जनताको बहुदलिय जनबादका प्रवर्तक कमरेड मदनकुमार भण्डारी भन्नु हुन्थ्यो राजनीतिमा थकान भन्ने शव्दावली हुदै हुदैन । म भण्डारीको अनुयायी भएका नाताले मात्र होईन राजनीतिमा होमीएको एउटा सामान्य मजदुर कार्यकर्ता भएको नाताले पनि मलाई भण्डारीको कथन साच्चै वास्तवीक लाग्छन् ।
२०५१ सालदेखि अनेरास्ववियूमा सांगठानिक जिवन सुरु गरेको थिए तर त्यो लामो समय टिकेन दैनिक हात मुख जोड्नु पर्ने समस्याले गाडीको ढोका ठटाउने र टिकट च्यात्ने जागीर सुरु गरेपछि मजदुर संगठनको सदस्य चाही बनें संगठनको अनुभव विद्यार्थी संगठनमै भएकाले कमिटीमै रहेर काम चाही गरिन निकै पछि मात्र २०५६ सालदेखि मात्र संगठनको धरान ईकाईमा सदस्य भएर काम गर्न थालें त्यसपछि आजका मितिसम्म संगठनको जिम्मेवारी भन्दा बाहिर बसेको छुईन बरु जिम्मेवारी दोहोरो तेहेरो चाही भएको छ संगठन संगसंगै जिफन्टको कमिटीमा नेकपा एमालेको विभिन्न जिम्मेवारीका भूमिका निर्वाह गरेको छु ।
संगठनको जिम्मेवारीमा रहदा मजदुरको काम, मुद्धा मामिला, पत्रकारिता, सामाजिक कामको व्यवस्थापनका सन्दर्भमा १८ देखि २० घण्टासम्म काममा लागेको छु त्यो अवधीमा मैले राती भनेको छुईन, घाम, पानी भनेको याद छैन, भोक प्यास नभनी काम गरेको छु । त्यही लगानीको करामत हो आजको यो भीमज्वाला राईको स्थान । सम्झेर ल्याउदा मलाई गर्व लाग्छ मेरो लगनशिलता, ईमान्दारीता, सेवाप्रतिको समर्पणभाव, मजदुर आन्दोलनमा आफ्नो् गच्छे अनुसार एउटा ईटा भएपनि थपौं भन्ने ध्याउन्न, श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त माक्र्सवाद, लेनिनवादप्रतिको लगाव र मेरी जिवनसंगीनी चन्द्रकला लावतीको साथ र सहयोग एवं परिवारको मप्रतिको विश्वास ।
थकान भन्ने कुरा मेरो शरिरमा कहिल्यै आएन त्यही त्याग र मेहनतको कारण भन्नु पर्छ संगठनमा अहिलेको मेरो जिम्मेवारी, पार्टीमा मैले हासिल गरेको स्थान । यसो भनिरहदा म आफैलाई प्रश्न सोध्ने गर्छु मजदुरहरुको मुक्तिको आन्दोलन कहां पुग्यो त ? मजदुरहरुको मुक्तिको सपना बोकेको संगठनले सहि अर्थमा मजदुरहरुको आन्दोलनलाई सहि ढंगले नेतृत्व गरिरहेको छ ?
आफ्नो प्रश्नको उत्तरको खोजीकैलागी मेरा सारा समय खर्च भईरहेका छन् म त्यतै भौतारिदैछु जहां मेरो प्रश्नको समाधान भेटियोस । म प्रतिवद्धता के हो भने मेरो सारा जिवन त्यही समाधानकालागी भौतारिरहनेछ । मलाई थाहा छैन मैले त्यो प्रश्नको उत्तर पाउछु की पाउदीन तर मेरो आत्मविश्वासले भन्छ मेरो जिवनकालमै त्यो सम्भव हुनेछ यदी भएनछभनेपनि मेरो जिवनको अन्तिम सास फेर्दासम्म लागीरहनेछु ।
तर केही समयदेखि म त्यतिकै अल्छी बन्दैछु एक त औजारको कामको धपेडीपनि हो । कामको चाप भन्दापनि कामको समयका कारणपनि हो थोरै जनशक्ति, पत्रिका स्तरिय बनाउने दायीत्व, राती अबेरसम्मको काम विहान वेलैमा व्युझिन नसक्ने पीडा । विहान अवेला उठेपछि दिनभरी फ्रेस बन्न नसकिने अबस्था ।
साच्चै भन्ने हो भने केही दिनदेखि कुनै कामपनि फ्रेस भएर गर्न सकिरहेको छईन मैले दुईदिनदेखि त झन नियमित टाउको दुखिरहेकालेपनि आज मैले एउटा कठोर निर्णय गरे आज कार्यालयपनि जान्न, मावाईनपनि स्विच अफ गर्छु र आराम गर्छु ।
त्यही गरे जेसुकैहोस खाना खाएलगतै औषधी खाए टाउको उठाउनै समस्या थियो सुतें करिव ३ बजे व्युझिए व्युझिदा टाउको हल्का भईरहेको थियो विहानको जस्तो पीडा थिएन । चन्द्राले खाजा र चिया बनाईदिईन् खाएर करिव साढे पांच बजेतिर कार्यालय आएं कार्यालयमै आएर फोन अन गरे सौरभ श्रेष्ठ, अर्जुन जम्नेली, सुक तुम्रोक लगायतका पेन्डिङ एसएमएसहरु आए तर काम केही विग्रीएनछ, पहाड खसेनछ, हावा चल्न छाडेनछ, कुनै त्यस्तो विध्वंश भएनछ ।
तर म राजनीतिबाट थाकेर वा समस्याबाट भागेर त्यसो गरेको होईन ।
१० साउन २०७०
औजार कार्यालय धरान
समय ः १२ वजेर ६ मिनट राती
0 comments:
Post a Comment