्षकहरुले हालसम्म तलव नपाएको बताएका छन् । दुइवर्षदेखि कार्यरत भारत मणीपुरकै एक शिक्षकले आफूले हालसम्म तलव नपाएको गुनासो पोखे । उनले स्वयंसेवकको रुपमा मात्रै काम गराउने गरेको बताएका छन् । ‘अहिलेसम्म तलव पाएको छैन’–उनले भने । त्यस्तै नाम नखुलाउने शर्तमा स्थानीय शिक्षिकाले पनि कसैलाई पनि तलव नदिने गरेको बताइन् ।
उनले स्वयंसेवकको रुपमा कार्य गर्नु पर्ने बाध्यता रहेको बताइन् । ‘तलवको रुपमा भन्दा पनि स्वयंसेवको रुपमा मात्रै शिक्षक राखिएको छ’ उनले भनिन्–‘कहिलेकाही पकेट खर्चका लागि मात्रै दुई–तीन हजार दिने गथ्र्यौ ।’ तलव नदिएकै कारण पनि धेरै शिक्षकहरुले छाडेर जाने गरेको उनीहरुको भनाइ छ । संचालनदेखि हालसम्म करिव ५० जना भन्दा बढी शिक्षकहरु विना तलव काम गरेको विद्यालयका जानकार बताउँछन् । क्रिश्चियन मेसिनरी स्कुल भएकाले पनि ३–४ महिनाका लागि भारतबाट शिक्षकहरु आउने अध्यापन गराउने अनि फर्कने गरेका छन् ।
विशेष गरी भारत बैंकलोरको विविसी क्रिश्चियन सोसाइटीबाट दक्षिण भारतीय शिक्षकहरु आउने गरेका छन् । सधैभरीका लागि भारतको मणीपुरबाट ल्याए पनि उनीहरुलाई खानमात्रै दिने गरेको एक जानकारले बताए ।

 को हुन कपिङ

सन् २००० मा स्कुल अनुमति लिएपछि भारतको मणिपुर प्रान्तबाट ल्याइएका शिक्षक हुन् कपिङ कपुर नाराम् । उनले बैंगलोरबाट डेभिनिटीमा स्नात्तकोत्तर गरेका छन । क्रिश्चियन समाजका उनी बैंगलोर विविसी क्रिश्चियन सोसाइटीबाट संचालित व्यक्ति हुन् ।
उनले सोही सोसाइटीमार्फत् अनुदान लिएर स्कुललाई संचालनमा ल्याएका हुन् । तर, संचालन पूर्व त्यस स्कुललाई भारत मणीपुर मिजुराङका जोन माराम्ले धरान–७ शान्तिपथमा दुई कोठा लिएर सन् १९९९ मा संचालमा ल्याएका थिए । तर, उनी पनि विद्यार्थीहरुमाथि दुव्र्यबहार गरेको थाहापाएपछि क्रिश्चियन समाजहरुले नै उनलाई विदाई गरेपछि कपिङ आएका थिए । त्यसपछि धरान–८ स्थित सिदार्थ मार्गमा स्कुल स्थापना गरियो ।
कपिङले सन् २००० देखि सुनसरी जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिएर संचालनमा ल्याएका थिए । उनी स्कुल संस्थापक नभए पनि क्रिश्चियनहरुको अनुदान, सहयोगमा संचालनमै ल्याईरहेका थिए । स्कुल अनुमतिका लागि नेपालकै नागरिकता चाहिने भएपछि उनले स्थानीय बीपी आङबुहाङलगायत ८ जना संचालक बोर्ड गठन गरी अनुमति लिएका थिए ।

' राज्यले सुकुम्वासी बनायो '

..आरक्षबाट पिडित भएका रामअवतार शाह..


धरान  । ३ दशक अघि सरकारले अधिग्रहण गरेको जमिन सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्ष पीडितहरुले अहिले सम्म सट्टा भर्ना पाएका छैनन् । आरक्षकालागी राज्यले जग्गा अधिग्रहण गरेपछि भूमिहिन शुकुम्बासी बन्न पुगेका पीडितहरुलाइ दैनिक जिबनयापनका लागि समेत निकै समस्या पर्दे आएको छ ।
         २०३२ सालमा कोशीटप्पु बन्यजन्तु आरक्षका लागि राज्यले सुनसरी र सप्तरी जिल्लाका आरक्ष आसपासका गाविसमा वसोवास गर्दै आएका सर्बसाधारणका  जमिन अधिकरण गरेर आरक्ष घोषणा गरेपछि सयौ हजारौ परिवार सो क्षेत्रबाट बिस्थापित बन्नुपरेको थियो ।
   सरकारले सोहि समस्या समाधानका लागि भनेर पटक–पटक आयोग समेत गठन गर्ने गरेको भएपनि हाल सम्म कुनै पनि आयोगले समस्या समाधानको लागि खासै पहल गरेको देखिदैन । मन्त्रि परिषदको निर्णयबाट भर्खरै जग्गा सट्टा भर्ना समितिको आयोगको अध्यक्ष बनाएर टेकबहादुर येङदेनलाइ  सो ठाउमा पठाएको छ । अध्यक्ष येङदेन र पिडितहरु बिच मंगलबार आरक्षमा भएको छलफलका क्रममा पिडितहरुले यस अघिका आयोगहरुका बारेमा निकै असशन्तुष्टि समेत पोखेका थिए ।  सट्टा भर्ना नपाएका कारण आफुहरुको जिवन अहिले नर्कमय बनेर शुकुम्बासी बन्नुपरेका कारण सरकारले आयोग मात्र गठन गर्ने काम भइरहेको तर समस्या समाधान गर्ने निकास तर्फ नगएको पितित रामअवतार शाहले बताए ।
सरकारले यसअघि गठन गरेका धेरै जग्गा समस्या समितिमध्ये नन्दनकुमार दत्तको संयोजकत्वमा गठित समितिले मोरङ्ग इन्द्रपुुरमा १ सय ४० विगाह वितरणको निर्णय गरि धेरै परिवारलाई सट्टाभर्ना दिए पनि अझै त्यही समयमा जग्गा प्राप्त गर्नु पर्ने १५ परिवारले अझै पनि सट्टाभर्ना पाएका छैनन । 
    यसैगरी लामो समयदेखि जग्गा सट्टाभर्ना नपाएको कारण खोला किनार तथा अर्कोको बनिबुतो गरेर बालबच्चा पालनपोषण अर्का पिडित केलास कार्किले बताए । उनले पटक–पटक आयोग गठन भएपनि आफुहरुको मागको बारेमा अहिले सम्म सुनुवाइ हुन नसकेको बताए ।
                यता पिडतहरुको समस्याका बारेमा आफु दत्तचित्त भएर लागेका कारण समस्या समाधान गरेरै छाडने समितिका अध्यक्ष टेकबहादुर यङदेनले दाबि गरेका छन ।  यसअघि पनि अध्यक्ष रहेका यङदेनले कर्मचारी बृत्तको असहयोगका कारण काम गर्न नसकेको र अव यो पटक जस्तोसुकै चुनौति आए पनि आफुले पीडितलाई जग्गाको सट्टाभर्ना गराएरै छाड्ने तयारीमा जुटेको समेत दाबि गरेका छन ।  उनले आरक्षका प्रशाशन देखि लिएर सम्पुर्णले साथ दिएको खण्डमा मात्र पिडितहरुले न्याय पाउन सक्ने पनि  दाबि गरेका छन । उनले आफनो ६ महिनाको कार्यकालमा आरक्षक्षेत्रका कारण समस्या र आफुले पाएको कार्यदिशा अनुसार काम गर्ने दाबि गरेका छन । आयोगका अध्यक्ष र पिडितहरु बिच छलफल राखिएको भएपनि आरक्षका वार्डेन राजेन्द« ढुङगाना भने समस्याबाट पन्छिएर छलफल हुनु अगाबै मंगलबारनै काठमाडौ हिडेका छन ।
    पछिल्लो समयमा स्थापित हुन बाकी रहेका १५ परिवार र अरु छुट भएका पीडितहरुको समेत खोजी गरेर ती सवै पिडितहरुलाइ जग्गाको सट्टाभर्ना दिएमा मात्रै येङदेनको कार्यकाल समेत सफल रहन सक्छ ।






लठ्याउदै यौन शोषण गर्दै

kaping maram
  • भीमज्वाला राई 
  • ..............................
  • विद्यालयलाई सरस्वतिको मन्दिर र शिक्षकलाई ज्ञानका श्रोत, छात्र छात्राहरुको पथप्रदर्शक भनेर सम्बोधन गरिन्छ नेपाली समाजमा शिक्षक शिक्षिकाहरुलाई अझ बढी सम्मानको दृष्टिकोणले हेर्ने गरिन्छ तर इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल कपिङ मारामले आफ्नै छात्राहरुलाई यौन शोषण जस्तो जघन्य अपराध गरेर शिक्षक र छात्र छात्राहरुबीचको सम्बन्ध र सम्मानलाई धुलिसात बनाईदिएका छन् ।
  • धरान । धरानको एक विद्यालयका प्रिन्सिपलले छात्राबासमा रहेका छात्राहरुलाई लठ्याउने औषधी ख्वाउदै वषौदेखि यौन शोषण गर्दै आईरहेको रहस्य खुलेको छ ।
  धरान–१९ जिमी मार्गस्थित इम्मानुएल ईन्टरनेशनल बोर्डिङ स्कुलका प्रिन्सिपल भारत मणीपुरका नागरिक कपिङ मारामले छात्राहरुमाथि विभिन्न डर त्रास र धम्कि दिदै यौनशोषण गर्ने गरेको हो । कक्षा ७ सम्मको पढाई हुने गरेको विद्यालयमा अनाथ तथा बुबाआमा नभएका एवं अति विपन्न परिवारका छोराछोरीहरुकालागी क्रिश्चियनहरुको अनुदानमा सञ्चालित विद्यालय हो । हाल विद्यालयमा ९ वर्षदेखि १६ वर्ष उमेर समुहका २४ जना छात्रा र ३४ जना छात्र छात्राबासमै रहेर पढिरहेका छन्  स्कुलका प्रिन्सिपल मारमले विद्यार्थीहरुलाई विद्यालय भन्दा बाहिर जान नदिने दिनभरी जस्तो गेटमै ताला लगाएर बन्धक झै बनाएर राख्ने गरेकोसमेत खुलासा भएको छ ।  
    सोमबार प्रिन्सिपलको यौन कर्तुत पर्दाफास भएसंगै ईलाका प्रहरी कार्यालय पुगेका छात्राहरुले भने ” सधैजसो हामीलाई अध्यारो भएपछि औषधि खुवाई लठ्ठ बनाएर यौनशोषण गर्ने गरेको रहस्य सञ्चारकर्मीहरुमाझ सार्वजनिक गरे । जोन नाम भएका एकजना शिक्षकले तरल पदार्थ दिन्थ्यो त्यो खाएपछि चेत नै हराउथ्यो’ छात्राहरुले भने उनीहरुले भने खाली राति रातिमात्रै ल्याएर दिन्थ्यो । नाम के हो भन्ने पनि देखिदैन थियो ।’
धरानमा बस्दै आएकी मणीपुरकै नेन्सी लिम्बुकी भाईले यौन शोषणका बारेमा थाहा पाएपछि सोधीखोजी गरेर प्रहरीमा ल्याईएको उनले बताईन् । भाई पनि सोही स्कुलमा पढ्थे भाइले थाहा पाएको रै’छ’ उनैले सुनाएपछि कर्तुतको सार्वजनिक भएको हो ।  ललाई फकाई सोध्दापनि छात्राहरुले डर, धम्कि र त्रासका कारण बताउन नचहेको नेन्सीले बताईन ।
 विद्यालयमा अध्ययनरत बालिकाहरुलाई कसैलाई भने विद्यालयबाट निकाली दिने धम्कि दिदै  छात्राबास भित्रै यौन शोषण गर्ने गरेको पीडित बालिकाहरुले ईलाका प्रहरी कार्यालयमा बताए । एकले अर्कालाई यौन शोषण गर्ने गरेको थाहा पाएको भएपनि डरले कसैलाई नभनीएको छात्राहरुले बताए । सन २००६ देखिनै आफुहरुलाई त्यस्तो गर्ने गरेको तर डरले कसैलाई पनि जानकारी नगराएको छात्राहरुले बताए ।
प्रिन्सिपलको छोराले समेत यो घटना बाहिर लगे मारिदिनेसमेत धम्की दिएकाले पनि छात्राहरुले कसैलाई भन्न नसकेको बताइन् । अन्य छात्राहरुसंग समेत जानकारी लिएपछि महिला अधिकारकर्मीको सहयोगमा प्रहरीलाई जानकारी गराएको थियो । अहिले प्रिन्सिपल मारम र उनकी श्रीमती रोदिला मारम्लाई पनि प्रहरीले हिरासतमा लिएको छ ।
 श्रीमती रोदिलाले पनि सवै जानकारी पाए पनि श्रीमानलाई सम्झाउने बुझाउने नगरेको पाइएपछि उनलाई पनि प्रहरीमा बुझाइएको महिला अधिकारकर्मी लिला राईले बताइन् ।
११ वर्षीय एक छात्राले प्रिन्सिपल मारमले संवेदनशील अंग र गुप्ताङहरुमासमेत हात लगाउने गरेको बताइन् । उनले हरेक दिन छात्राहरुलाई बोलाएर संवेदनशील अंगहरुमा हात लगाउने गरेको थियो’ ती बालिकाले भनिन् । त्यस्तै एक अर्की १४ वर्षीया एक छात्राले पनि जहिल्यै रातिको समयमा आएर संवेदनशील अंगहरुमा हात लगाउदै यौन दुव्र्यबहार गर्ने गरेको बताइन् । उनले कसैलाई पनि बाहिर जान नदिनेसाथै बिरामी भए पनि उपचारका लागि औषधिहरु पनि नदिने गरेको उनले बताइन् । ‘जहिल्यै राति आएर छामछाम छुमछुम गथ्र्यो’ ती छात्राले भनिन–‘आफूले प्रतिकार गर्दा पनि मारिदिन्छु भन्दै धम्की दिन्थ्यो ।’
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक चन्द्रदेव राईले पनि घटनाको अनुसन्धान भई रहेको र दोषी पाइए कारबाही गरिने बताए । ‘अनुसन्धान नगरी बोल्न मिल्दैन’ उनले भने–‘दोषी रहेछ भने म्याद थपी कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ उनले यौनशोषण भएको भन्ने अभिभावकहरुले जानकारी गराएपछि तत्कालै आरोपितहरुलाई पक्राउ गरिएको बताए ।

