............comrade, puspalal.................. |
- भीमज्वाला राई
कमरेड पुष्पलाल श्रेष्ठलाई नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासमा कसैले विर्सन सक्दैनन् । आफुलाई कम्युनिष्ट दावी गर्ने कसैले वा कुनै कम्युनिष्ट नामको पार्टीले पुष्पलाल लाई विर्सने प्रयास गर्छ भने सही अर्थमा त्यो न कम्युनिष्ट बन्न सक्छ न त्यो पार्टी कम्युनिष्ट पार्टी नै हुन सक्छ । तर आफुलाई कम्युनिष्ट दावी गर्ने र कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई किन विर्सदै गईरहेका होलान् भन्ने नेपालको कम्युनिष्ट आन्दोलनमा अलिकतीपनि हेका राख्नेहरुलाई सोच्न बाध्य पारिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस साउन ७ गते थुप्रै कम्युनिष्ट पार्टीहरुले पुष्पलाल लाई सम्झीने फुर्सद निकाल्न सकेनन् । सर्वहारा मजदुर वर्गको मुक्तिको सिद्धान्त मानिएको कार्ल माक्र्स र एगेल्सद्धारा सन १८४८ मा लिखित कम्युनिष्ट घोÈण्ाँ पत्रलाई विक्रम सम्बत २००५ सालमा अनुवाद गरेर विश्व सर्वहारा मुक्तिको सिद्धान्तलाई नेपाली श्रमजीवि सर्वहरा मजदुर वर्ग माझ स्थापित गर्दै २००६ साल बैशाख १० गते प्रतिकुल नेपाली राजनीतिक अवस्थाका कारण भारत कलकत्ताको श्याम बजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुहुने विधिवत स्थापना गर्नु भएका पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस २०७० साउन ७ गते पुष्पलालको योगदान र सर्वहाराप्रतिको समर्पणलाई मनले स्मरण गरेको देखिएन ।
पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थलाई सिद्धान्तको जलप लगाईदिएर झरीमा उम्रीने च्याउ झै उम्रीएका अनगिन्ती कम्युनिष्ठ नामधारी पार्टीहरुको कमी छैन । सच्चा कम्युनिष्ट आफैलाई मात्र देख्ने पार्टीहरु, माक्र्सवादका शिरोमणी आफु बाहेर अरु कोही नदेख्ने मसिहाहरु अहिलेपनि छ्यापछ्याप्ती सर्वत्र भेटिन्छन् । ति दल र दलका नाईकेहरुको दर्शन चिया पसल, सार्वजनिक स्थल तथा समारोहहरुमा कान पाछुन्जेल सुन्नमा आउछन् । तर सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूजीवादको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर जिवनभरी कष्ट भोग्ने तिनै पुष्पलाललाई स्मरण गर्न नसक्नु दुखद छ ।
जनताको जनवादी व्यवस्थाबारे नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोÈण्ाँ पत्रमा पुष्पलालले अघि सारेको सोचको परिवृतमै आज पनि नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह गतिशिल छ । त्यस कारणपनि उनी नेपाली कम्युनिष्ट आन्दोलनको साझा सम्पति र सर्वोच्च व्यत्तित्व हुन् तर फरक भूमि चिनमा जन्मीएका मोओको जन्म जयन्ती बनाउन निकै तामझाम गर्न पछि नपर्ने कम्युनिष्ट नामधारी पार्टीहरुले समेत नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाललाई नसम्झीनु नेपाली कम्युनिष्ट आन्दोलनका लागी दुर्भाग्य हो ।
३०७० साउन ७ गते
औजार दैनिकको कार्यालय
राती ११ बजे
0 comments:
Post a Comment