- बाबुारमले राजासंग सहकार्यको आग्रह गरेका थिए ः थापा
- थापाले अर्ध–सत्यको सहाराले भ्रम छरे ः भटराई
धरान । पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने एमाओवादी नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिपछि ज्ञानेन्द्रको वकालत गर्दै आएका कमल थापास“ग भटराईको दोहोरी चलेको छ । थापाले भट्टराईलाई राजासहितको प्रजातन्त्र मान्न आग्रह गरेका छन् । भट्टराईले भने सपनामा पनि राजतन्त्र मान्न नसकिने जपवाफ फर्काएका छन् ।
kamal thapa |
baburam bhattarai |
- भट्टराईले भनेका थिए राजा र हामी मिले पछि दलहरु आफै ठेगान लाग्छन्
धवल शमसेर राण्ाँको नेपालगंज स्थित निवासमा बाबुरामसंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो । राजा हामीलाई सत्ता हस्तान्तरण्ँ गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो ? भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ ।
राजा ष्मभययिनथ ाचभभ ष्लकतष्तगतष्यलभएकोले राजालाई तपाईहरुसंग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण्ँ प्रसाद भट्टराईलाई प्रधानमन्त्रि बनाएर आन्दोलनकारी दलहरुसंग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उंहालाई जानकारि गराए । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनु होस र जितेर आए पछि तपाईहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उंहाले मुसुक्क हांसेर राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन् भन्नु भएको सत्यलाई स्मरण्ँ गर्न म बाबुराम जीलाई आग्रह गर्दछु ।
सत्तामा नपुगि चुनावमा भाग लिंदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उंहाले दिएको उदाहरण्ँ पनि म सम्झि रहेको छु । नेपालगंज वार्तामा उंहा र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साÔी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई ईमान्दारिताले मात्र पुष्ठि गर्दछ ।
तर, हापुरे वार्ताको क्रममा बाबुराम जीले लामो व्याख्या सहित परोÔ रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिने बारेमा गर्नुको आग्रहका साÔी डा. प्रकाश चन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, कृष्ण्ँ बहादुर महरा र कणर््ँध्वज अधिकारी अझै जीवित हुनु हुन्छ ।
निश्चय नै बाबुराम जीले हाम्रो परिभाÈाअनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होईन । त्यो वार्ता राजा वा राजसंस्थाका बारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादी कै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उंहाले श्री ५ पृथ्वीनारायण्ँ शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आबश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायण्ँहिटी मै बस्न सक्ने जस्ता धारण्ाँ समेत राख्नु भएको थियो ।
जंहा सम्म धामिर्क सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारण्ाँ मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुं । त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन । यो अवधारण्ाँ प्रस्तुत गर्दा माओवादी अध्यÔ प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यसवारे बाबुराम जीले पछि सार्वजनिकरुपमा समेत चर्चा गुर्नभएको छ ।
राजासंग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरु बिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासंग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन । प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौ भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ ।
राजा बिरेन्द्रसंग अघोÈित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसंग भेटको प्रतिÔा गरेको तथा नोकर होईन मालिकसंगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रै धारण्ाँहरु नेपाली जनताले सुनेकै छन् । अमृतसाईन्स कलेजका मेरा सहपाठी बाबुरामजीसंग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौ भन्ने मेरो आग्रह छ ।
प्राविधिक रुपमै भए पनि अहिले देशमा गण्ँतन्त्र कायम भएको छ । गण्ँतन्त्रले राष्ट्रियता बलियो भयो भने, गण्ँतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गण्ँतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गण्ँतन्त्रले नेपाली जनताको अनुहारमा हांसो र उज्यालो ल्याउन सक्यो भने बाबुरामजीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावि हो । त्यस अवस्थामा राजासहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहंदैन । यो तितो सत्य स्विकार्न बाबुरामजी पनि तयार हुनुपर्दछ ।
- ज्ञानेन्द्रलाई गण्ँतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखेंको थिए ः
कमल थापाले अहिले एउटा अर्ध–सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ । ०५९–६० सालमा भएको दोस्रो सरकार–माओवादी वार्तामा मेरो नेतृत्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गण्ँतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पÔमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिका रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने बित्तिकै खुल्लै रुपमा भनेको थिए“, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टि हुन्छ ।
मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यÔ भेटेर यो बताउन चाहेको थिए“ । तर उनले भेट्नै मानेनन् भन्ने उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्रवहादुर चन्द प्रधानमन्त्री थिए भने वार्ताकारका हर्ताकर्ता नारायण्ँसिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिकृत मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा बोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मस“ग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस्, काठमाडौंमा भएको दुई चरण्ँको वार्तामा कुनै परिण्ाँम आउने लÔण्ँ नदेखेपछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसैबीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दाङको हापुरेमा तेस्रो र हाम्रो बुझाइमा अन्तिम चरण्ँको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ताभन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समÔ हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरण्ँमा नारायण्ँसिंह पुन मार्फत विवेक शाह हु“दै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समÔ पुग्यो कि पुगेन हामीलाई शंकै थियो । त्यसै क्रममा हाम्रौ पहलमा नेपालगंजमा धवलशमशेर राण्ाँको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहा“ मैले पार्टीको घोÈित नीतिअनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानुक बन्न तयार भएमा उनलाई गण्ँतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समÔ पु¥याए, पु¥याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुद्धमा फर्किर्यौं ।
सत्यतथ्य त्यति हो । त्यसपछिको १२–बु“देदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गण्ँतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले ‘बेबी किंग’ वा ‘ सांस्कृतिक राजा’ वा अन्य कुनै विशेÈण्ँयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?
0 comments:
Post a Comment