सरप्राईज केमेष्ट्री


  • भीमज्वाला राई ..................................
   एकिकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमनत्री डा. बाबुराम भटराईले केही समय अघि पूर्व राजा ज्ञोनेन्द्रलाई जेल हाल्नु पर्ने बताएपछि नेपाली राजनीतिमा तरंग पैदा भयो । धेरैले भने यदी ज्ञानेन्द्रलाई जेल हाल्नु थियो भने आफु प्रधानमन्त्री भएको बेलामा किन नहालेका होला र यतीवेला बकबास गरेका होलान् ? बाबुराम प्रतिको यो टिप्पणी स्वभाविक थियो । बाबुराम भटराई योदेशको कार्यकारी प्रधानमन्त्री भए यदी ज्ञानेन्द्र अथवा राजा भन्ने शब्दसंग यतीठुलो वितृष्णा थियो भने पूवै राजा ज्ञानेन्द्रलाई जेल हाल्ने त्यो अत्यन्त सुन्दर मौका थियो ।
           भटराईले त्यासो गरेका थिए सामन्तबाद अन्त्यको विरुद लडिरहने कम्युनिष्टहरुको शास्त्र्र कम्युनिष्ट घोषणा” पत्रमै उल्लेख छ नेपालमा २००६ साल बैशाख १० गते स्थापना भउको नेपाल कम्युनिष्ट पार्टीको घोणा पत्रमा पनि सामन्तवाद दलाल नोकरशाही पूजीवाद विरुद्ध लडिरहने उल्लेख छ । २०६२ ÷ ०६३ को जनआन्दोलनपछि नेपालको २ सय ४० वर्ष लामो ईतिहास बोकेको सामन्तवादको प्रतिनिधि राजतन्त्र र राजाको अन्त्य भएको घोषणा भएपनि पूर्व राजा ज्ञानेन्द्रको वेलावेलाको जगजगीले कम्युनिष्ट मात्र होईन राजतन्त्रको विरुद्ध १९ दिन आन्दोलनमा उत्रीएका नेपाली जनता शसंकित छन् यदी यही मौकामा ज्ञानेन्द्रलाई जेल पठाईदिएका भए अवशेषका रुपमा रहेको सामन्तबाद पनि सदाकालागी समाप्त हुने थियो बाबुराम हाईहाई हुने थिए ।
      मौकामा भटराईले हिरा फोडेनन् तर उनी प्रधानमन्त्रीको कुर्सिबाट च्युत भएको थुप्रै समयपछि प्वाक्क बोले ज्ञानेन्द्रलाई जेलमा कोच्नु पर्छ । उनको आक्रोशको कारण के होला भन्ने विषयमा जनता दिग्भ्रमित भईरहेको समयमा भटराईका सहपाठी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा ऐतिहासिक तथ्यको रहस्योद्धघाटन गरिदिए । जसलाई नेपाली जनताले पत्याएकै थिएनन् तर भटराई आफैले थापाको भनाईलाई जस्तीफाई गरिदिए कि बास्तबमा अब नेपालीले दश वर्ष जनयुद्ध गर्ने क्रान्तिकारी भटराईको असली क्रान्तिकारितालाई विश्वास गर्न बाध्य भए ।
        यदि राजा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पÔमा योगदान गर्न तयार हुन्छन् भने ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपतिका रुपमा स्वीकार्न सकिन्छ भन्ने थियो ।   मैले ज्ञानेन्द्रलाई प्रत्यÔ भेटेर यो बताउन चाहेको थिए“ तर उनले भेट्नै मानेनन् त्यसपछि काठमाडौंमा भएको दुई चरण्ँको वार्तामा कुनै परिण्ाँम आउने लÔण्ँ नदेखेपछि हामीले वार्ता भंग गरेका थियौं । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समÔ हाम्रो प्रस्ताव पठाएका हौं । मैले पार्टीको घोÈित नीतिअनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गण्ँतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । भटराईको यो भनाईका आधारमा अहिले उनले भनेका भनाईलाई के भन्ने ?
        कुनै समय थियो जुन बेला एमाओवादी भारतमा भुमिगत हुदाका झिटीगुन्टा राखेर भारत विरुद्ध लड्न सुरुङ खनिरहेको थियो, बन्दुकको नालबाट सत्ताको सपना बोकेर सर्वहारामुक्तिको लागी सामन्तवाद अन्त्य जरुरी भन्दै राजा विरेन्द्र शाहसंग हाम्रो कार्यगत एकताको कुरा गर्ने एमाओवादी नेतृत्वको वेलावेला अभिव्यत्त हुने गणतन्त्र र राजतन्त्रपन्थी सरप्राईज केमेष्ट्रि नेपाली जनताकालागी अचम्म लाग्दो बन्ने गरेको छ । एमाओवादी क्रान्तिकारिता स्खलित भयो भएको आरोप लगाएर नेकपा ड्यास माओवादी गठन गरेर एमाओवादीबाट अलग्गीएका मोहन बैद्य पनि यतीवेला अलि बढी राष्ट्रवादी कुरा गर्न थालेका छन् त्यसलेपनि पूर्व राजा ज्ञानेन्द्रलाई राष्ट्रवादी भन्दै सहकार्य गर्नुले माओको नाम जोडिएको कम्युनिष्टहरुले कस्तो खालको समाजवादको परिकल्पना गरेका हुन् यसले सवैलाई भ्रमित बनाएको छ ।
    


नाम चलेका कलाकारले पैसा मागे

       धरान । उपचारमा आर्थिक अभाव झेलीरहेकी मृगौला रोग पीडित १४ बर्Èीया कौशीका ठकुरीलाई आर्थिक सहयोग जुटाउन हास्यकलाकार गण्ँ
    कलाकारहरु यही साउन २६ गते राजधानीको नाचघरमा हुने प्रश्तुतीकालागी तयारीमा जुटिसकेका छन् । दोलखा लादुक गाविसकी ठकुरीको उपचारमा समस्या भएको विभिन्न सञ्चार मार्फत जानकारी पांयौं हामी कलाकार भएका नाताले त्यो पीडालाई व्यवास्ता गर्न सकेनौं त्यही भएर कार्यक्रम गरेर संकलित रकम पीडित बालिकाको उपचारमा सहयोग गछौं हा“स्यकलाकार गण्ँेश ईशाराले भने ।
   ‘पुनर्जीवन सांगीतिक सा“झ–२०७०’ नाम दिईएको कार्यक्रम पूर्वेली जुनतारा म्यूजिक प्रालीले आयोजना गर्न लागेको हो । ‘एउटी वालिकाको जिवन बचाउन सकिन्छ की भनेर सेवाभावको हिसाबले यस्तो प्रस्तुती दिन लागेका हौं,’ अयोजक समितिका संयोजक समेत रहेका गण्ँेशले भने । उनले भने–‘सबैलाई वालिकालाई सहयोग गर्न आग्रह गर्दछौं ।’
कार्यक्रममा हा“स्यकलाकार गण्ँेश इशारा, रुपकुमार राई, चन्दा घिसिङ, बादल लिम्बु, बुद्ध राई, शिला राई, मेनुका राई, स्पन्धन, प्रियजन राई, प्रवेश लिम्बु, रोमा न्यौपाने लगायतका एकदर्जन कलाकारले प्रस्तुती दिनेछन् । नाम चलेका कलाकारहरुलाई सहयोग स्वरुप कला प्रस्तुत गर्न आग्रह गर्दा पारिश्रमीक मागेकाले कार्यक्रममा नवकलाकारहरुको वर्चश्व रहने ईशाराले बताए । हामीले सहयोग गर्नुस भनेका छौं वहाहरुले पैसालाई मात्र हेर्नु हुन्छकी मानविय समवेदनालाईपनि हेर्नु हुन्छ त्यो भने हेर्न बाकीं नै छ । 
 दुई बर्Èदेखि मृगौला रोगबाट थलिएकी कौशीका राष्ट्रिय मृगौला सेन्टर, बनस्थलीमा उपचार गराइरहेकी छिन । डाक्टर रजनी हा“डाको निगरानीमा रहेकी उनलाई हप्तामा दुईपटक हेमो डाईलायोसिस र ल्याब टेष्ट गराउनु पर्ने बाध्यता छ । मृगौला प्रत्यारोपण्ँ नगरेसम्म उनको स्वास्थ्य गम्भीर रहने अस्पतालले जनाएको छ ।

श इशाराको एउटा सांगीतिक समुहले कार्यक्रम गर्ने भएको छ ।

बेलबारी घटनाका तिन संघटक

  
  •   भीमज्वाला राई ..................................
बेलबारी घटनाका दोषीलाई कारबाही, पीडितलाई न्याय र सामाजिक सद्धभावलाई अझै सुमधुर बनाउने हो भने । घटनासंग जाडिएका त्रिकोणात्मक संघटकहरुलाई राम्ररी केलाउन जरुरी छ । पहिलो मायां सार्र्कीमाथीको बलात्कार प्रयासको घटना । दोस्रो बलात्कार प्रयासलाई दवाउन भएका कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाउने अमानविय व्यवहार र तेस्रो दलित र आर्थिक रुपमा कमजोरमाथीको जे गर्दापनि हुन्छ भन्ने हेपाहा प्रवृति । प्रकारान्तरले  यी घटनाको जोड जातीय र वर्गीय उत्पीडनको सामाजिक नमुना नै मान्न सकिन्छ ।
          साउन ६ गते सांझ मोरङ बेलबारी ९ करमडांडाका जिवन भेट्वालले सोही स्थानकी मायां सार्कीमाथीको बलात्कार प्रयासको भोलीपल्ट माया सार्की र पत्रकार मनोज बिकलाई कुटपीट, कालोमासो तथा जुत्ताको माला लगाईदिए । बलात्कार प्रयास गर्ने जिवनको कर्तुतका बारे प्रहरीमा उजुरी गर्न सघाउने स्थानिय मनोज बिकले न्यायकालागी सघाउनुनै कोलोमोसो दली माग्नु पर्ने कारण बन्यो । अहिले यो घटना अन्तराष्ट्रियकरण भईसकेको छ । यही घटना अधिकारका नाममा स्थापित डलरवालाहरुकालागी डलर फल्ने खेती भईरहेको छ । यो घटना जघन्य अपराध त हुदैहो त्यस कारण कसैले अधिकारको सवाललाई आधार बनाएर आन्दोलन गर्नु नराम्रो होईन तर अनावश्यक विषयलाई बायुपंखी बनाउनुको सट्टा तथ्य तर्फ केन्द्रीत हुनसक्दा राम्रो देखिन्छ जसका लागी निम्न कामहरु गर्न सके उचीत ठहर्नेछ ।
      पहिलो ः यो घटना मायां सार्कीमाथीको बलात्कारको प्रयास हो यदी जिवन भेट्वालले बलात्कार प्रयास गरेको विषयबाट घटना सुरु भएको मान्ने हो भने यही घटनाबाट समाधानकोलागी पोयो खोल्नु पर्छ । त्यो कसरी ? जुन सांझ करिव ७ बजे ( यो समय सांझ ७ बजे मान्छे चिन्न कुनै समस्या हुन्न) कामबाट घर फर्कीदै गरेकी मायांलाई आक्रमण गरियो घाटी थिच्ने काम भयो उनलाई लडाउने प्रयास भयो त्यसको दुईबटा कारण हुन सक्छ कि त मायांसंग भएका गहना र पैसा लुट्ने कि त बलात्कार प्रयास नै हो । सुकुम्बासीमा बसोबास गर्ने र होटलमा काम गर्ने मजदुर भएकाले उनीसंग न गहना नै हुने भयो न पैसा नै त्यस कारण त्यो घटनाको मुल कारण बलात्कार प्रयास नै हो भन्न सकिने आधारहरु छन् । जुन कुरा मायांले सुरुमै बयान दिईसकेकि छन् । पछिल्लो समय बयान जेसुकै आएको भएपनि   बलियाले निर्धालाई धम्की त्रासलाई साधन बनाएर अर्कै बक्न लगाउन प्रवृतिलाई भेटवाल परिवारले पनि मज्जाले प्रयोग गरेको देखियो । यो साउन महिनाको समयको सांझ ७ बजे केही टाढां भए त्यसलाई मान्न सकिन्थ्यो होला तर आफुलाई आक्रमण गर्ने मान्छे खुट्याउनलाई कुनै आपत्ती हुदैन । त्यस कारण कारबाहीको कुरा गर्दा पहिले मायांलाई जवरजस्ती करणीको प्रयास गर्ने जिवन भेटवाललाई ऐनले के व्यवस्था गरेको छ त्यहांबाट विषयको प्रारम्भ गर्नु उत्तम देखिन्छ ।
      दोस्रो ः कुटपीट, कालोमोसो र जुत्ताको माला लगाई सार्वजनिक वेईजतीको विषय । यो घटना बलात्कार प्रयासको जघन्य अपराधलाई दवाउन गरिएको एउटा अस्त्र थियो यो गलत अभ्यासमा त्यो समाजका केही व्यक्तिहरु लागे । आर्थिक रुपमा सवल (भर्खरै विदेशबाट कमाएर फर्किएको) सामाजिक रुपमा हाई स्ट्याटस ( कथित उच्च जाती ) बलात्कार प्रयास गर्ने जिवन भेटवालका सहयोगी तत्वहरुहुन् । अझै दलित समुदायकी महिला, श्रीमान विदेशमा भएको आर्थिकरुपमा निम्न वर्गीय हुनु जिवनका आखां मायांको बैशमा पर्नु अर्को आधार वस्तु बनेको देखिन्छ । तर जिवनले गरेको बलात्कार प्रयास जस्तो अपराधलाई महिलाहरुलेपनि कुनै अपराध जस्तो ठानेनन् बरु उल्टै आरोप लगाए अहिलेसम्म कहिल्यै कुनै अपराध नगरेका हाम्रा जिवनलाई त्यस्तो घृणित आरोप लगाउने ? मायां उनीहरुको नजरमा उल्टै बाईफलि भईन्, श्रीमान नभएकाले नैतिकहिन र अरुलाई आरोप लगाउने कुलांघरी भईन् । मायां माथीको बलात्कार प्रयास त्यो मायांको आरोप मात्रै हो भने मायांको मानसिक अबस्था बेठिक हुनु पर्छ त्यसकालागी स्वास्थ्य परिक्षण गरिनु जरुरी छ होईन भने मायां माथी यत्रो बज्रपात किन ? कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाई दिने त्यो हदसम्मको अपराध र अपराधीहरुलाई दिने सजायकालागी सवैले विचार गर्नु पर्दछ ।
    तेस्रो ः वर्गीयहिसावबाट हरेक समाज दुई ध्रुवमा विभाजित छ । करमडांडाका अन्य घर परिवारको भनाईलाई आधार मान्ने हो भने त्यो अझै  स्पष्ट हुन आउछ । जातीय हिसावले दलित तथा आदिवासीहरु र वर्गीय हिसावले गरिव भएकैले आफुहरु लामो समयदेखि डोमिनेट भईरहेको स्थानियले बताउनुले त्यो घटनाको कारण मान्न सकिने आधारहरु देखिएकाछन् । त्यो पीडा र पीडाबाट न्यायकालागी भएको भेलामा भएको आक्रमणपछि मायां र मनोज दुवै जना अहिले गांउबाट विस्थापित हुनुलेपनि उनीहरुमाथी दमन थियो भन्ने  प्रष्ट्याउछ । जातीय तथा वर्गीय आधारबाट भएको यो अमाविय घटनापनि शोषणको फरक रुप नै त्यही मोहडाबाट असह्य कालोमोसो, जुत्ताको माला लगाउने तथा कुटपीट प्रकरण जोडिएर आएको छ जुन अपराध र अपराधीहरुलाई जुनसुकै एन्गलबाट हेरेपनि अक्षम्य छ ।
      अहिले यो घटनालाई लिएर अपराधमा सलग्न दोषिहरुलाई कारवाहिको माग जोडदार उठीरहेको छ,  बेलबारीमा महिलाहरुले प्रर्दशन र प्रहरी कार्यालय घेराउ गरिरहेका छन्, जातीय छुवाछुद र भेदभाव बन्द तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा प्रदर्शन जारीछ । यस्ता घटनाहरुमा जाती, लिंग, क्षेत्र लगायतका विषयलाई केन्द्रीत गरेर मानविय सेन्टिमेन्ट लिने र विषयलाई राजनीतिकरण गर्ने प्रयासहरु हुने सम्भावनापनि हुन सक्छन् यो विषयमा दलित अधिकारकर्मीहरु सजग बन्न जरुरी छ । घटनाका विषयमा प्रहरी, अधिकारकर्मी, राजनीतिक दलहरु नागरिक समाज स्थानिय तथा सरोकरवालाहरु धैर्य हुन जरुरी छ । सामाजिक सद्धभावलाई बचाउदै पीडितलाई न्याय प्रदान गर्दै न्यायको सिद्धान्तका आधार रहेर पीडकलाई कानुनी दायरामा ल्याउन जरुरी छ । पुर्वाञ्चल क्षेत्रीय प्रहरीकार्याला एसपी शेखर कईरालाको संयोजकत्मा तिनसदस्यीय छानीन समिति बनीसकेकोछ । त्यस्तै प्रहरी प्रधान कार्यालयकी महिला आयोगकी प्रमुख तथा डिआईजी बिमला थापालेपनि घटना स्थलको स्थलगत अध्ययन गरिसक्नु भएको छ । मायां र मनोजले न्याय पाउने छन् सबैले त्यही अपेक्षा गरेका छन् ।

