साझा सस्कृति

होलीको अवसरमा धरानमा खेलीएको साझा होली

Pages

' राज्यले सुकुम्वासी बनायो '

..आरक्षबाट पिडित भएका रामअवतार शाह..


धरान  । ३ दशक अघि सरकारले अधिग्रहण गरेको जमिन सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्ष पीडितहरुले अहिले सम्म सट्टा भर्ना पाएका छैनन् । आरक्षकालागी राज्यले जग्गा अधिग्रहण गरेपछि भूमिहिन शुकुम्बासी बन्न पुगेका पीडितहरुलाइ दैनिक जिबनयापनका लागि समेत निकै समस्या पर्दे आएको छ ।
         २०३२ सालमा कोशीटप्पु बन्यजन्तु आरक्षका लागि राज्यले सुनसरी र सप्तरी जिल्लाका आरक्ष आसपासका गाविसमा वसोवास गर्दै आएका सर्बसाधारणका  जमिन अधिकरण गरेर आरक्ष घोषणा गरेपछि सयौ हजारौ परिवार सो क्षेत्रबाट बिस्थापित बन्नुपरेको थियो ।
   सरकारले सोहि समस्या समाधानका लागि भनेर पटक–पटक आयोग समेत गठन गर्ने गरेको भएपनि हाल सम्म कुनै पनि आयोगले समस्या समाधानको लागि खासै पहल गरेको देखिदैन । मन्त्रि परिषदको निर्णयबाट भर्खरै जग्गा सट्टा भर्ना समितिको आयोगको अध्यक्ष बनाएर टेकबहादुर येङदेनलाइ  सो ठाउमा पठाएको छ । अध्यक्ष येङदेन र पिडितहरु बिच मंगलबार आरक्षमा भएको छलफलका क्रममा पिडितहरुले यस अघिका आयोगहरुका बारेमा निकै असशन्तुष्टि समेत पोखेका थिए ।  सट्टा भर्ना नपाएका कारण आफुहरुको जिवन अहिले नर्कमय बनेर शुकुम्बासी बन्नुपरेका कारण सरकारले आयोग मात्र गठन गर्ने काम भइरहेको तर समस्या समाधान गर्ने निकास तर्फ नगएको पितित रामअवतार शाहले बताए ।
सरकारले यसअघि गठन गरेका धेरै जग्गा समस्या समितिमध्ये नन्दनकुमार दत्तको संयोजकत्वमा गठित समितिले मोरङ्ग इन्द्रपुुरमा १ सय ४० विगाह वितरणको निर्णय गरि धेरै परिवारलाई सट्टाभर्ना दिए पनि अझै त्यही समयमा जग्गा प्राप्त गर्नु पर्ने १५ परिवारले अझै पनि सट्टाभर्ना पाएका छैनन । 
    यसैगरी लामो समयदेखि जग्गा सट्टाभर्ना नपाएको कारण खोला किनार तथा अर्कोको बनिबुतो गरेर बालबच्चा पालनपोषण अर्का पिडित केलास कार्किले बताए । उनले पटक–पटक आयोग गठन भएपनि आफुहरुको मागको बारेमा अहिले सम्म सुनुवाइ हुन नसकेको बताए ।
                यता पिडतहरुको समस्याका बारेमा आफु दत्तचित्त भएर लागेका कारण समस्या समाधान गरेरै छाडने समितिका अध्यक्ष टेकबहादुर यङदेनले दाबि गरेका छन ।  यसअघि पनि अध्यक्ष रहेका यङदेनले कर्मचारी बृत्तको असहयोगका कारण काम गर्न नसकेको र अव यो पटक जस्तोसुकै चुनौति आए पनि आफुले पीडितलाई जग्गाको सट्टाभर्ना गराएरै छाड्ने तयारीमा जुटेको समेत दाबि गरेका छन ।  उनले आरक्षका प्रशाशन देखि लिएर सम्पुर्णले साथ दिएको खण्डमा मात्र पिडितहरुले न्याय पाउन सक्ने पनि  दाबि गरेका छन । उनले आफनो ६ महिनाको कार्यकालमा आरक्षक्षेत्रका कारण समस्या र आफुले पाएको कार्यदिशा अनुसार काम गर्ने दाबि गरेका छन । आयोगका अध्यक्ष र पिडितहरु बिच छलफल राखिएको भएपनि आरक्षका वार्डेन राजेन्द« ढुङगाना भने समस्याबाट पन्छिएर छलफल हुनु अगाबै मंगलबारनै काठमाडौ हिडेका छन ।
    पछिल्लो समयमा स्थापित हुन बाकी रहेका १५ परिवार र अरु छुट भएका पीडितहरुको समेत खोजी गरेर ती सवै पिडितहरुलाइ जग्गाको सट्टाभर्ना दिएमा मात्रै येङदेनको कार्यकाल समेत सफल रहन सक्छ ।






0 comments:

Post a Comment