साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

बस्ती जाग्राम बस्ने समय


       वर्षा याम र केही दिनको वर्षाले देशको विभिन्न भागहरुमा समस्या निम्त्याएको छ । पूर्वाञ्चल डुवानमा परेको छ पूर्व पश्चिम सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ । जतीसुकै चनाखो भएपनि प्राकृतिक प्रकोपलाई रोक्ने उपाए तत्काललाई कसैसंग छैन । प्राकृतिकरुपमा आउने विपदको सामना असार लाग्दै पश्चिम नेपालले सामना गरिसकेको छ जसरी पश्चिममा क्षती व्यहोर्नु पर्यो त्यस्तो अवस्था नभएपनि पुर्व पछिल्लो वर्षाले प्रभावित भएको छ । सुनसरी, मोरंङ, झापा लगायतका जिल्लाका शहरहरु डुवान समस्यामा परेको छ ।
           पूर्वमा भएको डुवान समस्याको असर केही समयसम्म रहने छ यस अघिका वर्षहरुमा यस्ता समस्याहरु नियमित थिएनन तर सुकुम्बासी वस्ती कटानको समस्या तथा खहरे समस्या केही वर्षदेखि लगातार सुनिदै आएको दिर्घकालिन समस्याकारुपमा देखिएको छ । मुलतः यस्ता समस्याहरु खहरेको डिल आसपास, खाली जग्गाहरु तथा खोलाको छेउछाउमा बसोवास गर्ने भूमिहिन सुकुम्बासीहरुले वर्षाका समय कटानको समस्या भोग्दै आएका छन् । यस पटकपनि वर्षाका कारण थुप्रै त्यस्ता बस्तीहरु समस्यामा पर्ने खतराहरु उत्पन्न भएका छन् त्यसप्रति सचेत बन्न जरुरी छ ।
          

औजारमा असरा २६ गते बुधबार प्रकाशित सम्पादकीय
बस्ती कटानको समस्यामा सवैभन्दा धेरै धरान पर्दै आएको पाईन्छ । सर्दु, सेउती खोला तथा धरान बजार भएरै बग्ने विभिन्न खहरेहरुमा ६४ भन्दा बढी सुकुम्बासी बस्तीहरु रहेका छन् । ती वस्तीह मध्ये अधिकांश सुकुम्बासी बस्तीहरु बाढी तथा कटानको जोखिममा परेका छन् । वर्षा बढ्न थालेपछि बस्तीका बासिन्दा कटानको डरले रातभरी नसुति जाग्राम बस्नु पर्ने बाध्यता रहेको छ । यस अघिका वर्षहरुमापनि धरानका थुप्रै वस्तीहरु कटानमा परेका थिए । वस्तीका सुकुम्बासीहरु विचल्ली परेका थिए । वर्षा बढेसंगै फेरीपनि वस्तीबासी जाग्राम वस्नु पर्ने अवस्था आएको छ । जोखिमपूर्ण वस्तीहरुको पहिचान गरी वेलैमा तटवन्ध गर्न सके भावी दुर्घटना टार्न सकिन्छ यसकालागी सरोकारवालाले विचार पुर्याउनु जरुरी छ ।

0 comments:

Post a Comment