पत्रकार बास्तोलालाई स्पष्टीकरण माग


धरान । नेपाल पत्रकार महासंघ केन्द्रीय कमिटीको आठौं बैठकले ईटहरीलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गरिरहेका सोमनाथ बास्तोलाले पत्रकारिताको मूल्य, मान्यताविपरीत तथा महासंघकै विधानविपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
     बास्तोलाका साथै सुर्खेतका पत्रकार भूमि सापकोटालाई समेत तिन दिनको समय दिदै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आईतबार भएको बैठकले निरन्तर ३० वर्ष पत्रकारिता गरेका र ६५ वर्ष उमेर पुगेका पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मानवृति’ कार्यक्रमअन्तर्गत वार्षिक ६ हजार रुपैया उपलब्ध गराउने निर्णय समेत गरेको छ । 
 साथै महासंघको नयां सदस्यताका लागी भदौ १५ गतेभित्र केन्द्रीय कार्यालय र क्षेत्रीय संयोजक र सहसंयोजकमार्फत आवेदन पेश गर्न सवै शाखाहरुलाई महासंघले सर्कुलर गरेको छ त्यस्तै असोज मसान्तभित्र सदस्यता नवीकरण गर्न सबै सदस्यहरुलाई सर्कुलर गरेको छ ।
        सूचना विभागबाट जारी गरिएको प्रेस पास वितरणलाई अझ प्रभावकारी बनाउन महासंघले विभागलाई अनुरोध गरेकोछ । साथै प्रेस काउन्सिलजस्तो निकायले पत्रपत्रिकाको वर्गीकरण गर्नेजस्तो काममा संलग्न हुनु काउन्सिलको स्थापित मान्यताविपरीत हुने भएकाले पत्रपत्रिकाको वर्गीकरण गर्ने कामबाट काउन्सिललाई अलग राख्न सरकारसँग माग गर्दै स्वतन्त्र र व्यावसायिक संयन्त्रमार्फत पत्रपत्रिकाको वर्गीकरण र मूल्याङ्कन गर्न आग्रह गर्दछ ।

होशियार ... तलब माग्दा कुटाई खाईएला ?



धरान । सुनसरीको सोनापुर स्थित बोरा उत्पादन गर्ने उद्योग पशुपति सिन प्याकमा काम गर्ने पांच जना मजदुहरुलाई उद्योगका ठेकेदारले  मरणासन्नहुनेगरी कुटपिट गरेको छ ।
     मजदुरहरुलाई राती घरमै गएर सुतीरहेकै अवस्थामा निर्घात कुटपिट गरि घाइते बनाएका हुन् । सरकारले तोकेको न्युनतम तलब पाउनुपर्ने माग गरेपछि ठेकेदार विवेक कर्ण शुक्रबार राति मादकपर्दाथ सेवन गरेर मजदुरहरुको घरमै गएर निर्घात कुटपिट गरेका हुन । मजदुर आक्रमणमा कर्णले गाडिमा अन्य ४ जनाको समुहलाई ल्याएर मजदुरहरुलाई आक्रण गर्न लगाएका थिए उनीहरुको कुटपीटबाट जितु कुमार साह, दिनेश कुमार यादव, शिव चन्द्रलाल कर्ण र अबदेश राय घाईते भएका छन् । शिवचन्द्रलाल कर्णको अनुहारमा चोट लागेको र दात समेत भाचिएको छ  अन्य मजदुरहरु सामान्य घाइते भएका छन । कारखानामा काम सकेर आफनो कोठामा सुतिरहेका ति मजदुहरलाइ शुक्रबार राति २ बजे ठेकेदार कर्णको समुहले कोठामै गएर कुटपिट गरेको पिडित मजदुरहरुले बताए ।   
   मजदुरहरुमाथी आक्रमणको विरोधमा शबिनारबाट कारखानामा कार्यरत मजदुहरु आन्दोलनमा उत्रिएका छन् उनीहरुले उद्योग बन्द गराएका छन् ।  पिडितहरुले ठेकदार विवेक कर्णलाई उद्योगबाट निस्काशनको माग गरेका छन् ।
   करिव चार सय मजदुरहरु उद्योगमा कार्यरत छन् उनीहरु कुटपिटको बिरोधमा उद्योग परिसरमा नाराबाजि गर्दे प्रर्दशन समेत गरेका छन । दैनिक ज्याला न्यूनतम ३ सय १८ रुपया“ राज्यले तोकेको भएपनि मजदुरहरुले त्यो सुविधा पाएका थिएनन् । मजदुरहरुले केहि दिन अगाडि श्रम कार्यालयमा उजुरी समेत दिएको थिए । उजुरी गर्न गएको भन्दै  ३ जना मजदुरलाई सो उद्योगले कामबाट निस्काशन गरिसकेको छ । सरकारले तोकेको पारिश्रमिक देउ भन्दा मजदुरहरुले कुटाइ खानु पर्ने अवस्था आएका कारण कुटपिट गर्नेलाई ठेकेदारलाइ कार्बाही नगरिए उद्योग सञ्चालन गर्न नदिने मदजुर नेता मनोज मगरले बताए । उनले तत्काल पिडित मजदुहरुको उपचार ब्यवस्था मिलाएर ठेकेदार कर्णलाइ कार्वाहि गर्नुपर्ने माग राखेका छन । ठेकेदार कर्णले भने उद्योगमा आउदा मजदुरहरु सुतेको देखेपछि सहन नसकेर कुटपित गरेको स्विकार गरेका छन । उनले आफुले सामानय मादकपादर्थ सेवन गरेका कारण आबेगमा आएकाले मजदुरहरुले कुटाइ खाएको स्विकार गरे ।
यता उद्योगका मेनेजर सुजित जयसवालले  भने मजदुरमाथि भएको कुटपिट आफुलाई थाहा नभएको बताएका छन् ।

दोष चालकको मात्रै ?


    राज्यका निकायहरु निम्छरामाथी खनिने र दोष जती त्यही निम्छराहरुकै थाप्लोमा लगाईदिने अनि आफु पानीमाथीको ओभानो हुने मानसिकता अझै फेरीएन । पुरानो र जसको शक्ति उसैको भक्ति भन्ने चिन्तनबाट माथी उठ्न नसकेको यही उदाहरण बनेको छ आर्थिक वर्ष २०६९ र ०७० को अन्तिममा कतिपय मिथ्या तथ्यांङ्क जसले त्यही प्रवृतिको पुनरावृति गरेको छ । त्यही श्रृखलामा एउटा गलत तथ्यांक थपिएको छ जसले तमाम यातायात मजदुरहरुलाई बदनाम बनाउने काम गरिरहेको छ ।
     दुर्घटना न्युनिकरणका लागी परिचालित ट्राफिक प्रहरी नामक संगठनले आर्थिक वर्ष ०६९ ÷ ०७० को अन्तिममा दुर्घटना सम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ जुन प्रतिवेदनले यातायात मजदुरहरुलाई मजदुर होईन हत्यारा हो र दुर्घटनामा ६५ प्रतिशत दोषी चालक भनिएको छ । त्यस्तै यात्रुहरुको लापरवाहीले ४ प्रतिशत दुर्घटना भएको देखाईएको छ तर बाकीं दुर्घटनाका कारणहरु के के हुन् भन्ने प्रतिवेदनमा उल्लेख गरिएको छैन । अन्य कारणहरुलाई उल्लेख नगरी चालकको कमजोरीलाई मात्र देखाएर प्रतिवेदन सार्वजनिक गरिनुले प्रतिवेदन तथ्यमा आधारित छैन भन्ने स्पष्ट छ ।
     ट्राफिक निर्देशनालयको उक्त तथ्यांङ्क अध्ययनले नै थाहा हुन्छ राज्य यातायात मजदुरहरुप्रति पुर्वाग्रही छ भन्ने कुरा । ट्राफिक जस्तो एउटा जिम्मेवार निकायले प्रतिवेदन बनाउदा तथ्यलाई विर्सनु राम्रो होईन उनीहरुभनेका निरन्तर यातायात मजदुरहरुसगैका सहयात्री हुन् सडकको पीडा मजदुरलाई मात्र होईन ट्राफिकलाईपनि राम्ररी थाहा हुने गर्दछ । दुर्घटनाका कारण यदी चालक मात्र हुन् भन्ने हो भने यसको न्युनिकरणको उपाय के हुन सक्छ भन्ने समाधानको विकल्प पनि आउन जरुरी हुन्छ ।
      गएको आर्थिक वर्षकै सरकारले जारी गरेको प्रतिवेदन हेर्ने हो भने एक वर्षमा सवारीको सख्यां १ लाख १ हजार ७ सय ७९ नेपाल भित्रीएको थियो भने राज्यले एक वर्षमा पक्की १५ किलोमिटर गरे जम्मा २ सय ४५ किलोमिटर मात्र बाटो बनाएको थियो यही तथ्यलेपनि अनुमान गर्न सकिन्छ दुर्घटनाको कारण चालक मात्र हो की अरुपनि हो भन्ने । बास्तवमा भन्ने हो भने पार्कीङको असुविधा, जिर्ण बन्दै गईरहेको सडक, सडक प्रयोगकर्ताहरुमा रहेको अचेतनता, सडक अतिक्रमण गरेर घर बनाईने सडकमै बजार तथा पसल थाप्ने, खुल्ला चौपाय लगायतका कारण पनि दुर्घटना बढेको छ त्यो तथ्यलाई नहेरी मजदुरलाई बदनाम बनाउने गरी प्रतिवेदन ल्याउने हो भने भोली मजदुरहरुलेपनि ट्राफिकका कर्तुतको भण्डाफोर गर्न बाध्यहुनु पर्ने दिन आउन सक्छ ।
     

नर्सहरु त मेरो पछि–पछि लागे


  
     नेपालका कम्युनिष्ट पार्टीहरुले अप्रील २२ तारिखका दिन स्थापना दिवस मनाउ“छन् । यसवर्Èको बैशाख ९ गते परेको स्थापना दिवसमा दिवंगत कर्माचार्यसंगको भेटवार्ता ।
नरबहादुर कर्माचार्य नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुन् । उहा“को पनि २०७० साल साउन बुधवार बिहान निधन भएको छ । २००६ साल बैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्यल निरञ्जनगोविन्द बैद्य गायतले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
  •     कम्युनिष्ट पार्टीको स्थापना कसरी भयो ?

राण्ाँ शासन विरुद्य २००४ सालभन्दा अघिदेखि क्रान्ति ग¥यौं । राण्ाँशाही मुर्दाबाद भनेर नारा लगायौं । हामीलाई पक्राउ गरियो र ७ दिनपछि छोड्यो । हामीले भित्रभित्रै काम गर्न थालेका थियौं । त्यसपछि बनारसमा राष्ट्रिय का“ग्रेसको सम्मेलन भयो र डिल्लीरमण्ँ रेग्मी सभापति भए । विपी कोईराला, मनमोहन अधिकारीहरु जेलमा थिए । जेलबाट छुटेपछि डिल्लीरमण्ँस“ग उनीहरु झगडा गर्न लागे । पुष्पलाल पनि रेग्मीस“ग लागे । उनीहरुलाई मिलाउन धेरै कोशिस भयो तर मानेनन् । त्यसपछि हामीले पनि प्रजा पञ्चायत नामको संस्था खोल्यौं । यस्तै सुवणर््ँ शम्सेरले पनि डेमोक्रेटिक क“ग्रेस खोले । हामीले डेढ महिनासम्म आन्दोलन चलायौं । गण्ँेशमानले मलाई चिनेको थियो । धेरै कुरा गर्न खोज्दा पनि मिल्न सकेन । सुवणर््ँले हामीलाई उसको पार्टीमा मिलाउन खोज्यो ।
     मेरो र पुष्पलालको १९९८ सालदेखि नै चिनजान थियो । उनले कलकत्ता गएर सबैस“ग मिलेर कम्युनिष्ट पार्टी गठन गर्ने प्रस्ताब गरे । धेरै पटक कुरा गर्दा नमिलेपछि हामी त्यहा“बाट छुट्यौं । हामीले अयोध्या गएर रेग्मीलाई भेट्यौं । रेग्मीले हामीलाई नेवारले विगा¥यो भन्यो । खाना खायो र दिनभरी सुत्यो अनि दुई बजेपछि फेरि झगडा सुरु ग¥यो । रेग्मीलाई जुजुभाइले झण्डै कुटेको त्यतिबेला ।
    त्यतिबेला तेलांगानामा किसानहरुले हजारौं बिघा जमिन बाडि“सकेका थिए । चेकोस्लाभाकियामा पनि त्यस्तै थियो । चीनमा पनि माओले त्यस्तै गरिसकेका थिए । कलकत्तामा बंगालीहरु चीनको बाटो लिनुपर्छ भन्न थालिसकेका थिए । त्यहि मौकामा हामीले १९४९ अप्रिल २२ (नेपाली मिति २००६ साल वैशाख १० गते) लेनिन दिवसको दिनमा हामीले यो पार्टी गठन ग¥यौं । त्यतिबेला म २३ वर्Èको थिए“ ।
  • कम्युनिष्ट पार्टीको स्थापना दिवसमा तपाईंलाई कसरी सम्झिए ? 
साथीहरुले कसरी सम्झिए त्यो त म भन्न सक्दिन । तर कम्युनिष्ट पार्टीको स्थापना दिवस विशेÈ दिन हो । पोहोरसम्म मैले आफैंले वक्तव्य दिएको थिए“ । तर यो वर्È दिइन । छोडिदि“ए ।
  •     मोतीदेवी श्रेष्ठलाई संस्थापक मान्ने विÈयमा विवाद थियो रे नि ?
     दिदी सारै झगडालु थिइन् । त्यतिबेला हामीलाई नितेनले तिमीहरुले ५ जना बनाओ भनेको थियो । हामीले का“इलाबालाई पनि बोलाउन गयौं तर ऊ आएन । त्यसपछि डेढ महिनापछि मोतीदेवीलाई राखेको ।
  •     तपाईंको योजना कति पुरा भयो ?
हाम्रो योजना पुरा भएको छैन । त्यतिबेलाको योजना सशस्त्र संघर्Èद्वारा नया“ जनवादी क्रान्ति पुरा गरी समाजवादमा जाने भन्ने थियो ।
मेरो जमानामा राण्ाँ शासन ढल्यो, राजतन्त्र ढल्यो, गण्ँतन्त्र आयो, राजा पनि ढल्यो । तर सामन्तवादको अवशेÈ बा“की छ । नोकरशाही पु“जीपति र दलाल पु“जीपतिको बोलवाला भने चल्यो ।
     राष्ट्रिय पु“जीपति विस्तारै अघि बढ्दै आइरहेको छ । बलियो भएको छैन । वास्तवमा गएर माक्र्सबादमा आधारित द्धन्दात्मक भौतिकवादमा रही सर्वहारा वर्गको वर्गसंघर्Èलाई लिएर अगाडि बढ्ने मात्रै कम्युनिष्ट पार्टी हो । नाम मात्रको कम्युनिष्ट पार्टी भयो भने बिलाएर जान्छ । यहा“ सामन्तवाद अझै बा“की छ । त्यसलाई संघर्Èद्धारा नियन्त्रण्ँ गुर्नपर्छ र राष्ट्रियता सुदृढ गर्नुपर्छ । माक्सवाद विज्ञान हो । यो न चीनको जस्तो हुन्छ, न रुसको जस्तो हुन्छ । यो त देशको परिस्थिति अनुसार आङ्खनै हुन्छ नि । न यहा“ दीर्घकालीन जनयुद्ध हुन्छ अब । पु“जीवादी जनवादी क्रान्ति पुरा गरी समाजवादमा पुग्नुपर्छ ।
  • कम्युनिष्ट पार्टीहरु फुटेर लक्ष्य पुरा हुन्छ त ?

