साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

किन बढ्दैछ बिदेशी चासो ?



          भीमज्वाला राई
          
सरकारले मंसिर ४ गते दोस्रो संविधान सभाको निवाृचनको मिति घोषणा गरेसंगै नेपालमा नजानिदो तरिकाले बैदेशिक चलहपहल  बढेकोछ । अरुलाई औला ठड्याएर आफ्ना कमजोरीहरुलाई लुकाउनुलाई राम्रो मान्न सकिन्न तर संविधान सभाले संविधान जारी नगरी विघटनहुनुमा जसले जेसुकै कुरा गरेका भएपनि यसको भित्री कुरा भनेको वैदेशिक हस्तक्षेप नै प्रमुख हो भन्ने कुरा दल तथा तिनका नेताहरुलाई राम्रोसं जानकारी छ । मुख्य कुरा के चाही हो भने विदेशीको साथ नलिई नेपाली समस्याको समाधान गर्न सकिन्न ? स्वाभिमानी नेतृत्व नेपालले जन्माउनै नसकेका हुन्र ? अथवा आफ्नो राजनीतिक स्वार्थ पुर्तिकालागी नेतृत्वले अरु देशको चाकडी गर्नै पर्छ नेपाली जनता यही अन्यौलमा छन् ।
            मंगलबार मात्र भारतीय विदेश मन्त्री सलमान खुर्सिद अचानक नेपाल आए करिव नौ घण्टा नेपाल बसे नेपाल र नेपालीलाई अर्ति उपदेश दिएर फर्किए । केही समय अघि यसैगरी चिनीया स्टेट काउन्सिलर याङ जोईची पनि दुई दिने नेपालको भ्रमण गरेर फर्किएका थिए । चिनीया अधिकारी नेपाल आएर फर्किए लगतै भारतीय विदेश मन्त्री खर्सिदपनि नेपाल आएर फर्किएका छन् । यसको मुल कारण भनेको नेपालको भुराजनीतिक अबस्थिति जुन विशाल चिन र भारतको विचमा रहेको छ । र नेपाल लामो समयदेखि राजनीतिक संक्रमणकालिन अवस्थामा गुज्रीरहेको छ यो नेपाली अवस्था ति दुवै महा शक्ति राष्ट्रहरुकालागी उपयोगी हुनेछन् । यसैको पेरीफेरीमा चिन र भारत नेपाल धाईरहेका छन् यहांका दल तथा नेताहरुलाई दास बनाउने कसरतमा छन् ।
      
चिन र भारत उदाउदो विश्व आर्थिक तथा सामरिक महाशक्तिका रुपमा प्रतिष्पर्धि हुन् । यो प्रतिष्पर्धामा को अव्वल हुने भन्ने ध्याउन्नको उदाहरण हो चिनीया तथा भारतीय उच्च पदस्थ अधिकारीहरुको बाक्लिदो नेपाल भ्रमण उनीहरुकालागी त्यो अस्वभाविक होईन कोही चाहान्छन र राजी हुन्छन् भने दासताको जुवा बोकाउन यी दुवै देश तयार नहुने कुरै आउदैन तर अचम्मको विषय के छ भने दासताको जुवा बोक्न हाम्रा राजनीतिक दल तथा तिनका नेताहरु किन मरिहत्ते गरिरहेका छन् । आपनो पदिय मर्यादालाई समेत ख्यालनै नगरी अर्को देशको विदेश मन्त्री आउदा सरकार प्रमुखदेखि प्रमुख मानिएका पार्टीका प्रमुख तथा पूर्व प्रधानमन्त्रीहरु समेत चाकडीमा लामबद्ध हुनुलेपनि नेपालको सार्वभौमिकतामा आंच पुगेको छ ।
       यतीवेला नेपाली संविधान सभाको तयारीमा छन् संविधान सभा मार्फत नयां संविधान निर्माण गरेर लामो समयदेखिको संक्रमणलाई सदाकालागी अन्त्य गर्दै सदियौंदेखिको असमानता र विभेदहरुको अन्त्य गर्दै आर्थिक सामाजिक रुपान्तरणको एजेण्डामा नेपाली जान चाहान्छन् । तर विशेषगरी भारत र चिन नेपाली समाज रुपान्तरणको यही चरणलाई आफ्नो स्वार्थसिद्ध गर्ने मौकाका रुपमा लिईरहेका छन् । चाहे चुनावकालागी सवारी दिएर वा पैसा सहयोगको बहाना बनाएर संविधान सभालाई आफ्नो देशको हित अनुकुल बनाउन खोजीरहेका छन् यस बारेमा दल तथा नेतृत्व सचेत हुनु जरुरी छ ।
      चिनले जतिसुकै उच्च आर्थिक दल वृद्धि गरेर परिवर्तीत  चिन बनाउन खोजेपनि स्वतन्त्र तिब्बतको मुद्धाले उसलाई पिरोलेको छ स्वतन्त्र तिब्बत आन्दोलनकालागी नेपाल सुरक्षित भएकाले नेपाल चिनलाई पिरोल्ने आन्दोलनको सहयोगी नबनोस भन्ने चाहाना रखेर गतीविधि गरिरहेको छ भारतमा जारी माओवादी द्धन्द्ध तथा नेपाल भारत खुल्ला सिमानाका कारण सिमामा आतंकबादी क्रियाकलापहरु बढेका छन् फेरी भारत दक्षिण यशीयामा अरु देशको सक्रियता रुचाउने पक्षमा छैन त्यसै कारणपनि संविधान सभा र त्यसपछि बन्ने नेपालको संरचना संघियताका बारेमा दुवै देश किन चुपलागेर बस्न सक्थे र ? ।
     

0 comments:

Post a Comment