साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

मजदुरलाई सहयोग

क्षयरोग पीडित यातायात मजदुर कुमार जोगीलाई उपचार सहयोग स्वरुप २० हजार ९५ रुपैया सहयोग प्रदान गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव भीमज्वाला राई ।

आकासबाट देखिएको विराटनगरको दृष्य

पछिल्लो समय बिराटनगर विकासको तिव्र गतीतर्फ अग्रसर बन्दै गईरहेको छ

सुन्दर भेडेटार

धनकुटा र सुनसरीको संगमस्थल पर्यटकीयस्थल भेडेटारको दृष्य

विद्यार्थीलाई सम्मान

प्रवेशिका पक्षिामा सर्वोकृष्ट अंक ल्याउने यातायात मजदुरका छोराछोरीहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान ईकाईले सम्मान गर्दै

Pages

केही नगरी एकदिन बुढो भएछु


भीमज्वाला राई

औजार कार्यालय धरान
राती ९।४५
    नयां उल्लेखनिय काम केही भयो ? अहं भएन
पुस्तक तथा अन्य नयां विषयमा अध्ययन गरियो ? गरिएन
संगठन तथा पार्टीको काम नी ? त्योपनि गरिएन
कुनै स्क्लुसिभ समाचार वा आर्टिकल लेखियो होलानी त ? त्योपनि गरिएन
अनि के गरियो त ?
     प्रधान सम्पादकको कुर्सिमा बसेर अरुले ईमेलमा पठाईएका समाचारहरुको सम्पादन सकेर मेरो दिमागले मलाई यसरी प्रश्न गर्यो । तर म निरुत्तर भए मनमनै सोचिरहेको छु साच्चै केही नगरी एक दिन बुढो पो भएछु ।
   राती एक नवजी नसुत्ने, विहान ८ नवजी नउठ्ने, १० वजे कार्यालय आई चिया पसलमा भेटघाट गफगाफ, दिनभरीमा १० ÷ १५ कप चिया पियाई, बैठक भेला, छलफल अनिवार्य, औजार छिरेपछि व्यवस्थापनको समस्या, व्यवस्थापन कहिल्यै सुधार गर्न नसक्नुको पीडा उफ π
      सुरु भईहाल्छ भीत्री पृष्ठकोलागी सामग्री तयारी ब्लग अपडेट, फेसबुकमा एकछिन रुमलिनै पर्यो यतीकैमा दिन वित्छ सुरु भईहाल्छ बाहिरी पृष्ठको कामको चटारो थोरै जनशक्ति विज्ञापन कम हुदा समाचार पुर्याउनै समस्या पुर्याएर मात्रैपनि भएन स्तरिय र पठनीय समाचार खोज्नै पर्यो । यो जिन्दगी यन्त्र जस्तै पो भएछ बा एउटा चक्र भएर चल्नु पर्ने सिमित लिकमा गुडुल्कीनु पर्ने ।
     यो क्रम थुप्रै वर्षदेखि निरन्तर छ औजार प्रकाशन प्रारम्भ भएको असार २३ गतेबाट ९ वर्ष लगेछ  औजारले मलाई एकखालको मेशिन बनाईरहेकोछ । औजार मेरो सामाजिक तथा राजनीतिक रुपमा अहिलेसम्म जती प्रगती गरेकोछु त्यसको साचैको हतियार हो तर अचेल मलाई केपनि लाग्न थालेको छ भने औजारमा काम गर्दाको सिण्डिकेट दौडाई, धरान हुदा पव्लिक रिलेशनका कारणले दुखपाई । के पनि हो भने पव्लिक रिलेशन बीना समाजमा रहनपनि सकिदैन तर बढी पव्लिक रिलेशन भएपछि केही काम गर्न नपाईदो रहेछ ।
   मुद्धामामिला, झैझगडा, चोरीचकारी,गारोसारो सवैमा निम्तालु, बादविवादमापनि निम्तालु, विहे पार्टीमापनि निम्तालु, पाछ्नी, भातखुलाई, रक्सी पार्टी सवैमा निम्तालु नजाउ भने ठुलो भयो हामीले बोलाएकामा आएन भन्ने खप्की खानु पर्छ जाउं भने गएर साध्ये छैन । २०५० साल तिर धरानमा म केही गर्छु भनेर कम्मर कसेर लागेको थिएं त्यतिवेला मलाई कसैले चिन्दैन थिए । म १८ वर्षीय आलोकाचों ठिटो थिएं तर आफुलाई चिनाउनकालागी कविता, गजल खुवै लेखिन्थ्यो साहित्यीक कार्यक्रम हुनै हुदैन थियो कविता गजल बोकेर कुदिन्थ्यो, अनेरास्ववियूको कार्यकर्ता थिएं कार्यक्रममा गित गाउन मञ्च उक्लीहालिन्थ्यो ।
     यी सवै गतिविधिले ज्यान पालिन समस्या भएपछि गाडीमा कण्डक्टरको रुपमा मजदुरी थालियो त्यसपछि सुरुभयो मजदुर नेताको भूमिकामा नेतृत्व गर्न संगै थालियो पत्रकारितापनि त्यसपछि यो ठिटोलाई धरानमा नचिन्ने कमै भए त्यही बाटोबाट सुरु भएको थियो सामाजिक जिवन यात्रामा । चिनीनकालागी धरानका गल्ली गल्ली, भानुचौक सर्वत्र दौडिने यो ठिटो यतीवेला त्यो दुखले आर्जेको पव्लिक रिलेशन आज घाडो भईरहेको छ । अब यसको औषधी के हो त्यो उपाय सोचीसकेको छु । जुन उपाय मैले सोचीरहेकोछु त्यो स्थानमा मेरालागी फेरी २०५० सालको नियती हुनेछ फेरी त्यो स्थानमा मैले त्यही दुख दोहोर्याउनु पर्नेछ ।
      आज यो डायरी लेख्दालेख्दै दुखद अवस्थाको सामना गर्नु पर्यो धन्न ठुलो दुर्घटनाबाट भने हामी औजारमा काम गर्ने सवैजना जोगीयौं प्रेस रहेको हलको विद्युत मिटर बक्समा आगो लागेर पुरै औजार तथा छिमेकी सवैलाई आतंकीत बनायो । म मात्रै काममा व्यस्त भएकाले पछि थाहा पांए मैलेनै तल्लो तलामा झरेर बलीरहेको आगोमा पानी खन्याईदिए धन्न आगो निभ्यो । भोली पत्रिका प्रकाशन गर्न सम्भव देखिरहेको छैन । 
 आगो आतंकबारे फेरी लेखौला अहिलेलाई विदा

  

0 comments:

Post a Comment