   त्यसका लागि जुट्नुपर्छ । तर सबैलाई जनाताले साथ दिएका छैनन् । जनताले साथ नदिइ कसरी कम्युनिष्ट पार्टी हुन्छ ?
  •     केही कम्युनिष्टहरु हतियार उठाउने कुरा गर्दैछन् नि ?
यो बकम्फुस्से कुरा हो । २०६२ र ०६३ मा राजास“ग लड्नु थियो । अब कोस“ग लड्ने ? नाममात्रको कम्युनिष्ट पार्टीलाई के कम्युनिष्ट पार्टी भन्ने ।
    मलाई विश्वास छ कम्युनिष्ट पार्टीको सरकार बन्छ । कम्युनिष्टको नेतृत्वमा तीनवटा सरकार बन्यो केही गल्ती भएकै हो । कटुवाल काण्डमा प्रचण्डले गल्ती गरेकै हो । त्यसरी प्रधानमन्त्री छोड्नुहु“दैन थियो ।
  •     चुनाव हुन्छ जस्तो लाग्छ ?
यो कर्मचारीको सरकार भनुन् वा जे सुकै भनुन् , यसले चुनाव गर्नुपर्छ र चुनाव हुन्छ पनि ।
  •     विवाह किन नगर्नुभएको ?

   कहिले जेल पर्छ, कहिले के हुन्छ, त्यै भएर नगरेको । एकपटक कुरा पनि भएको थियो मेरो ठुलो बुबा बितेको भएर टरेको हो । त्यतिबेला मेरो पछि पछि धेरै केटी लाग्थे । २०१६ सालमा म मेयर हु“दा नर्सहरु त मेरो पछि–पछि लागे । मैले पनि आत्मैदेखि धेरैलाई मन पराए“ तर विवाह भने गर्न सकिएन । 

ईतिहासको अवसान

    
  २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने मध्येका बाकीरहेका एक मात्र जीवित नरबहादुर कर्माचार्यको बुधबार विहान निधन भएपछि अब नेपाली कम्युनिष्ट आन्दोलनका जिवित ईतिहासको समेत अवसान भएको छ  ।
       पुष्पलालको नेतृत्वमा नारायण्ँविलास जोशी र निरञ्जन गोविन्द वैद्य र नरवहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कर्माचार्य जीवनको अन्तिम Ôण्ँसम्म पनि पार्टी, क्रान्ति र परिवर्तनको निम्ति चिन्तित र सक्रिय भैरहनुभयो । पार्टी र क्रान्तिकै हितलाई अघि बढाउने क्रममा आजीवन अविवाहित रहनुभयो ।
    विक्रम सम्बत १९८१ साल कात्तिक १४ गते भाइटीकाका दिन बुबा चन्द्रबहादुर कर्माचार्य र आमा कुमारी कर्माचार्यको कोखबाट जन्मनुभएका कर्माचार्य जीवनको उत्तरार्धमा पनि अत्यन्त सक्रिय हुनुहुन्थ्यो । ८९ वर्Èको उमेरमा काठमाडौंको मोडल अस्पतालमा कर्माचार्यको निधन भएको हो । कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले उहा“ २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राण्ाँ विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । यो क्रममा उहा“ जेल पर्नुका साथै निर्वासन हुनुभएको थियो ।
      उहा“ले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरुलाई मिलाउन भुमिका पनि खेल्नुभयो । उनीहरुबाट देश र जनताको पÔमा केही नहुने रहेछ भन्ने निष्कर्Èमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माण्ँमा लाग्नुभएका कर्माचार्यलाई चिनिया“ क्रान्ति र भारतको तेलङगाना किसान विद्रोहबाट प्रेरित हुनुहुन्थ्यो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उहा“ मजदुर संगठनका पनि संस्थापक अध्यÔ हुनुभयो । उहा“ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरुमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्नु भयो । उहा“ २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
त्यसपछि पार्टी फुट र विभाजनको श्रृंखला सुरु भएपछि उहा“ लगायत केही साथीहरु स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय भइरहनुभयो । उहा“ले विभाजित समूहहरुलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरिरहनुभयो । यही क्रममा चौथो महाधिवेशनमा एकताबध भएर केन्द्रीय सदस्य हुनुभयो । एकता केन्द्र निर्माण्ँ हु“दा उहा“ एकता केन्द्र तदर्थ समितिको अध्यÔ समेत हुनुभयो वहां क्यान्सर रोगबाट पीडित कर्माचार्य केही दिनदेखि उपचारत हुनुहुन्थ्यो वहाको २०७० साल ९ गते बुधबार निधन भएको छ  उहांको निधनसंगै नेपाली कम्युनिष्ट आन्दोलनको एउटा जिवित ईतिहासकोपनि साथसाथै निधन भएको छ ।

बलात्कार गर्न खोज्ने को थिए ?

                        बेलबारी कालोमोसो प्रकरण
   धरान  ।  दलित महिलालाइ कुटपीटगरी कालोमोसो तथा जुत्ताको माला लगाईदिएको बेलबारी घटनाले सर्वत्र चर्चा पाएपनि घटनाका मुख्य दोषी अहिले सम्म पहिचान हुन सकेको छैन ।
        कामबाट घर फर्कने क्रममा माया सार्कि माथि बलत्कारको प्रयास गरेका थिए घटना राती भएकाले मायांले पहिचान गर्न नसकेपनि उनको आशंका जिवन भेटवालमाथी थियो तर स्थानिय र जिवनका आफन्तले जिवनलाई अनावश्यक फसाउन खोजेको भन्दै  मायांलाई कुटपीट, कालोमोसो तथा जुत्ताको माला लगाईदिएका थिए ।
  बेलबारी घटनालाई मानव सभ्यताको वर्वर अपराध भनिएको छ तर अहिले सम्म पनि मुख्य अपराधिको पहिचान हुन नसक्नु दुखलाग्दो घटनाकारुपमा लिईएको छ । माया सार्किले  ७ गते पाएको  कालोमोसोको पिडाको पिडाकै कारण यतिखेर गाउबाटै बिस्थापित  हुनुप¥र्यो । उनि मात्र नभएर मायालाइ  सघाएको भन्दै स्थानिय पत्रकार मनोज बिश्वकर्मालाइ पनि कुटपिट गर्दे कालोमोसो लगाइयो । बलत्कार गर्न खाज्ने ब्यक्तिको पहिचान गरि कार्वाहि गर्नुको सट्टा आफु माथि झुटो आरोप लगाएको भन्दै पिडित महिलामाथि कालोमोसो दलेर झन पिडा थप्ने काम ग¥र्यो । यतिखेर यो  घटनाले  राष्ट्रिय तथा अन्तराष्ट्रियको समेत ध्यान तानिरहेकोछ ।
    पुर्ब क्षेत्रिय प्रहरी कार्यलय बिराटनगरले समेत घटनाका बारेमा  अनुशन्धान गर्नका लागि क्षेत्रिय स्तरको  एसपि शेखर कोइरालाको संयोजकत्वमा ३ सदस्सिय छानबिन समिति समेत बनाएको छ ।  प्रहरी प्रशाशनकै कमजोरीका कारण घटना थप बढीरहेकोछ । प्रहरीकै महिला आयोगकी प्रमुख डि आइजि बिमला थापा सहितको टोलि समेत घटनाका बारेमा अनुशनधान गर्नका लागि घटनास्थल आइपुगेको छ ।  उनले घटनाका दोषिहरुलाई कार्वाहि भएरै छाडने दाबि गरिन ।  ” अघिल्लो दिन भएको घटनालाइ प्रहरीले गम्भिरताका साथ लिएको भए घटनाले यस्तो रुप लिदैन थियो” डि आइजि थापाले भनिन ।
     प्रहरीले घटनामा सलग्न भएका मध्ये जीवन भेटवाल र उनकी श्रीमती सेविता, अमित भेटवाल तथा उनकी श्रीमती कमलालाई पक्राउ गरेको छ । यस्तै, अमीतको आमा अम्बिका र जीवनकी आमा चन्द्रकलालाई पक्राउ गररेर कार्वाहि प्रकृया समेत अघि बढाइसकेको छ ।
स्थलगत अध्ययनमै आइपुगेका मानबअधिकार तथा शान्ति समाजका अध्यक्ष तथा पत्रकार पुरुषेत्तम दाहालले घटनालाइ निष्पक्ष छानबिन गरि दोषिलाइ कार्वाहि गर्नुपर्ने कुरामा जोड दिए । दलित नेतृ सुजता परियारले बेलबारी घटनाका दोषिलाइ उन्मुक्ति दिए देशभरका दलितहरु चुप लागेर नबस्ने चेतावनि दिएकी छिन । उनले अझै पनि  छुवाछुत प्रथा कायम रहेका कारण त्यसलाइ पुर्ण रुपमा कार्यान्वयनका लागि घटनाका दोषिहरुलाइ कार्वाहि गर्नुपर्ने माग राखिन । जातिय छुवाछुत ऐन २०६८ (छुवाछुत तथा कसुर ऐन) ले  समेत जुन सकै स्थानमा जुनसकै छुवाछुत जन्य क्रियाकलाप  गरेपनि अपराध हुने भनि परिभाषित गरेको छ । त्यस्ता घटनामा सलग्नलाइ मानबताबिरोधी अपराध घोषणा गरि  २५ हजारदेखि १ लाख सम्म जरिवाना गरि गल्ति अुनसारको सजाय गर्ने ब्यावस्था गरेको छ । तर ऐन ल्याएको २ बर्ष बितिसक्दा पनि दलित छुवाछुत संम्बन्धि मुद्धामा जोडिएका अपराधिहरुलाइ कडा कार्वाहि हुन सकिरहेको देखिदैन । जसको फलस्वरुपमा समाजमा अझैपनि यस्ता किसिमका अमानबिय कार्यहरु भइरहेका छन ।  त्यति हुदा हुदै पनि अघिल्लो दिन पिडित माया सार्किलाइ बलत्कार गर्न खाज्ने ब्यक्तिको बारेमा भने कसैले खोजिको बिषय बनाएको देखिदैन । अत कालोमोसो दल्नेलाइ मात्र होइन अघिल्लो बलत्कारको प्रयास गरि घटनालाइ यहा सम्म ल्याइपु¥याउने त्यो अपरिचित ब्यक्तिलाइ समेत पहिचान गरि कडा कार्वाहि गर्नु आवस्यक देखिन्छ ।

राजावादी र क्रान्तिकारीबीचको दोहोरी


  • बाबुारमले राजासंग सहकार्यको आग्रह गरेका थिए ः थापा
  • थापाले अर्ध–सत्यको सहाराले भ्रम छरे ः भटराई
धरान । पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने एमाओवादी नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिपछि ज्ञानेन्द्रको वकालत गर्दै आएका कमल थापास“ग भटराईको दोहोरी चलेको छ । थापाले भट्टराईलाई राजासहितको प्रजातन्त्र मान्न आग्रह गरेका छन् । भट्टराईले भने सपनामा पनि राजतन्त्र मान्न नसकिने जपवाफ फर्काएका छन् ।
kamal thapa

baburam bhattarai

  • भट्टराईले भनेका थिए  राजा र हामी मिले पछि दलहरु आफै ठेगान लाग्छन्

     धवल शमसेर राण्ाँको नेपालगंज स्थित निवासमा बाबुरामसंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो ।  राजा हामीलाई सत्ता हस्तान्तरण्ँ गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो ?  भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ ।

पहाड खसेनछ



जनताको बहुदलिय जनबादका प्रवर्तक कमरेड मदनकुमार भण्डारी भन्नु हुन्थ्यो राजनीतिमा थकान भन्ने शव्दावली हुदै हुदैन । म भण्डारीको अनुयायी भएका नाताले मात्र होईन राजनीतिमा होमीएको एउटा सामान्य मजदुर कार्यकर्ता भएको नाताले पनि मलाई भण्डारीको कथन साच्चै वास्तवीक लाग्छन् । 
    २०५१ सालदेखि अनेरास्ववियूमा सांगठानिक जिवन सुरु गरेको थिए तर त्यो लामो समय टिकेन दैनिक हात मुख जोड्नु पर्ने समस्याले गाडीको ढोका ठटाउने र टिकट च्यात्ने जागीर सुरु गरेपछि मजदुर संगठनको सदस्य चाही बनें संगठनको अनुभव विद्यार्थी संगठनमै भएकाले कमिटीमै रहेर काम चाही गरिन निकै पछि मात्र २०५६ सालदेखि मात्र संगठनको धरान ईकाईमा सदस्य भएर काम गर्न थालें त्यसपछि आजका मितिसम्म संगठनको जिम्मेवारी भन्दा बाहिर बसेको छुईन बरु जिम्मेवारी दोहोरो तेहेरो चाही भएको छ संगठन संगसंगै जिफन्टको कमिटीमा नेकपा एमालेको विभिन्न जिम्मेवारीका भूमिका निर्वाह गरेको छु ।
     संगठनको जिम्मेवारीमा रहदा मजदुरको काम, मुद्धा मामिला, पत्रकारिता, सामाजिक कामको व्यवस्थापनका सन्दर्भमा १८ देखि २० घण्टासम्म काममा लागेको छु त्यो अवधीमा मैले राती भनेको छुईन, घाम, पानी भनेको याद छैन, भोक प्यास नभनी काम गरेको छु । त्यही लगानीको करामत हो आजको यो भीमज्वाला राईको स्थान । सम्झेर ल्याउदा मलाई गर्व लाग्छ मेरो लगनशिलता, ईमान्दारीता, सेवाप्रतिको समर्पणभाव, मजदुर आन्दोलनमा आफ्नो् गच्छे अनुसार एउटा ईटा भएपनि थपौं भन्ने ध्याउन्न, श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त माक्र्सवाद, लेनिनवादप्रतिको लगाव र मेरी जिवनसंगीनी चन्द्रकला लावतीको साथ र सहयोग एवं परिवारको मप्रतिको विश्वास ।
   थकान भन्ने कुरा मेरो शरिरमा कहिल्यै आएन त्यही त्याग र मेहनतको कारण भन्नु पर्छ संगठनमा अहिलेको मेरो जिम्मेवारी, पार्टीमा मैले हासिल गरेको स्थान । यसो भनिरहदा म आफैलाई प्रश्न सोध्ने गर्छु मजदुरहरुको मुक्तिको आन्दोलन कहां पुग्यो त ? मजदुरहरुको मुक्तिको सपना बोकेको संगठनले सहि अर्थमा मजदुरहरुको आन्दोलनलाई सहि ढंगले नेतृत्व गरिरहेको छ ?
    आफ्नो प्रश्नको उत्तरको खोजीकैलागी मेरा सारा समय खर्च भईरहेका छन् म त्यतै भौतारिदैछु जहां मेरो प्रश्नको समाधान भेटियोस । म प्रतिवद्धता के हो भने मेरो सारा जिवन त्यही समाधानकालागी भौतारिरहनेछ । मलाई थाहा छैन मैले त्यो प्रश्नको उत्तर पाउछु की पाउदीन तर मेरो आत्मविश्वासले भन्छ मेरो जिवनकालमै त्यो सम्भव हुनेछ यदी भएनछभनेपनि मेरो जिवनको अन्तिम सास फेर्दासम्म लागीरहनेछु ।
    तर केही समयदेखि म त्यतिकै अल्छी बन्दैछु एक त औजारको कामको धपेडीपनि हो । कामको चाप भन्दापनि कामको समयका कारणपनि हो थोरै जनशक्ति, पत्रिका स्तरिय बनाउने दायीत्व, राती अबेरसम्मको काम विहान वेलैमा व्युझिन नसक्ने पीडा । विहान अवेला उठेपछि दिनभरी फ्रेस बन्न नसकिने अबस्था । 
 साच्चै भन्ने हो भने केही दिनदेखि कुनै कामपनि फ्रेस भएर गर्न सकिरहेको छईन मैले दुईदिनदेखि त झन नियमित टाउको दुखिरहेकालेपनि आज मैले एउटा कठोर निर्णय गरे आज कार्यालयपनि जान्न, मावाईनपनि स्विच अफ गर्छु र आराम गर्छु । 
 त्यही गरे जेसुकैहोस खाना खाएलगतै औषधी खाए टाउको उठाउनै समस्या थियो सुतें करिव ३ बजे व्युझिए व्युझिदा टाउको हल्का भईरहेको थियो विहानको जस्तो पीडा थिएन । चन्द्राले खाजा र चिया बनाईदिईन् खाएर करिव साढे पांच बजेतिर कार्यालय आएं कार्यालयमै आएर फोन अन गरे सौरभ श्रेष्ठ, अर्जुन जम्नेली, सुक तुम्रोक लगायतका पेन्डिङ एसएमएसहरु आए तर काम केही विग्रीएनछ, पहाड खसेनछ, हावा चल्न छाडेनछ, कुनै त्यस्तो विध्वंश भएनछ ।
  तर म राजनीतिबाट थाकेर वा समस्याबाट भागेर त्यसो गरेको होईन । 
 १० साउन २०७०
औजार कार्यालय धरान
समय ः १२ वजेर ६ मिनट राती 

पुस्पलाल विर्सदै कम्युनिष्टहरु


............comrade, puspalal..................

  •     भीमज्वाला राई
..........................................................................
कमरेड पुष्पलाल श्रेष्ठलाई नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा कसैले विर्सन सक्दैनन् । आफुलाई कम्युनिष्ट दावी गर्ने कसैले वा कुनै कम्युनिष्ट नामको पार्टीले पुष्पलाल लाई विर्सने प्रयास गर्छ भने सही अर्थमा त्यो न कम्युनिष्ट बन्न सक्छ न त्यो पार्टी कम्युनिष्ट पार्टी  नै हुन सक्छ । तर आफुलाई कम्युनिष्ट दावी गर्ने र कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई किन विर्सदै गईरहेका होलान् भन्ने नेपालको कम्युनिष्ट आन्दोलनमा अलिकतीपनि हेका राख्नेहरुलाई सोच्न बाध्य पारिएका छन् । 
   नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते थुप्रै कम्युनिष्ट पार्टीहरुले पुष्पलाल लाई सम्झीने फुर्सद निकाल्न सकेनन् ।        सर्वहारा मजदुर वर्गको मुक्तिको सिद्धान्त मानिएको कार्ल माक्र्स र एगेल्सद्धारा सन १८४८ मा लिखित कम्युनिष्ट घोÈण्ाँ पत्रलाई विक्रम सम्बत २००५ सालमा अनुवाद गरेर विश्व सर्वहारा मुक्तिको सिद्धान्तलाई नेपाली श्रमजीवि सर्वहरा मजदुर वर्ग माझ स्थापित गर्दै २००६ साल बैशाख १० गते प्रतिकुल नेपाली राजनीतिक अवस्थाका कारण भारत कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुहुने विधिवत स्थापना गर्नु भएका पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस २०७० साउन ७ गते पुष्पलालको योगदान र सर्वहाराप्रतिको समर्पणलाई मनले स्मरण गरेको देखिएन ।
     पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थलाई सिद्धान्तको जलप लगाईदिएर झरीमा उम्रीने च्याउ झै उम्रीएका अनगिन्ती कम्युनिष्ठ नामधारी पार्टीहरुको कमी छैन । सच्चा कम्युनिष्ट आफैलाई मात्र देख्ने पार्टीहरु, माक्र्सवादका शिरोमणी आफु बाहेर अरु कोही नदेख्ने मसिहाहरु अहिलेपनि छ्यापछ्याप्ती सर्वत्र भेटिन्छन् । ति दल र दलका नाईकेहरुको दर्शन चिया पसल, सार्वजनिक स्थल तथा समारोहहरुमा कान पाछुन्जेल सुन्नमा आउछन् । तर सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूजीवादको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर जिवनभरी कष्ट भोग्ने तिनै पुष्पलाललाई स्मरण गर्न नसक्नु दुखद छ ।
    जनताको जनवादी व्यवस्थाबारे नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोÈण्ाँ पत्रमा पुष्पलालले अघि सारेको सोचको परिवृतमै आज पनि नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह गतिशिल छ । त्यस कारणपनि उनी नेपाली कम्युनिष्ट आन्दोलनको साझा सम्पति र सर्वोच्च व्यत्तित्व हुन् तर फरक भूमि चिनमा जन्मीएका मोओको जन्म जयन्ती बनाउन निकै तामझाम गर्न पछि नपर्ने कम्युनिष्ट नामधारी पार्टीहरुले समेत नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाललाई नसम्झीनु नेपाली कम्युनिष्ट आन्दोलनका लागी दुर्भाग्य हो ।
    

३०७० साउन ७ गते
औजार दैनिकको कार्यालय
राती  ११ बजे

नेतृत्व गर्न नसक्नेहरुका लागी

  •  भीमज्वाला राई
  • ....................................................राजनीतिक सफलता, असफलता र पार्टीप्रतिको आम जनताको भरोशा नेतृत्वमा भर पर्दोरहेछ भन्ने दृष्टान्त पछिल्लो घटनाक्रमले देखाएको छ । उदाहरणकालागी नेकपा एमालेले कम्युनिष्ठ आन्दोलनपनि लोकतान्त्रिक बाटोबाट जान सकिन्छ, उग्रवामपन्थी भड्कावको बाटोबाट नभई शान्तिपूर्ण रुपबाटपनि गर्न सकिन्छ भन्ने सावित गरिदिए, कम्युनिष्टहरु क्रुर हुन्छन् भन्ने सोचाईलाई बदल्ने कार्यक्रम जनताको बहुदलिय जनबाद जस्तो नयां विचार नेपाली समाजमा स्थापित गरिदियो तर स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको नविन विचारलाई नेतृत्व गर्न नसक्दा सवैभन्दा शक्तिशाली बन्नु पर्ने नेकपा एमाले नेपाली राजनीतिमा निम्छरो बन्दै गईरहेकोछ । कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको सही जस लिन सक्ने र विचारको नेतृत्व गर्न एमालेले सकिरहेको छैन र नेता जन्माउन पनि सकेको छैन ।
     सत्ता बन्दुकको नालबाट मात्र स्थापित गर्न सकिन्छ भन्ने उग्र बामपन्थी सोंचबाट ग्रसित एमाओवादीले १० २०५२ साल फागुन १ गतेबाट सुरु गरेको जनयुद्ध २०६२ मंसिर ७ गतेसम्म सञ्चालन गर्यो तर सत्ता बन्दुकले स्थापित गर्न सकेन अन्ततः खशीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भन्दै आरोप लगाउने गरेको संसदमै आईपुगे । अबको बाटो जनविद्रोह की शान्तिपुर्ण हुने भन्ने विषयमा बहस खुवै छेडेको एमाओवादीसंग यही विषयमै कुरा नमिलेर किरण बैद्यहरु छुटीएर गए । हेटौंडा महाधिवेशनपछि एमाओवादी नामको पार्टीले समाजवादसम्म पुग्ने बाटो दस्तावेजमै जनविद्रोहलाई छाडिसकेको छ । 
         नेतृत्व गर्न जनता समक्ष जान र राजनीतिक सैद्धान्तिक हिसावले तात्कालिक कुनै एजेण्डा एमाओवादी संग छैन जनयुद्ध समाप्त भईसकेको र जनविद्रोहको कार्यक्रम समेत नरहेको अबस्थामा एमाओवादीले जनताको विचमा जाने बाटो भनेको शान्तिपुण राजनीतक कार्यक्रम नै हो तर जनताका बीचमा जाने शान्तिपूण कार्यक्रम नेकपा एमालेले २१ वर्ष अघि नै जबजको नयां कार्यक्रम ल्याई सकेकाले एमाओवादी विघटनको दिशामा जानु पर्ने हो तर किन एमाओवादी अहिलेपनि पहिलो पार्टीका रुपमा स्थापित छ ? यसको मुल कारण एमालेले आफ्नो समय सापेक्ष जबजको कार्यक्रमलाई कार्यान्वयन गर्न नसक्नु र एमालेले नेतृत्व उत्पादन गर्न नसक्नु नै हो । 
     जसरी एमालेले नेतृत्व गर्न सकिरहेको छैन त्यही अबस्था एमाओवादीका निवर्तमान उपाध्यक्ष डा. बाबुराम भटराईमापनि लागु भएको छ । एमाओवादी सहि अर्थमा भटराईकै विचारबाट निर्देशित छ तर उनी आफु भने एमाओवादी भीत्र असफल नतृत्वकारुपमा परिचय बनाउदैछन् । यसका थुप्रै उदाहरणहरु छन् । जनयुद्धको समाप्तीपछि जनविद्रोह कि शान्तिपूर्ण बाटो भन्ने विषयमा भटराई शान्तिपूर्ण राजनीतिको वकालत गर्दथे अहिले उनकै विचार पार्टीको आधिकारिक विचार बनेकोछ, एमाओवादीले भारतलाई हेर्ने लचिलो दृष्टिकोण भटराईकै लाईनमा आधारित छ, अहिले अध्यक्ष मात्र राखेर बाकी सवै सदस्य हुने अडान राखेर भटराईले उपाध्यक्षबाट राजिनामा दिएपछि अहिले एमाओवादी नेतृत्व त्यही लाईनमा अग्रसर छ । 
      नेपाली राजनीतिमा एमाले र एमाओवादीका बाबुराम भटराईको नियती एकै खालको बन्दै गईरहेको छ । नेपाली समाज रुपान्तरणकालागी एमालेसंग जबज जस्तो नविन र नेपाली समाज सुहाउदो कार्यक्रम छ तर एमाले नेपाली राजनीतिमा असफल बन्दै गईरहेको छ एमालेको जबजको नीति खासगरी यतीवेला एमाओवादीले अपहरण गरेर आफुलाई विस्तार गरिरहेको छ । एमालेको विचारलाई भजाएर एमाओवादी शक्तिशाली बन्दै गईरहेको छ त्यस्तै एमाओवादीलाई बैचारिक र नीतिगतरुपले यहांसम्म डो¥याउदै ल्याएको बाबुराम भटराई नेतृत्वमा आउन सकिरहेका छैनन् उनी एमाओवादीमा असफल बन्दै गईरहेका छन् । जसको विचार उसैको नेतृत्व भईदिएको भए नेपाली राजनीतिमा सकारात्मक परिणामको आशा गर्न सकिन्थ्यो तर सहि विचार भएरपनि नेतृत्व गर्न नसक्नेहरुसंग के आशा गर्ने र ?

बिग्रेको बानी के सुध्रेला र ?



........भीमज्वाला राई  ........
..........................................
भर्खरै सरकारले सार्वजनिक गरेको बार्षिक बजेटमा सवैभन्दा राहत निजामति कर्मचारीले पाए राष्ट्रसेवक कर्मचारीको १८ प्रतिशत तलवमा वृद्धि गरीदियो भने मासिक भत्ता १ हजार थपीदियो । जनताको सेवक भएका नाताले २०७०÷०७१ को बजेटका सम्बन्धमा देशभरीबाट र सवै क्षेत्रबाट विरोधका पर्रा फुटे सञ्चारमाध्यमहरुमा सरकारी बजेटको सर्वत्र विरोध भयो । आ आफ्ना क्षेत्र, स्थान, वर्ग, समुदाय तथा विविध विषयमा जनताका आवाज बजेटमाथी वर्षियो तर कर्मचारीलाई वृद्धि गरेको तलव र भत्ताका सम्बन्धमा कसैलेपनि आवाज उठाएका थिएनन् ।
      बजेटका अन्य विषयहरुमा विरोध भईरहदापनि कर्मचारीको तलव र भत्ताका सम्बन्धमा किन आवाज नउठेका होलान् ? यो प्रश्नका पछाडी दुईबटा टिप्पणीहरु आएका थिए पहिलो टिप्पणी थियो कर्मचारीहरुले सरकार सञ्चालन गरेकाले कर्मचारीहरुलाई काखी च्यापेको हो यो सरकारले भन्ने थियो दोस्रो भने राष्ट्रसेवक कर्मचारीहरुलाई दिईने तलव तथा अन्य सुविधामा विचार पु¥याएर तलव तथा भत्ता सुविधाहरु थप गर्न सकिएको खण्डमा कर्मचारीले जनतालाई दिने सेवा छिटो छरितो हुन्छ र भ्रष्टाचार निर्मुल हुनेछ भन्ने थियो तर जनताले सोचेंजस्तो सेवा कर्मचारीबाट हुन सकेन ।
    बजेट कार्यक्रमको घोषणापछि कर्मचारीहरुप्रति जनताको बुझाई र कर्मचारीहरुले दिने जनसेवालाई तुलना गर्न बुधबार ईलाका प्रशासन कार्यालय धरान पुगेका थियौं । त्यहा पुग्दा थाहा भयो तलव वृद्धि भएपनि, भत्ता थपिएपनि जनताका सेवक कर्मचारीहरुमा नयां उत्साह थप भएको छैन भन्ने । ईलाका प्रशासन जस्तो जनताका दैनिक तथा अत्यावश्यक कामसंग जोडिएको कार्यालयका प्रमुख पशुपति खतिवडा १ घण्टा ढिलोगरी ११ वजे मात्र कार्यालयमा उपस्थित भए दश बजे पुगेका हामी उनको खाली कुर्सी कुरेर बस्न बाध्य भयौं । त्यो वेलासम्म कार्यालयमा सेवाग्राहीहरुको लाम लागीसकेको थियो । कार्यालय रहेकै भवनको क्वाटरमा रहेका  प्रमुख खतिवडा भने कर्मचारीले बोलाएपछि मात्र बलैले उपस्थित भए ।
     ईलाकाका प्रमुख खतिवडा एउटा उदाहरण मात्र हुन् उनी आफै कार्यालय समयमा कार्यालय उपस्थित नभएपछि उनी मातहतका कर्मचारीहरुपनि त्यही पथमा थिए कार्यालय सहायक बाहेक अरु कोही पनि समयमा कुनै दिन कार्यालयमा उपस्थित नभएको उनै सहायकले बताईहाले । त्यती मात्र होईन साना तिना समस्यामा विभिन्न झमेला झिकेर सोझा सिधा जनतालाई दुख दिने घुमाउरो भाषामा पैसाको प्रस्ताव गर्ने प्रवृति अधिकांश कर्मचारीहरुको पुरानै सस्कार हो । तर सुविधा वृतिपछि कमसेकम ति व्यवहारहरु हट्नेछन् भन्ने अपेक्षा थियो । समय सिमा र अनुशासनलाई कमृचारीहरुले पालना गर्ने छन् भन्ने आम जनताको आशा र अपेक्षा फेरीपनि निराशामै सिमित भएको छ । 

त्यो दिन नआओस

 
भीमज्वाला राई
......................................................................
आउदो मंसिर ४ गते दोस्रो संविधानसभाको निर्वाचनको बाटो हेरेर बसेका छन् नेपाली जनता । नेपाली जनताको आशा जगाईदिने अरु कोही नभएर राजनीतिक दलहरु नै हुन् । जनताले जहिल्यै दलहरुलाई विश्वास मात्र गरेका छैनन् आवश्यक पर्दा सडकमा उत्रीएर ज्यानको बाजी थापेर साथपनि दिएका छन् । ईतिहासले त्यही कुराको पुष्टि गरेको छ तर त्यसको बदला दलहरुले जनतालाई धेरै पटक धोका दिदै आईरहेका छन् । अब फेरी धोका दिन्छन् कि दिदैनन् त्यो मंसिर ४ गते जनताले थाहा पाउने छन् ।
      मुख्य भनिएका एमाओवादी, काग्रेस, एमाले र मधेशबादी दलहरुले मंसिर ४ गते हुने भनिएको संविधानसभाको निर्वाचनको खासै नाम उच्चारण गरेको सुनिएको छैन । यो किन भयो त्योपनि कसैलाई थाहा छैन तर आशंका के छ भने तिनै चार समुह हुन् जसको मिलेमतोमा चुनावी सरकारपनि बन्यो खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने लाहाछाप पनि लाग्यो तिनै दलहरुको सल्लाहमा सरकारले निर्वाचनको समयपनि तोक्यो तर समय तोक्न लगाउने दलहरु चाही आफैले घोषणा गर्न लगाएको निर्वाचनबारे किन मौन ? किन निर्वाचनको नाम उच्चारण गर्न अल्छी मानिरहेका छन् ?
  निर्वाचन लोकतन्त्रलाई ठिक बाटोमा ल्याउने साधन हो, निर्वाचन गणतन्त्रलाई सस्थागत गर्ने र संघियतालाई स्थापित गर्ने नयां संविधान निर्माण गर्ने आधारशिला हो दलहरु आजभोली यसै भन्दै आईरहेका छन् जनतालाई यही कुरा पढाउदै हिडिरहेका छन् । यदी दलहरुले भनेको त्यही हो र निर्वाचनको विकल्प छैन भने तिनै दलहरु निर्वाचनलाई सफल बनाउने योजना अनुरुप त्यही अनुसारको कार्यक्रम बनाउन किन सकिरहेका छैनन् ? साच्चै यतीवेला दलहरुका गतिविधि र कार्यक्रमलाई राम्ररी नियाल्ने हो भने लक्ष्यहिन यात्री जस्तै देखिएका छन् । दलहरु यदाकदा सुनिन्छ तर सुनिन्छ मात्र देखिदैन ।
      बैद्य नेतृत्वका माओवादी तथा ति दलसंग सहकार्य गर्ने दलहरुको आवाजले जनतालाई अब के साच्चै निर्वाचन होला र ? भन्ने मानसिकतामा पु¥याईदिएकोछ । चुनाव हुनै नदिने उद्धघोष छ साथै बहिष्कार गर्न आम जनतालाई आह्वान गरिरहेका छन् यद्यपी त्यो विचार गलत छ भन्ने विषयमा जनता सजग छन् जनतामा के पनि चेत छ भने अब कुनै दलहरुले सेन्टीमेन्टका आधारमा कसैलाई उराल्न र परिचालन गर्न सक्दैन । त्यो जुग कुनै समय थियो जतीवेला जनता उपयोग भएका थिए तर अबको समय फरक छ जनता राजनीतिक एजेण्डाबाट माथी उठीसकेका छन् अब आर्थिक रुपान्तरण चाहान्छन् ।
       दलहरुले आफुलाई फरक बनाउनपनि अब जरुरी छ विद्यमान दलहरुले नेपालको रुपान्तरण गर्न सक्दैन विकल्प खोजिनु पर्दछ भन्ने आवाज प्रसस्त उठेका छन् । चर्को कुरा गरेर आफुलाई क्रान्तिकारी बनाउन खोज्ने र जनताका एजेण्डा भुल्ने र आफुलाई नेपाली राजनीतिको जन्मसिद्ध मालिक ठान्ने यस्ता दुवै खाले अतिबादलाई दलहरुले त्याग्नु जरुरी छ । चुनाव हुनै नदिने अडान र आलोचना सुन्न नचाहने आफैले घोषणा गरेका कुरालाई ध्यान नदिने यस्ता एकअर्कामा मुख नमिल्ने तर एउटै एजेण्डामा रहेका दुवै प्रवृति र मनोवृति भएका राजनीतिक दलहरुले आफुलाई साईजमा ल्याउन जरुरी छ अन्यथा एकले अर्कालाई दोषारोपन गर्दै लोकतन्त्र समाप्त भएको क्षण टुलुटुलु हेर्ने दिन नआउला भन्न सकिन्न ।
    

नटुङगीएको अन्तरिम जिवन


भीमज्वाला राई
...........................................................
३० असार ०७०, औजार कार्यालय धरान
समय ः राती, ११÷५५
       अन्तरिम भन्नाले अस्थायी वा काम चलाउ किसिमको मध्यवर्ती अबस्था हो । अझै गहिराईमा बुझ्ने हो भने दुई भिन्न कालका बीचको कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रकृयाको बीचको समय हो । मैले जिवनलाई त्यही अर्थमा बुझें र जिवनको ३८ औं बसन्तमापनि म त्यही अन्तरिम कालमा छु ।
     अन्य विषयको अनुभवमा भन्ने हो भने अन्तरिम कानुन्, अन्तरिम विद्यान, अन्तरिम अवधी, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन तथा अन्तरिम सरकारको एउटा निश्चित समयपछि अन्त्य हुने गरेको छ मात्रै ढिलो चाडोको कुरा हो । तर मेरो जिवनमा किन टु¨ीएन यो अन्तरिम काल ? मलाई आजभोली यो प्रश्नले चिमोट्न थालेको छ । जिवनको अन्तरिम कालको अन्त्यपछि के ? फेरी त्यसको उत्तरपनि छैन म संग तर के चाही हो भने मैले बुझेको जिवनको अन्तरिम कालको अन्त्य अर्थ र मैले चाहना गरेको भनेको जिवनको एकरुपता हो, जिवनको गतीशिलता र पसिना बगाएर खाने वर्गको सेवाप्रतिको निरन्तरता ।
      मुल कुरो सर्वहारा वर्गको सेवा र उनीहरुको मुक्तिको आन्दोलनको एउटा पिक्केट ईटा बन्ने नै हो २०५६ साल उताका समयलाई म त्यती महत्व दिन्न तर त्यस यताको समयलाई हेर्ने हो भने मैले कहिले धरान काकडभीटा रुटमा चल्ने रानी सेवा नामको बसहरु मे १ ख ८८३, को १ ख ११०९, को १ ख ७४६ र को १ ख ६७२ नम्बरका सवारीहरुमा कहिले ढोकामा उभीएर बसको बडी ठटाउदै हिडें, कहिले यात्रुहरुसंग यात्रा बापतको भाडा माग्दै टिकट च्यातेर समय काटें । यात्रुको गाली कती खाएं कती, कुन्डले मुन्द्रेहरुको धम्किपनि व्यहोरे ट्राफिक प्रहरीको सास्ती कति हो कति सेनाको धुलाईको अनुभव अझै ताजै छ ।
     पत्रकारिता त्यस अघिनै सुरु गरेको थिए दिनभरीको गाडीको थकान, रातभरी ब्लाष्ट टाईम्सको कार्यालयको काम उफ π जिन्दगी । तर ति सवै काम मजदुर वर्गको आन्दोलनकै लागी थियो २०५० सालबाट सुरु भएको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीति लामो समय टिकेन महेन्द्र बहुमुखि क्याम्पस धरानको कानुनको विहानी सिफ्ट कमिटी हुदैं प्रारम्भीक कमिटीसम्म आईपुग्दा सिरहाबाट धरान पढ्न आएको यो ज्यानले भोकसंगको संघर्षकालागी रोजगारीकालागी धरानका सवै ठाउं चाहा¥यो केही उपाए नलागेपछि काका मकरवहादुर राई चालक भएकाले उनै काकाको भनसुनका आधारमा गाडी मालिक नरेश ईवारमको गाडीमा मजदुर भएर रानी सेवामा काम सुरु गरेको थिएं । त्यो वेलाको संक्रमण र अन्तरिम काललाई मैले त्यसरी अन्त्य गरें ।
       त्यस पछिका मेरा कलेज गाडी बन्यो मेरा कक्षा कोठा गाडीको पछिल्लो सिट हुन थाल्यो त्यही अध्ययनले परिक्षामा सामेल हुदा भने गाडीबाट विदा लिन्थे त्यसैगरी एम ए सम्मको पढाई पुरा गरे । मजदुरी, पढाई, पत्रकारिता, मजदुर नेताको जिम्मेवारी, खेल जिवन(सितोरियो करातेमा ब्राउन बेल्टसम्म), पारिवारिक जिम्मेवारी र सधै साथसाथै जोडिएर आएको गरिवि अहो कम गजवको थिएन मेरो दैनिकी । र पनि उत्साह ममा उच्च थियो । त्यही वेलाबाटनै मेरो काम, सोचाई, गराई र भोगाईमा कुनै एकरुपता थिएन, कुनै एक क्षेत्रमा मात्र मेरो संलग्नता थिएन । सायद मैले मजदुरहरुको अधिकारको आन्दोलनलाई केन्द्रभागमा राखेर चौतर्फि सम्भावनाको खोजीमा आफुलाई सधै दौडाईरहेको थिए जुन कामको सहयोगले मजदुर आन्दोलनमा मैले बढीभन्दा बढी समय लगाउन पांउ ।
     गाडीमा काम गर्दा गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको धरानको सदस्यहुदै अध्यक्ष भईसकेपछि गाडी मालिकले कि काम छाड्नु पर्ने कि संगठन छाड्न उर्दी गर्दा, गाडीमा काम गर्दै ब्लाष्ट टाईम्स दैनिकमा काम गर्दै गर्दा गाडी र संगठन छाडेर पूर्णकालिनरुपमा पत्रकारिता गर्न प्रस्ताव आउदा, ब्लाष्ट टाईम्स छाडेर मजदुरहरुको वैचारिक पत्रिका चाहिन्छ भन्ने विचारका आधारमा औजार पत्रिका दर्ता गरिसकेपछि पुन ब्लाष्टमै फर्किए सेवा सुविधा बढाईदिने प्रस्ताव आउदा म जहिल्यै दुई विषयको मध्ये भागमा पर्ने गर्दथें तर यो अन्तरिम कालको व्यवस्थापनलाई तथा मेरो कामलाई आर्थिक लाभ र पैसा कमाउ मानसिकता पटक्कै थिएन । मेरा काम र रोजगारी आफु धरानमा बाचेंर मजदुर संगठनमै आफुलाई स्थापित गराउनु नै थियो ।
     त्यो संक्रमण र अन्तरिम काल अहिले फेरी जटील बनेर आएको छ । मेरो सपना क. कार्ल माक्र्सले देखाईदिएको सपना नै हो । त्यो भनेको सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवाद स्थापना हो । सर्वहारा श्रमजिवि वर्ग अर्थात उत्पादक शक्तिको सिद्धान्त माक्र्सवादको बाटोमा आफुलाई समर्पित गर्नु नै हो । त्यसकालागी मजदुरहरु संगठीत गर्नु, उनीहरुलाई प्रशिक्षित गर्नु वर्गीए एकता कायम गराउनु नै हो त्यसकालागी म यातायात मजदुर भएकाले त्यही संगठनमा निरन्तर काम गर्नु हो ।
  तर संगठनमा काम गर्ने र देशभरीका यातायात मजदुरहरुलाई संगठीत बनाउने हो भने अब मैले २१ वर्षदेखि रगत, पसिना बगाएको धरान भनेर सेउती खोलाको साघुरो पुल नकाट्ने हो भने मेरो नेतृत्व विस्तार सम्भव छैन । २०६६ साल चैत्र २९ र ३० गतेको संगठनको आठौं राष्ट्रिय अधिवेशनबाट मैले केन्द्रीय सचिव र शिक्षा विभाग प्रमुखको जिम्मेवारी पाएको थिए यो करिव चार वर्ष मेची महाकाली दाडाहा मात्रै भएन मेरो भुमिका राम्रैगरी पुरा गरे जस्तो लागेको छ त्यो भूमिका सहि थियो भने अब मेरो जिम्मेवारीहरु अबश्य थपिने छन् तर विगतको करिव ४ वर्षजस्तो अब मैले धरानमा बसेर त्यो जिम्मेवारी पुरा हुने सम्भावना छैन मैले काठमाण्डौं सिफ्ट हुनै पर्छ ।
      धरानमा मजदुर नेता, एमाले सुनसरीको दोस्रो कायैकाल काम गर्दै गरेको सदस्य, औजार दैनिकको प्रधानसम्पादक, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, २१ वर्षदेखि पुर्वाञ्चलमा सवैले चिनेको चर्चित अनुहार र नामको पछाडी ज्वाला भएको अनौठौ परिचय । औजार दैनिकबाट आउने नियमित आयस्रोत । के यी कुराहरु धरान छाड्ीसकेपछि काठमाण्डौमा सम्भव छ ? अह π छैन । फेरी यतीकै चर्चामा रमाउने हो भने नेतृत्वको देशव्यापी विस्तार सम्भव छ ? त्योपनि सम्भव छैन अब रोज्ने के ?
    यो अन्तरिम कालको निकास के ? मलाई भन्न कुनै समस्या छैन म दुख मोल्न चाहान्छु किन भने दुख मेरो जिवनको अभिन्न साथी परिवर्तनकालागी जोखिम उठाउन तयार हुनै पर्छ । तत्कालिन भौतिक सुविधालाई म मेरो जिवनको अन्तिम उपलव्धी मान्दीन बाकीं कुरा व्यवस्थापनमा केही समय मेरो समय खर्च हुनेछ ।

मोफसलका सम्पादक असारका गोरु

pic by sohan stha

भीमज्वाला राई
........................................................
२९ असार २०७०
७÷५७ औजार कार्यालय धरान
   फोफसलबाट प्रकाशित पत्रिकामा काम गर्ने हामीजस्ता पत्रकारहरु असार १५ का अप्जसे गोरु जस्तै हौं मैले भन्न नभ्याउदै शनिबार भेडेटारमा सवैतिरबाट जम्मा भएका करिव १ सय ५० पत्रकारहरु गलल्ल हासें ।
    असारको गारुको पीडा विहानदेखि जोतेको जोतेकै, खानु पाउनु छैन, आराम गर्नु पाउनु छैन, उल्टै हलिको चुटाई खानु छ जस पनि पाउनु छैन । मोफसलका सम्पादक भनेका त्यस्तै दुख पाउने जिनिस हो गोरुले त असारमा मात्र सम्पादक त वर्षभरी त्यही गोरु नियतीमा बाचेका हुन्छन् ।
    समयमा खान पाउनु छैन, वेलैमा सुत्न पाउनु छैन, घरको अभाव टार्न पाउनु छैन, व्यवस्थापन र समाचार कक्षसंगको पुल भएकाले समाचारमा काम गर्नेहरुलाई महिना वारी नै पारिश्रामिक दिलाउन पाउनु छैन यो त भयो आन्तरिक पीडा दलितको कार्यक्रममा गयो हाम्रा समाचार किन नछापेको हामीलाई उपेक्षा गर्ने ? जनजाती नेतालाई भेटायो ब्राहमणबादी पत्रिकाको सम्पादक आयो है भन्ने हासोको पात्र । बालबालिकाको कार्यक्रममा गयो बालबालीका भनेका भोलीका देशको भविष्य हो किन हेपेको हौ सम्पादक ज्यू ।
 महिलाहरुको भिडमा पुग्यो पृतिसत्तात्मक सोचका पत्रिका महिलालाई त पिटिक्कै स्थाननै दिईदैन यस्ता ओरोप प्रत्यारोपहरुले कान खसुरे जातको पातले पाछे जस्तै हुन्छ भने कहिलेकाही त लाग्छ बरु उहिल्यै गाउं नछोड्नु थिएछ हलो जोतीरहदा त बरु एकखालको आनन्द नै आउथ्यो होला । आखर पत्रकार भएर जाबो आफुलाई त खुशी राख्न सकिएको छैन बरु गाउमै हलो जोतीराखेको भए आमा बाबा र परिवार खुशी त हुन्थे होला ।
     खागरी शनिबारको कार्यक्रम सञ्चारिका समुहले आयोजना गरेको लैङगीक हिंशा न्युनिकरणकालागी खोज पत्रकारिता तालिमको समापन तथा तालिममा सहभागी पुर्वाञ्चलका ६० पत्रकारहरुलाई प्रमाण पत्र वितरण तथा पूर्वाञ्चल भरिका पत्र पत्रिका, रेडियो तथा टेलीभिजनका सम्पादकहरुसंग अन्तरकृया रहेको थियो । सञ्चारिकाका अध्यक्ष निर्मला शर्माले सुरुमै भनेकी थिईन् हामीले ६० जना पत्रकारहरुलाई महिला हिंशा न्युनिकरणको बारेमा समाचार कसरी खोजी गर्ने भन्ने विषयमा प्रशिक्षित गर्यौ अब पत्रकारहरुले लेखेका समाचारहरुलाई तपाई सम्पादकहरुले आफ्नो सञ्चार माध्यममा स्थान दिनु पर्यो ।
  त्यही मौकामा मुख्य अतिथि हुन राजधानी छाडेर आईपुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गांउलेले सवै सम्पादकहरुलाई अर्ति दिए ५१ प्रतिशत भन्दा धेरै जनसख्या भएको महिलाको समस्यालाई किन महिलाको विषय मात्र बनाउने ? यो त राष्ट्रको समस्या पो हो त उनले थपे खई के के गर्दा गर्दै विग्रीएपछि हाम्रा थुप्रै साथीहरु पत्रकार भएका छन् त्यस कारण यो गम्भिर विषयलाई खट्याउन सक्नु प¥यो । फेरी उनले थप्दै गए विषय छनौट, तथ्य र सत्यलाई विर्सनु भएन समाचार कक्षलाई चुस्त बनाउनु प¥यो ।
     उता निर्मला शर्मा थप्दै थिईन सञ्चार महिला मैत्रि छैन । पुरुषहरुको राज भयो सञ्चार महिलाहरुलाई काम दिदै दिदैनन् सम्पादकहरु महिलाका ईस्युलाई पत्रिकामा स्थान नै दिदैनन् सम्पादकहरु अहिलेका पत्रिका र सम्पादकहरु राजनीतिक एजेण्डा केन्द्रीत भए ।
     मोफसलका सम्पादकहरुको मुख्य पीडा यही थियो जसलाई मैले असारको गोरुको हविगतमा चित्रण गरेका थिए त्यो चित्रण प्रस्तुत गर्दा हलका सवै हांसेका थिए । तर समस्या हो चाही के भने पेशामा व्यवसायीकता नबुझेका लालबझक्कड बोक्रे बठ्याई । पेशालाई कसरी मर्यादित बनाउने र कसरी व्यवसायीक बनाउने भन्दापनि उनीहरुको चिन्ता कसरी चतुर पण्डित्याई छाट्ने ? कसरी अरुलाई खुईल्याउने र आफ्नो धोक्रो भर्ने ?
      त्यहि लाग्यो मलाई र मैले भने महिला हिंशाको ईस्यू राष्ट्रिय होईन भनेर कसले भन्यो ? पत्रकार सुद्धिकरणको कामलाई साथ दिन सुनसरीले दुई पटक जिल्लामा आचार संहिता नमान्ने पत्रकारहरुको हुर्मत लिने पत्रकारलाई कारबाही गर्न सिफारिस गरिसकेको छ कारबाही गर्न कस्ले रोक्यो ? बजारमा नदेखिएका पत्रिकाहरु नामै नसुनेका पत्रिकाहरु प्रेस काउन्सीलको वर्गीकरण संपरिक्षण रिपोर्टमा राम्रो स्थानमा वर्गीकरणमा परेका छन् त्यही काउन्सीलका सदस्य भएरपनि त्यस्तो ठगी पत्रकारितालाई रोक्न कस्ले रोक्यो ?
   सञ्चारिका १५ वर्षदेखि महिला पत्रकार विकासमा क्रियाशिल छ खोई दक्ष महिला पत्रकारहरु ? पेशा गर्नु भनेको पेशागत प्रवृति र त्यसका समस्यालाई बुझनु र त्यहीबाट आफुलाई माझ्नुपनि हो समाचार कक्षमा राती काम गर्न महिला पत्रकारहरुले आफुलाई किन तयार बनाउन नसकेका ? फेलोशिप आउदा मात्र विचार लेख्ने र जसरीपनि हालीदिनु प¥यो भन्दै डेट लाईन पार गरिसक्दापनि सम्पादकलाई कर गर्ने अरुवेला महिलाको विषयको समाचारलाई स्थान दिएन भनेर विरोध गरिहिड्नुको के अर्थ ?
    पछिल्लो समयमा मलाई केपनि लाग्न थालेको छ भने विकास तथा परिवर्तनको विषय द्रुत गतीमा हुनु दुर्भाग्य बन्दोरहेछ । खासगरी ०६२ ÷०६३ सालको आन्दोलनले नेपाली जनताले अभुतपूर्व परिवर्तनको अनुभूति गर्न पाए जातजाती, वर्ग समुदाय, लिं¨ तथा क्षेत्रका मुद्धाहरु यती मुखरित भएर आएकी त्यही अधिकारको आन्दोलन र समेट्न नसकिने एजेण्डाकै कारणपनि संविधानसभा असफल बन्नु पर्ने अबस्था आयो । तर अमेरिका जस्तो विश्वलाई प्रजातन्त्रको पाठ पढाउने देशको संसदमा पनि महिलाई ११ प्रतिशत भन्दा बढी समावेश नभएको समाचार ईनटर नेशनल हेराल्ड ट्रिव्युनले छापेको देखियो । यस कारण हामीले बढी एमोशनल हुनु र त्यही अनुसार नेतृत्व गर्नुले बेफाईदा गर्दारहेछन् भन्ने बुझ्नु पर्छ । 
      नेताको नेतृत्व सुनिने मात्र हुनु हुदैन देखिने हुनु पर्दछ । पत्रकारहरुको हक, हित अधिकारको बारेको भाषण्मा अब कुनै रस छैन त्यसको महत्वपनि छैन । मोफसलका सञ्चारहरु अब टिक्न समस्यामा छन् । घर कमजोर भयो भने त्यो कमजोर घरमा बस्ने परिवार सुरक्षित हुन्छन भन्ने ठान्नु मुर्खता हुनजान्छ । राज्यको सञ्चार नीति केन्द्रीकृत र ठुला पुर्जीमा सञ्चालित सञ्चार माध्यमहरुप्रति उदार भएका कारण मोफसल समस्यामा छन् बाचेकाहरुले जवरजस्त धानीरहेका मात्र छन् उ आफै धर्मरो अवस्थामा रहेकाले त्यहा काम गर्ने पत्रकारहरु कसरी सुरक्षित हुन सक्छन् नेताको नेतृत्व त्यहा देखिनु पर्छ नेताले नीति बनाउदा आवश्यक्ताका आधारमा कठोर बन्नुपनि सक्नु पर्छ ।
     सञ्चार तथा सञ्चारकमीहरुलाई नियमन तथा व्यवस्थापन गर्न वर्तमान कानुन् पर्याप्त छैनन् । जे जती कानुन तथा ऐनहरु छन् त्यसलाई आधार मानेर सञ्चार सस्था दर्ता प्रकृया, सञ्चालन व्यवस्थापन, राज्यद्धारा दिईने सेवा सुविधाहरुको व्यवस्थापन, काम गर्ने सञ्चारकर्मीहरुको व्यवस्थापन लगायतका विषयमा केन्द्रीत उद्योगका रुपमा विकास गर्नेगरी कानुन निर्माण गर्न जरुरी छ ।        

आगो निभ्यो, मुटु बल्न थाल्यो

भीमज्वाला राई
...........................................

  २८ असार, २०७०
   औजार कार्यालय
समय राती ९ ÷ ५५
       हिजो राती अचानक औजार कार्यालयको अफसेट प्रेसमा लागेको आगोको आतंक अझैपनि दिमागबाट हट्न सकेको छैन ।
     अहिले औजारमा विद्युत लाईनको कुनै समस्या छैन दिनभरी लगायर मर्मत सम्हार गर्ने कार्य पांच वजेनै सम्पन्न गरिसकिएको छ अहिले विद्युत लाई उपयोग गर्न कुनै समस्या छैन तर दिमागमा हिजो रातीको आगलागी दुर्घटनाले झड्का हान्न छाडेको छैन ।
    हिजो राती करिव १० वजे म आफ्नो कार्यकक्षमा सम्पादनको काममा एकोहोरो लागीरहेकै थिए त्यही समय विद्युत लाईनमा दुई पटक गडबडीको महशुस गरेको थिए तर हाम्रो देशमा पत्रकारिता गर्दा दैनिक २० घण्टाको लोडसेडिङको अनुभव भएकाले त्यसलाई सहजरुपमा ग्रहण गर्दै कामलाई निरन्तरता दिईरहेको थिए ।
    केही आवाजहरु चिच्याहटपूर्ण मेरा कानमा ठोक्किीए दतिन तलामा रहेको शान्तिपथको पूर्व पश्चिमबाटोको दक्षिण तर्फ उक्तर फर्किएको मेरो कार्यालयमा म विच तलाको सवैभन्दा उत्तर तर्फ रहेको कोठामा थिए । मैले ठाने सदा झै कोही झगडा गरिरहेको छ कुनै पर्वाह नगरी काममा एक ध्यान थिए तर मेरो कोठा अघिल्तीर रहेका कम्प्युटर अपरेटर केदार बस्नेत, भाषा सम्पादक वेदकुमार सुब्बा, सम्बाददाता रणध्वज लोहार, बजार व्यवस्थापक दामोदर गुरांगाई, लगायतका साथीहरुपनि एकाएक बाहिरिए ।
     केही समयपछि केदार भाई आएर सर प्रेसमा आगो लागेछ भन्दै उसको सामानहरु लिएर बाहिर निस्कन खोज्यो म पनि उनको पछि लागे तल्लो तला झरे । मानिसको भागदौड थियो आगोको मुस्लो प्रेस छेउको विद्युत मिटर बक्समा दनदनी बलीरहेको थियो प्रेस भएको कोठामा धुवाको कुहिरी मण्डल थियो प्रेसको अपरेटर गोविन्द भुजेल र हेल्पर प्रताप तामांङ बाहिर कराई रहेका थिए । अन्य मानिसको समेत तातीं थियो । वेदकुमार सुब्बा आफ्नो साईकल निकालेर बाहिर सुरक्षित स्थान तर्फ लागीरहेको थियो दामोदर भाई मोटर साईकललाई त्यसैगरी सुरक्षित बनाउदै थियो । आगो निभाउने तर्फ कोही थिएन सवै कार्यालयको अग्रभागमा बसेर चिच्याईरहेका थिए ।
      मैले बलीरहेको आगोलाई नियांले प्रेसलाई हेरे, औजारको भौतिक संरचनालाई हेरें तर अरु जसरी बाहिर सुरक्षित स्थानमा जान सकिन । मैले हठात निर्णय गरें आगो निचाउनु पर्छ त्यसपछि भित्र छिर्न खोजें तर बाहिरबाट प्रताप करायो ”सर भित्र नजानुस मिटर बक्स पड्कीन्छ, सवैतिर करेन्ट छ “ यतीवेला मेरागी मेरो ज्यान भन्दा औजारको भौतिक सम्पति सम्झिए र सरासर भित्र छिरें । त्यतिन्जेल आगोको ज्वाला झन बल्न थालिसकेका थिए । हामीसंग अग्नी नियन्त्रक यन्त्रपनि थिएन सवैभन्दा पहिले मिटरको मुख्य अन अफ बटनलाई अफ गरेर नजिकै रहेको बाल्टीनमा रहेको पानी पुरै हाली दिए पानी कम भयो काठको टुक्राले बलीरहेको एमसिवीको डल्लो र मिटर बक्सको आगोमा हिर्काउदै आगोलाई मारें ।
   करिव पांच मिनटको प्रयासले आगो नियन्त्रण भयो तर धुवाको मुस्लोले पुरै अन्धकार थियो, गन्ध त्यस्तै खपिनसक्नु थियो शान्तिपथका करिव सय भन्दा बढी मान्छे औजार अगाडी भेला भईसकेका रहेछन् । आगो नियन्त्रण भयो त्यसपछि मेरो मुटु अनियन्त्रीत भयो । आगो निभ्यो तर बल्नेपालो मेरो मुटुको आयो ।

नेपाली बाङमयमा नयां उपलव्धी



धरान । सिंगापुर प्रहरीमा कार्यरत धरानका रामजी चाम्लिंङद्धारा लिखित पुस्तक ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ नामक पुस्तक शुक्रबार धरानमा विमोचन तथा परिचर्चा भएको छ । पुस्तकको लोकार्पण भाषा शास्त्री डा टंक न्यौपाने , अग्रज पत्रकार हर्ष सुब्बा र औजार दैनिकका प्रधान सम्पादक भीमज्वाला राईले गसामुहिकरुपमा गरेका थिए ।
   कार्यक्रममा प्राडा प्राध्यापक न्यौपानेले चाम्लिङको पुस्तक नेपाली बाङमयमा नयां उपलव्धी रहेको बताए । आफ्ना कुरा राख्न मुख खोल्न नसक्ने लाहुरे जमातबाट पुस्तक लेख्न सक्ने प्रतिभा जन्मिनु नेपालीकालागी नै गर्वको विषय भएको बताए । गोर्खा भत्र्ती पेशा मात्रै नभएर जातीकै रुपमा बिकास भईरहेकाले यसलाई तत्काल बन्द गर्न नहुने बताए । डा. न्यौपानेले भने गोर्खा भर्ती बन्दको विषय राजनीतिक एजेण्डा मात्र हो यो तत्काल सम्भव छैन ।
     नेपाली लाहुरेहरुले बिदेशमा बस्दा बहादुरी देखाउन मात्र हैन नेपाली भाषा र सँस्कृतिको बिकासमा पनि उल्लेखनिय योगदान दिएको बताए । उहाँका अनुसार ठूलो संख्यामा लाहुरे बनेर विभिन्न मुलुकमा विदेशीएका नेपालीहरुले आफु बसेको ठाउँमा नेपाली भाषा सस्कृतीको प्रचार र संबंद्धनकालागि गरेका उदाहरणहरु अनुकरिणीय पाइएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘लाहुरे जाँदा शरिर मात्र जाँदैनसँगै भाषा र सँस्कृती पनि गएको हुन्छ ।,

डा प्राध्यापक न्यौपानेले गोर्खा भत्र्तीको मुलआधार अंग्रेजसँगको सम्बन्ध भएपनि त्यसले नेपालका बेरोजगार यूवाहरुलाई आर्थिक उन्नतीमा धेरै सहयोग पुरयाएको बताउनुभयो । यसैले लाहुरे पेशा अब पेशा मात्र नभएर एउटा समुदायको जातकै रुप धारण गर्न थालेको डा न्यौपानेले बताए पुस्तकमा कतिपय विषय तथा प्रसंगहरु अनावश्यक तथा अपुष्ट रहेकोमा लेखकको आलोचना गर्दै लेखकहरुले अमुर्त कुरा लेखेर पाठकहरुलाई भ्रम पढाउनु हुदैन ।
   धरानका अग्रज पत्रकार हर्ष सुब्बाले देशमा व्याप्त असमावेशी राज्य चरित्रले गर्दा खासगरि आदीबासी जनजाती समुदायका मानिशहरुले आर्थिक विकल्पका रुपमा ज्यानको बाजी गरेर भएपनि लाहुर जान बाध्य भैरहनुपरेको  हो भन्नुभयो । उहाँले लाहुर जाने कार्य हटाउन राज्यले पुर्ण शमाबेशी चरित्र अँगाल्नुपर्नेमा जोड दिनुभयो । लाहुरेहरुले गरेका विरताका कार्यहरु देखी सामाजिक र सास्कृतिक रुपमा भएका कार्यहरुको खोजी गरेर इतिहासका रुपमा लिपिबद्ध गराउन लागिपनुपर्नेमा जोड दिनुभयो ।
लाहुरे रामजी चाम्लिङले लेखेको  ‘गोर्खा भर्ती बन्द र राष्ट्रिय सरोकार’ पुस्तकमा गोर्खा को हुन , किन लाहुरे भए , भिक्टोरिया क्रस र गोर्खाको सम्बन्ध के छ , लाहुरेलाई किन होच्चयाउने कारण के हो , भन्ने विषयदेखी लाहुरेहरुको शिक्षा , सस्कृती , खेलकुद , समाजिक विकासमा गरेको लगानी देखी गोर्खा भर्ती बन्द हुनु लाभ हो कि हानी हो भन्ने जस्ता अनेक विषयमा चर्चा उल्लेख छ ।
    औजार दैनिकले आयोजना गरेको उक्त्त लोर्कापण तथा परिचर्चा कार्यक्रम अनुज कुलुङले सञ्चालन गरेका थिए कार्यक्रममा पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष केशव घिमिर लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

केही नगरी एकदिन बुढो भएछु


भीमज्वाला राई

औजार कार्यालय धरान
राती ९।४५
    नयां उल्लेखनिय काम केही भयो ? अहं भएन
पुस्तक तथा अन्य नयां विषयमा अध्ययन गरियो ? गरिएन
संगठन तथा पार्टीको काम नी ? त्योपनि गरिएन
कुनै स्क्लुसिभ समाचार वा आर्टिकल लेखियो होलानी त ? त्योपनि गरिएन
अनि के गरियो त ?
     प्रधान सम्पादकको कुर्सिमा बसेर अरुले ईमेलमा पठाईएका समाचारहरुको सम्पादन सकेर मेरो दिमागले मलाई यसरी प्रश्न गर्यो । तर म निरुत्तर भए मनमनै सोचिरहेको छु साच्चै केही नगरी एक दिन बुढो पो भएछु ।
   राती एक नवजी नसुत्ने, विहान ८ नवजी नउठ्ने, १० वजे कार्यालय आई चिया पसलमा भेटघाट गफगाफ, दिनभरीमा १० ÷ १५ कप चिया पियाई, बैठक भेला, छलफल अनिवार्य, औजार छिरेपछि व्यवस्थापनको समस्या, व्यवस्थापन कहिल्यै सुधार गर्न नसक्नुको पीडा उफ π
      सुरु भईहाल्छ भीत्री पृष्ठकोलागी सामग्री तयारी ब्लग अपडेट, फेसबुकमा एकछिन रुमलिनै पर्यो यतीकैमा दिन वित्छ सुरु भईहाल्छ बाहिरी पृष्ठको कामको चटारो थोरै जनशक्ति विज्ञापन कम हुदा समाचार पुर्याउनै समस्या पुर्याएर मात्रैपनि भएन स्तरिय र पठनीय समाचार खोज्नै पर्यो । यो जिन्दगी यन्त्र जस्तै पो भएछ बा एउटा चक्र भएर चल्नु पर्ने सिमित लिकमा गुडुल्कीनु पर्ने ।
     यो क्रम थुप्रै वर्षदेखि निरन्तर छ औजार प्रकाशन प्रारम्भ भएको असार २३ गतेबाट ९ वर्ष लगेछ  औजारले मलाई एकखालको मेशिन बनाईरहेकोछ । औजार मेरो सामाजिक तथा राजनीतिक रुपमा अहिलेसम्म जती प्रगती गरेकोछु त्यसको साचैको हतियार हो तर अचेल मलाई केपनि लाग्न थालेको छ भने औजारमा काम गर्दाको सिण्डिकेट दौडाई, धरान हुदा पव्लिक रिलेशनका कारणले दुखपाई । के पनि हो भने पव्लिक रिलेशन बीना समाजमा रहनपनि सकिदैन तर बढी पव्लिक रिलेशन भएपछि केही काम गर्न नपाईदो रहेछ ।
   मुद्धामामिला, झैझगडा, चोरीचकारी,गारोसारो सवैमा निम्तालु, बादविवादमापनि निम्तालु, विहे पार्टीमापनि निम्तालु, पाछ्नी, भातखुलाई, रक्सी पार्टी सवैमा निम्तालु नजाउ भने ठुलो भयो हामीले बोलाएकामा आएन भन्ने खप्की खानु पर्छ जाउं भने गएर साध्ये छैन । २०५० साल तिर धरानमा म केही गर्छु भनेर कम्मर कसेर लागेको थिएं त्यतिवेला मलाई कसैले चिन्दैन थिए । म १८ वर्षीय आलोकाचों ठिटो थिएं तर आफुलाई चिनाउनकालागी कविता, गजल खुवै लेखिन्थ्यो साहित्यीक कार्यक्रम हुनै हुदैन थियो कविता गजल बोकेर कुदिन्थ्यो, अनेरास्ववियूको कार्यकर्ता थिएं कार्यक्रममा गित गाउन मञ्च उक्लीहालिन्थ्यो ।
     यी सवै गतिविधिले ज्यान पालिन समस्या भएपछि गाडीमा कण्डक्टरको रुपमा मजदुरी थालियो त्यसपछि सुरुभयो मजदुर नेताको भूमिकामा नेतृत्व गर्न संगै थालियो पत्रकारितापनि त्यसपछि यो ठिटोलाई धरानमा नचिन्ने कमै भए त्यही बाटोबाट सुरु भएको थियो सामाजिक जिवन यात्रामा । चिनीनकालागी धरानका गल्ली गल्ली, भानुचौक सर्वत्र दौडिने यो ठिटो यतीवेला त्यो दुखले आर्जेको पव्लिक रिलेशन आज घाडो भईरहेको छ । अब यसको औषधी के हो त्यो उपाय सोचीसकेको छु । जुन उपाय मैले सोचीरहेकोछु त्यो स्थानमा मेरालागी फेरी २०५० सालको नियती हुनेछ फेरी त्यो स्थानमा मैले त्यही दुख दोहोर्याउनु पर्नेछ ।
      आज यो डायरी लेख्दालेख्दै दुखद अवस्थाको सामना गर्नु पर्यो धन्न ठुलो दुर्घटनाबाट भने हामी औजारमा काम गर्ने सवैजना जोगीयौं प्रेस रहेको हलको विद्युत मिटर बक्समा आगो लागेर पुरै औजार तथा छिमेकी सवैलाई आतंकीत बनायो । म मात्रै काममा व्यस्त भएकाले पछि थाहा पांए मैलेनै तल्लो तलामा झरेर बलीरहेको आगोमा पानी खन्याईदिए धन्न आगो निभ्यो । भोली पत्रिका प्रकाशन गर्न सम्भव देखिरहेको छैन । 
 आगो आतंकबारे फेरी लेखौला अहिलेलाई विदा

  

सुरुभयो जिन्दगी घिच्याउने काम

२६ असार २०७०
औजार कार्यालय
राती १० वजे
 आजको पानी पराई वर्षा हो की कसैले माथीबाट खन्याईदिएको हो भन्ने छुट्याउन नसकिने खालको थियो । आखां खुल्दा विहान सात बजेर ४० मिनट भएको थियो रणध्वज लोहार भाई ( औजारकर्मी) मसंगै थियो भाई पानीमा रुज्दै औजार तिर लाग्यो म भने नुहाईधुवाई गरेर कार्यालय हिड्ने तयारी गर्दै थिए तर सकिरहेको थिईन ।
    मैले आज ९ वजे ईटहरीमा हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल कमिटीको बैठकमा सहभागी हुनु थियो त्यही भएर हिड्नै थियो तर ईटहरी कार्यालयबाट अन्जु दाहालले फोन गरेर पानीले ईटहरी डुवान भएको कुनैपनि साथीहरु आउन नसक्ने जानकारी गराएकाले बैठक हुन नसक्ने संकेत उनले गरिन् मलाईपनि उचित लाग्यो ।
    झमझम पानी परिरहेकै थियो मैले त्यही पानीलाई एउटा बहाना बनाएर आईरहने सवै मोवाई कललाई पन्छाउने अबसर पाईरहेको थिए । आजको दिन परिवारसंगै बस्ने मेरालागी एउटा मौकापनि थियो । चन्द्रकला राई ( लावती) मेरी जिवन संगीनीसंगै एकछिन भान्छा कोठामा विताए मेरी छोरी सुप्रिया र मेरी जेठी सासुकी छोरी आयसा ( जो सानोमा म संगै हुर्किएकी थिईन्) संग केही समय बसे उनीहरु दुवै जना यसैपाली एसएलसी उतीर्ण हुन् उनीहरुको पहिलो रोजाई स्टाफ नर्स हुने छ त्यही विषयमा केही समय कुरा कानी गरें । खाना तयारी भईसकेको सुचना आयो चन्दाबाट एकसाथ बसेर खाना खायौं तर पानी रोकीएको थिएन ।
  मैले सवैलाई आउन नसक्ने बाहाना अघि सारिसकेको थिए त्यसपछि मसंग रहेको केही पुस्तकहरु मध्ये राजन मुकारुङको पुस्तक दमिनी भिर पढ्न बाकी थियो त्यही पुस्तक हातमा लिए । करिव ३ घण्टा बगे त्यही उपन्यासमा र पनि पानी रोकीउको थिएन चिया खाजा तयारी भईसकेको थियो छोरीहरुसंग खाजा लिदै केही समय रमाईलो गरे सिमसिम पानी छदै थियो मोटरसाईकल स्टार्ट गरेर कार्यालय हिडे ।
 त्यसपछि सुरुभयो जिन्दगी घिच्याउने काम त्यही टेवल त्यही कुर्चि, त्यही ल्यापटप, त्यही समाचार  सम्पादन त्यही सम्पादकीय लेखन साथीहरुसंगको घेटघाट गुनासााहरु बस त्यती ।